
यस वर्षको विजया दशमीको दिन मान्यजनको हातबाट नवदुर्गा भवानीको प्रसाद टीका र जमरा लगाउने उत्तम साइत आज बिहान ११:५३ बजे रहेको छ।
घटनास्थापनाको दिनदेखि पूजा आराधना गरिएकी नवदुर्गा अर्थात देवी बिसर्जन गरेपछि टीका शुरु हुन्छ। दुर्गा भवानीको प्रसाद टीका र जमरा लगाउन साइत कुर्नु नपर्ने भएकोलै आजदेखि कोजाग्रत पू्णिमासम्म नै लगाउन सकिने तर साइतमै लगाउन खोज्नेका लागि भने विहान ११:५३ बजेको साइत उत्तम रहेको पञ्चांग निर्णायक विकास समितिको भनाइ छ।
यसैगरी आज बिहान ९:२३ बजे देवी विसर्जनको साइत रहेको छ। घटस्थापनाको दिनमा दशैं घर वा पूजाकोठामा विधिपूर्वक नवदुर्गा स्थापना गरी जमरा राखेर महानवमीसम्म दुर्गा पूजा गरेर विजया दशमीको दिनमा देवीको प्रसाद स्वरुप मान्यजनको हातबाट त्यही जमरा र टीका थाप्ने र आशिर्वाद लिने प्रचलन छ।
देवी दुर्गा भवानीले राक्षसको बध गरेपछि असत्यमाथि सत्यको जीत भएको सम्झनामा दशैंमा रातो टीका र जमरा लगाउने परम्परा रहेको छ। यद्यपि केही समुदायमा भने शान्तिको प्रतिक मानेर सेतो रङको टीका लगाउने चलन पनि छ। बडा दशैंको टीका कोजाग्रत पूर्णिमाको दिनसम्मै लगाउने गरिन्छ।
काठमाडौं। जल तथा मौसम बिज्ञान बिभागले असोज १८-२० गतेसम्म विशेष सतर्कता अपनाउन अनुरोध छ।
विभागले विशेषगरि वागमती प्रदेशका काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ मधेश, प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्ला भई बहने स-साना नदीहरुमा आकस्मिक बहावको सम्भावना उच्च रहेको हुँदा मुख्यतः असोज १८-२० सम्म विशेष सतर्कता अपनाउन आज अनुरोध गरेको हो।
विभागका अनुसार बंगालको खाडीमा विकसित भएको न्यून चापीय मौसमी प्रणाली भारतको ओडिसाबाट जमिनको भू-भागमा प्रवेश गरी मध्य भारततर्फ क्रमशः सर्ने भएको र सो न्यून चापीय प्रणालीको कारणले नेपालमा मनसुनी वायु प्रवेश गरी आगामी असोज १७ गतेबाट असोज २० गतेसम्म खास गरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म मनसुनी गतिविधि सक्रिय हुने सम्भावना देखिएको छ।
हालको विश्लेषणअनुसार उक्त अवधिमा देशको नारायणी, बागमती, कमला र कोशी नदी र यी नदीका सहायक नदीहरुमा बहाव उल्लेख्य बढ्ने र खतरा तह आसपास पुग्न सक्ने देखिएको साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशका महाभारत, चुरे भई बहने स-साना नदीनालाहरुमा आकस्मिक बहाव हुन सक्ने सम्भावना रहेको छ।
नेपालमा मनसुन वहिर्गमन भइनसकेको हालको अवस्थामा यस विभागले मौसम र बाढीको संभावित विषम अवस्थाको नियमित अनुगमन गरिरहेको छ। बिभागले भनेको छ,“तसर्थ, यस विभागवाट वेभसाइट, सामाजिक सञ्जाल, टोल फ्रि सेवा (११५५) माध्यमबाट सम्प्रेषण गरिने अद्यावधिक पूर्वसूचना प्राप्त गरी आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।“
उल्लेखित पूर्वानुमानका आधारमा उत्पन्न हुन सक्ने बाढी, डुबान, पहिरो, भू-क्षय लगायतका जोखिमका साथै सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावनालाई ध्यानमा राखी सम्भावित क्षति न्यूनिकरणका लागि विभागबाट नियमित रूपमा जारी हुने पूर्वानुमान तथा पूर्वसूचनाहरू छिटो प्रबाह गरी पूर्वतयारी र आवश्यक पूर्वकार्यमा जुट्न विभाग विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी सबै निकायहरू र आमसर्वसाधारणलाई बिभागले अपिल गरेको छ।
मेष : तपाईंका लागि आजको दिन धेरै राम्रो छ। आज व्यापार व्यवसायमा सुधारका संकेत देखिनेछन्। शिक्षा र स्वास्थ्यमा गरेका प्रयासमा सफलता मिल्नेछ। साथीसँग भेटघाट हुनेछ। परिवारको सहयोग प्राप्त हुनेछ।
वृष : दिन राम्रो छ। सम्पत्ति आर्जन हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या आउन सक्छ। हरेक काममा विपक्षी साथीको समेत साथ मिल्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ।
मिथुन : दिन सामान्य छ। बोली र व्यवहारमा एकरुपता नहुँदा समस्या बढ्नेछ। धर्मकर्ममा मन जानेछ। शिक्षाको क्षेत्रमा थप मिहिने गर्नुपर्ने देखिन्छ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथ सहयोग मिल्नेछ।
कर्कट : दिन राम्रो छ। आज स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। व्यापार व्यावसायमा फाइदा हुनेछ। घुमघामको समय मिल्नेछ। वैदेशिक रोजगारीमा मन जानेछ। लगानी गरेको भए फाइदा हुने योग छ।
सिंह : दिन सामान्य छ। तपाईंको कुरा काट्नेहरु बढ्नेछन्। परिवारको साथमा लामो यात्रा हुनेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। सानो काममा विवाद बढ्नेछ। संकटको समय भएकाले परिवारको साथ लिएर मात्रै अघि बढ्नु राम्रो हुन्छ।
कन्या : दिन राम्रो छ। आफन्तसँगको भेटघाटले नयाँ योजना बन्नेछन्। शिक्षा, स्वास्थ्यमा गरेको प्रयास सफल हुनेछ। सुखद् यात्रा तय हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। मान्यजनसँग भेट हुने योग छ।
तुला : दिन सामान्य छ। साना कुरामा समय बर्बाद हुनेछ। साथी र आफन्तसँग वादविवाद पर्नसक्छ। आफन्तबाट अपमानित भएको महसुस गर्नु हुनेछ। शिक्षामा थप मिहिनेतको खाँचो छ। छोटो यात्रा हुनेछ।
वृश्चिक : दिन राम्रो छ। बन्धुसँगको सहकार्यमा गरेको कामबाट फाइदा हुनेछ। स्वास्थ्यमा समस्या हुनसक्छ। पठनपाठनमा मन जानेछ। परिवारमा मनमुटाव हुनसक्छ। हरेक काममा सचेत भएर अगाडि बढ्नु उचित हुन्छ।
धनु : दिन राम्रो छ। आज गुम्नै लागेको सम्पत्ति हात लाग्नेछ। स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। सम्पत्ति आर्जन हुने दिन छ। परिवारको साथसहयोग मिल्नेछ। धार्मिक कार्यमा सहभागी हुने अवसर प्राप्त होला।
मकर : दिन राम्रो छ। तपाईंको राशिमा चन्द्रमाले भ्रमण गर्ने भएकाले सोचेको काम बन्नेछ। परिवारभित्रबाट मानसम्मान प्राप्त हुनेछ। धर्मकर्ममा मन जानेछ। आम्दानीका स्रोत बलियो हुनेछन्। पूर्वको लामो यात्रामा नजानु उचित हुन्छ।
कुम्भ : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। साथीभाइसँग मनमुटाव हुनेछ। धार्मिक क्षेत्रमा सक्रिय व्यक्तित्वसँग सहकार्य हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या आउन सक्छ।
मीन : दिन सामान्य छ। मनमा सानातिना कुराले तनाव बढ्नेछ। शत्रु बढ्नेछन्। कुरा काट्ने थपिनेछन्। ठूलो लगानी नगर्नुहोला। धर्मकर्ममा मन जानेछ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ।