
नेपाली कांग्रेसका नेता भूपेन्द्रजंग शाहीले मंसिरमा पार्टीको नियमित महाधिवेशन गर्न सबै एकजुट भएर लाग्नु पर्ने बताएका छन्।
नेपाली कांग्रेसलाई यथास्थितिबाट अघि बढाउन र विग्रहबाट रोक्न सबै जिम्मेवार हुनुपर्ने शाहीले बताए।
‘सबै जिम्मेवार भएर मंसिरमै नियमित महाधिवेशन गर्न एकजुट हुनुपर्छ,’ उनले भने, ‘मेरो गोरूको बाह्रै टक्का भनेर मात्र हुँदैन, सबैको भावना र विचारलाई सम्मान गर्दै सहमतिसाथ मिलनविन्दुको खोजी गर्दै मंसिरमा नियमित महाधिवेशनमा जानुपर्छ।’
उनले विशेष महाधिवेशनको जटिलताबारे प्रस्ट पार्दै भने, ‘अहिले विशेष महाधिवेशन भनेर कुरा गर्दा क्रान्तिकारी विचार त सुनिएला तर यसका लागि तीन महिना लाग्छ। त्यसबेलासम्म त चुनाव आइसक्छ त्यसैले मंसिरमा नियमित महाधिवेशन गर्दा झनै छिटो र छरितो पार्टिले नया नेत्तृत्व प्राप्त गर्छ।’
अहिलेको बिसम परिस्थितिमा युवा पुस्तामा आक्रोश देखिएका बेला पुरानै प्रतिनिधिबाट पार्टी नेतृत्व चयन गर्ने कुरा झन टालटुले मात्रै हुने उनले बताए।
‘अहिले युवाको यत्रो आक्रोश देखियका बेला पुरानै प्रतिनिधिबाट नेतृत्व चयन गर्ने कुराले युवा पुस्तालाइ पार्टीमा आउने बाटो रोक्छ। नयाँ सदस्यतालाई बन्द गरेर, जेनजीलाई पार्टीमा आउने प्रक्रिया बन्देज गरेर कसरी पार्टी परिवर्तन र रुपान्तरण गर्न सकिन्छ?’ उनले प्रश्न गरे।
अवको महाधिवेशन वाट युवा पुस्तालाइ पनि पार्टिको मुलधारमा जोड्न पनि पुरानै प्रतिनिधि नभयर नया सदस्य र नया प्रतिनिधि मार्फत अब नियमित महाधिवेशन गर्दा उत्तम हुने उनले बताए।
‘पार्टी यथास्थितिमा चल्दैन, पार्टीमा अपरेसन जरूरी छ, युवाको आक्रोश र जनताको भावना बुझ्न सकेन भने त पार्टी चल्न सक्दैन, अहिले पार्टी संकटको घडीमा छ, भावनामा बहकिएर निर्णय गर्ने छुट कसैलाई छैन, एकताबद्ध भएर जानुपर्छ,’ उनले भने, ‘मंसिरमा कार्यकाल सकिने भएकोले अब सबैको सहमतिमा नियमित महाधिवेशन गरेर अगाडि बढ्नु पर्छ। विशेष महाधिवेशन भनेर विवाद गर्दा झनै मंसिरमा हुने महाधिवेशन पनि पछाडि धकेलिने खतरा हुन सक्छ। विशेष महाधिवेशन
विधानअनुसार ३ महिनामा भन्ने छ, मंसिर कट्छ, चुनाव आउँछ।’
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब आफू अध्यक्ष नरहेको बताएका छन् । केन्द्रीय कमिटी बैठक समापन गरेर बाहिरिँदै गर्दा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले आफू अध्यक्ष नरहेको बताएका हुन् ।
‘अब म अध्यक्ष रहिन । संयोजक भएँ’ उनले भने । शुक्रवारदेखि बसेको माओवादी केन्द्रीय कमिटीको बैठक प्रचण्डको राजनीतिक प्रस्ताव पारित गर्दै आज सकिएको छ ।
शुक्रवारदेखि प्रज्ञा प्रतिष्ठान, कमलादीमा बसेको बैठकले प्रचण्डको प्रस्ताव पारित गरेको छ भने नारायणकाजी श्रेष्ठको पूरक प्रस्ताव र उपमहासचिव जनार्दन शर्माको फरक मतलाई समेट्दै महाधिवेशनसम्म छलफल गर्दै जाने निर्णय गरेको छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय रहेको भवनको घरधनीले खाली गरिदिन आग्रह गरेका छन् ।
बनस्थलीस्थित उक्त भवनका घरधनी, भरतमणि देवकोटाले रास्वपालाई तीन महिनाभित्र घर खाली गर्न भनेका हुन् ।
देवकोटा वर्तमानमा अमेरिका रहेका छन्, आफ्नो घर भाडामा दिने सम्झौतामा लामो समयदेखि भाडा नपाएको र सुरक्षासम्बन्धी समस्याका कारण घर छोड्न रास्वपालाई सूचित गरेका छन् ।
‘१० महिनाको भाडावापतको रकम पाएको छैन । पार्टीलाई सापट दिएको रकम पनि पाएको छैन । सापट दिएको ठूलो रकम छ । के कति अहिले नभनौं’ उनले भने ।
उक्त घर मासिक तीन लाख पचास हजार रुपैयाँमा भाडामा दिने सम्झौता भएको देवकोटाले जानकारी दिएका छन् ।
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक कनेक्शनका आधारमा रोकिएका सबै अनुसन्धान फाइल खोल्ने घोषणा गरेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुगमन गरेपछि पत्रकारसँग कुरा गर्दै मन्त्री अर्यालले यस्तो महत्त्वपूर्ण निर्णय लिएको जानकारी दिएका छन् ।
उनले आगामी चुनाव सम्पन्न गर्न शान्ति सुरक्षा र सुशासनलाई प्राथमिकता दिने बताए । सो क्रममा राजनीतिक कनेक्शनका आधारमा थन्किएका फाइलहरू खुलाउनुपर्ने आवश्यकता रहेको बताएका छन् । गृहमन्त्री अर्यालले भने, ‘पोलिटिकल कनेक्सनका आधारमा जे कुरा रोकिएको थियो, जे कुरा बिथोलिएको थियो, त्यस्तो अब हुँदैन ।’
उनले थपे, ‘यो सरकारको म्यान्डेट नै सुशासन हो । सुशासनविना शान्ति सुरक्षा हुन सक्दैन। शान्ति सुरक्षा भएन भने ६ महिनाभित्र निर्वाचन गर्न पनि सकिँदैन ।’
गत भदौ २४ गते जेनजी युवाको प्रदर्शनको क्रममा महाराजगञ्जस्थित सीआईबीको कार्यालयमा क्षति पुगेको थियो ।
सो घटनाको अवलोकन गरेपछि गृहमन्त्री अर्यालले अपराध अनुसन्धानमा रोकिएका फाइलहरूको पुनः परीक्षण हुने बताएको छ ।
काठमाडौँ- नेपाल राष्ट्र बैंकले दसैं, तिहार तथा छठजस्ता महत्वपूर्ण चाडपर्वहरूलाई लक्षित गर्दै डिजिटल वालेट प्रयोगकर्ताहरूका लागि ठूलो सुविधा दिएको छ।
भुक्तानी प्रणाली विभागले एक परिपत्र जारी गर्दै वालेटमा एक दिनमा रकम जम्मा गर्न सकिने संख्यालाई अस्थायी रूपमा वृद्धि गरेको हो।
दसैंमा विशेषगरी दक्षिणा आदानप्रदानमा सहज बनाउन राष्ट्र बैंकले यो कदम चालेको हो।
अहिले एक ग्राहकको वालेटमा एक दिनमा १० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था रहेको छ। तर, चाडपर्वको अवसरमा यो व्यवस्थामा अस्थायी संशोधन गरिएको छ।
आगामी २०८२ असोज १३ गतेदेखि २०८२ कात्तिक ११ गतेसम्म ग्राहकहरूले एक दिनमा आफ्नो वालेटमा ४० पटकसम्म रकम जम्मा गर्न सक्नेछन्।
राष्ट्र बैंकले चाडपर्वको बेला हुने भुक्तानीको चापलाई सहज बनाउन यो निर्णय लिएको हो।
यद्यपि, रकम जम्मा गर्ने संख्या बढे पनि यी सबै कारोबारहरूको कुल रकमको सीमा भने यथावत नै राखिएको छ। यस निर्णयले चाडपर्वको किनमेल र आर्थिक कारोबारलाई डिजिटल माध्यमबाट थप सहज बनाउने सहयोग पुग्ने देखिन्छ।
काठमाडौँ । राष्ट्रको शान्ति सुरक्षा र अमनचयन कायम राख्ने महत्वपूर्ण जिम्मेवारी बोकेको नेपाली प्रहरीमा नयाँ जनशक्तिको आवश्यकता पूर्ति गर्नका लागि विशाल भर्ना प्रक्रिया सुरु भएको छ । प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गर्दै कुल १५९४ पदका लागि दरखास्त आह्वान गरेको हो ।
भर्नामा प्रहरी जवानतर्फ १५५३ पद छुट्याइएको छ, जसका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा आठ कक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ । यसका अतिरिक्त, प्रहरी कार्यालय सहयोगीका विभिन्न पदहरूमा पनि दरखास्त आह्वान गरिएको छ । जसमा हजामका लागि ११ जना, कुचीकारका लागि १५ जना र विभिन्न खेल विधाका खेलाडीका लागि १५ जनाको माग गरिएको छ । यी पदहरूका लागि साधारण लेखपढ गर्न जान्ने योग्यता तोकिएको छ ।
इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले यस अवसरको सदुपयोग गर्नका लागि असोज १९ गतेदेखि कात्तिक २८ गतेसम्मको अवधिमा तोकिएका दरखास्त केन्द्रहरूमा स्वयं उपस्थित भई आवेदन फाराम बुझाउन सक्नेछन् ।
काठमाडौं । गत भदौ २३ र २४ गते काठमाडौं लगायत मुलुकका विभिन्न भागमा भएका प्रदर्शनका क्रममा सुरक्षा निकायबाट हराएका हतियार तथा खरखजाना बुझाउन गृह मन्त्रालयले सर्वसाधारणलाई आग्रह गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै ती हतियारहरु नजिकको सुरक्षा निकायमा फिर्ता गर्न अनुरोध गरेको हो ।
मन्त्रालयका अनुसार, प्रदर्शनका क्रममा विभिन्न स्थानमा सुरक्षाकर्मीबाट केही हातहतियार र खरखजाना हराएका थिए । यस सम्बन्धमा प्रहरीले त्यस्ता हातहतियार फेला पार्ने व्यक्तिहरूलाई आगामी असोज मसान्तसम्मको समय दिएको छ । सूचनामा भनिएको छ, ‘विभिन्न ठाउँमा रहेका सुरक्षा निकायबाट हराएको हातहतियार र खरखजाना कही कसैले फेला पारेको भए नजिकको सुरक्षा निकायमा फिर्ता गर्न आग्रह गरिन्छ ।’
मन्त्रालयले तोकिएको मितिभित्र (असोज मसान्तसम्म) हातहतियार र खरखजाना बुझाउन ल्याएमा वा त्यसको जानकारी दिएमा त्यस्ता व्यक्तिलाई उचित सम्मान गरिने प्रतिबद्धता व्यक्त गरेको छ ।
यद्यपि, मन्त्रालयले चेतावनी पनि दिएको छ । तोकिएको मितिपश्चात कोही कसैसँग ती हराएका हातहतियार र खरखजाना फेला परेमा कानुनबमोजिम कडा कारबाही हुने स्पष्ट पारेको छ ।
काठमाडौं । बडादशैंको नवरात्रको पाँचौँ दिन आज हिन्दू धर्मावलम्बीहरूले देवी स्कन्दमाताको विशेष पूजा-आराधना गर्दैछन् । भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सधैँ काखमा राखेर ममतामयी स्नेह प्रदान गर्ने भएकाले यिनलाई स्कन्दमाताको नामले पुकारिने गरिएको हो । ज्ञानशक्ति र कर्मशक्तिकी देवीका रूपमा पनि स्कन्दमातालाई चिनिन्छ ।
सूर्य मण्डलकी अधिष्ठात्री देवी भएकाले यिनको वर्ण सूर्यकै जस्तै देदिप्यमान हुने बताइन्छ। कमलको फूलमाथि पद्मासनसहित सिंहमा सवार रहने स्कन्दमाताका चार हातमध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्यापेकी हुन्छिन् भने बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले बरमुद्रा धारण गरेकी हुन्छिन् ।
दुर्गा पक्षसमेत भनिने दशैंमा नवदुर्गाका विभिन्न नौ रूपको पूजा गर्ने परम्परा छ। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।
नवरात्रभर देशभरका शक्तिपीठहरूमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको घुइँचो लाग्ने गर्छ । यस वर्ष काठमाडौं उपत्यकाका नक्साल भगवती, मैतीदेवी, कालिकास्थान, भद्रकालीलगायतका शक्तिपीठहरूलाई विशेष रूपमा सजाइएको छ र दीपावली गरी झिलिमिली बनाइएको छ ।
स्कन्दमाताको पूजा विधि
स्कन्दमाताको पूजा गर्न सर्वप्रथम काठको चौकीमा स्कन्दमाताको प्रतिमा स्थापना गरिन्छ । त्यसपछि गंगा जल वा गोमूत्रद्वारा चौकीलाई शुद्धीकरण गरिन्छ । चौकीमा चाँदी, तामा वा माटोको घडामा जल भरेर कलश स्थापना गर्नुपर्दछ । यसका साथै श्रीगणेश, वरुण, नवग्रह, षोडश मातृका (१६ देवी) र सप्त घृत मातृका (सात सिन्दूरको टीका लगाएका) को स्थापना समेत गर्नुपर्दछ ।
त्यसपश्चात व्रत र पूजनको संकल्प लिइन्छ । वैदिक एवं सप्तशती मन्त्रद्वारा स्कन्दमातासहित समस्त स्थापित देवताहरूको षोडशोपचार पूजा विधिद्वारा पूजा गरिन्छ । यसमा आवाहन, आसन, पाद्य, अर्घ, आचमन, स्नान, वस्त्र, सौभाग्य सूत्र, चन्दन, सिंदूर, दुबो, बेलपत्र, आभूषण, पुष्प हार, सुगन्धित द्रव्य, धूप, दीप, नैवेद्य, फल, पान, दक्षिणा, आरती, प्रदक्षिणा, मन्त्र पुष्पाञ्जलि आदि गरी प्रसाद वितरण गरेपछि पूजा सम्पन्न हुन्छ ।
मेष : वैवाहिक जीवनमा सौहार्दता बढ्नेछ । प्रेम सम्बन्धमा प्रगाढता र संवादमा स्पष्टता देखिनेछ । साझेदारसँग सहकार्यबाट लाभ मिल्नेछ । विदेशसँग सम्बन्धित योजनाहरूमा सफलता मिल्ने सम्भावना प्रबल देखिन्छ ।
वृष : प्रयत्नअनुसार सफलता पाइनेछ । विरोधीहरू निष्क्रिय हुनेछन् । स्वास्थ्यमा सुधार आउनेछ । कानुनी वा प्रशासनिक कार्यमा लाभ मिल्ने समय हो । अनुशासनमा रहनु लाभदायी हुनेछ ।
मिथुन : प्रेम सम्बन्धमा मनोभावनामा उतार-चढाव हुनसक्छ । सन्तान पक्षमा प्रगति भए पनि संयमता आवश्यक देखिन्छ । अध्ययनमा मन केन्द्रित गर्नुपर्ने समय हो । योजना बनाउनु उपयुक्त तर कार्यान्वयनमा केही प्रतीक्षा गर्नुपर्नेछ ।
कर्कट : गृहस्थ जीवनमा केही असहजता आउन सक्छ । पारिवारिक वातावरणमा हल्का तनाव देखिन सक्छ । भावुक निर्णय गर्नुभन्दा व्यावहारिक दृष्टिकोण अपनाउनु श्रेयस्कर हुनेछ । मातातर्फको चिन्ता वा सम्पत्तिको विषयमा अलमल हुने समय हो ।
सिंह : साहस, उत्साह र आत्मविश्वासमा वृद्धि हुने दिन हो । सञ्चार, यात्रा र भाइबहिनीसँग सम्बन्ध प्रगाढ हुनेछ । नयाँ योजना आरम्भ गर्न सकिने अनुकूल समय हो । व्यक्तित्व प्रभावशाली देखिनेछ ।
कन्या : आर्थिक पक्ष सन्तुलित रहनेछ तर खर्च र आयबीच तालमेल आवश्यक देखिन्छ । वाणीमा संयमता राख्दा विवाद टार्न सकिनेछ । पारिवारिक वातावरणमा मृदु व्यवहार आवश्यक हुनेछ ।
तुला : स्वस्थ्य, आत्मविश्वास र आभा बढ्ने समय हो । सार्वजनिक जीवनमा आकर्षण बढ्नेछ । निर्णय क्षमता सबल रहनेछ, तर अहंकार वा स्वकेन्द्रितताले सम्बन्धमा असर नपरोस् । व्यक्तिगत प्रयास सफल बन्नेछन् ।
वृश्चिक : खर्च र यात्राको योग बलियो देखिन्छ, तर अनावश्यक दान-दक्षिणा वा भावनात्मक खर्चबाट बच्नुपर्छ । मानसिक शान्तिका लागि साधना, ध्यान वा मौन अपनाउनु उपयुक्त हुनेछ । विदेशी सम्पर्कमा लाभ हुने योग पनि सम्भव छ ।
धनु : लाभ भाव सशक्त रहने दिन हो । मनोकांक्षा पूरा हुने सम्भावना छ । साथीभाइ, सञ्जाल र सामाजिक मञ्चमा सक्रिय सहभागिता हुनेछ । नयाँ योजना बनाउने र कार्यान्वयनको शुभप्रारम्भका लागि उत्कृष्ट समय हो ।
मकर : कर्मक्षेत्रमा उन्नति र सम्मान प्राप्त हुनेछ । नेतृत्व क्षमतामा वृद्धि हुनेछ । वरिष्ठहरूबाट सहयोग मिल्नेछ । व्यावसायिक निर्णयहरू लाभदायक हुनेछन् । कार्यस्थलमा नयाँ जिम्मेवारी प्राप्त हुने सम्भावना पनि छ ।
कुम्भ : धार्मिक कार्य, दर्शन, अध्ययन वा यात्रामा झुकाव रहनेछ । पिताबाट सहयोग प्राप्त हुने समय हो । भाग्यले आंशिक साथ दिने भएकाले प्रयासमा कमी नगरौँ । गुरु वा ज्ञानीसँगको संगत लाभदायी हुनेछ ।
मीन : स्वास्थ्य, पारिवारिक रहस्य वा मानसिक द्वन्द्वको संकेत देखिन्छ । सावधानीपूर्वक व्यवहार गर्दा धेरै समस्याबाट जोगिन सकिनेछ । विरासत वा ऋणसम्बन्धी विषयमा सोचविचारपूर्वक निर्णय लिनुपर्नेछ । ध्यान वा मौनको अभ्यास लाभदायी हुनेछ ।