२०८२ आश्विन २८ गते मंगलवार
२०८२ आश्विन २८ गते मंगलवार

पाटन । ललितपुरस्थित नख्खु कारागारले फरार कैदीबन्दीलाई फर्किएर आउन आग्रह गरेको छ ।

 

एक सूचना जारी गरी ‘जेनजी’ प्रदर्शनका क्रममा भदौ २४ गते फरार रहेका कैदीलाई फर्किएर आउन कारागार प्रशासनले आग्रह गरेको हो ।

कारागार प्रमुख सत्यराज जोशीका अनुसार विभिन्न मुद्दामा दोषी ठहर भई कारागारमा रहेका कैदीबन्दीमध्ये एक हजार २८० कैदीबन्दी फरार रहेकामा हालसम्म ५८७ जना फर्किसकेका छन् । फरारमध्ये करिब ५० जना देशभरका अन्य कारागारमा रहेको जानकारी प्राप्त भएको उनले बताए ।

 

जोशीले भने “करिब ६५१ जना अझै फरार छन् । यसअघि भदौ २६ गते कैदीबन्दीलाई फर्की आउन सार्वजनिक अपिल गरिएको थियो । पछि कारागार व्यवस्थापन विभागबाट यही असोज १० गतेको फरार कैदीबन्दी खोजी तथा पक्राउ अभियान सञ्चालन गर्न परिपत्र गरिएअनुसार सम्पर्कमा आउने भनेका छौँ ।”

विभागले तोकेअनुसार असोज २० गते सोमबारसम्म कारागार नफर्केमा कारागार ऐन, २०७९ लगायत अन्य प्रचलित कानुनबमोजिम कारबाही हुने जानकारी गराइएको छ ।

कारागारले यस कार्यमा सहयोग गर्न कैदीबन्दीका परिवारजन, सुरक्षा निकाय, स्थानीय तह, सञ्चारमाध्यम, सम्बन्धित सरकारी कार्यालय तथा सरोकार भएका सबैमा अनुरोध गरेको छ ।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा आज अपराह्न ‘फूलपाती बढाइँ समारोह–२०८२’ सम्पन्न गरिएको छ ।

 

समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति पौडेलको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।

उक्त समारोहमा सेनाको टोलीले शङ्खघोषसहित राइफलबाट लहरे र एकट्ठा तथा तोपबाट पनि बढाइँ गरेको थियो ।

 

समारोहमा सैनिक परेड प्रदर्शन, दुर्गा नाचका साथै सेनाको हेलिकप्टर र ड्रोनबाट ‘फूलपाती बढाइँ समारोह–२०८२’ ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो । सो अवसरमा दुर्गा बन्दना प्रस्तुत गरिएको थियो ।

फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ । नेपाली सेनाले सैनिक मञ्चमा हर्षोल्लासपूर्वक फूलपाती बढाइँ गर्ने प्रचलन छ ।

गोरखाबाट ल्याइएको जमरा र फूलपाती हनुमानढोका दसैँघरमा साइत जुराएर भित्र्याएसँगै टुँडिखेलमा फूलपाती बढाइँ गर्ने परम्परा छ ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रिगणलगायत विशिष्ट व्यक्तित्व, कूटनीतिक नियोगको प्रमुख तथा प्रतिनिधि सहभागी थिए ।

बडादसैँँको सप्तमी अर्थात् फूलपातीका दिन सेनाले हरेक वर्ष सैनिक मञ्च टुँडिखेलमा भव्य समारोहका बीच फूलपाती बढाइँ गर्दै आएको छ ।

सैनिक मञ्चको बढाइँ हेर्न टुँडिखेल वरपर नागरिकहरूको बाक्लो उपस्थिति थियो । नेपाल टेलिभिजनलगायत सञ्चारमाध्यमले फूलपाती बढाइँको प्रत्यक्ष प्रसारण गरेका थिए ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल आफूले चुनेका प्रतिनिधिबाट आफू चुनिने खालको प्रक्रियामा गएको आरोप लगाएका छन् ।

 

सोमवार ललितपुरमा पत्रकार सम्मेलन गर्दै उनले अध्यक्ष दाहाल अरु केही एकता गरेर वा देखाएर महाधिवेशन सार्ने वा महाधिवेशन पनि आफूले चुनेका प्रतिनिधिबाट आफू चुनिने खालको प्रक्रियामा लाग्नुभएको बताए ।

अध्यक्ष दाहालले आन्तरिक लोकतन्त्रको भयंकर ठूलो अभ्यास देखाउने नाममा गरिरहनुभएको कामले झनै संकट थप्ने बताए । अहिलेको विकल्प पुराना नेताहरुलाई पार्टीबाट बिदा गर्ने नै रहेको बताए ।

वामपन्थीहरुले समाजवादको आधार तय गर्ने कुरा अमूर्त रहेको भन्दै १० वर्षमा बेरोजगारी र कुशासन हटाउँछौँ भन्नेकुरा नै समाजवादको आधार हुने बताए ।

महासचिव भुसालले अहिलेका शिर्ष नेताहरुलाई बिदा गरेर नयाँ बाटो कोर्नुपर्ने बताए ।

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो स्वकीय सचिवालयमा तीन सल्लाहकार नियुक्ति गरेका छन् ।

प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त भएका छन् । खनाल ‘द हिमालयन टाइम्स’ दैनिक पत्रिकाका पूर्वसम्पादक हुन् ।

त्यसैगरी प्रधानमन्त्रीको सल्लाहकार तथा प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ नियुक्त भएका छन् । समाजशास्त्रमा स्नातकोत्तर श्रेष्ठ कानुन संकायमा स्नातकोत्तर अध्ययनरत हुन् ।

नेपालको न्यायपालिकामा लामो समय काम गर्नुभएका श्रेष्ठले लगातार तीन जना प्रधान न्यायाधीशहरु रामकुमार साह, कल्याण श्रेष्ठ र सुशीला कार्कीको निजी सहायक भएर काम गरेका थिए ।

प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमिल्सिना नियुक्त हुनुभएको छ । तिमिल्सिना ‘थापा फाउन्डेसन’का अध्यक्ष हुन् । सो संस्था विवेकशील नेपाल पार्टीका संस्थापक उज्ज्वल थापाको सम्झनामा खोलिएको संस्था हो ।

काठमाडौँ । पछिल्लो २४ घण्टामा एक लाख ११ हजारभन्दा बढी यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन् ।

 

दसैँ मनाउनका लागि एक लाख ११ हजार ६३९ जना काठमाडौँ उपत्यकाबाट बाहिरिएका उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यही असोज ६ गते घटस्थापनादेखि आज फूलपातीसम्म ८३ हजार ८७ सवारीसाधनबाट कम्तीमा चार लाख ६७ हजार ९७७ जना काठमाडौँ उपत्यकाका विभिन्न नाकाबाट बाहिरिएका कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

 

यसैगरी घटस्थापनादेखि फूलपातीसम्म ६१ हजार ७८१ सवारीसाधनमा कम्तीमा दुई लाख ५२ हजार ७५५ जना काठमाडौँ उपत्यका भित्रिएका प्रहरीले जनाएको छ ।

दसैँको चहलपहल सुरुभएसँगै गाउँ फर्किने नागरिकको सङ्ख्या बढ्न थालेका कारण काठमाडौँ उपत्यकाभन्दा बाहिरी राजमार्गमा सवारीसाधनको चाप बढ्दै गएको प्रवक्ता सुवेदीले बताए ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाबाट १८ हजार ६१३ सवारीसाधन बाहिरिएका छन्भने १३ हजार ९२९ सवारीसाधन र ६१ हजार ८२२ यात्रु काठमाडौँ भित्रिएका ट्राफिक प्रहरीले जनाएको छ ।

 
 
 
 
 
 
 

मेष : दिन राम्रो छ। व्यापार व्यवसायमा फाइदा हुनेछ। शिक्षा, स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। पारिवारिक र सामाजिक क्षेत्रमा मानप्रतिष्ठा बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : दिन राम्रो छ। गुम्न लागेको सम्पत्ति हात लाग्ने छ। पठनपाठनमा मन जानेछ। स्वास्थ्यमा सुधार हुनेछ। पूर्वको लामो यात्रामा नजानु राम्रो हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर रहने छ।

मिथुन : दिन राम्रो छ। बोलीका कारण काम बन्नेछन्। शुभ कार्यमा सहभागी हुने अवसर मिल्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या आउन सक्छ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ।

कर्कट : दिन सामान्य छ। खर्च बढ्नेछ। आफूले गरेका काममा पश्चाताप हुनेछ। शत्रु बढ्ने दिन छ। परिवारमा विश्वास गुम्न सक्छ। थोरै बेलेर अघि बढ्नु उपयुक्त हुन्छ।

सिंह : दिन राम्रो छ। प्रतिभाको प्रदर्शन गर्ने दिन छ। व्यापार व्यवसायमा फाइदा हुनेछ। पठनपाठनमा रुची बढ्नेछ। गोप्य तरिकाले गरेको कामबाट लाभ मिल्नेछ। योजना सार्वजनिक नगरी कार्यान्वयनमा अगाडि बढ्नु उचित हुन्छ।

कन्या : तपाईंका लागि आजको दिन सामान्य छ। परिवारमा कामको बोझ थपिनेछ। अनावश्यक खर्च बढ्नेछ। स्वास्थ्यले साथ दिए पनि काममा आलोचनाको सामना गर्नुपर्ने दिन छ।

तुला : दिन राम्रो छ। धर्मकर्ममा मन जानेछ। साथीभाइसँग भेट हुनेछ। मान प्रतिष्ठा बढ्नेछ। सामाजिक क्षेत्रमा तपाईंको सम्मान बढ्नेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ।

वृश्चिक : दिन राम्रो छ। डुब्न लागेको धन उठ्ने दिन रहेको छ। सामाजिक र राजनीतिक क्षेत्रमा तपाईंको पहुँच बढ्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या आउन सक्छ ।

धनु : दिन राम्रो छ। सोचेको काम बन्दा मन प्रशन्न बन्नेछ। राजनीति र सामाजिक क्षेत्रमा मन जानेछ। रमाइलो घुमघामको योजना बन्ने योग छ। मनमा नयाँ अनुभव प्राप्त हुनेछन्।

मकर : दिन सामान्य छ। तपार्इंले गरेको कामको जस अरुले लिनेछन्। राजनीतिमा वितृष्णा बढ्नेछ। परिवारको साथ मिल्नेछ। स्वास्थ्यमा भने सुधारका संकेत देखिनेछन्।

कुम्भ : दिन सामान्य छ। अनावश्यक यात्रामा नजानु राम्रो हुन्छ। अनावश्यक क्षेत्रमा सम्पत्ति र समय खर्च हुनेछ। धार्मिक क्षेत्रमा मन जानेछ। नयाँ मान्छेसँग कारोबार नगर्नु राम्रो हुन्छ।

मीन : दिन सामान्य छ। मानसिक तनाव बढ्नेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। सामाजिक र राजनीतिक क्षेत्रमा चासो बढ्नेछ। बौद्धिक व्यक्तिसँग भेट गरेमा फाइदा हुनेछ।

काठमाडौं । नेपालीहरूको महान् चाड बडा दशैंको सातौं दिन आज देशभर घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैछ । आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्राउने यो परम्पराले दशैंको रौनकलाई अझ बढाएको छ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजा कोठामा आज उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने गरिन्छ ।

नवपत्रिकाको नामले समेत चिनिने फूलपातीमा नौवटी देवीको प्रतीकको रूपमा नवपालुवाहरूलाई भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधना गरिन्छ । धर्मशास्त्रविद प्राध्यापक डाक्टर रामचन्द्र गौतमका अनुसार, ‘केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ । यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन् ।’ फूलपाती भित्र्याउन साइतको आवश्यकता नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबारको दशैंघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने ऐतिहासिक परम्परा छ । यस वर्षको फूलपाती अपराह्न हनुमानढोकामा भित्र्याइने कार्यक्रम रहेको दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए ।

गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैंघरका पूजारीसहित मगर जातिका ६ जनाले फूलपाती ल्याउँछन् । जीवनपुरबाट काठमाडौंको जमलसम्म काठमाडौंबाट गएका ब्राह्मण जातिका ६ जनाले यसलाई ल्याउने गर्दछन् । जमलबाट हनुमानढोकासम्म भने निजामती सेवाका उच्चपदस्थ अधिकारीहरू, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा भव्य शोभायात्राका साथ फूलपाती भित्र्याइन्छ ।

शनिबार नै राजधानीबाट एक समूह धादिङको जीवनपुर फूलपाती लिन गएको थियो। जीवनपुरबाट स्वयम्भू हुँदै राजधानी आइपुगेको समूहले स्वयम्भूको वनबाट माने नामको फूल पनि नवपत्रिकामा समावेश गरेको छ । जमलमा हनुमानढोकाबाट गएको समूहले स्वागत गरी फूलपाती भित्र्याउने कार्यक्रम रहेको दरबार हेरचाह अड्डाले जनाएको छ ।

आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखेपछि सुरु हुने दशैंको सामाजिक चहलपहल आजैका दिनदेखि अझ तीव्र भएको छ । आजैदेखि सरकारी कार्यालयहरू पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न व्यक्तिहरू सपरिवार दुर्गा भवानीको प्रसादका रूपमा टीका थाप्न आ–आफ्नो घर फर्कने क्रम बढेको छ ।

यससँगै काठमाडौं उपत्यका सुनसान बन्दै गएको छ। सधैं व्यस्त रहने सडकहरूमा गाडीको संख्या पातलिंदै गएको छ । गाउँघरमा भने लिङ्गेपिङ, रोटेपिङ र चङ्गा उडाएर रमाइलो गर्ने सांस्कृतिक परम्पराले दशैंको रौनकलाई अझ बढाएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।