
गृह मन्त्रालयले तराई तथा मधेशका केही जिल्लामा धार्मिक तथा सामाजिक सद्भाव खलबल्याउने गरी भएका घटनापछि ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई १० बुँदे निर्देशनात्मक सर्कुलर जारी गरेको छ ।
मङ्गलबार गृह मन्त्रालयकी उपसचिव तथा सूचना अधिकारी रमा आचार्य सुवेदीद्वारा जारी निर्देशनमा सबै प्रमुख जिल्ला अधिकारीहरूलाई कानुनले निषेध गरेका गैरकानुनी क्रियाकलाप गर्ने जो कोहीलाई अविलम्ब कानुनी दायरामा ल्याई कारबाही प्रक्रिया सुरु गर्न भनिएको हो ।
गृहले धार्मिक, सामाजिक, एवंम सांस्कृतिक सद्भाव र सहिष्णुता प्रवर्द्धन गर्न सरोकारवालासहितको समन्वय बैठक गर्न समेत सबै जिल्ला प्रशासनलाई निर्देश गरेको छ । यसका लागि जिल्ला स्थित राजनीतिक दलका प्रमुखहरू, सामाजिक, सांस्कृतिक एवं धार्मिक क्षेत्रका अगुवाहरूलाई सद्भाव का लागि सार्वजनिक आह्वान गर्ने गृहको निर्देशन छ ।
यस्तै सबै पक्षहरूको सहभागितामा सद्भाव र्याली आयोजना गरी त्यस्ता घटनाहरू बढ्न नदिने र सीमा क्षेत्रमा हुने आवागमनलाई कडाइका साथ चेक जाँचको व्यवस्था मिलाउन पनि गृहको सर्कुलरमा भनिएको छ ।
काठमाडौं । मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले काठमाडौं महानगरप्रमुख बालेन शाहलाई चुनाव लड्ने र देशको प्रधानमन्त्री बन्ने हो भने पहिला जेनजीको माग पूरा गर्न चुनौति दिएका छन् ।
मंगलबार जेनजी र महाअभियानसहित राष्ट्रवादी समूहहरुको संयुक्त जनआन्दोलन घोषणा सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने,‘म २३ गतेको आन्दोलनमा सहभागी हुँदा बालेनजीले कुनै राजीतिक दलका नेता र बैलाहा अभियान्ताहरु नआउनुहोला भन्नुभयो । म होइन तपाई बौलाहा हो । तपाईलाई चुनाव लड्ेर देशको प्रधानमन्त्री बन्ने इच्छा छ भने पहिला जेनजीको माग पूरा गर्नुहोस् ।’
त्यस्तै उनले जेनजी अगुवा रक्षा बमप्रति पनि आलोचना गरेका छन् ।
‘विश्वमा चिनिने एउटा सगरमाथा हो अर्को सिंहदरबार । तर सिंहदरबारमा आगो योजना बनाएर लगाइयो । आगो लगाइएको सिंहदरमा अगाडि गएर एउटा फोटो खिच्ने लड्कीलाई जेनजीको लिडर मानियो । मिडियाहरुले लिडर भन्दै लेखेका छन् । जेनजीहरु आज छटपटाएर हस्पिटलमा छन् तर मिडियाहरुले उनीहरुको बारेमा लेख्दैन्,’उनले भने
प्रसाईँले आफूले जेनजीहरुलाई सहयोग गर्दा प्रधानमन्त्रीको माग नगरेको बताउँदै जेनजीहरुलाई अगाडि सारेर पछाडि गोठालोको काम गर्न आफू तयार रहेको बताए ।
‘जेनजीहरुलाई सहयोग गर्दा प्रधानमन्त्रीको माग गरेको छैन् । जेनजीहरुलाई अगाडि सारेर म पछाडि गोठालोको काम गर्ने छु,’ उनले भने । उनले मेयर शाहलाई गरिव होईन् गरिवी हटाउने सोच लिएर आउन सुझाए ।
काठमाडौं– गैरीगाउँस्थित काठ गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ । यो गोदाम ईश्वरबहादुर कार्कीले सञ्चालन गर्दै आएका थिए । गोदाममा विदेशबाट आयात हुने सामानहरू ल्याउँदा प्याक गर्ने काठका बक्साहरू राखिएको थियो ।
११ वटा दमकल सहित तीन वटा पानी ट्यांकर प्रयोग गरी आगलागी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।
आगलागी २ घण्टापछि नियन्त्रणमा आएको थियो । आगलागीबाट लोयला स्कुलको भवन र केही घरमा पनि क्षति पुगेको छ ।
नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासपछि आगलागी नियन्त्रणमा आएको हो ।
काठमाडौँ । कोशी प्रदेशमा मन्त्री हेरफेर गरिएको छ । मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद् पुनर्गठन गर्दै एमाले र कांग्रेसका ५-५ नयाँ अनुहार भित्र्याएका छन् ।
नवनियुक्त १० जनामध्ये २ जना राज्यमन्त्री छन् । यो सँगै कोशी प्रदेशको मन्त्रिपरिषद् ११ सदस्यीय भएको छ ।
सरकारमा प्रदीपकुमार सुनुवारले भौतिक पूर्वाधार विकास मन्त्रालय, भीम पराजुलीले पर्यटन, वन तथा वातावरण मन्त्रालय, तिलचन पाठकले नेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, इन्द्रमणि पराजुली आन्तरिक मामिला तथा कानुन मन्त्रालय पाएका छन्
विदुरकुमार लिङ्थेपले आर्थिक मामिला तथा योजना मन्त्रालय, रामप्रसाद महतोले सामाजिक विकास मन्त्रालय, मानबहादुर लिम्बूले स्वास्थ्य मन्त्रालय, इसाइल मन्सुरीले उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
शोभा चेम्जोङ भौतिक पूर्वाधार विकास राज्यमन्त्री र उमाकान्त गौतम विनाविभागीय राज्यमन्त्री नियुक्त भएका छन् ।
दुई धार्मिक समुदायको तनाव पछि वीरगञ्जमा हिजो साँझ ६ बजेदेखि लगाइएको कर्फ्यु हटाइएको छ ।
मंगलबार भएको सर्वपक्षीय पाँच बुँदे सहमति पश्चात् वीरगञ्जको कर्फ्यु हटाइएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए ।
स्थानीय प्रशासनले आज साँझ ६ बजेसम्म कर्फ्यु समय थप गरेको थियो ।
‘‘सर्वदलीय र सर्वपक्षीय बैठकमा भएको सहमति एवं हाल जिल्लाको शान्ति सुरक्षाको व्यवस्था सुदृढ हुँदै गएको, नागरिकको स्वतन्त्र आवागमन, व्यापार व्यवसाय लगायतको गतिविधि निर्बाध रूपमा गर्न दिई जीवनयापन सहज गर्नु पर्ने समेतका कारण मिति २०८२।०९।२२ गते अपराह्न ३:३० बजे देखि लागू हुने गरी उक्त कर्फ्यु आदेश हटाइएको ब्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ’ प्रमुख जिल्ला अधिकारी दाहालले जारी गरेको सूचनामा उल्लेख छ।
काठमाडौं- नेकपा एमालेले उपाध्यक्ष रामबहादुर थापा बादललाई आगामी फागुन २१ गतेको निर्वाचनका लागि कमाण्डर बनाएको छ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार बसेको सचिवालय बैठकले बादललाई चुनावी कमाण्डर बनाउने निर्णय गरेको हो ।
बैठकपछि पत्रकारहरूसँगको कुराकानीका क्रममा उपमहासचिव लेखराज भट्टले उपाध्यक्ष बादलको नेतृत्वमा एमाले चुनावमा होमिने निर्णय भएको बताए ।
निर्वाचन परिचालन कमिटीको सचिवमा नेता विष्णु रिमाललाई तोकिएको छ। उनी एमालेको एघारौँ महाधिवेशनमा उपमहासचिव र केन्द्रीय सदस्यमासमेत पराजित भएका थिए ।
अध्यक्ष केपी शर्मा ओलीनिकट उनलाई फागुन २१ को चुनावका लागि महत्त्वपूर्ण जिम्मेवारी दिइएको हो ।
काठमाडौं । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङलाई सरकार छाड्न सुझाव दिएको बताइएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले मन्त्री घिसिङलाई यस्तो सुझाव दिएकी हुन् ।
‘घिसिङले सरकारमा रहेर चुनावी वातावरण बनाउने राम्रो काम गरेको, अब पार्टीको काममा लाग्न र चुनावमा जान मेरो सुझाव छ’, प्रधानमन्त्री सुशीला कार्कीले भनिन्- ‘समयमै चुनावको वातावरण बनाउने काममा सरकारमा बसेर तपाईंले राम्रो गर्नुभएको छ, अब चुनावमा जाने र पार्टीको काममा लाग्ने भए जाँदा हुन्छ।’
कुलमान घिसिङले उज्यालो नेपाल पार्टी खोल्ने बेला राजीनामा दिन खोजेका थिए । तर त्यतिबेला प्रधानमन्त्री कार्कीले नै थालेका कामहरू सकेर मात्र भनेर रोकेकी थिइन् । उक्त पार्टीमा घिसिङ संरक्षक मात्र बनेका थिए । तर पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति हुने गरी सहमति भएपछि सरकारमा उनको बसाइलाई लिएर मन्त्रिपरिषद् भित्र र बाहिर प्रश्न उठेको थियो ।
चुनावका लागि बनेको गैरदलीय अन्तरिम सरकारमा राजनीतिक दलको नेतृत्व तहमा पुगेको व्यक्ति रहनु राम्रो नहुने भन्दै मन्त्रीहरूले नै प्रधानमन्त्रीलाई सुझाव दिएका हुन् । मन्त्रिपरिषद् भित्र मात्र होइन, बाहिर पनि प्रश्न उठेपछि प्रधानमन्त्री कार्कीले घिसिङलाई सरकार छोड्न सुझाव दिएकी हुन् ।
घिसिङ रास्वपाको उपसभापति बन्ने सहमति भएको छ । तर उनले अझै रास्वपाको शपथ लिएका छैनन् । घिसिङ खुला रूपमा राजनीतिमा लागेपछि अन्य मन्त्रीहरूको पनि राजनीतिक दलबाट चुनाव लड्ने चर्चा छ ।
वीरगन्ज । वीरगन्ज महानगरपालिकाका संवेदनशील क्षेत्रहरूमा लागू कर्फ्यु आदेश पुनः थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले शान्ति सुरक्षा अवस्था अझै सामान्य हुन नसकेको भन्दै कर्फ्यु अवधि बढाएको छ ।
मंगलबार दिउँसो एक सूचना जारी गर्दै प्रशासनले आज बेलुका ६ बजेसम्म कर्फ्यु रहने जानकारी गराएको छ । आज दिउँसो १ बजेसम्मका लागि लागु गरिएको कर्फ्यु अवधि बेलुका ६ बजेसम्म निरन्तरता दिइएको सीडीओ भोला दाहालले बताए ।
प्रशासनका अनुसार सम्भावित अवाञ्छित गतिविधि रोक्न र सार्वजनिक सुरक्षालाई सुनिश्चित गर्न कर्फ्यु अवधि थपिएको हो । यसअघि सोमबार साँझ वीरगन्ज महानगर क्षेत्रमा मंगलबार बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको थियो ।
कर्फ्यु अवधिभर तोकिएका क्षेत्रभित्र आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक लगायत कुनै पनि किसिमका गतिविधि पूर्ण रूपमा निषेध गरिएको छ ।
अत्यावश्यक सेवा बाहेक सर्वसाधारणलाई घरबाहिर ननिस्कन जिल्ला प्रशासनले आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको विज्ञप्तिमा कर्फ्यु आदेश उल्लङ्घन गर्नेहरूविरुद्ध कडा कदम चालिने स्पष्ट गरिएको छ ।
आवश्यक परे सुरक्षाकर्मीलाई गोली चलाउनसमेत अधिकार दिइएको उल्लेख गर्दै प्रशासनले सर्वसाधारणलाई संयमित रहन र आदेशको पूर्ण पालना गर्न अनुरोध गरेको छ ।
वीरगन्ज महानगरको पूर्वमा बसपार्क, नगवा, इनर्वा, पश्चिममा सिर्सिया पुल, दक्षिणमा शंकराचार्य गेट र उतरमा गण्डक चोकसम्म कर्फ्यु लगाइएको छ ।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलन नियन्त्रणका लागि नेपाली सेना परिचालन गर्न खोजे पनि सम्भव नभएको बताएका छन्। जाँचबुझ आयोगलाई दिएको बयानमा ओलीले भदौ २४ गतेको अवस्था नियन्त्रणमा लिन सेना परिचालन आवश्यक देखिए पनि त्यो हुन नसकेको उल्लेख गरेका हुन्।
एमाले सचिव महेश बस्नेतले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको ओलीको जवाफमा आन्दोलनमा घुसपैठ भएको दाबी गरिएको छ। बस्नेतका अनुसार ओलीले भदौ २२ गते बेलुका राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा आन्दोलन शान्तिपूर्ण हुने, बल प्रयोग नगर्ने र युवा–विद्यार्थीलाई सहयोग गर्ने विषयमा छलफल भएको जिकिर गरेका छन्। तर, आन्दोलनमा घुसपैठ र अराजक समूह प्रवेश गरेको कुरा आन्दोलनमा संलग्न युवाहरूले नै स्वीकार गरेको उनको भनाइ छ।
तत्कालीन फोटो र भिडियोहरूले समेत आन्दोलनमा सहभागी अधिकांश व्यक्ति ‘जेनजी’ पुस्ताका नभएको प्रस्ट देखाएको उनले दाबी गरेका छन्।
भदौ २३ गते तोडफोड र एक्कासि गोली प्रहार सुरु भएपछि गृहमन्त्रीसहित सबै सुरक्षा प्रमुखसँग छलफल गरी छानबिन समिति गठन गर्ने निर्णय गरिएको ओलीले बताएका छन्। उनले जाँचबुझ आयोगका संयोजक गौरीबहादुर कार्कीको भूमिकामाथि पनि प्रश्न उठाएका छन्।
कार्कीले घटनाकै दिन र त्यसअघि–पछिसमेत सामाजिक सञ्जालमा आफ्ना धारणा सार्वजनिक गरिसकेकाले उनीबाट आउने प्रतिवेदन निष्पक्ष हुनेमा ओलीले आशङ्का व्यक्त गरेका छन्।
ओलीले छानबिन आयोगसमक्ष लिखित जवाफ पेस गरेका छन् । योसँगै उनको भ्रमणमा लगाइएको प्रतिबन्ध पनि फुकुवा गरिएको छ ।
बस्नेतले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको ओलीको जवाफ
गोरखा – परालको टौवामा उम्रिएको च्याउको तरकारी बनाएर खाँदा एउटै परिवारका चार जना बिरामी परेका छन् ।
मकवानपुर जिल्ला बागमती नगरपालिका–१३ घर भई हाल गोरखा नगरपालिका–१४ स्थित प्युघरमा डेरा गरी बस्दै आएकी ३० वर्षीया हीरा पहरीको परिवार विषालु च्याउ खाएर बिरामी परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिए।
सोमबार साँझ घर नजिकै रहेको परालको थुप्रो (टौवा)मा उम्रेको च्याउ टिपेर तरकारी खाएपछि आमा हीरा पहरीसहित १२ वर्षीय छोरा किसान, छ वर्षीय छोरा हिमाल र पाँच वर्षीया छोरी सुजिता बिरामी परेका हुन् ।
च्याउ खाएलगत्तै पेट दुख्ने, वाकवाकी लाग्ने र अत्यधिक थकानजस्ता लक्षण देखिएपछि तत्काल सबैलाई उपचारका लागि तनहुँको आबुखैरेनी गाउँपालिका अस्पताल पुर्याएको र अहिले सोही अस्पतालमा उनीहरूको उपचार भइरहेको उहाँले बताउनुभयो । बिरामी सबै बोल्न सक्ने अवस्थामा छन् । घटनाको थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।




