२०८२ कार्तिक २९ गते शनिबार
२०८२ कार्तिक २९ गते शनिबार

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनले ९ बुँदे प्रस्ताव पारित गरेको छ।

काठमाडौंमा जारी सम्मेलनले पार्टीको नाम, चुनाव चिह्नलगायतका विभिन्न ९ बुँदे प्रस्ताव पारित गरेको हो।

सम्मेलनमा एकता प्रक्रियामा सहभागी पार्टीहरूले पार्टी एकता गरेर ‘नेपाली कम्युनिष्ट पार्टी’ निर्माण गर्ने निर्णय गरेको छ भने चुनाव चिह्न ‘पाँच कुने तारा’ राख्ने निर्णय गरिएको छ।

दश पार्टी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल (प्रचण्ड) र सहसंयोजकमा माधव नेपाल चयन भएका छन्।

एकता घोषणासभामा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, एकीकृत समाजवादीका सर्वोच्च नेता झलनाथ खनाल, माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका वरिष्ठ नेता वामदेव गौतम, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेपाल कम्युनिष्ट पार्टीका महासचिव चिरन पुनलगायत शीर्ष नेता तथा कार्यकर्ता सहभागी भएका छन्।

एकीकृत पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवादलेनिनवाद र कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद राखिएको छ।

त्यस अवसरमा एकीकृत समाजवादीका वरिष्ठ नेता एवं एकता संयोजन समिति सदस्य प्रमेश हमालले सुशासन, सामाजिक न्याय र आर्थिक रुपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न बृहत् कम्युनिष्ट आन्दोलनको एकीकरण आजको आवश्यकता भएकाले विभिन्न वाम घटकबीच एकता भएको बताए।

उनका अनुसार पुँजीवादी जनवादी क्रान्तिका उपलब्धिको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय, सामाजिक आर्थिक समृद्धि र रुपान्तरण गर्दै समाजवादको आधार तयार गर्ने पार्टीको तत्कालीन कार्यनीति रहेको छ।

एकीकृत पार्टीबीच आगामी छ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशनको आयोजना गर्ने सहमति भएको छ। एकता प्रक्रियामा सहभागी भएका पार्टीका साविकका केन्द्रीय समितिलाई समायोजन गर्दै आपसी सहमतिको आधारमा केन्द्रीय समिति गठन गरिनेछ। केन्द्रीय समितिमा संयोजक र सहसंयोजक पद रहनेछ। प्रदेश, जिल्ला, पालिका र वडा तहका सबै समितिहरुमा पनि संयोजक र सहसंयोजकको व्यवस्था हुनेछ।

एकता राष्ट्रिय सम्मेलन र एकता महाधिवेशनमा सहभागी हुने प्रतिनिधि, आयोजना, सङ्गठनात्मक संरचनाको गठन सबै आपसी सहमति र समझदारीमा गरिने नौ दलहरूबीच सहमति भएको छ। पार्टी समितिहरूको सञ्चालन सामूहिक नेतृत्व प्रणालीमा आधारित जनवादी केन्द्रीयताको सिद्धान्तअनुरुप हुने उल्लेख छ।

यस्ता छन्, ९ बुँदे प्रस्तावहरू

१. एकता प्रक्रियामा सहभागी पार्टीहरूले पार्टी एकता गरेर ‘नेपाली कम्युनिष्ट पार्टी’ निर्माण गर्ने निर्णय गरिएको छ।

२. चुनाव चिह्न ‘पाँच कुने तारा’ राख्ने निर्णय गरिएको छ।

३. एकतामा सहभागी सबै सदस्यहरू अबदेखि नेपाली कम्युनिष्ट पार्टीका सदस्य हुने निर्णय गरिएको छ।

४. एकतामा सहभागी सबै पार्टीका नेताहरूसँग आवश्यक परामर्श गरेर पार्टीका केन्द्रीय संरचनाहरूलाई पूर्णता दिने र संगठनात्मक समायोजन सम्बन्धी काम गर्ने तथा यसअघि सबै घटकका केन्द्रीय समितिलाई समायोजन गरी केन्द्रीय समिति निर्माण गर्ने निर्णय गरिएको छ।

५. केन्द्रीय संरचनाहरूलाई पूर्णता दिने र संगठनात्मक समायोजनसम्बन्धी काम गर्ने अख्तियारी पार्टीका संयोजक र सहसंयोजकलाई दिने प्रस्ताव गरिएको छ।

६. विगतका प्रतिनिधिसभा, राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तहमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा माओवादी समाजवादीको चुनाव चिह्नबाट निर्वाचित जनप्रतिनिधिहरू अबदेखि नेपाली कम्युनिष्ट पार्टीका जनप्रतिनिधि हुनेछन्।

७. पार्टी एकतामा सामेल सबै पार्टीहरूको चलअचल, बैंक मौज्दातलगायतका सम्पत्तिको स्वामित्व र दायित्व अबदेखि नेपाली कम्युनिष्ट पार्टीको स्वामित्वमा रहनेछ।

८. नेपाली कम्युनिष्ट पार्टीको घोषणापत्र पारित गरिएको छ।

९. नेपाली कम्युनिष्ट पार्टीको विधान छलफल र आवश्यक सुझावसहित पारित गरिएको छ।

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सहित १० दल एकता भएर बनेको नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएका छन्।

एकता राष्ट्रिय सम्मेलनबाट माधवकुमार नेपाल सहसंयोजक चयन भएका छन्। सम्मेलनमा अध्यक्ष मण्डलका सदस्य महिन्द्र राय यादवले नवगठित पार्टीको संयोजकमा दाहाल र सहसंयोजकका रूपमा नेपालको नाम प्रस्ताव गरेका थिए।

उक्त प्रस्तावलाई सम्मेलनले सर्वसम्मत रूपमा अनुमोदन गरेको हो । त्यसक्रममा नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता वामदेव गौतमले सिद्धान्त र व्यवहार फरक हुँदा वामपन्थी शक्तिभित्र समस्या सिर्जना हुने गरेको टिप्पणी गर्दै तत्काल समाजवादी कार्यक्रम लागू गर्नुपर्ने बताए ।

‘यो पार्टी सबैभन्दा ठूलो संरचना बोकेर तथा बलिदान गरेर आएको पार्टी हो, यो पार्टीले नै समाजवादी कार्यक्रम अघि बढाउन सक्छ,’ उनले भने।

सो पार्टीका नेता नारायणकाजी श्रेष्ठले नेपाली विशेषता सहितको वैज्ञानिक समाजवादको लक्ष्य पूरा गर्न नेकपा दृढतापूर्वक अघि बढ्ने बताए। पार्टी नेतृ पम्फा भुसालले एकीकृत पार्टी नेपालको वामपन्थी आन्दोलनको मूल धारा रहेको उल्लेख गर्दै नयाँ पार्टीले समाजवादी क्रान्तिको कार्यभार पूरा गर्ने विश्वास व्यक्त गरिन्।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न दश वामपन्थी पार्टीबीच एकता घोषणा भएको छ।

भृकुटीमण्डपमा आज आयोजित विशेष समारोहमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी)लगायत वाम पार्टीबीच एकता घोषणा गरिएको हो।

एकता घोषणापछि एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ राखिएको छ। एकता घोषणासभामा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका वरिष्ठ नेता वामदेव गौतम, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेपाल कम्युनिष्ट पार्टीका महासचिव चिरन पुनलगायत शीर्ष नेता तथा कार्यकर्ता सहभागी भएका छन्।

एकीकृत पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद र कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद राखिएको छ। सो अवसरमा उक्त पार्टीको चुनाव चिह्न ‘पाँचकुने तारा’ सार्वजनिक गरिएको हो।

त्यस अवसरमा एकीकृत समाजवादीका वरिष्ठ नेता एवं एकता संयोजन समिति सदस्य प्रमेश हमालले सुशासन, सामाजिक न्याय र आर्थिक रुपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न बृहत् कम्युनिष्ट आन्दोलनको एकीकरण आजको आवश्यकता भएकाले विभिन्न वाम घटकबीच एकता भएको बताए।

उनका अनुसार पुँजीवादी जनवादी क्रान्तिका उपलब्धिको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय, सामाजिक आर्थिक समृद्धि र रुपान्तरण गर्दै समाजवादको आधार तयार गर्ने पार्टीको तत्कालीन कार्यनीति रहेको छ।

एकीकृत पार्टीबीच आगामी छ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशनको आयोजना गर्ने सहमति भएको छ। एकता प्रक्रियामा सहभागी भएका पार्टीका साविकका केन्द्रीय समितिलाई समायोजन गर्दै आपसी सहमतिको आधारमा केन्द्रीय समिति गठन गरिनेछ। केन्द्रीय समितिमा संयोजक र सहसंयोजक पद रहनेछ। प्रदेश, जिल्ला, पालिका र वडा तहका सबै समितिहरुमा पनि संयोजक र सहसंयोजकको व्यवस्था हुनेछ।

एकता राष्ट्रिय सम्मेलन र एकता महाधिवेशनमा सहभागी हुने प्रतिनिधि, आयोजना, सङ्गठनात्मक संरचनाको गठन सबै आपसी सहमति र समझदारीमा गरिने नौ दलहरूबीच सहमति भएको छ। पार्टी समितिहरूको सञ्चालन सामूहिक नेतृत्व प्रणालीमा आधारित जनवादी केन्द्रीयताको सिद्धान्तअनुरुप हुने उल्लेख छ।

काठमाडौँ । सोफा तथा फर्निचर उत्पादक कम्पनी ‘सोफा हब काठमाडौँ’ले ल्याएको ‘दसैँ तिहार झड्का’ अफरको विजेता घोषणा गरेको छ ।

मंगलबार भक्तपुरमा आयोजित एक समारोहका बिच कम्पनीले लाइभ ‘लक्की ड्र’मार्फत थाइल्यान्ड भ्रमणको अवसर पाउने १० जना विजेताको घोषणा गरेको हो ।

जसअनुसार लक्ष्मी नेपाली, अर्जुन जोशी, विनोद लोध, प्रतीक्षा विक, कुशुम कला गणेश, बिनोद गुरुङ, जमुना केसी, गोमा लामिछाने, टम बहादुर सुनार र माधव प्रसाद दुलालले थाइल्यान्ड भ्रमणको अवसर प्राप्त गरेको सोफा हबका सीईओ तारालाल धरेलले जानकारी दिए ।

कम्पनीले नेपालीहरूको महान् चाड दसैँ, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसँग पर्वको खुसी साट्न सोफा वा अन्य फर्निचरका सामान खरिद गर्ने ग्राहक मध्ये १० जना भाग्यशालीले निःशुल्क थाइल्यान्ड भ्रमण उपहार योजना ल्याएको थियो ।

उक्त अवसरमा सीईओ धरेलले योजनामा सहभागीहरू सबैलाई विशेष धन्यवाद ज्ञापन गर्दै १० जना विजेताहरूलाई बधाई ज्ञापन गरे । साथै उनले आगामी दिनहरूमा पनि सोफा हब काठमाडौँले विभिन्न सुविधासहितको योजनाहरू लिएर ग्राहकहरू माझ आइरहने प्रतिबद्धता समेत व्यक्त गरे ।

स्थापना कालदेखि नै कम्पनीले गुणस्तरीय र आधुनिक डिजाइनका फर्निचरहरू सुपथ मूल्यमा उपलब्ध गराउँदै आएको जनाएको छ । नेपालभर कम्पनीको १० वटा शाखा सञ्चालनमा रहेका छन्।

काठमाडौं। काठमाडौंका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ इन्टरनेट उपलब्ध हुने भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा विभिन्न अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र परिसर, विमानस्थलका साथै संवेदनशिल, महत्वपूर्ण र सार्वजनिक सेवा प्रवाह हुने क्षेत्रमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तार भएको हो।

मन्त्रालयका अनुसार यसअघि नै वाइफाइ इन्टरनेट सेवा उपलब्ध भएका स्थानमा मर्मतसम्भार, गुणस्तर वृद्धि र क्षमता विस्तार गरिएको छ भने तीन निर्माणाधीनसहित आठ स्थानमा नयाँ जडान गरिएको हो।

मन्त्रालयका अनुसार अब काठमाडौंको नयाँ बसपार्क, भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, कीर्तिपुर अस्पताल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ स्थापना र क्षमता विस्तारसहित सञ्चालनमा वाइफाइ सेवा उपलब्ध हुनेछ।

साथै काठमाडौंको ठूलो भर्‍याङ यातयात व्यवस्था कार्यालय र ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा स्थापना र क्षमता अभिवृद्धिको काम भइरहेको छ। भक्तपुरको राधेराधेस्थित यातायात व्यवस्था कार्यालयमा नयाँस्थापनाको क्रममा रहेको मन्त्रालयको भनाइ छ।

निःशुल्क वाइफाइको निरन्तरता र दिगोपनाका लागि सम्बन्धित संस्थाले सेवाप्रदायक कम्पनीसँग सम्झौता भइसकेको छ। नेपाल टेलिकम, वल्र्डलिंक र भायनेट कम्पनीले निःशुल्क वाइफाइ इन्टरनेट स्थापनाका लागि सहकार्य गरेका छन्।

सञ्चारमन्त्री खरेलको विशेष सक्रियतमा नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सेवाप्रदायक कम्पनीसँगको समन्वयमा निःशुल्क वाइफाइ इन्टरनेटको पहुँच विस्तार गरेको हो।

प्राधिकरणका अनुसार यसअघि वीर अस्पताल, परोपकार प्रसुति गृह तथा स्त्री रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, टेकु अस्पताल, कान्ति बाल अस्पताल, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, सिभिल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, पाटन अस्पताल, सहिद धर्मभक्त माथेमा राष्ट्रिय उपचार केन्द्र र पशुपति मन्दिर परिसरमा १० एमबिपिएस ब्याण्डविथलाई बढाएर १५० एमबिपिएस बनाइएको छ। ती क्षेत्रमा प्रत्येक डिभाइसका लागि १०० एमबीबाट बढाएर ५०० एमबी बनाइएको छ।

त्यसैगरी नेपाल टेलिकमले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित ३५ विमानस्थलमा निःशुल्क वाइफाइ विस्तार गर्ने कार्ययोजना बनाएको छ।

भक्तपुर क्यान्सर अस्पतालमा छ वटा एक्सेस प्वाइन्ट र कीर्तिपुर अस्पतालमा पाँच वटा एक्सेस प्वाइन्टसहित नयाँ वाइफाइ सेवा उपलब्ध गराइएको छ।

गत असोज ६ गते सूचना तथा सञ्चार प्रविधिमन्त्रीमा नियुक्त भएपछि मन्त्री खरेलले मन्त्रालयमा पदभार ग्रहणका क्रममा आफ्नो पहिलो निर्णयमा हस्ताक्षर गर्दै दुई महिनाभित्र काठमाडौं उपत्यकाका महत्वपूर्ण सार्वजनिक स्थलमा निःशुल्क वाइफाइको पहुँच पुर्‍याउने निर्णय गरेका थिए।

मन्त्रालयका अनुसार उपत्यका बाहिरका महत्वपूर्ण दस वटा सहरमा पनि निःशुल्क वाइफाइ इन्टरनेटको पहुँच पुर्याउने काम अघि बढेको छ।

नेकपा माओवादी केन्द्रसहित ९ वटा पार्टीहरुबीच आज एकता घोषणा हुँदैछ । माओवादीका प्रवक्ता अग्नि सापकोटाका अनुसार बिहान ११ बजे काठमाडौंको भृकुटीमण्डपमा एकता घोषणा कार्यक्रम रहेको जानकारी दिए ।

माओवादी केन्द्र, एकीकृत समाजवादी, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, राजु कार्कीको नेकपा समाजवादी, सुभाषराज काफ्लेको जनसमाजवादी, चिरण पुनको नेकपा, कर्णजीत बुढाथोकीको माओवादी समाजवादी, प्रेमबहादुर सिंहको नेकपा साम्यवादी र गोपाल किरातीको माओवादी कम्युनिष्ट पार्टी नेपालबीच एकता हुन लागेको हो ।

एकता घोषणापछि नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा जाने तयारी रहेको छ । एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी रहने दलहरुबीच सहमति भएको छ भने चुनाव चिह्न पाँच कुने तारा रहने छ ।

कार्यक्रममा एकीकृत पार्टीको संयोजक र सहसंयोजक पनि घोषणा हुने बताइएको छ । जसमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक र माधवकुमार नेपाल सहसंयोजक रहने छन् ।

मेष : दिन सामान्य राम्रो छ । खाइरहेको सुविधा नै कटौती हुने जोखिम छ । शिक्षामा गरेको लगानीबाट आंशिक लाभ हुनेछ । परिवारलाई विश्वास गर्ने बानीले धोका हुनेछ । लगानीका क्षेत्र सबल छन् । व्यवहार गर्दा सचेत भएर अगाडि बढ्नु उचित हुन्छ ।

वृष : दिन राम्रो छ । गुम्न लागेको धन प्राप्त हुनेछ । स्वास्थ्यमा सुधारका संकेत देखिने छन् । शिक्षामा प्रगति हुनेछ । परिवारले साथ दिनेछन् । राजनीति नगर्नु उचित हुन्छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मिथुन : दिन राम्रो छ । गुम्न लागेको धन प्राप्त हुनेछ । स्वास्थ्यमा सुधारका संकेत देखिने छन् । शिक्षामा प्रगति हुनेछ । परिवारले साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कर्कट : दिन राम्रो छ । सहयोगीको साथ मिल्नेछ । व्यापारमा गरेको लगानीबाट नाफा हुनेछ । शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । राजनीतिक क्षेत्रमा सक्रिय नहुनु उचित हुन्छ । सामाजिक क्षेत्रमा इज्जत गुम्ने खतरा छ ।

सिंह : दिन सामान्य छ । बोलीका कारण अप्ठेरो परिस्थितिको सामना गर्नुपर्ने हुनसक्छ । ऋण बढ्नेछ । राजनीतिक क्षेत्रमा धोका दिने साथी सक्रिय छन् । धार्मिक कार्यमा सहभागी भएमा दिन सहजै बित्नेछ । परिवारको साथ र सहयोगमा अगाडि बढ्ने दिन छ ।

कन्या : दिन राम्रो छ । कृषि सम्बन्धी व्यापारबाट राम्रो आम्दानी हुनेछ । शिक्षा र स्वास्थ्यमा सुधार हुनेछ । सामाजिक क्षेत्रमा तपाईंको बढुवा हुनेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । अरुले विवाद गर्दा तपाईंलाई फाइदा हुनेछ ।

तुला : दिन सामान्य राम्रो छ । अन्त्य साढेसातीको प्रभावले मन अशान्त बने पनि सामाजिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ । राजनीतिक क्षेत्रमा प्रगति हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ ।

वृश्चिक : दिन राम्रो छ । धनलक्ष्मी योग परेको छ । राम्रो योजना बन्नेछ । समाजमा तपाईंको नामको चर्चा हुनेछ। घरभन्दा बाहिरका व्यक्तिले तपाईंको प्रशंसा गर्नेछन् । पुराना साथीको साथ मिल्नेछ ।

धनु : दिन राम्रो छ । काम गर्दा सचेत बन्नुपर्ने देखिन्छ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने समस्या हुनसक्छ शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ । राजनीतिक क्षेत्रमा बढुवा हुनेछ । समाजमा तपाईंको मान बढ्ने योग छ । परिवारमा सम्मान प्राप्त हुनेछ ।

मकर : दिन राम्रो छ । ठुलो लगानी गर्ने भए हिम्मत गर्ने समय आएको छ । विपक्षीको मन जित्न नसक्दा विवाद बढ्नेछ । सामाजिक र आर्थिक क्षेत्रमा राम्रो कामको सुरुवात हुनेछ । छिमेकीसँगको भेटमा मन शान्त बन्नेछ । विपक्षीको साथ मिल्नेछ।

कुम्भ : दिन राम्रो छ । उच्च स्थानमा चन्द्रमा पुगेकाले दिन सहज बन्नेछ । स्वास्थ्यमा सुधारका संकेत देखिने छन् । श्रमको मूल्य प्राप्त हुनेछ । सहकर्मीको साथ मिल्नेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।

मीन : दिन राम्रो छ । शिक्षामा गरेको लगानीबाट उत्साह थपिने छ । विपक्षी साथीको साथ मिल्नेछ । परिवारको साथ र सहयोग मिल्नेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।