
मोरङ क्षेत्र नम्बर ३ को चुनावी माहोलबीच नेपाली कांग्रेसका उम्मेदवार डा. सुनिल शर्मा र नेकपा एमालेका उम्मेदवार ईरान राईबीच डा. सुनिल शर्माको निवासमा आत्मीय भेटघाट भएको छ।

राजनीतिक प्रतिस्पर्धा आ–आफ्नो ठाउँमा भए पनि आपसी सम्मान, सहिष्णुता र लोकतान्त्रिक संस्कार झल्काउने गरी भएको यो भेट विशेष रह्यो।
यस अवसरमा डा. शर्माका बुवा लोकनाथ न्यौपाने र आमा होमादेवी न्यौपानेले दुबै उम्मेदवारलाई आशिर्वाद प्रदान गर्दै स्वस्थ प्रतिस्पर्धा, जनताको सेवा र देशप्रतिको जिम्मेवारी सफलतापूर्वक पूरा होस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।

राजनीतिमा सम्मान, संस्कार र मानवीय सम्बन्धको सुन्दर उदाहरणका रूपमा यो क्षणलाई स्थानीयले सकारात्मक रूपमा लिएका छन्।
करिब २५० जनालाई गैरकानुनी माध्यमबाट अमेरिका पुर्याएको आरोप लागेका दुई व्यक्तिविरुद्ध झन्डै एक अर्ब रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरिएको छ। अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले काठमाडौँ जिल्ला अदालतमा अभियोग दर्ता गरेको हो।
मुद्दाका प्रतिवादीहरूमा कलबहादुर बस्नेत (रुकुम पश्चिम, बाँफिकोट गाउँपालिका-२) र अमित बस्नेत (रुकुम पूर्व, सिस्ने गाउँपालिका-५) रहेका छन्। प्रकरणको अनुसन्धान मानव बेचबिखन अनुसन्धान ब्युरोले गरेको थियो।
ब्युरोका अनुसार कलबहादुर हाल डिल्लीबजार कारागारमा पुर्पक्षका लागि थुनामा छन्। उनलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को समन्वयमा गत भदौमा दुबईबाट पक्राउ गरी नेपाल ल्याइएको थियो। उनी मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दामा थुनामा रहेका हुन्। अर्का प्रतिवादी अमित भने फरार अवस्थामा रहेको र फरार अभियुक्तका रूपमा मुद्दा अघि बढाइएको जनाइएको छ।
प्रहरी उपरीक्षक एवं प्रवक्ता राजन लिम्बुका अनुसार दुवैले ठुलो संख्यामा व्यक्तिलाई अमेरिका पठाउने भन्दै रकम असुली गरेको, कतिपयलाई भने गन्तव्यमा नपुर्याई अलपत्र पारेको देखिएको छ। बैंक खाताको विवरण परीक्षण गर्दा कलबहादुरको खाताबाट ७० करोड ६० लाख ५३ हजार ७२२ रुपैयाँ र अमितको खाताबाट २७ करोड ४५ लाख २९ हजार २८ रुपैयाँ बराबरको शंकास्पद कारोबार फेला परेको प्रहरीले जनाएको छ।
दुवैको संयुक्त रूपमा ९८ करोड ५ लाख ८२ हजार ७५१ रुपैयाँ बराबरको अवैध कारोबार पुष्टि भएको दाबी गर्दै सोही रकम बिगो कायम गरी सम्पत्ति शुद्धीकरणअन्तर्गत मुद्दा दायर गरिएको जनाइएको छ।
काठमाडौं- सडकमा हिँडिरहेका कमजोर शारीरिक अवस्थामा एकजना वृद्धलाई गाडीबाट ओर्लिएर मुक्का बर्साउने पुरूष समातिएका छन्।
काठमाडौंको चप्पल कारखाना नजिकै चक्रपथमा आफूलााई मुख छाडेको भन्दै वृद्धमाथि मुक्का बर्साउने ती व्यक्तिलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
सोमबार बिहानैदेखि वृद्धमाथि मुक्का बर्साएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीमाथि दबाब बढेको थियो ।
सडकमा हिँडिरहेका एक वृद्धलाई ती जीप चालकले पटक पटक मुक्का हानेको भिडियोले सामाजिक सञ्जाल तातेपछि प्रहरीलाई तनाव भएको थियो ।
उक्त भिडियोमा एकजना अधवैंशे बा.३ च ११०३ नम्बरको जीपबाट झरेर हिँडिरहेका ती वृद्धमाथि गाली गर्दै हातपात गरेका देख्न सकिन्छ।
‘ए जँडिया के भन्या ओई तैँले,’ भन्दै ती चालकले वृद्धको टाउकोमा मुक्का हानेका थिए । चालकसँगैकी महिला पनि वृद्धलाई गाली गर्दै खनिएकी थिइन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराई सडकमा वृद्ध कुट्नेलाई नियन्त्रणमाा लिएको पुष्टि गरे । उनका अनुसार पैदलयात्रीलाई मुक्का हान्ने व्यक्तिलाई ट्राफिक प्रहरीले नियनणमा लिएको हो।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ ।
सोमबार राति भक्तपुरको ठिमीस्थित घरबाटै पक्राउ परेका प्रसाईंलाई अनुसन्धानका लागि काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले चार दिनको म्याद प्रहरीलाई दिएका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनलाई सोमबार साँझ घरबाटै नियन्त्रणमा लिएर भद्रकालीस्थित परिसरमा ल्याइएको थियो ।
आगामी फागुन २१ गते हुने निर्वाचन विथोल्न सक्ने गतिविधि गर्ने आशंकामा प्रसाईंमाथि निगरानी बढाइएको थियो । सोही आशंकाको आधारमा उनलाई पक्राउ गरिएको हो ।
यसअघि माघ २३ गते पनि पक्राउ परेका प्रसाईं हाजिर जमानीमा रिहा भएका थिए। त्यस बेला निर्वाचनसम्बन्धी उनले दिएका अभिव्यक्तिलाई साइबर ब्यूरोले अनुसन्धानको आधार बनाएर बयान लिएको थियो । माघ ५ गते पोखराबाट पनि पक्राउ परेर सोधपुछपछि रिहा भएका प्रसाईंमाथि प्रहरीले पुनः अनुसन्धान अघि बढाएको छ।
काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले कार्यसम्पादनमा उल्लेखनीय योगदान पुर्याएको भन्दै तीन जना प्रहरी अधिकृतलाई सम्मान गरेको छ।
सम्मानित हुनेमा पवनकुमार भट्टराई (एसपी), कौशल कुमार बुढाथोकी (डिएसपी) र जनार्दन घिमिरे (डिएसपी) रहेका छन्। भट्टराई र बुढाथोकी जिल्ला प्रहरी परिसर काठमाडौँमा कार्यरत छन् भने घिमिरे प्रहरी वृत्त सिंहदरवारमा कार्यरत छन्।
कार्यालयका अनुसार काठमाडौँ उपत्यकामा आयोजना हुने विरोध प्रदर्शन, आन्दोलन, बन्द-हड्ताल, चाडपर्व, खेलकुद तथा अन्य भीडभाडयुक्त कार्यक्रमहरूको व्यवस्थापन र सुरक्षा नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गरेको आधारमा एसपी भट्टराई र डिएसपी बुढाथोकीलाई पुरस्कृत गरिएको हो। उक्त सम्मान कार्यालयको अभिलेखमा रहने गरी प्रदान गरिएको जनाइएको छ।
त्यसैगरी प्रहरी वृत्त सिंहदरवारका लागि ३,१७५.१९ वर्ग मिटर क्षेत्रफलको जग्गा स्थायी उपयोगका लागि प्राप्त गर्ने प्रक्रिया तथा पूर्वाधार विकाससम्बन्धी काममा उल्लेखनीय योगदान पुर्याएको भन्दै डिएसपी घिमिरेलाई पनि सम्मान गरिएको कार्यालयले जनाएको छ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दुर्गा प्रसाईंलाई अविलम्ब रिहा गर्न माग गरेको छ ।
राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन् ।
‘रातको समयमा दुर्गा प्रसाईंलाई फेरि पक्राउ गरेर सरकारले आफ्नो अलोकतान्त्रिक चरित्र उदांगो पारेको छ’ उनले भनेका छन्, ‘सरकार देशलाई मुठभेडतर्फ धकेल्ने प्रपञ्च गर्दैछ । बिना कारण एउटै व्यक्तिमाथि प्रतिशोध साँधेर पटक–पटक पक्राउ गर्नुले सरकारको तानाशाही चरित्रको पुष्टि हुन्छ ।’
प्रसाई सोमबार साँझ भक्तपुरस्थित निवासबाटै पक्राउ परेका थिए । त्यसपछि राप्रपाका प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रसार्इंलाई अविलम्ब र बिना शर्त रिहा गरियोस् ।’
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक गरेको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरले सूचना जारी गर्दै २०८३ साल वैशाख १४ गतेदेखि कक्षा १२ का साधारण, प्राविधिक तथा परम्परागत धारतर्फका नियमित तथा आंशिक (रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७९, ८०, ८१ र ८२ भएका) परीक्षार्थीहरूको वार्षिक परीक्षा सञ्चालन हुने जनाएको हो ।
सूचना अनुसार परीक्षा बिहान ८ः०० बजेदेखि ११ः०० बजेसम्म सञ्चालन हुनेछ । वैशाख १४ गतेदेखि सुरु हुने परीक्षा वैशाख २७ गतेसम्म चल्नेछ । विभिन्न संकाय र धारअन्तर्गत अनिवार्य तथा ऐच्छिक विषयहरूको परीक्षा तोकिएको मिति र समयमा सञ्चालन गरिने बोर्डले जनाएको छ ।
वैशाख १४ गते अनिवार्य अङ्ग्रेजी (नियमित) विषयबाट परीक्षा सुरु हुनेछ भने १५ गते अनिवार्य नेपाली, १६ गते अनिवार्य अङ्ग्रेजी (आंशिक) र सामाजिक अध्ययन (प्राविधिक धार) का विषयहरू सञ्चालन हुनेछन् ।
त्यसैगरी गणित, लेखा, भौतिकशास्त्र, रसायनशास्त्र, जीवविज्ञान, अर्थशास्त्र, शिक्षा, व्यवस्थापन, मानविकी तथा विभिन्न प्राविधिक विषयहरूको परीक्षा क्रमशः तोकिएको तालिकाअनुसार सञ्चालन गरिनेछ । बोर्डले परीक्षार्थीहरूलाई परीक्षा सुरु हुनुभन्दा कम्तीमा आधा घण्टा अगाडि नै परीक्षा केन्द्रमा उपस्थित हुन निर्देशन दिएको छ । परीक्षा सुरु भएको १५ मिनेटपछि उपस्थित हुने परीक्षार्थीलाई सहभागी गराइने छैन । परीक्षा कार्यक्रममा अनुपस्थित हुने परीक्षार्थीका लागि पुनः परीक्षा व्यवस्था नगरिने पनि स्पष्ट पारिएको छ ।
त्यस्तै, परीक्षा केन्द्र परिवर्तन गर्न नपाइने, मोबाइल फोन, स्मार्ट घडी लगायतका विद्युतीय उपकरण लैजान निषेध गरिएको, आवश्यक सामग्री परीक्षार्थी स्वयंले ल्याउनुपर्ने तथा जीवविज्ञान विषयका परीक्षार्थीहरूले बोटनी र जुलोजीका लागि एउटै उत्तरपुस्तिका प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ ।
कुनै विद्यार्थीको एकभन्दा बढी विषय एकै दिन परेमा सूचना प्रकाशित भएको १५ दिनभित्र बोर्डको प्रदेश वा शाखा कार्यालयमा जानकारी गराउन आग्रह गरिएको छ । साथै, अनिवार्य नेपालीको सट्टा ऐच्छिक अङ्ग्रेजी अध्ययन गर्ने विदेशी नागरिकले वैशाख १५ गते नै ऐच्छिक अङ्ग्रेजी विषयको परीक्षा दिनुपर्ने जनाइएको छ ।
काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्स को जहाज खराब मौसमका कारण गन्तव्यमा अवतरण गर्न नसकेपछि मध्यरातमा पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्किएको छ।
बेलुकी ७ बजे उडान तालिका भए पनि ढिलाइ हुँदै करिब राति १० बजे मात्रै उडेको जहाजले धनगढी विमानस्थलमा पटक–पटक अवतरण प्रयास गरेको थियो। तर प्रतिकूल मौसमका कारण सम्भव नभएपछि राति करिब १२ बजे काठमाडौँ फर्काइएको हो।
जहाज फर्किएपछि विमानस्थलमा यात्रु अलपत्र परेका थिए। उडानमा रहेका सञ्चारकर्मी रोयल आचार्यका अनुसार केहीबेर यात्रुले असन्तुष्टि जनाउँदै विमानस्थल कर्मचारीसँग विवाद समेत भएको थियो।
उक्त उडानमा वृद्धवृद्धा, बिरामीसहित करिब ८० यात्रु थिए। केही यात्रु महेन्द्रनगरतर्फ अन्त्येष्टि कार्यका लागि जाँदै गरेका समेत रहेको बताइएको छ, जसका कारण ढिलाइ र फिर्तीले उनीहरू थप मर्कामा परेका छन्।
यात्रुहरूले बारम्बार उडान ढिलाइ, मौसम व्यवस्थापन र यात्रु समन्वयमा कमजोरी भएको भन्दै नेपालका हवाई सेवा प्रदायकहरू कहिले जिम्मेवार बन्ने भन्ने प्रश्न उठाएका छन्।





