
गृह मन्त्रालयले मापदण्डभन्दा बढी सुरक्षाकर्मी लगाएको भन्दै नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षार्थ खटाइएको टोलीमा कटौती गरेको छ।
मन्त्रालय उच्च स्रोतका अनुसार, ओलीले मापदण्डविपरीत साथमा राखेका २८ सुरक्षाकर्मीलाई बिहीबार फिर्ता बोलाइएको छ भने दाहालका ३४ सुरक्षाकर्मीलाई पनि फिर्ता पठाइएको छ। दाहालको सुरक्षामा ५२ सुरक्षाकर्मी खटिँदै आएका थिए।
विशिष्ट व्यक्ति सुरक्षा कार्यविधिअनुसार पूर्वप्रधानमन्त्रीसहित उच्चपदस्थ व्यक्तिहरूलाई तोकिएकै मापदण्डमा सुरक्षा व्यवस्था गर्नुपर्ने व्यवस्था छ। सोही कार्यविधिअनुसार गृह मन्त्रालयले दुवै नेताको सुरक्षामा रहेका मापदण्ड विपरीतका सुरक्षाकर्मी हटाउने निर्णय गरेको हो।
काठमाडौं । सरकारले चार जना डिआइजी (उप–महानिरीक्षक) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने निर्णय गरेको छ ।
बिहीबारको मन्त्रिपरिषद् बैठकले सुशीलसिंह राठौर, उमाप्रसाद चर्तुवेदी, हिमालयकुमार श्रेष्ठ, र डम्बरबहादुर विश्वकर्मालाई एआइजी पदमा बढुवा र पदस्थापन गर्ने निर्णय गरेको हो ।
सरकारले भूमि समस्या समाधान आयोग र सवै जिल्ला समितिहरु खारेज गर्ने निर्णय गरेको छ ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको भूमि आयोग र सवै जिल्ला समितिहरु खारेज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता जगदिश खरेलले जानकारी दिए ।
उनले भने,‘भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ बमोजिम गठन भएको भूमि आयोग र सवै जिल्ला समितिहरु खारेज गर्ने निर्णय भएको छ ।’
त्यस्तै उनको अनुसार इलाम जिल्लालाई तीन महिनाका लागि बिपद् संकटग्रस्त जिल्ला घोषणा गर्ने पनि सरकारले निर्णय गरेको छ ।
‘बैठकले इलाम जिल्लालाई तीन महिनाका लागि बिपद् संकटग्रस्त जिल्ला घोषणा गर्ने निर्णय पनि गरेको छ ।’उनले भने
त्यसैगरी बैठकले डीआईजीहरू सुशीलसिंह राठौर, उमाप्रसाद चतुरवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई एआईजीमा बढुवा गरी पदस्थापन गर्ने निर्णय गरेको प्रवक्ता खरेलले जानकारी दिए ।
सरकारले जलविद्युत् आयोजना निर्माणका लागि स्रोत व्यवस्थापन गर्न २० अर्ब रुपैयाँ बराबरको ऊर्जा बन्ड चरणबद्ध रूपमा निष्कासन गर्न स्वीकृति प्रदान पनि गरेको छ ।
माइतीघर क्षेत्रमा अनुमति बिना आन्दोलन गर्न खोज्ने १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेकामध्ये डा. निकोलस भुसाल पनि रहेका छन्।
काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार प्रशासनको पूर्वअनुमति बिना समूह बनाएर प्रदर्शन गर्न खोजेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो। प्रहरीले आन्दोलनका नाममा अशान्ति मच्चाउन खोज्ने समूहलाई नियन्त्रणमा लिएको दाबी गरेको छ।
यसअघि जेन–जी आन्दोलनको आधिकारिक टिमले आजका लागि तय गरिएको प्रदर्शन बुधबार नै फिर्ता लिएको थियो। तर, केही अराजक समूहले होहल्ला गर्ने र स्थिति भड्काउने प्रयास गरेको आशंकामा प्रहरीले काठमाडौंका मुख्य चोक–चोकमा कडा सुरक्षा व्यवस्था मिलाएको छ।
माइतीघर क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ भने आसपासका क्षेत्रमा पनि निगरानी थप गरिएको प्रहरीले जनाएको छ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईले केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, आरजु राणा र अन्य सार्वजनिक नेताहरूलाई तुरुन्त पक्राउ गर्न माग गरेका छन् ।
विहीबार सामाजिक संजालमा आफ्ना धारणाहरु राख्दै उनले शीर्ष नेताहरुलाई पक्राउ गरी उठेका आरोपहरुलाई कानूनी प्रक्रिया अनुसार छिट्टै अगाडि बढाएर सत्यतथ्य सार्वजनिक गर्नु पर्ने र दोषी ठहरिएमा कानुनले अनुसार कारबाही हुनुपर्नेमा जोड दिएका छन् ।
त्यस्तै उनले विदेशी शक्तिको आडमा देश चलाउने लुसिफरको प्रयास कहिल्यै सफल नहुने भन्दै छठपछि व्यवस्था परिबर्तनका लागि हुने शान्तिपूर्ण महाआन्दोलनमा सहभागी हुन पनि आब्हान गरेका छन् ।
प्रसाईंले लेखेका छन्
देशको स्वाभिमान र स्वतन्त्रता जोगाउन विदेशी एजेन्टहरू र लुसिफरजस्ता विनाशकारी विचार बोकेका व्यक्तिहरूलाई देशबाट हटाउनु जरुरी छ।
देशमा राजा, धर्म र संस्कृति नहुने हो भने त्यो देश दिशाहीन बन्छ। राजा राष्ट्रको प्रतीक हुन्, धर्म नैतिकताको आधार हो र संस्कृति हाम्रो पहिचान जब यी तत्व हराउँछन्, जनतामा अनुशासन, एकता र सम्मान हराउँछ। जसरी खेतमा धान माड्दा मियो नभए धान खेर जान्छ, त्यसै गरी देशमा राजा, धर्म र संस्कृति नभए समाज बिखण्डित र मूल्यहीन हुन्छ। हाम्रो परम्परा, संस्कार र आस्था नै हाम्रो वास्तविक शक्ति हुन्।
त्यसैले प्रहरीले भ्रस्टाचारमा संलग्न भएको आरोप उठेका गम्भीर प्रश्नहरूमाथि कडाइका साथ, निष्पक्ष र कानूनी छानबिन गरी जवाफदेही बनाउन आवश्यक छ। विशेष गरी केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, आरजु राणा र अन्य सार्वजनिक नेताहरू तुरुन्त पक्राउ गरेर तिनीहरुका विरुद्ध उठेका आरोपहरुलाई कानूनी प्रक्रिया अनुसार छिट्टै अगाडि बढाएर सत्यतथ्य सार्वजनिक गर्नु पर्दछ र दोषी ठहरिएमा कानुनले अनुसार कारबाही हुनुपर्छ — लिनुपर्ने कदम सम्झौतामुखी होइन, न्यायसम्मक हो।
साथै, शान्ति–सुरक्षामा खटिएका प्रहरीमाथि आक्रमण गर्ने, प्रहरी चौकी पोस्ट जलाउने, प्रहरीलाई निर्धात कुटपिट गर्ने र सिंहदरबारदेखि सर्वोच्च अदालतजस्ता ऐतिहासिक तथा संवैधानिक सम्पदामा आगो लगाउने जस्ता हिंसात्मक कार्यहरू हामी स्वीकार गर्न सक्दैनौं। यस्ता आपराधिक घटनामा संलग्नहरूलाई तुरुन्तै कानूनअनुसार कारबाही गरिनुपर्छ र कुनै प्रकारको अपवाद, छुट वा सहमति हुन सक्दैन , ऐतिहासिक सम्पदा नष्ट गर्ने गराउने कुनै पनि सच्चा नेपाली हुन सक्दैन,नेपालीको प्रतिनिधित्व हुन सक्दैन।
विदेशी शक्तिको आडमा देश चलाउने लुसिफरको प्रयास कहिल्यै सफल हुँदैन, हुन दिइदैन , छठपछि बेवास्था परिबर्तनका लागि हुने शान्तिपूर्ण महा(आन्दोलनमा सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनीहरूलाई एकताबद्ध भएर देश भरिबाट राजधानी केन्द्रित भयर शान्तिपूर्ण ढंगले सहभागी भएर आवाज उठाउन हार्दिक अपील गर्दछौं। हाम्रो आवाज साँच्चै न्याय र सँस्कृति बचाउने उद्देश्यले हुने छ । नेपाली हामी रहौंला कहाँ नेपालै नरहे ।
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी रकम करिब रू. २३ अर्ब २२ करोड ८७ लाख पुगेको छ ।
विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनी र चारवटा लघु निर्जीवन बीमा कम्पनीमा परेका कूल ३ हजार ९९ वटा बीमा दाबीको करिब रू. २३ अर्ब २२ करोड ८७ लाख दाबी रकम रहेको तथ्यांक निर्जीवन बीमा कम्पनीहरूबाट नेपाल बीमा प्राधिकरणमा प्राप्त भएको हो ।
निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल दाबी रकममध्ये बुधबारसम्ममा अग्रिम भुक्तानी समेत गरी करिब रू. १ अर्ब २९ करोड १९ लाख भुक्तानी भएको छ ।
निर्जीवन बीमा कम्पनीहरूले क्षतिको सर्भे प्रतिवेदन तयारीका लागि बुधबारसम्ममा २ हजार ७०६ को संख्यामा सर्भेयर खटाएको र हालसम्ममा सर्भेयरहरूले ३७४ को संख्यामा सर्भे प्रतिवेदन पेश गरेको जानकारी निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त भएको प्राधिकरणले जनाएको छ ।
तेलअभिभ– इजरायली सेनाले (आईडीएफ) हमासको नियन्त्रणमा रहेका नेपाली बन्धक बिपिन जोशीको एउटा भिडियो बुधबार राति सार्वजनिक गरेको छ।
तर यो भिडियो सन् २०२३ नोभेम्बरमा खिचिएको अनुमान छ । यो भिडियो बिपिनको परिवारको अनुरोधमा सार्वजनिक गरिएको हो।
सन् २०२३ अक्टोबर ७ मा इजरायलको किब्बुट्ज अलुमिमबाट अपहरणमा परेका बिपिनको यो भिडियो दुई वर्षपछि सार्वजनिक गरिएको हो।
भिडियो इजरायली गुप्तचर अधिकारीहरूले गाजामा जारी रक्तपातपूर्ण युद्धका क्रममा प्राप्त गरेका थिए।
यो भिडियो सार्वजनिक गर्नुअघि सेन्सर गरिएको छ। परिवारबाट हाल मात्रै अनुमति पाएपछि इजरायली सेनाले भिडियो सार्वजनिक गरेको हो। यो बिपिनको बन्धक बनेको समयदेखि पाइएको जीवनको थोरै प्रमाणमध्ये एक हो। उनको हालको अवस्था भने अझै स्पष्ट छैन।
भिडियोमा बिपिनले आफूलाई यसरी परिचय गराएका छन्, ‘इस्मी (मेरो नाम) बिपिन जोशी हो। म नेपालबाट आएको हुँ। मेरो उमेर २३ वर्ष छ। म २५ दिनअघि इजरायल आएको हुँ। म ‘लर्न एन्ड अर्न’ कार्यक्रमका लागि आएको हुँ। म विद्यार्थी हुँ।‘
उता बिपिनकी बहिनी पुष्पा जोशीले द जेरुसेलम पोस्टसँग कुरा गर्दै यो भिडियो सार्वजनिक गर्नुको उद्देश्य सम्भावित बन्धक सम्झौतामा प्रगति गराउने प्रयास रहेको बताएकी छन् ।
पुष्पाको भावनात्मक अपिल
पुष्पा उनकी आमासहित हाल अमेरिकामा छिन् । आफ्ना दाजुको रिहाइका लागि उनी अन्तर्राष्ट्रिय पहल गरिरहेकी छन्।
उनले वाशिङ्टन डीसी र न्युयोर्कमा बसाइ बढाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सँग भेट्ने प्रयास गरिरहेकी छन्। उनले भनिन्, ‘हामी यहाँ आशा बोकेर आएका छौं। हामी राष्ट्रपति ट्रम्पसँग भेटेर बिपिनको सुरक्षित मुक्तिका लागि आग्रह गर्न चाहन्छौं।’
वार्ताको प्रक्रियाबारे कुरा गर्दै उनले लामो प्रतीक्षाले परिवारमाथि परेको पीडा व्यक्त गरेकी छन्।
‘करिब दुई वर्ष भइसकेको छ। अब हामी अझै कुर्न सक्दैनौं, हामीसँग कुर्न सक्ने शक्ति बाँकी छैन,’ उनले भनिन्।
पुष्पाले कूटनीतिज्ञहरूलाई प्रत्यक्ष आग्रह गर्दै भनिन्, ‘कृपया पछाडि नहट्नुस्। हामी बन्धक र उनका परिवारले भोगिरहेको पीडा बुझ्नुस्। र सुरक्षित मुक्तिका लागि ठोस कदम चाल्नुस्।’
बिपिनको साहस र परिवारको अपिल
पश्चिम नेपालको कञ्चनपुरका बासिन्दा विपिन जोशी किब्बुट्ज अलुमिममा कृषि शिक्षण कार्यक्रमका लागि पुगेका थिए।
वाल स्ट्रिट जर्नल का अनुसार विपिनले हमासको आक्रमणको बेला आफ्नो आश्रयस्थलमा रहेका साथीहरूको ज्यान बचाएका थिए।
उनले झ्यालबिनाको कोठामा फ्याँकिएका दुई ग्रिनेडमध्ये पहिलोलाई समातेर बाहिर फ्याँकेका थिए, जसले केहीको ज्यान जोगियो। तर दोस्रो ग्रिनेड विस्फोट हुँदा उनका पाँच साथी गम्भीर घाइते भएका थिए।
जोशी परिवारले भनेको छ, ‘गाजाबाट भेटिएको यो जीवनको प्रमाण हाम्रो विश्वासलाई अझ प्रबल बनाउने एउटा आधार हो। हामी यो भिडियो साझा गर्दैछौं, किनभने हामी अझै पनि विश्वास गर्छौं कि उनी जीवित छन्।’
परिवारले भिडियो सार्वजनिक गर्न सजिलो नभएको बताएका छन् । ‘यो भिडियो सार्वजनिक गर्नु हामीका लागि सजिलो निर्णय होइन। तर अहिलेको यो संवेदनशील र ऐतिहासिक समयमा बन्धकहरूको भविष्य निर्धारण हुनेछ’, उनीहरूले भनेका छन् ।
‘हामी सबै कूटनीतिक र अन्तर्राष्ट्रिय पक्षहरूलाई अनुरोध गर्छौं—कृपया हार नमान्नुस्। त्यो दिन ल्याउनुस्, जब उनीहरू सबै घर फर्कन सकून्’, परिवारको तर्फबाट भनिएको छ ।