
भक्तपुर- नेकपा एमालेका सचिव महेश बस्नेतले गौरीबहादुर कार्की आयोग कार्यान्वयन गर्ने सरकारको कुटिल र षडयन्त्रपूर्ण निर्णयले देशलाई द्वन्द्वतर्फ धकेल्ने बताएका छन् ।
सरकारले कार्की आयोगको प्रतिवेदन कार्यन्यवनका लागि सुरक्षाकर्मीको हकमा अर्को कार्यदल बनाएर अध्ययन गर्ने तर राजनीतिक व्यक्तिलाई कारबाही अघि बढाउने निर्णयले कुटिल षडयन्त्रपूर्ण भएको बस्नेतको भनाइ छ ।
सरकारको निर्णय सार्वजनिक भएपछि सामाजिक सञ्जालमा लेख्दै सचिव बस्नेतले यस्तो निर्णयले देशलाई द्वन्द्वतर्फ धकेल्ने उल्लेख गरे।
‘कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको नाममा यदि सरकारले धरपकड र राजनीतिक बदला लिन खोज्छ भने उसको पहिलो गाँसमा नै ढुंगा पर्ने मात्र होइन’ बस्नेतले भनेका छन्, ‘देशलाई पुन द्वन्द्वतर्फ धकेल्ने जोखिम पैदा गर्छ ।’
सरकारको यस्तो पक्षपाती निर्णय पनि कुनै हालतमा स्वीकार्न नसकिने उनको धारणा छ । ‘न्याय सबैका लागि समान हुनुपर्छ, अन्यथा यसको सशक्त प्रतिरोध अवश्य हुनेछ’, उनले भनेका छन् ।
बस्नेतले सरकारको निर्णयको प्रतिवाद गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘बालेन नेतृत्वको सरकारले पहिलो क्याबिनेट बैठकमै जेन–जी घटना जाँचबुझका लागि गठित कार्की आयोगको प्रतिवेदनबारे निर्णय गरेछ। सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री लगायतको हकमा सोझै कार्यान्वयन गर्ने कुटिल र षडयन्त्रपुर्ण निर्णय गरेको भन्ने सुनियो। यदि सरकारले धरपकड र राजनीतिक बदला लिन खोजे उसको पहिलो गाँसमै ढुङ्गा पर्ने मात्रै होइन, देशलाई पुनः द्वन्द्वतर्फ धकेल्ने जोखिम पैदा गर्छ।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सीता वादीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको पदभार ग्रहण गरेकी छिन्।
उनी नेपालको वादी समुदायबाट मन्त्री बन्ने पहिलो महिला हुन्। पदभार ग्रहण गरेसँगै उनी भावुक भइन्। आँखाबाट आँसु पुछ्दै उनले भनिन्, ‘सोचेको थिइनँ, यहाँ आइपुग्छु भनेर।’
उनले समाजको जातीय बहिष्करणसँग संघर्ष गर्दै मन्त्री बन्ने अवसर पाउँदा इतिहासमै परिवर्तन आएको महसुस गरेको बताइन्। उनले भनिन्, ‘अब जिम्मेवार भएर समाज रूपान्तरणमा सक्रिय हुनेछु।’
महिला सशक्तीकरणका क्षेत्रमा सामाजिक संस्थामार्फत सेवा गर्दै आएकी नवनियुक्त मन्त्री वादी कर्णाली प्रदेशको सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिका-१४ स्थायी घर भएकी हुन्। हाल उनी काठमाडौँको बुढानीलकण्ठ-८ मा बसोबास गर्दै आएकी छिन्।
गरिबी र सामाजिक विभेदका कारण जीवनका प्रत्येक चरणमा पहिचानका लागि संघर्ष गर्दै आएकी उनी रास्वपामा आबद्ध भएकी थिइन्। समानुपातिक प्रणालीबाट सांसद बनेकी उनले १३ वर्षको उमेरदेखि संस्थागत आर्थिक सहयोगमा आफ्नो अध्ययन पूरा गरिन्।
स्नातक तहसम्मको शिक्षा हासिल गरेपछि उनले समाजमा विभेद अन्त्य गर्न र महिला सशक्तीकरणका लागि सामाजिक संस्था सञ्चालन गर्दै आएकी थिइन्। अब मन्त्रालयको नेतृत्व सम्हाल्दै उनले महिला तथा सीमान्तकृत समुदायका समस्याहरू समाधान गर्न बृहत्तर रूपमा काम गर्ने बताएकी छिन्।
शुक्रबार मध्याह्नदेखि दोलखाको लाप्चा क्षेत्रमा सम्पर्कविहीन मुस्ताङ एयरको हेलिकप्टर सुरक्षितभेटिएको छ ।
मुस्ताङ एयरका प्रबन्ध निर्देशक रोनान लामिछानेले हेलिकप्टर दोलखाको लाप्चामा सुरक्षित फेला परेको जानकारी दिए ।
उक्त हेलिकप्टर क्याप्टेन सुरज थापाले उडाएका थिए । दोलखाको लाप्चा क्षेत्र लाङटाङको दक्षिण-पूर्वमा पर्छ । लाप्चा आइपुगेपछि हेलिकप्टर सम्पर्कविहीन भएको थियो ।
क्याप्टेन थापाले उडाएको मुस्ताङ एयरको दर्ता नम्बर ‘९एन-एएनओ’ हेलिकप्टरमा चार यात्रु थिए ।
सरकारले गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले सिफारिस गरेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहकाे अधयक्षतामा बसेकाे पहिलाे मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।
कार्कीको अध्यक्षतामा जेनजी आन्दोलनमा भएका घटनाको विस्तृत अनुसन्धान गर्न आयोग गठन गरिएको थियो।
सरकारका निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवम् शिक्षा मन्त्री सस्मित पोखरेलले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने प्रक्रिया सुरु भएको बताएका छन्। उनका अनुसार सुरक्षा निकायसँग सम्बन्धित विषयहरूका लागि आन्तरिक छानबिन समिति गठन गरिनेछ र त्यस समितिको सिफारिसका आधारमा कार्यान्वयन अघि बढाइनेछ।
मन्त्री पोखरेलले अन्य क्षेत्रसँग सम्बन्धित सिफारिसहरू भने आजैबाट लागू हुने स्पष्ट पारे। सरकारले आयोगको प्रतिवेदनलाई चरणबद्ध रूपमा कार्यान्वयन गर्दै जाने तयारी गरेको पनि उनले बताए।
आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र आईजीपी चन्द्र कुवेर खापुङसहित सरकारी उच्च अधिकारीलाई कारबाहीको सिफारिस गरेको थियो ।
सस्मित पोखरेललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले शिक्षा मन्त्रीसमेत रहेका पोखरेललाई सरकार प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।
काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारी बरालले पदबाट राजीनामा दिएकी छिन् । उनलाई निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेकी थिइन् ।
प्रधानमन्त्री कार्की पदमुक्त भएपछि उनले पनि पदबाट राजीनामा दिएकी हुन् ।
सामान्यतया: प्रधानमन्त्रीले नियुक्त गरेको महान्यायाधिवक्ताले प्रधानमन्त्री पदमुक्त भएसँगै राजीनामा दिने अभ्यास रहन्छ ।
उनलाई प्रधानमन्त्री कार्कीले २९ भदौमा नियुक्त गरेकी थिइन् ।
काठमाडौं । पदभारग्रहण कार्यक्रममा नवनिर्वाचित मन्त्रीहरूले पहिलो निर्णयमा हस्ताक्षर नगर्ने घोषणा गरेका छन्।
शुक्रबार शितलनिवासमा आयोजित औपचारिक कार्यक्रममा प्रधानमन्त्रीसँगै पद तथा गोपनीयताको सपथ लिएका मन्त्रीहरूले तत्काल कुनै नीतिगत निर्णयमा हस्ताक्षर नगर्ने जनाएका हुन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालका अनुसार सबै मन्त्रीले आफ्नो मन्त्रालयको ब्रिफिङ लिएर मन्त्रिपरिषद्को बैठक बसेपछि मात्रै निर्णय सार्वजनिक गरिने छ ।
‘पहिला सबै मन्त्रालय र मातहतका निकायबाट हरेक मन्त्रीले ब्रिफिङ लिएर त्यसपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठकबाट मात्र निर्णय लिने र सार्वजनिक गर्नेछौं ।’
नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री बालेन शाह(बालेन्द्र)को सिफारिसमा १४ जना मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
कार्यक्रममा १०८ जना बटुकले स्वस्तिक वाचन गरेका छन् । त्यस्तै, १०७ बौद्ध लामा गुरुहरूले मंगल वाचन गरेका छन् साथै ७ जना ब्राह्मणले शंखनाद गरी शपथ ग्रहण समारोहलाई सनातन परम्पराअनुसार सम्पन्न गरिएको हो ।
यस्तो छ,बालेन नेतृत्वको सरकारका मन्त्रीहरूको नाम
बालेन्द्र शाह, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्
स्वर्णिम वाग्ले, अर्थ मन्त्रालय
शिशिर खनाल, परराष्ट्र मन्त्रालय
सोविता गौतम, कानूनमन्त्री
विराजभक्त श्रेष्ठ, ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री
सुधन गुरुङ, गृहमन्त्री
प्रतिभा रावल, भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण र संघीय मामिला तथा समान्य प्रशासनमन्त्री
विक्रम तिमल्सिना, सञ्चार तथा सूचना प्रविधिमन्त्र ी
गीता चौधरी, कृषि तथा पशुपक्षी विकास तथा वन तथा वातावरणमन्त्री
दिपक कुमार साह, श्रम, रोजगारमन्त्री
सस्मित पोखरेल, शिक्षा, युवा तथा खेलकुद
खडक पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्र
िसुनिल लम्साल, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री
सीता वादी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री
निशा मेहता, स्वास्थ्य तथा जनसंख्या साथै खानेपानी मन्त्रालय मन्त्री
साथै रक्षा ,उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय प्रधानमन्त्री स्वयमले सम्हाल्ने छन् ।
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री शाहले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
शपथ कार्यक्रममा १०८ जना बटुकले स्वस्तिक वाचन गरेका थिए । १०७ बौद्ध लामा गुरुहरूले मंगल वाचनसाथै ७ जना ब्राह्मणले शंखनाद गरी शपथ ग्रहण समारोहलाई सनातन परम्पराअनुसार सम्पन्न गरिएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को मन्त्रिपरिषद्का १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ । प्राप्त जानकारीअनुसार, सुधन गुरुङ गृहमन्त्री बन्ने भएका छन् । यसैगरी, स्वर्णिम वाग्ले अर्थ मन्त्रालय, शिशिर खनाल परराष्ट्र मन्त्रालय, सोविता गौतम कानुन मन्त्रालय, विराज भक्त श्रेष्ठलाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
अमरेश कुमार सिंह उद्योग मन्त्रालय, प्रतिभा रावल सामान्य प्रशासन मन्त्रालय, गीता चौधरी कृषि मन्त्रालय, विक्रम तिमल्सिना सञ्चार मन्त्रालय, दीपक साह श्रम मन्त्रालय, सस्मित पोखरेलले शिक्षा मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।
खड्क (गणेश) पौडेल पर्यटन मन्त्रालय, सीता वादी महिला तथा बालबालिका मन्त्रालय र निशा मेहताले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छिन् ।
नयाँ मन्त्रीहरूको शपथ ग्रहण आज दिउँसो प्रधानमन्त्रीसँग हुनेछ । प्रधानमन्त्री बालेनले दिउँसो १२ः३४ बजे शपथ लिने कार्यक्रम तय गरिएको छ ।
यस्तो छ मन्त्रीहरूको सूची :
बालेन शाह – प्रधानमन्त्री
स्वर्णिम वाग्ले – अर्थमन्त्री
शिशिर खनाल – परराष्ट्रमन्त्री
सुधन गुरुङ – गृहमन्त्री
प्रतिभा रावल – सामान्य प्रशासन मन्त्री
गणेश पौडेल – पर्यटन मन्त्री
अमरेश सिंह – उद्योग मन्त्री
सुनिल लम्साल – भौतिक पूर्वाधार मन्त्री
गिता चौधरी – कृषिमन्त्री
सस्मित पोखरेल – शिक्षा मन्त्री
निशा मेहता – स्वास्थ्य मन्त्री
महिला बालबालिका – सीता वादी
सोबिता गौतम – कानुन मन्त्री
ऊर्जा मन्त्री – विराजभक्त श्रेष्ठ
विक्रम तिमिल्सिना – सञ्चार मन्त्री





