२०८३ बैशाख २ गते बुधबार
२०८३ बैशाख २ गते बुधबार

काठमाडौँ । रौतहट निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवार ऋषि धमलाले ६ मत मात्र पाएका छन् । हालसम्म ४ हजार ३ सय ६९ मत गणना हुँदा धमलाले निकै कमजोर मत पाएका हुन् ।

अन्य उम्मेदवारहरूको तुलनामा धमलाले निकै कम मत प्राप्त गरेपछि सामाजिक सञ्जाल र स्थानीय तहमा पनि यसबारे चर्चा सुरु भएको छ। धमलाले मोबाइल चिह्नबाट चुनाव लडेका थिए ।

मतगणनाको प्रारम्भिक नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेल अग्रस्थानमा रहेका छन्। उनले १ हजार १०८ मत प्राप्त गर्दै अग्रता लिएका छन् भने नेपाली काँग्रेसले ५४६ मत प्राप्त गरेको छ। त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीले ३०७ मत पाएको छ भने नेकपा एमाले ६९ मत प्राप्त गरेको छ।

यसैगरी छाता चिह्नले १२ मत, हर्न चिह्नले १५ मत र माटो चिह्नले १ मत प्राप्त गरेका छन्। यस अवधिमा १ सय १६ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

हालसम्म गढीमाई नगरपालिका–९ इनरवाटोल धर्मशाला र गढीमाई नगरपालिका–१ समनपुरस्थित शंकर गुदुर माध्यमिक विद्यालयको मतदान केन्द्रको मतगणना सम्पन्न भइसकेको छ। बाँकी मतदान केन्द्रहरूको मतगणना क्रमशस् जारी रहेको छ।

निर्वाचन अधिकृतका अनुसार मतगणना शान्तिपूर्ण रूपमा अगाडि बढिरहेको छ भने थप नतिजा आउने क्रम जारी रहने बताइएको छ।

झापा निर्वाचन क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाहले १०,१९० मत प्राप्त गर्दै अग्रस्थानमा छन्।

उनका प्रमुख प्रतिस्पर्धी, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४,०८७ मत पाएका छन् र दोस्रो स्थानमा छन्। यसैगरी, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रञ्जित तामाङले ९० मत ल्याएका छन्।

मतगणना जारी छ र अन्तिम परिणाम प्रतीक्षित छ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले जितको खाता खुलेको छ । भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपा उम्मेदवार रञ्जु न्यौपाने(दर्शना) १५ हजार ४५५ मतसहित विजयी भएकी छन् ।

६ हजार ३६४ मतसहित नेपाली कांग्रेसका प्रबल थापा निकटतम प्रतिद्वन्द्वी मात्रै रहे । अघिल्ला दुई निर्वाचनमा जित झिनो मतान्तरले पराजित हुँदै आएका राप्रपाका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत मात्रै प्राप्त गरे ।

यस्तै एमालेका मोहनराज रेग्मीले एक हजार ६१८ मत, नेपाली कम्युनिस्ट पार्टीकी मेनुका भण्डारीले ३४५ मत, श्रम संस्कृति पार्टीका समीर लामा तामाङले ४२६ मत पाएका छन् ।

`बुलेट´बाट उदाएको माओवादीलाई स्वागतको संयम दोहोर्‍याउँदै `ब्यालेट´बाट आउँदै गरेको रास्वपालाई स्वागत

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधि सभा निर्वाचनको परिणामलाई स्वीकारेका छन् । चुनावी प्रारम्भिक मत परिणाम अनुसार पार्टीले लज्जास्पद हार बेहोर्दै गर्दा उपसभापति शर्माले संयमित भएर मतदाताको फैसला स्वीकार्य भएको बताएका हुन् ।

उनले ०६४ सालमा जसरी सशस्त्र द्वन्द्वबाट आएको माओवादीले जितेर उदाएको थियो त्यही संयम दोहोहर्याउँदै रास्वपा आइरहेको भन्दै उक्त परिणामलाई स्वागत गरेका हुन् ।

उपसभापति शर्माले रास्वपाको यो परिणाम अप्रत्याशित नभएको बताएका छन् । उनले ०७९ को चुनावमै रास्वापले उक्त संकेत देखाइसकेको भन्दै अहिले आएको यो परिणाम अप्रत्याशित नभएको बताए ।

रास्वपा ०७९ को असारमा गठन भएर मंसिरमा चुनाव लड्दा राष्ट्रिय दलको मान्यतासहित चौथो ठूलो दल बनेको थियो ।

यसपालिको प्रारम्भिक मतगणना अनुसार रास्वपाको दुई तिहाई मत आउने लगभग पक्का देखिएको छ ।

०७९ को निर्वाचनमा कांग्रेस सबैभन्दा ठूलो दल बनेको थियो ।

यसो लेखेका छन् उपसभापति शर्माले सामाजिक सञ्जाल एक्समाः

मतदाताको फैसला स्विकार्य छ !

`बुलेट´बाट उदाएको माओवादीलाई स्वागतको संयम दोहोर्‍याउँदै `ब्यालेट´बाट आउँदैगरेको रास्वपालाई स्वागत । ०७९ मै प्रस्तुत संकेतका दृस्टीले यो अप्रत्याशित होईन । चर्को आशा अर्को निराशामा बदलिनु हुन्न, देशको मुल प्रश्नमा साथ र खबरदारी दुवै रहनेछ । जय नेपाल

काठमाडौं । मुलुकभर बिहीबार सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आक्रामक अग्रता लिएको छ । पछिल्लो प्राप्त रुझान अनुसार, रास्वपाले स्थापित पुराना दलहरूलाई निकै पछाडि पार्दै देशभरका ४२ निर्वाचन क्षेत्रमा आक्रामक अग्रता कायम गरेको हो ।

निर्वाचन आयोगको पछिल्लो आधिकारिक तथ्याङ्क अनुसार रास्वपा ४२ सिटमा अगाडि देखिएको छ । विशेषगरी नेपाली कांग्रेस र नेकपा एमालेका ‘अभेद्य’ मानिने किल्लाहरूमा समेत रास्वपाका उम्मेदवारहरूले फराकिलो मतान्तरले अग्रता लिइरहेका छन् । विगतमा कांग्रेस र एमालेका उम्मेदवारहरू निरन्तर विजयी हुँदै आएका क्षेत्रमा देखिएको यो ‘घण्टी’ को रापले राजनीतिक वृत्तमा नयाँ र शक्तिशाली तरङ्ग पैदा गरिदिएको छ ।

हालसम्मको मतगणनाको स्थिति हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टी ४२ सिटमा अग्रता लिँदै पहिलो स्थानमा छ । दोस्रो स्थानका लागि नेकपा एमाले र नेपाली कांग्रेसबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । एमाले ४ निर्वाचन क्षेत्रमा अगाडि रहँदा नेपाली कांग्रेस ३ क्षेत्रमा खुम्चिएको छ । त्यस्तै, नेपाली कम्युनिष्ट पार्टी (तारा चिह्न) ले २ क्षेत्रमा आफ्नो अग्रता बनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीको खातामा भने हालसम्म कुनै पनि क्षेत्रमा प्रारम्भिक अग्रता देखिएको छैन ।

केही निर्वाचन क्षेत्रहरूमा गए रातिदेखि नै मतगणना सुरु भएको थियो भने केही दुर्गम क्षेत्रहरूमा आज बिहानदेखि मात्र गणना प्रारम्भ गरिएको हो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।