२०८२ आश्विन २८ गते मंगलवार
२०८२ आश्विन २८ गते मंगलवार

काठमाडौं । जेनजीका केही युवा प्रतिनिधिहरुले सरकारसँग वार्ता गर्ने भन्दै वार्ता टोली घोषणा गरेका छन् ।

आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनीहरुले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्कीलगायत सरकारीका प्रतिनिधिसँग वार्ता गरी आफूहरुको माग सम्बोधन गराउने उद्देश्यले सो वार्ता टोली गठन गरिएको जानकारी गराएको हो ।

वार्ता टोलीमा पुरुषोतम यादव, मिराज ढुंगाना, प्रवेश दाहाल, बब्लू गुप्ता, किशोरी कार्की, टिकाराम लिम्बू, योग्यता भण्डारी, जेम्स कार्की, काशी महम्मद मियार, अर्पित कुमार साथै दिपकजंग अधिकारी र अभिशेक श्रेष्ठ रहेको जनाइएको छ ।

 

अब थप ३ जना भने सहिद र घाइते परिवारबाट प्रतिनिधित्व गराउने वार्ता टोलीका सदस्य प्रवेश दाहालले जानकारी दिए ।

पत्रकार सम्मेलनमा उनीहरुले आफूहरुको सुरक्षा गर्न सरकारसँग माग गरेका छन् । त्यसैगरी मुलुकलाई प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने व्यवस्था गर्नुपर्ने लगायतको आफूहरुको माग रहेको पनि बताएका छन् ।

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले नयाँ राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका छन् । उनले आफैं अध्यक्ष रहने गरी ‘श्रम संस्कृति पार्टी’ दर्ताका लागि असोज ७ गते आयोगमा निवेदन दर्ता गराएका हुन् ।

निर्वाचन आयोग उच्च स्रोतका अनुसार, साम्पाङको दलसँगै चालु आर्थिक वर्षमा दुई अन्य नयाँ दल दर्ताका लागि पनि निवेदन आइसकेका छन् ।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले संयोजक रहने गरी ‘नेपाल नागरिक पार्टी’ दर्ताका लागि असोज ९ गते आयोगमा निवेदन दिएका छन् । त्यसअघि साउन २७ गते ‘उज्यालो नेपाल पार्टी’ नामक दल दर्ताका लागि पनि निवेदन परेको थियो ।

निर्वाचन आयोगका अनुसार, चालु आर्थिक वर्षमा दल दर्ताका लागि परेको तीनवटा निवेदनमाथि हाल जाँचबुझ र अध्ययन प्रक्रिया अगाडि बढाइएको छ ।

राजनीतिक दल सम्बन्धी ऐन र नियमावलीअनुसार आवश्यक कागजात पुगे÷नपुगेको, विवरण सुधार गर्नुपर्ने भए निबेदक पक्षलाई पत्राचार गरेर परिमार्जनको मौका दिने व्यवस्था छ ।

दर्ताका लागि निवेदन परेपछि आयोगले त्यसको प्रक्रिया ४५ दिनभित्र पूरा गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । आयोग स्रोतका अनुसार, यदि सम्पूर्ण प्रक्रिया पूर्ण रूपमा मिलेको खण्डमा दल दर्ता प्रक्रिया अन्तिम चरणमा लैजाने तयारी छ ।

नयाँ राजनीतिक विकल्पको खोजी भइरहँदा स्वतन्त्र र नयाँ अनुहारहरूको दल गठन प्रक्रिया तीव्र हुँदै गएको देखिन्छ ।

काठमाडौं  । जेनजी आन्दोलन दमनबारे छानबिन गर्न बनेको आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको राहदानी (पासपोर्ट) रोक्का गर्न सिफारिस गरेको छ ।

आयोगले  सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा आन्दोलन दमनमा संलग्न ठानिएका व्यक्तिहरूलाई अनुसन्धान प्रभावित नहोस् भन्ने उद्देश्यले विदेश जान रोक लगाउने निर्णय गरिएको उल्लेख छ ।

पासपोर्ट रोक्का सिफारिस गरिएका व्यक्तिहरूमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्व गृहसचिव गोकर्णमणि दुबाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन सीडीओ छवि रिजाल रहेका छन् ।

आयोगले यी पाँच जनामाथि सरकारी अनुमति विना काठमाडौं उपत्यका छोड्न नपाउने व्यवस्था मिलाउन पनि गृहमन्त्रालयलाई सिफारिस  गरेको छ । आयोगको ठहर अनुसार, अनुसन्धान निष्पक्ष, स्वतन्त्र र निर्बाध बनाउन यस्तो कदम आवश्यक भएको हो ।

नेपाली कांग्रेसका नेता नैनसिंह महरले मुलुकको वर्तमान संकट समाधानका लागि राष्ट्रिय संवाद अपरिहार्य रहेको बताउनुभएको छ ।

आज स्कुल अफ डेमोक्रेसीले राजधानीमा आयोजित ‘वर्तमान संकट र समाधान’ विषयक एक विमर्श कार्यक्रममा बोल्दै नेता महरले अन्यौलग्रस्त लोकतान्त्रिक प्रक्रियालाई सुचारु गर्न पहिलो कार्य भनेको निर्वाचनको माध्यमबाट नयाँ जनमत लिनुपर्ने नै हो ,होईन भने अर्को विकल्प भनेको संसद पुनःस्थापना गरेर संविधानलाई सही मार्गमा ल्याउन सकिने कुरामा जोड दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथिका रूपमा बोल्दै महरले भन्नुभयो, “आजको प्रमुख विषय भनेकै अन्यौलग्रस्त लोकतान्त्रिक प्रक्रियालाई सुचारु गर्न निर्वाचनका माध्यमले नयाँ जनमत लिने वा संसद पुनःस्थापना गर्ने विषयको राष्ट्रिय संवाद मार्फत निर्क्यौल गर्दै संविधानलाई लिकमा ल्याउनु हो ।” उहाँले देशमा व्याप्त राजनीतिक अस्थिरता, आर्थिक मन्दी र संस्थागत भ्रष्टाचारले नागरिकमा गहिरो निराशा छाएको उल्लेख गर्नुभयो । “एकातिर लाखौं युवा रोजगारीका लागि विदेशिन बाध्य छन्, अर्कोतिर महँगी र आर्थिक संकटले आम नागरिकको जीवनयापन कष्टकर बनेको छ,” उहाँले भन्नुभयो, “यस्तो अवस्थामा राजनीतिक दलहरूको आन्तरिक लोकतन्त्र कमजोर हुँदा र आन्तरिक कलहमा फस्दा जनतामा व्यवस्थाप्रति नै वितृष्णा जाग्नु स्वाभाविक हो ।” उहाँले हालै देखिएको युवा आक्रोश र सडक प्रदर्शनहरूले पनि राजनीतिक नेतृत्वलाई गम्भीर हुन सचेत गराएको बताउनुभयो ।

महरले जनतामा गुमेको आत्मविश्वास जगाउन र राष्ट्र पुनर्निर्माणको अभियान थाल्न जनजी युवा पुस्ताले खोजेको सुशासन स्थापनाका लागि भ्रष्टाचार विरुद्धको अभियान थाल्नुपर्नेमा जोड दिनुभयो ।

“भ्रष्टाचार देशको सबैभन्दा ठूलो शत्रु हो, जबसम्म यसलाई जरैदेखि उखेल्न सकिँदैन, तबसम्म राष्ट्र निर्माणको कुरा गर्नु निरर्थक हुन्छ,” महरले भन्नुभयो ।

उहाँले ठूला २०१७ साल देखि आज सम्म सार्वजनिक पदमा बसेकाहरु सम्पत्ति छानबीनक लागि अधिकार सम्पन्न उच्च स्तरिय समिति बनाउनु पर्ने बताउनु भयो ।काण्डहरूमा समेत राजनीतिक संरक्षण हुने गरेका कारण आमजनताको राज्य संयन्त्रमाथिको विश्वास गुम्दै गएको सत्यहो तर वर्तमान सरकार पर्वाही तरिकाले अगाडि बडेको खण्डमा भने जनताले अस्वीकार गर्ने बताउदै महरले ‘लोकतान्त्रिक व्यवस्थाका आधारस्तम्भ राजनीतिक दलहरू नै भएकाले राष्ट्रपतिले अन्तरिम सरकार प्रमुखसहित सबै राजनीतिक दलहरूलाई समावेश गरेर राष्ट्रिय संवादको आयोजना गर्नुपर्ने र फागुन २१ गतेका लागि घोषित निर्वाचनको वातावरण निर्र्माण गर्न सुझाव दिनुभयो । ‘महरले आफू सदैव जनताले खोजेको परिवर्तनको पक्षमा रहेको बताउनुभएको छ।

जेनजी युवा आन्दोलनको क्रममा घाइते भएकाहरुलाई परिचयपत्र वितरण सुरु गरिएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले अस्पतालमै पुगेर घाइतेहरुलाई भेटेर परिचय पत्र वितरण सुरु गरेका हुन् ।

गृह मन्त्रालयको निर्णय बमोजिम जेनजी आन्दोलनका घाइतेलाई परिचय पत्र वितरणसँगै अस्पतालहरुमा डेडिकेटेड जेनजी क्लिनिक समेत स्थापना गरिएको छ ।

घाइतेहरुको फलोअप उपचार व्यवस्थित होस् भन्ने उद्देश्यले काठमाडौं उपत्यकासहित देशभरका १६ अस्पतालहरुमा जेनजी क्लिनिक स्थापना गरिएको हो । साथै जेनजी आन्दोलनका घाइतेहरुलाई अस्पतालसम्म नि:शुल्क आउ–जाउको व्यवस्था समेत मिलाइएको मन्त्रालयले जनाएको छ ।

जेनजी आन्दोलनका घाइतेहरुको उपचारमा सहजताका लागि अस्पतालहरुमा फोकल व्यक्तिहरु पनि तोकिएको छ ।

काठमाडौं उपत्यकामा वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा जेन–जी क्लिनिक स्थापना गरिएको छ ।

कोशी प्रदेशमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र कोशी अस्पताल विराटनगर, मधेश प्रदेशमा नारायणी अस्पताल वीरगञ्ज र गजेन्द्र नारायण सिंह अस्पताल सप्तरीमा जेनजी क्लिनिक स्थापना गरिएको छ ।

यसैगरी बागमती प्रदेशमा चितवनको भरतपुर अस्पताल र गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रष्ठिानमा जेनजी क्लिनिक स्थापना गरिएको छ ।

लुम्बिनीमा भेरी अस्पताल नेपालगञ्ज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही, कर्णालीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला तथा सुदूरपश्चिममा डडेलधुरा अस्पताल र गेटा अस्पताल धनगढीमा जेनजी क्लिनिक स्थापना गरिएको छ ।

डेडिकेटेड जेनजी क्लिनिक स्थापना गरिएका अस्पताल र सम्पर्क व्यक्तिको नम्बर–

नेपाली कांग्रेसका महासमिति सदस्य डा. सुनिल कुमार शर्माले विगतका गल्तीहरूप्रति गहिरो आत्मसमीक्षा गर्दै अब भ्रष्टाचार, अन्याय र अनियमितताविरुद्ध कठोर कदम चाल्नुपर्ने बताएका छन् । उनले राजनीति सेवा, समर्पण र त्यागको माध्यम हो भन्ने मूल भावनाबाट विचलन भएको स्वीकारेका छन् ।

‘हामी यो यथार्थ लुकाउँदैनौँ, बरु विनम्रताका साथ क्षमा माग्छौँ,’डा. शर्माले भनेका छन्, ‘गल्ती दोहोरिने छैन। सत्य र न्यायको पक्षमा दृढताका साथ उभिन्छौँ ।’

उनले पार्टीभित्रका केही नेताको भ्रष्ट आचरणले संस्थाको छवि धुमिल बनाएको उल्लेख गरेका छन् । ‘इमान्दार कार्यकर्तामाथि अरूको पापको बोझ थोपर्नु अन्याय हो । अब सच्चा नेताहरूको आत्मसम्मान जोगाउने संकल्प लिएका छौँ ।’

डा. शर्माले देशको वर्तमान अवस्था राजनीतिक नेताहरूको असफलताको प्रतिफल भएको उल्लेख गरेका छन् । ‘कुनै पार्टीको मात्र होइन, सबै पार्टीका केही शीर्ष नेताहरू र उनीहरूका परिवारकै कारण आज देश यस्तो संकटमा छ’ उनले भने ।

उनले विगतका नेतृत्वले देखाएको आदर्श स्मरण गर्दै लोकतन्त्रको मूल्यलाई फेरि जगेर्ना गर्नुपर्नेमा जोड दिए । ‘बी.पी. कोईरालाको दृष्टिमा लोकतन्त्र जनताको आत्मसम्मान थियो, त्यो आत्मसम्मान आज धमिलिँदै गएको छ,’ उनले भने ।

डा. शर्माले अबको कांग्रेस आत्मसमीक्षा, पारदर्शिता र पुस्तान्तरणको नयाँ जोशसाथ अगाडि बढ्ने दाबी गरे । उनले भने, ‘हाम्रो लक्ष्य केवल पार्टी पुनर्जीवन होइन, समृद्ध नेपाल निर्माण हो। समान अवसरमा आधारित अर्थतन्त्र, न्यायपूर्ण समाज र सक्षम शासन प्रणालीको पुनर्निर्माण नै हाम्रो अन्तिम लक्ष्य हो ।’

विजयादशमीको अवसरमा डा. शर्माले सम्पूर्ण नेपालीहरूलाई शुभकामना दिँदै चाडले राष्ट्रिय ऐक्यबद्धता र विश्वासको भावना बलियो बनाओस् भन्ने कामना व्यक्त गरे । ‘नेपालको पुनर्निर्माण र गौरवशाली भविष्यका लागि हामी सबै मिलेर अघि बढ्न सकौँ,’ उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

काठमाडौं। आज बडा दशैंको छैटौं दिन, हिन्दूधर्मालम्बीहरूले कात्यायनीदेवीको पूजा-आराधना गरेर मनाउँदैछन्।

आजको दिनमा कात्यायनी देवीको पूजा गरे रोग, शोक, भय, दुःख र दरिद्रता नाश भई प्रगतिको मार्गमा अगाडि बढ्न सकिने धार्मिक विश्वास रहेको छ। शास्त्रीय मान्यताअनुसार महर्षि कात्यायनको तपस्याबाट प्रसन्न भई भगवती उनकी पुत्रीका रूपमा जन्मिएपछि उनी कात्यायनी नामले परिचित भएकी हुन्।

त्रिलोकमा आतंक मच्चाएका महिषासुरको वधका लागि ब्रह्मा, विष्णु र महेश्वरको तेजबाट उत्पन्न भएकी देवी कात्यायनीले आश्विन शुक्ल सप्तमीदेखि नवमीसम्म पूजा ग्रहण गरेर दशमीका दिन महिषासुरको संहार गरेकी थिइन्। त्यसपछि उनी धर्म र न्यायको प्रतीकका रूपमा प्रतिष्ठित भएकी भन्ने पुराणमा उल्लेख गरिएको छ।

अदृश्य जगतको शासनसत्ता यिनै कात्यायनी देवीले चलाउने विश्वास गरिन्छ। कात्यायनीको हामीले देख्ने स्वरुप सोही अदृष्य जगतलाई जनाउने सूचक हो। त्यसैले कात्यायनीलाई दिव्यताको अतिगुप्त रहस्यहरुको प्रतीक मान्ने गरिन्छ।

क्रोध पनि कुनै समय सकारात्मक बलको प्रतीक हुन्छ। कुनै समय यही क्रोध नकारात्मक आसुरी शक्तिको प्रतीक बन्ने गर्दछ। यी दुईमा एकदमै गहिरो भेद पाईन्छ। क्रोध केवल नकारात्मक गुण या शक्ति होईन। सकारात्मकताका साथ देखिएको क्रोध बुद्धिमत्तासँग जोडिएको हुन्छ।

सकारात्मक क्रोध एक प्रौढ बुद्धिबाट उत्पन्न हुन्छ। क्रोध यदि अज्ञान र अन्यायकोप्रति छ भने यसले सकारात्मकतालाई सञ्चार गराउने गर्दछ। अतः यहि सकारात्मक क्रोध जुन अज्ञान र अन्यायकोप्रति रहेको हुन्छ। त्यो नै देवी कात्यायनीको विशेषता हो।

महर्षि कात्यायनको तपस्याबाट प्रसन्न भएर आदिशक्तिले उनको पुत्रीको रुपमा जन्म लिएकोले ती देवीको नाम नै कात्यायनी राखिएको हो। कात्यायनीको उपासनाबाट यस लोकमा स्थित भएर पनि अलौकिक तेज एवं प्रभावबाट युक्त हुँदै रोग, शोक, सन्ताप, भय आदि सर्वथा विनष्ट हुने धार्मिक विश्वास छ।

देवी कात्यायनीसँग जोडिएको कथा अनुसार कुनै समय एक कत नाम गरेका प्रसिद्ध ऋषि थिए। उनको पुत्र ऋषि कात्य नामले प्रसिद्ध थिए। उनकै नामबाट प्रसिद्ध कात्य गोत्रबाट नै विश्वप्रसिद्ध ऋषि कात्यायन उत्पन्न भएका थिए।

ऋषि कात्यायनले भगवती पराम्बराको उपासना गर्दै कठिन तपस्या समेत गरेका थिए। उनको इच्छा थियो भगवतीले आफ्नो घरमा पुत्रीको रुपमा जन्म लिऊन्। भगवतीले उनको यो प्रार्थना स्वीकार गरिन्।

मेष : आजको दिनले गम्भीरता र सतर्कताको माग गर्दछ । स्वास्थ्यप्रति ध्यान दिनुपर्ने समय हो । अनावश्यक रिस वा आवेग नियन्त्रण गर्नुहोस् । गोप्य कुराहरु प्रकट हुन सक्छन्, त्यसैले सावधानी अपनाउनु हितकर हुनेछ ।

वृष : व्यावसायिक साझेदारी वा वैवाहिक सम्बन्धमा केही असमझदारी देखिन सक्छ । आजको दिन संवादमा संयमता आवश्यक छ । पार्टनरसँग सहकार्य गर्दा स्पष्टता अपनाउनु उत्तम हुनेछ ।

मिथुन : प्रतिस्पर्धामा विजय प्राप्त हुने सम्भावना छ । पुराना ऋण तिर्ने वा स्वास्थ्य सम्बन्धी समस्या समाधान हुने संकेत मिल्दछ । शत्रुहरू कमजोर हुनेछन् । कामकाजी क्षेत्रबाट सन्तोषजनक समाचार प्राप्त हुनसक्छ ।

कर्कट : मनमा सिर्जनात्मकता जाग्नेछ । विद्यार्थी वा कलाकार वर्गका लागि यो दिन उत्साहजनक रहनेछ । प्रेम सम्बन्धमा उर्जा बढ्न सक्छ, यद्यपि भावना नियन्त्रणमा राख्नु आवश्यक हुनेछ ।

सिंह : घरपरिवार तथा मानसिक शान्तिको पक्षमा अलिकति उतारचढाव देखिन सक्छ । माताको स्वास्थ्यप्रति सचेत हुनु उपयुक्त हुनेछ । घर जग्गा सम्बन्धी विषयमा चासो बढ्न सक्छ । आत्मविश्वास घट्न सक्छ, तर धैर्य आवश्यक छ ।

कन्या : धैर्य, साहस र आत्मबलमा बृद्धि हुनेछ । सन्देश सम्प्रेषण वा सञ्चार माध्यममा संलग्न व्यक्तिका लागि समय लाभदायक छ । नयाँ विचार कार्यान्वयन गर्न सकिने छ । भाइबहिनीसँग सम्बन्ध राम्रो रहनेछ ।

तुला : वाणी संयमित राख्नुपर्ने दिन हो । आर्थिक पक्ष औसत रहनेछ । परिवारजनसँग सम्बन्धमा अलिक गहिराइ देखिन सक्छ । खाद्यपदार्थमा ध्यान दिनु राम्रो हुनेछ । अनावश्यक खर्च बढ्न सक्छ ।

वृश्चिक : भावनात्मक चञ्चलता देखिन सक्छ । निर्णयमा दुविधा उत्पन्न हुनसक्छ । आत्ममूल्यांकन र गम्भीर चिन्तनको समय हो । स्वाभिमान र अधिकारको विषय उठ्न सक्छ ।

धनु : खर्चको योग प्रबल छ । अनावश्यक यात्राबाट बच्नुहोस् । निद्रामा बाधा वा मानसिक बेचैनी हुन सक्छ । विदेशसम्बन्धी योजना बनिरहेको छ भने, आज विशेष पहलकदमी गर्नु उपयुक्त हुन्छ ।

मकर : धनलाभको प्रबल योग छ । इच्छाहरु पूर्ण हुने सम्भावना छ । मित्र वा सामाजिक सञ्जालबाट लाभ मिल्नेछ । आजको दिन तपाईंका लागि वरिष्ठ व्यक्तिबाट समर्थन प्राप्त हुन सक्छ ।

कुम्भ : कर्म क्षेत्रमा उत्साहजनक प्रगति हुनेछ । पद प्रतिष्ठा वा मान सम्मान प्राप्त हुने सम्भावना छ । सामाजिक उत्तरदायित्व बढ्न सक्छ । अधिकारी वर्गको साथ पाइनेछ । अवसरको पहिचान गरी अगाडि बढ्न सकिने समय हो ।

मीन : भाग्यबलमा वृद्धि हुनेछ । धार्मिक कार्यमा मन लाग्नेछ । गुरु वा पिताको साथ वा प्रेरणा प्राप्त हुने सम्भावना छ । यात्रा लाभदायक हुनेछ । उच्च अध्ययन वा अनुसन्धानका लागि उपयुक्त दिन छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।