२०८३ बैशाख २ गते बुधबार
२०८३ बैशाख २ गते बुधबार

काठमाडौँ । समाज कल्याण परिषदले काठमाडौँको भृकुटीमण्डपमा भाडा नतिर्ने २० वटा विभिन्न सङ्घ संस्थाको कार्यालयमा तालाबन्दी गरेको छ । वर्षौँसम्म भाडा नतिर्ने व्यक्तिका पसल र संस्थाका कार्यालयमा सोमबार ताला लगाइएको हो ।

वर्षौँदेखि भाडा नतिर्नेमा रिपोटर्स क्लवदेखि विभिन्न संघ संस्थाका कार्यालय रहेका छन् । भाडा बक्यौता बुझाउनका लागि पटक पटक सूचना जारी गर्दा समेत तिर्न अटेर गरेकाले ताला लगाइएको परिषद्ले जनाएको छ ।

परिषदले रिपोटर्स क्लव, काठमाडौं पुस्तकालय, फोटो पत्रकार महासंघ, अपाङ्ग महासंघ लगायत २० वटा संघ संस्थाका कार्यालयमा ताला लगाएको छ । परिषद्का सदस्य सचिव सरोज कुमार शर्माले उनीहरुबाट १० करोड भन्दा बढी भाडा उठ्न बाँकी रहेको जानकारी दिएका छन् ।

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले समसामयिक राजनीतिक परिस्थितिमा सबै पक्ष संवैधानिक समाधानतर्फ उन्मुख हुन ढिलाइ नगर्नुपर्ने बताएका छन्। नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा जारी शुभकामना सन्देशमार्फत उनले संवाद, सहमति र सहकार्यलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरेका छन्।

सन्देशमा उनले राजनीतिक अभ्यासमा देखिएका निषेध, फुट, बन्द र विद्रोहजस्ता प्रवृत्तिले समग्र रूपमा राज्यलाई कमजोर बनाउने बताएका छन्।

उक्त सन्देशमा उनले विगतका राजनीतिक तथा प्रशासनिक परिवर्तनहरूको समीक्षा गर्दै अपेक्षित परिणाम हासिल नभएको धारणा व्यक्त गरेका छन्।

उनको सन्देशले राजनीतिक प्रक्रियामा सहकार्य र संस्थागत समाधानतर्फ ध्यान केन्द्रित गर्नुपर्ने सन्दर्भ प्रस्तुत गरेको छ।

त्यारा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू

हामी नयाँ वर्ष २०८३ मा आइपुगेका छौं । नव वर्ष आरम्भको यो परिवर्तनको पुनित अवसरमा देशभित्र र संसारका विभिन्न भूभागमा रहे बसेका सबै नेपालीहरूलाई सुख र शान्तिको मंगलमग शुभकामना ।

समयको प्रवाहसँगै हामीले हाम्रो देश र समाजलाई प्रगतिपथमा अघि बढाउँदै जानुपर्दछ । विगतका कमी कमजोरी र त्रुटिलाई सच्याउँदै र वाधा व्यवधानलाई पन्छाउँदै हामी हाम्रो उच्चतम गन्तव्यतर्फ लम्किनुपर्छ । तब नै नयाँ वर्षको नवगत समयको अर्थ रहन्छ ।

वितेका कतिपय वर्ष वान्छित विकासका दृष्टिले नेपाल झन् झन् तल तल झर्दै गयो भन्ने नेपालीहरूको आम मनोभावना रह्यो । राजनीति, राज्य पद्धति र शासन प्रशासनको प्रणालीमा हामीले निकै हेरफेर हेर्‍यौं । तर त्यो कोरा परिवर्तनमात्रै भयो । दलदलको खलबलमा त हामी धेरै दगुरियौं । तर राष्ट्रको श्रीवृद्धिमा हामी निकै पछि पर्‍यौं । सधैं प्रयोग, सधैं अभ्यास र सधैं विकल्पको खोजीमा मात्रै लाग्यौं । फलस्वरुप हाम्रो देश प्रयोगशाला मात्रै रह्यो ।

स्थिरता, निरन्तरता, दृढता कता कता हराएर गयो । विधि, पद्धति, व्यक्ति बदलेर मात्रै समग्र स्थिति बन्ने रहेनछ भन्ने कुराको पाठ हामीलाई विगतले सिकाएको छ । राजनीति र राज्य सञ्चालनको गतिविधिमा युवा पिढीको संलग्नता बढ्दै जानु उत्साहको विषय हो । पढेलेखेका, देश बुझेका र आधुनिक प्रविधिको ज्ञान भएका उत्साही पात्रहरूको आगमनले राष्ट्रलाई फलदायी बनाउनुमा मद्दत पुग्छ भन्ने हामीलाई लागेको छ ।

आज हाम्रो देश चौतर्फी समस्याको चाङमा छ । यो बेलामा नेपाली जनताको आशा र अभिलाषा पनि उत्तिकै छन् । यो अवस्थामा हाम्रो आर्थिक अवस्थालाई कसरी उकास्ने, छिमेकीहरू र बाह्य मित्र शक्तिहरूको सहयोग, सद्भाव कसरी बढाउँदै जाने भन्नेमा हाम्रो ध्यान केन्द्रित हुनुपर्ने देखिन्छ । आन्तरिक सुरक्षा प्रणालीको दृष्टिले मुलुक अत्यन्तै नाजुक अवस्थामा परेको छ । नयाँ वर्षमा जीउधनको सुरक्षा, अत्यावश्यक वस्तु र स्रोत साधनको संरक्षण एवं जीवन जिउने मानवीय सुुरक्षाको हक अधिकारको प्रत्याभूति दिनु सुरक्षाका अंग, हाम्रा सेवा सुविधाका क्षेत्र, प्रकृति र मौसमी कारणमा हुने प्रकोपका विषयमा आन्तरिक सुरक्षालाई चुस्त बनाउन आवश्यक देखिन्छ । आजको विषम र अशान्त विश्वमा हामीले आफूलाई जोगाउने, उत्पादित वस्तुको जुगाड गर्ने र कुनै प्रकारको व्यवधान पर्न नदिनेतर्फ राज्यको गहिरो ध्यान पर्नुपर्ने देखिन्छ ।

आम नागरिकले कुनै प्रकारको शारिरिक, मानसिक, भौतिक तथा जीवन यापनको मामलामा त्रास,पीडा अभावको अनुभव गर्न नपरोस् । हरेक क्षेत्रमा भरपर्दो आत्मनिर्भर भएर परनिर्भरताबाट र स्वाधिन भएर पराधिनताबाट देशलाई जोगाउनुछ । देशको स्रोत शक्ति हो । सही उपयोग भएमा नै समाजको कल्याण हुन्छ । अनि देशको स्वधर्म, संस्कृति र मौलिक कलाकृतिको संवर्धन भयो भने नै देशको गौरव बढ्छ । त्यसैले यिनै मूलभूत काम कर्तव्यतर्फ अब हाम्रो पाइला अघि बढ्नुपर्छ । निषेध, फुट, बन्द र विद्रोहले हामी कमजोर हुन्छौं । परस्परको राग, द्वेष, प्रतिशोध र निषेध राजनीतिमा हुन हुँदैन । जनचाहना समेतलाई मनन गरी देशलाई केन्द्रमा राखेर कदम बढाउन विलम्ब नगरौं । संवाद, सहमति र सहकार्यका माध्यमबाट सबै पक्षको मागलाई सम्बोधन हुनेगरी संवैधानिक समाधान खोज्न दृढ संलल्पित बनौं । नेपाल शान्तिको भूमि बनोस् । उन्नतीको मुलुक बनोस् । अनि आफ्नै मौलिक सनातन र पहिचानबाट परिचालित एवं प्रतिष्ठित बनोस् । सबै नेपालीले न्याय शान्ति र सुख पाउन् । यही हाम्रो सदिक्षा हो । श्री पशुपतिनाथले सबैको कल्याण गरुन् । जय नेपाल

मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक भएपछि उठेको आलोचनाबीच गृहमन्त्री सुदन गुरुङले आफ्नो धारणा सार्वजनिक गरेका छन्।

गुरुङले सामाजिक सञ्जालमार्फत “सरकारमा आउनुअघि बिना भ्रष्टाचार कमाउनु पाप होइन, तर सरकारमा आएर भ्रष्टाचार गरेर कमाउनु पाप हो” भन्दै टिप्पणी गरेका हुन्।

यसअघि उनले “जन्मिँदा गरिब हुनु गल्ती होइन, तर मर्दा गरिब हुनु आफ्नै कमजोरी हो” भन्ने चर्चित भनाइ पनि साझा गरेका थिए।

युवा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा व्यापक बहस र आलोचना सुरु भएको थियो। सोही सन्दर्भमा गृहमन्त्री गुरुङले फेसबुक स्टोरीमार्फत प्रतिक्रिया दिएका हुन्।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारमा रहेका सबैको सार्वजनिक भएको सम्पत्तिको स्रोत खुलाउनुपर्ने बताएका छन् ।

सोमबार बिहान सामाजिक संजालमार्फत अध्यक्ष साम्पाङले स्रोतबिनाको सम्पत्ति घुमाइफिराइ भ्रष्टाचार गरेको भन्ने नै बुझिने हुँदा स्रोत खुलाउन माग गरेका हुन् ।

उनले भनेका छन्, ‘सरकारमा रहेका सबैको सम्पत्ति यति उति भन्ने आयो । अब त्यसको स्रोत पनि खुलाइदिए राम्रो । स्रोत बिनाको सम्पत्ति त फेरि घुमाइफिराइ भ्रष्टाचार गरेको भन्ने नै बुझिन्छ । स्रोत प्रष्टाइदिनु पर्छ ! जय देश !’

सरकारले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण आइतबार सार्वजनिक गरेको थियो । प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्तिलाई लिउरु पक्ष विपक्षमा बहस सुरु भएको छ । प्रधानमन्त्री र केही मन्त्रीको अस्वाभाविक सम्पत्ति देखिएपछि यसकाबारेमा बहस सुरु भएको हो ।

रास्वपा समर्थकले चप्पल लगाउने मात्र राजनीतिमा आउनुपर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताएका छन् भने केहीले प्रधानमन्त्री र मन्त्रीहरुकै सम्पत्ति छानबिन गर्नुपर्ने आवाज उठाएका छन् ।

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले वर्तमान सरकारका मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्ति विवरण हेर्दा देश लङ्का बनिसकेको व्यङ्ग्य गरेका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले मन्त्रीहरुले सार्वजनिक गरेको सम्पत्ति (सुन) तर्फ लक्षित गर्दै डाँडाभरि लालीगुराँस फुल्नेबेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेको भन्दै कटाक्ष गरेका छन् ।

उनले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण हेर्दा समृद्धि आइसकेको र सुशासन त्यहीँबाट आरम्भ भएको टिप्पणी गरेका छन् ।

उनले लेखेका छन्– ‘देश लंका बनिसकेछ, डाँडाभरी लालीगुराँस फुल्ने बेलामा मन्त्रीहरुको खेतबारीमा भने पँहेलपुर तोरी फुलेछ। समृद्धि आएछ– सुशासन त्यहिँबाट आरम्भ भै हाल्छ।’

उनले ‘जहाँ कङ्गाल, त्यहाँ चण्डाल’ भन्ने नेपाली उखानलाई उधृत गर्दै अब देश कङ्गाल अवस्थाबाट मुक्त भएको तर त्यो मुक्ति जनताका लागि नभई सत्ताको वरपर घुम्नेहरूका लागि मात्र आएको संकेत गरेका छन् ।

उनले प्रधानमन्त्री वालेन्द्र शाह चुनावी अभियानका क्रममा सुदूरपश्चिम जाँदा लेखेको स्टाटस ‘झिक्कै झिक्कै मया तम्लाई’उल्लेख गर्दै मन्त्रीहरुको सम्पत्ति विवरणसँगै मुलुकमा समृद्धि आइसकेको व्यंग्य गरेका छन् ।

उनले लेखेका छन्– ‘जहाँ कङ्गाल त्यहि चण्डाल भन्थे, त्यो दुर भएछ– झिक्कै झिक्कै मया तम्लाई !’

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।