२०८३ बैशाख २ गते बुधबार
२०८३ बैशाख २ गते बुधबार

काठमाडौं । फागुन २१ को प्रतिनिधिसभाको निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुखहरू नै निर्वाचनमा हुमिएपछि स्थानीयतह अहिले नेतृत्व विहीन वनेका छन् ।

कैलाली जिल्लाको टीकापुर नगरपालिका हाल नेतृत्वविहीन अवस्थामा पुगेको छ । नगरपालिकाका उपमेयर करिब दुई वर्षअघि जग्गासम्बन्धी प्रकरणमा मुछिएर निलम्बित भएका थिए । यही अवस्थामा मेयर रामलाल डगौरा थारुले माघ ६ गते प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराउन राजीनामा दिएपछि पालिका पूर्ण रूपमा नेतृत्व विहीन बनेको हो । यसरी प्रतिनिधिसभा निर्वाचनमा भाग लिन विभिन्न स्थानीय तथा प्रादेशिक जनप्रतिनिधिहरूले पदबाट राजीनामा दिएका छन् ।

पाँच प्रदेशका १६ जना प्रदेशसभा सदस्यहरूले राजीनामा दिएका छन् । कोशीमा १, मधेशमा ४, बागमतीमा ६, लुम्बिनीमा ४ र सुदूरपश्चिममा १ जनाले पद त्यागेका छन् । गण्डकी र कर्णाली प्रदेशमा भने कसैले राजीनामा दिएका छैनन् । स्थानीय तहमा पनि यस्तै देखिएको छ । ७ जना मेयरहरूले राजीनामा दिएका छन् । जसमा काठमाडौंका बालेन शाह, भरतपुरकी रेणु दाहाल, धरानका हर्क साम्पाङ, धुलिखेलका अशोक बेञ्जु, रङ्गेलीका दिलीपकुमार अग्रवाल, सूर्योदयका रणबहादुर राई र टीकापुरका रामलाल डगौरा थारु छन् ।

यसबाहेक ३ जना गाउँपालिका अध्यक्ष र १ जना उपाध्यक्षले पनि पद छोडेका छन् । निर्वाचन आयोगका अनुसार, संसदीय निर्वाचन र अन्य कारणले करिब ४५ स्थान रिक्त छन् । यस्तो रिक्तताले सेवा प्रवाहमा गम्भीर असर पार्ने चेतावनी जानकारहरूले दिएका छन् ।

स्थानीय तह पाँच वर्ष अविच्छिन्न सेवा दिने निकाय हो, रिक्तताले जनताको दैनिक जीवन प्रभावित बनेको छ । टीकापुरमा मेयर र उपमेयर दुवै पद रिक्त हुँदा सेवा प्रवाह निकै कठिन भएको छ ।

कानुनअनुसार, स्थानीय तहमा एक वर्षभन्दा बढी पदावधि बाँकी रहे रिक्त पदमा उपनिर्वाचन गर्नुपर्छ । प्रदेशसभामा ६ महिनाभन्दा बढी बाँकी रहे उपनिर्वाचन सम्भव छ । निर्वाचन आयोगले फागुन २१ गते प्रतिनिधिसभा चुनावपछि सरकारसँग परामर्श गरी उपनिर्वाचनको तयारी गर्ने जनाएको छ ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले सहिद दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत फेरी कसैले सहिद बन्नु नपरोस् भन्ने सन्देश दिएका छन् ।

उनले ८५ वर्षअघि राणा शासनविरुद्ध सङ्घर्ष गर्दै क्रूर हत्याको सिकार भएका सहिद गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको सम्झना गर्दै सहिदका सपना पूरा गर्न प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले गत भदौको जेनजी आन्दोलनलाई पनि जोड्दै भनेका छन्, ‘८५ वर्ष पहिलेजस्तै, यसपालि पनि भदौको जेनजी आन्दोलनमा सुशासन र भ्रष्टाचार अन्त्यको माग राखेर शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा र विद्यार्थीले आफ्नो अमूल्य जीवन बलिदान दिनुपर्‍यो । अहिले हामी ती सहिदका सपना पूरा गर्ने बाटोमा अघि बढिरहेका छौँ ।

हेर्नुस् उनको सन्देश
राणा शासनको अन्त्यको माग गर्दै संघर्ष गर्ने गंगालाल श्रेष्ठ, दशरथ चन्द , धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीको तत्कालीन राज्यले क्रूरतापूर्वक हत्या गरेको ८५ वर्ष भएको छ ।
त्यसको दश वर्षपछि राणा शासनको अन्त्य भयो तर राज्य जनताको बन्न सकेन ।
यसपछि पनि नेपाली जनताले निरन्तर संघर्ष गरिरहनु पर्‍यो ।
८५ वर्षमा पटक-पटक व्यवस्था फेरियो, सत्ताको चरित्र फेरिएन ।
पटक-पटक नेपाली जनता सहिद भए तर सहिदका सपना पुरा हुन सकेनन् । ८५ वर्ष पहिलेजस्तै, यसपालि पनि भदौको जेनजी आन्दोलनमा सुशासन र भ्रष्टाचार अन्त्यको माग राखेर शान्तिपूर्ण आन्दोलनमा उत्रिएका युवा र विद्यार्थीले आफ्नो अमूल्य जीवन बलिदान दिनुपर्‍यो ।
अहिले हामी ती सहिदका सपना पुरा गर्ने बाटोमा अघि बढिरहेका छौँ ।
लामो समयसम्म जरा गाडेको भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्दै नेपाललाई आर्थिक रूपमा उन्नत मुलुक बनाउनुपर्ने दायित्व हाम्रो काँधमा छ ।
राज्यका निकायहरूमा भएको चरम दलीयकरणको अन्त्य गर्दै राज्यलाई जवाफदेही र पारदर्शी बनाउनुपर्ने दायित्व हामीसँग छ ।
यी सहिदहरूको बलिदानीलाई बेवास्ता गर्ने छुट अब हामी कसैलाई छैन ।
अब समय आएको छ- सहिदका रगतलाई सम्मान गर्दै उहाँहरूको सपना पुरा गर्ने ।
सुशासनयुक्त, भ्रष्टाचारमुक्त देश बनाउने ।
यस पटकको सहिद दिवस सम्पूर्ण ज्ञात अज्ञात सहिदहरूको स्मरण गर्दै उहाँहरूको बलिदानीलाई सार्थक पार्न मन, बचन र कर्मले प्रतिबद्ध भएर लाग्ने समय हो ।
फेरी कसैले सहिद बन्नु नपरोस्!
सम्पूर्ण सहिदहरू प्रति भावपूर्ण श्रद्धाञ्जली,सम्मान ।

विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर शहीद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ।

नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ।

राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उहाँहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो। तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो।

प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।