२०८२ आश्विन २८ गते मंगलवार
२०८२ आश्विन २८ गते मंगलवार

काठमाडौं मेडिकल कलेजकी अध्यक्ष सोइन शर्माको प्रश्न — “सरकारले निजी स्वास्थ्य संस्थामाथि निथार्ने खेल किन?”

काठमाडौं मेडिकल कलेजकी अध्यक्ष सोइन शर्माले नेपालमा निजी स्वास्थ्य संस्थामाथि सरकारले चलाइरहेको नीति र व्यवहारप्रति कडा आपत्ति जनाएकी छन्। उनले भनिन्, “देशको स्वास्थ्य प्रणालीको मेरुदण्ड निजी क्षेत्र हो, तर सरकारले उल्टै यही शक्तिलाई कमजोर पार्ने प्रयास गरिरहेको छ।”

उनका अनुसार अहिले BP कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान) र NAMS (काठमाडौं) जस्ता ठूला सरकारी अस्पतालहरू पनि आफ्ना कर्मचारीलाई तलब र भत्ता दिन नसक्ने अवस्थासम्म पुगेका छन्। उनले स्मरण गरिन्, “केही हप्ता अघि मात्रै पाटन अस्पतालका रेसिडेन्ट डाक्टरहरू तलब नपाएर आन्दोलनमा उत्रिए।”

शर्माले भनेकी छन् — “सरकारी सरह सुविधा दिनुपर्ने जिम्मेवारीबाट भाग्दै ‘करारमा कर्मचारी राख्ने’ प्रवृत्ति त सरकारी संस्थामै छ। तर एउटै निजी संस्था, जसले सारा सरकारी कार्यक्रम संचालन गर्दै आएको छ, सरकारले एक पैसा अनुदान नदिँदा पनि आफ्नै लगानीमा विश्वस्तरका स्वास्थ्य उपकरण किनेर देशको स्वास्थ्य क्षेत्रमा ७० प्रतिशत योगदान दिइरहेको छ — त्यसलाई उल्टै निथार्ने नियम बनाइन्छ?”

उनले सरकारका निर्णयकर्ताहरूलाई चेतावनी दिँदै भनिन्,  “कोठाभित्र कुर्सीमा बसेर चिठी काट्दै देशको स्वास्थ्य प्रणाली सुध्रँदैन। BP कोइराला धरान बन्न दशकौं लाग्यो, तर स्वास्थ बीमाको रकम नआएर आज त्यो संस्था अङ्गविहीन जस्तो भएको छ।”

शर्माले नेपालको जनसङ्ख्या, बीमाको पहुँच र आम नागरिकको आर्थिक हैसियतलाई ध्यानमा राखेर नीति बनाउनुपर्ने बताइन्।
उनका अनुसार, “नेपालमा एक सामान्य नागरिकले महिनामा १५०–२०० डलर बराबरको बीमा तिर्न सक्ने अवस्था छैन, अनि बीमाले नछेकेको खाडल कसले पुर्याउने?”

उनले भनिन् — “आज नेपालमा स्वास्थ्य, जीवनस्तर र अस्तित्वलाई धानेको शक्ति निजी क्षेत्र हो। तर त्यही निजी क्षेत्रलाई नियमको जालोमा बाँधेर, अनुदान नदिई कमजोर बनाउने खेल चलिरहेको छ। यस्तो प्रवृत्तिले देशको स्वास्थ्य प्रणालीलाई पतनतर्फ धकेल्नेछ।”

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा जेनजी आन्दोलनपछि पहिलो पटक सार्वजनिक भएका छन् ।

उनी पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा पुगेर पहिलो पटक सार्वजनिक भएका हुन् । सो क्रममा देउवाले केन्द्रीय समिति बैठकमा सम्बोधन पनि गरेका छन् ।

सम्बोधनका क्रममा उनले गत २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

काठमाडौँ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ ।

कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिए।

कात्तिक ६ गते बिहीबार मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि धनु लग्न, कन्या नवमांश, चर बेला र अभिजित् योग तथा विजय मुहूर्तको शुभ साइत दिइएको समितिका सदस्य प्रा देवमणि भट्टराईले जानकारी दिए। “राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या छैन”, उनले भने।

यस वर्ष यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरु हुन्छ । त्यस दिनदेखि यमदीप दान सुरु गरिन्छ । धन त्रयोदशी र धनतेरस पर्व पनि यसै दिन परेको समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । कात्तिक २ गते आइतबार काग तिहार परेको छ । यसै दिन धनवन्तरी जयन्ती पर्व पनि मनाइन्छ ।

कात्तिक ३ गते सोमबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । यसै दिन साँझ दीपमालिका गरिन्छ । कात्तिक ३ गते सोमबार दिउँसो ०२ः५२ बजेसम्म कात्तिक कृष्ण चतुर्दशी र त्यसपछि औँशी तिथि लाग्ने भएकाले शास्त्रसम्ममत् रूपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिले जनाएको छ ।

सायकालमा औँसी तिथि परेका दिन लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय वचन छ । औँसी तिथिमा गरिने स्नान, दान भने कात्तिक ४ गते मङ्गलबार बिहान गर्नुपर्नेछ । कात्तिक ४ गते दिउँसो ०४ः२९ बजेसम्म औँशी तिथि रहेको समितिले जनाएको छ ।

गाई, गोरु र आत्म ९म्ह० पूजा भने कात्तिक ५ गते बुधबार गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । कात्तिक शुक्ल प्रतिपदाको सायंकालमा आत्म ९म्ह० पूजा गर्नुपर्ने ‘कृत्यवाटिका’ नामक ग्रन्थमा उल्लेख गरिएको छ । आत्म ९म्ह० पूजा विशेषगरी नेवार समुदायले गर्ने परम्परा छ । समितिले स्वीकृति दिने तीन पात्रो ९पञ्चाङ्ग० नेवार समुदायका पञ्चाङ्गकारले प्रकाशन गर्ने गरेका छन् । सिद्धिलक्ष्मी व्यञ्जनकार, कीर्तिकिरण जोशी र शशिधर जोशी नेवार समुदायकै पञ्चाङ्गकारले पनि कात्तिक ५ गते नै आत्म ९म्ह० पूजा गर्ने विषय आफ्ना पञ्चाङ्ग ९पात्रो० मा उल्लेख गर्नुभएको छ ।

यसै दिन यस वर्ष नेपाल संवत् अनुसार नयाँ वर्ष मनाउनुपर्ने समितिले जनाएको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचन अनुसार यस्तो निर्णय गरिएको अध्यक्ष ढकालले बताउनुभयो । यसै दिनदेखि नेपाल संवत् ११४६ सुरु हुन्छ ।

शास्त्रीय विधिअनुसार भाइपूजा र नेवारी भाषामा भनिने किजापूजा पनि कात्तिक ६ गते बिहीबार मनाइनेछ । मङ्सिर २ गते बिहान ७ः०४ बजेसम्म मात्र द्वितीया तिथि छ । शास्त्रीय वचन अनुसार मध्याह्नकालमा नै भाइटीका लगाइन्छ ।

शास्त्रीय ग्रन्थमा भ्रातृपूजा भन्ने शब्द उल्लेख गरिएको र त्यस शब्दले दाजुभाइ दुवैलाई बुझाउँछ । भाइटीका भनिए पनि ज्येष्ठको क्रमानुसार नै दाजुभाईलाई टीकाटाला गर्नु शास्त्रसम्मत हुने समितिले जनाएको छ ।

प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमपञ्चक भनिने तिहार पर्व मनाइन्छ । यस पर्वमा कात्तिक कृष्ण त्रयोदशीको साँझदेखि कात्तिक शुक्ल द्वितीयाको साँझसम्म यमदीपदान गरिन्छ । यमदीपदान परिवारको सङ्ख्याका आधारमा नाम उच्चारण गरेर गरिन्छ । यस अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ ।

काग र कुकुरलाई पनि यमदूतका रूपमा मीठा परिकार खान दिएर खुसी बनाउने वैदिक परम्परा छ । जसले यमलोकमा सहयोग गर्ने विश्वास गरिन्छ ।

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको कारोबारमा सुनको मूल्य ८ हजार १ सय रुपैयाँले बढेर कीर्तिमानी उचाइमा पुगेको हो ।

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ५सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

सोमबार सुनको कारोबार प्रतितोला २ लाख ४० हजार ४ सय रुपैयाँमा भएको थियो ।

त्यसतै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १०५ रुपैयाँले बढेर प्रतितोला ३ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजेदेखि सुरु हुँदैछ । तर, बैठकका मुख्य एजेन्डामा भने अझै सहमति जुट्न सकेको छैन । केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार, बैठकका एजेन्डा टुंग्याउनका लागि आजै बिहान ११ बजे पार्टी कार्यालय सानेपामा कार्यसम्पादन समितिको बैठक बस्ने तयारी छ ।

कांग्रेस शीर्ष नेताहरूबीच केन्द्रीय समिति बैठकका एजेन्डाहरू तय गर्नका लागि लगातार छलफल हुँदै आए पनि कुनै ठोस निष्कर्ष निस्कन सकेको छैन । यसै कारणले गर्दा यसअघि आइतबारका लागि तय भएको केन्द्रीय समिति बैठक आजका लागि सारिएको थियो । मुख्यतः पार्टीको नियमित महाधिवेशन मंसिरभित्रै गर्ने वा नसक्ने भन्ने विषयमा नेताहरूबीच फरक-फरक धारणा रहँदा सहमति जुट्न नसकेको बताइएको छ । यसले पार्टीभित्रको आन्तरिक लोकतन्त्र र भावी दिशाबारे गम्भीर प्रश्नहरू खडा गरेको छ ।

देउवाको सार्वजनिक उपस्थिति
केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवाको उपस्थिति विशेष चासोका साथ हेरिएको छ । गत भदौ २४ गते बुढानीलकण्ठस्थित आफ्नै निवासमा जेनजी आन्दोलनका क्रममा भएको घटनापछि सार्वजनिक रूपमा नदेखिएका देउवा आजको बैठकमा सहभागी हुने भएका हुन् ।

देउवाको स्वास्थ्य अवस्था र त्यसपछिको राजनीतिक सक्रियताले पनि यस बैठकलाई थप महत्त्वपूर्ण बनाएको छ । उनको नेतृत्वमा पार्टीले महाधिवेशनको सँघारमा कस्तो रणनीति अख्तियार गर्छ भन्ने कुरामा सबैको ध्यान केन्द्रित भएको छ । आजको कार्यसम्पादन समिति बैठकले केन्द्रीय समिति बैठकका लागि एजेन्डाहरू टुंग्याउन सकेमा मात्र केन्द्रीय समिति बैठकले ठोस दिशा लिन सक्नेछ । अन्यथा, कांग्रेसको आन्तरिक द्वन्द्वले थप जटिल मोड लिने सम्भावना छ ।

प्यालेस्टिनी समूह हमासले विपिन जोशीको शव इजरायललाई हस्तान्तरण गरेको छ। सोमबार राति हमासले रेड क्रसमार्फत जोशीसहित चार जनाको शव इजरायललाई हस्तान्तरण गरेको टाइम्स अफ इसराइलले जनाएको छ।

बन्धकहरू छाड्ने दिनसम्म विपिन जोशीको स्थिति अज्ञात रहेको उल्लेख गरेको थियो। जोशीलाई पहिले इजरायलले मरेको पुष्टि गरेको थिएन, तर अधिकारीहरूले “गम्भीर चिन्ता ” व्यक्त गरेका थिए।

हमासले विपिन, योशी शाराबी, गाइ इलाउज र ड्यानियल पेरेजको शव हस्तान्तरण गरेको हो। इजरायली प्रहरी अधिकारीहरूले चार जना अपहरणकारीहरूको स्पष्ट अवशेष रहेको कास्केटलाई तेल अवीवको अबु काबिर फरेन्सिक इन्स्टिच्युटमा लगेका छन्। उनीहरुले अब पहिचान गर्नेछन्। त्यहाँ शव पहिचान प्रक्रिया सुरू भएको र त्यसका लागि दुई दिन लाग्न सक्ने अधिकारीहरूले जनाएका छन्।

हमासले सम्झौता अनुसार अझै २४ जना मृत बन्धकको शव हस्तान्तरण गरेको छैन। यता इजरायली रक्षामन्त्री इसराइल कात्जले सम्झौताअनुसार मृतक बन्धकरूको शव समयमै हस्तान्तरण नगरे कठोर जवाफ दिने चेतावनी दिएका छन्। यता हमासले भने कतिपय शवहरू इजरायली सेनाको उपस्थिति रहेको क्षेत्रमा भएको पनि दाबी गरेको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।