२०८३ असार १४ गते आईतवार
२०८३ असार १४ गते आईतवार

जेनजी अगुवा मिराज ढुंगानाको समूहले आज (पुस ७ गते) काठमाडौंको माइतीघरमा प्रदर्शन गर्दै छ।

वर्तमान सरकारले जेनजीको भावना बोक्न नसकेको भन्दै सर्वपक्षीय सरकारको माग गरेर मिराजको समूह आन्दोलनमा उत्रेको हो ।

आइतबारै पत्रकार सम्मेलन गरी ‘शान्तिपूर्ण आन्दोलन’ घोषणा गरेको ढुंगाना समूहले आज विरोध प्रदर्शन गर्ने भएको हो।

ढुंगानाले आज (सोमबार) बिहान ११ बजे माइतीघर मण्डलामा भेला हुन साथीहरूलाई आह्वान गरेका छन्।

जेनजीको यो समूहले १० बुँदे माग राखेर आन्दोलन सुरु गर्न लागेको हो।

आइतबार पत्रकार सम्मेलनमा ढुंगानाले सुशीला कार्की नेतृत्वको सरकार जेनजीको मर्मअनुसार चल्न नसकेको आरोप लगाउँदै सर्वपक्षीय सरकार गठन हुनुपर्ने माग गरे।

उनले भने, ‘आजको आवश्यकता यस्तो राजनीतिक नेतृत्वको हो, जसले सबै पक्षलाई विश्वासमा लिनसक्छ, संवाद गर्नसक्छ। न्याय दिन सकोस् र देशलाई शान्ति र स्थायित्व दिन सकोस्। यही माग आन्दोलनको सार हो। सर्वपक्षीय सरकार आजको आवश्यकता हो। हामीले १०० दिन देख्यौँ सरकारको, यसले हाम्रो आन्दोलनको मर्म बोक्दैन, यसले हाम्रो नेतृत्व गर्न सक्दैन।’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भदौ २३ गते घटेको घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सार्वजनिक ओहोदामा बस्नेहरूका लागि नैतिकता (मोरालिटी) सबैभन्दा ठूलो कुरा भएको जिकिर गरे ।

महामन्त्री थापाले भदौ २३ को घटनालाई नेपालको इतिहासकै ‘दुःखद्’ र ‘अकल्पनीय’ घटनाका रूपमा चित्रण गरे । उक्त दिनलाई ‘कालो दिन’ को संज्ञा दिँदै उनले धेरै नौजवानहरू गुमाउनुपरेकोमा गहिरो दुःख व्यक्त गरे । सडकमा जनताको आक्रोश पोखिनु स्वभाविक भए पनि त्यसको व्यवस्थापनमा सरकार चुकेको उनको ठहर छ ।

राजनीतिक नैतिकताको प्रश्न उठाउँदै थापाले भने, ‘सार्वजनिक ओहोदामा बसेको मान्छेको मोरालिटी ठूलो कुरा हो । पोलिटिकल मोरालिटी झन् ठूलो विषय हो । म यसको जिम्मा लिन्छु भन्दा कोही सानो हुँदैन । बरु ठूलो पदमा जो छ, उसले नै बढी जिम्मेवारी लिनुपर्छ ।’

उनले आफू पदमा भएको भए सो घटनाको जिम्मेवारी लिने स्पष्ट पार्दै तत्कालीन प्रधानमन्त्रीले नै यसको जवाफदेहिता बोक्नुपर्ने बताए । घटनाको छानबिन प्रक्रिया आफ्नो ठाउँमा भए पनि नैतिक जिम्मेवारीबाट सरकार पन्छिन नमिल्ने उनको तर्क थियो ।

‘हामीले तत्काल २३ गते बेलुका नै गृहमन्त्रीलाई राजीनामा दिन लगायौँ, तर सरकार प्रमुखका हैसियतले यसको मुख्य जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ,’ उनले भने ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।