
प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिने भएका छन्।
संसद् सचिवालयका अनुसार दिउँसो एक बजे बस्ने बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ अनुसार सांसदहरूले सोधेका प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिने सम्भावित कार्यसूची छ।
११ जना सांसदले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रश्न सोध्ने छन्। प्रधानमन्त्रीलाई संसद्मै उभ्याएर कार्यपालिकालाई जवाफदेही बनाउने यो अभ्यासमा यसपटक भारतसँगको सीमा विवाद, सुशासन र समसामयिक राजनीति मुख्य विषय बन्ने देखिएको छ।
लगातार लामो समयसम्म संसद्मा प्रधानमन्त्रीको खोजी भएपछि गत १ गते सभामुख डोलप्रसाद अर्यालले संसद्मा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री वालेन्द्र शाहलाई रूलिङ गरेका थिए। यसैअनुसार प्रधानमन्त्री शाहले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन लागेका हुन्।
दलीय प्रतिनिधित्व र प्राप्त समयका आधारमा अमरेशकुमार सिंह, समीक्षा बास्कोटा, कृष्णहरि बुढाथोकी, बासना थापा, गीता गुरूङ, ऐनबहादुर महर, गणेशसिंह ठगुन्ना, वर्षमान पुन, प्रमेशकुमार हमाल, हर्कराज राई र खुश्बु ओली गरी जम्मा ११ जना सांसदहरूले आफ्ना प्रश्न दर्ता गराएका छन्।
तर, संसद्मा मुख्य प्रतिपक्षी र अन्य दलहरूले आक्रामक रूपमा प्रश्न दर्ता गराउँदा सत्तारूढ रास्वपाले भने ३ वटा प्रश्न मात्र दर्ता गराएको छ। यसलाई आवश्यकताका आधारमा मात्रै प्रश्न सोधिएको रास्वपा सचेतक प्रकशचन्द्र परियारको दाबी छ।
प्रश्नोत्तरमा प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीलाई राष्ट्रियता र सुशासनका मुद्दामामा प्रश्न राख्नलाई टिपाएका छन्। एमालेका सांसद गणेशसिंह ठगुन्नाले भारतसँग जोडिएका सुदूरपश्चिमका सीमा समस्या, सुस्ता तथा कालापानी क्षेत्रको नेपाली भूभाग फिर्ता ल्याउन सरकारले गरिरहेको कूटनीतिक पहलबारे प्रधानमन्त्रीसँग जवाफ माग्ने भएका छन्।
एमालेकै प्रमुख सचेतक ऐन महरसहितका सांसदहरूले देशको खस्कँदो आर्थिक अवस्था, सुशासन र पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा सरकारको आधिकारिक धारणा माग गर्दै प्रश्न दर्ता गराएका छन्। मुख्य प्रश्नपछि सांसदहरूले तत्कालै पूरक प्रश्न सोध्न पाउने भएकाले पनि यस सत्रलाई प्रधानमन्त्रीको कानुनी र राजनीतिक परीक्षाका रूपमा हेरिएको छ।
यता प्रधानमन्त्री कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य परीक्षण रिपोर्टसहितको पत्र संघीय संसद् सचिवालयमा पुगेको छ। सभामुख डोलप्रसाद अर्यालले कालो चस्मा नलगाउन राजनीतिक दलका प्रमुख सचेतक र सचेतकमार्फत सांसदहरूलाई निर्देशन जारी गरेका थिए। उनले कालो चस्मा लगाउनुपर्दा स्वास्थ्य परीक्षण रिर्पोर्ट चाहिने बताएका थिए।
यसअनुसार प्रधानमन्त्री शाहले कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य परीक्षण रिपोर्टसहितको पत्र संसद सचिवालयमा पुगेको हो। शाहले साउन २२ गते छाउनी अस्पतालमा आँखा परीक्षण गराएका थिए। परीक्षणको क्रममा खाली आँखाले उज्यालो प्रकाशमा हेर्दा समस्या हुने देखिएकोले कालो चस्मा लागउनुपर्ने अस्पतालको रिपोर्ट थियो।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सामाजिक नयाँ जिम्मेवारी थपिने योग छ। मेहनत गरेको कामबाट राम्रो परिणाम हात पर्नेछ। आर्थिक विषयमा आम्दानी बढ्नेछ। मनमिल्ने मान्छेसँगको भेटले मनमा उत्साह थप्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ५ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
काम पूरा गर्ने अवसर साथै गरेको कामको प्रतिफल एकैसाथ मिल्नेछ। आम्दानी बढाउने नयाँ उपायबारे सोच आउन सक्छ। गुरुजनसँगको भेटले केही नयाँ कुरा सिकाउनेछ। घरायसी काममा व्यस्तता बढ्न सक्छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज नयाँ कुरा सिक्ने र आफ्नो ज्ञान बढाउने मौका मिल्नेछ। काममा देखाएको लगनको प्रशंसा हुनेछ। छोटो यात्राले नयाँ अनुभव दिलाउनेछ। कार्य चयन गर्दा आवश्यकतालाई पहिलो प्राथमिकता दिनुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आर्थिक कारोबारमा राम्रो सुधार देखिनेछ। गोप्य योजना अघि बढाउन समय मिल्नेछ। परिवारका सदस्यसँग महत्त्वपूर्ण कुराकानी हुन सक्छ। छोटो धार्मिक यात्राको योग रहेको छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
काममा तपाईंको निर्णयलाई अरूले पनि महत्व दिनेछन्। नयाँ जिम्मेवारीले व्यस्तता बढाए पनि फाइदा हुनेछ। रिसमा बोलिको संयमता नगुमाउनुहोला। आजको शुभ रंग सुनौलो हो भने शुभ अंक १ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज योजना मिलाएर अघि बढ्दा धेरै काम सहजै पूरा हुनेछन्। कागजी वा प्रशासनिक काममा राम्रो प्रगति हुनेछ। अनावश्यक खर्चतर्फ भने ध्यान दिनु आवश्यक छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज नयाँ व्यापारिक संयोगको योग रहेको छ। सहकार्यबाट कुनै महत्त्वपूर्ण काम पूरा हुने देखिन्छ। अरूको कुरामा तुरुन्त प्रतिक्रिया दिनुभन्दा सोचेर बोल्नु राम्रो हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज कठिन काम सम्हाल्ने आत्मबल बढ्नेछ। पुरानो प्रयासबाट आर्थिक लाभ हुनेछ। आफ्नो निर्णयमा विश्वास राख्दा नयाँ अवसर प्राप्तिको योग छ। गोप्य कुरा अरूसँग बाँड्नु उचित हुने छैन। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ९ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
अध्ययन र नयाँ सीप सिक्ने विषयमा उत्साह बढ्नेछ। भविष्यका लागि राम्रो योजना बनाउने अवसर मिल्नेछ। समयलाई सही ठाउँमा प्रयोग गर्न सके उपलब्धि हात पर्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आत्मविश्वास र कामप्रतिको लगाव बढ्नेछ। आफ्नो कुरा स्पष्ट रूपमा राख्दा लाभ हुनेछ। नयाँ जिम्मेवारीले भविष्यमा राम्रो बाटो खोल्नेछ। अनावश्यक चिन्ता गरेर समय खेरा नफाल्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज केही समय एकान्तमा बसेर आफ्ना योजना मिलाउन मन लाग्नेछ। साथीको एउटा उपयोगी सुझावले निर्णय लिन सजिलो बनाउनेछ। सावधानी अपनाएर खर्च गर्दा राम्रो हुनेछ। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक ८ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आफूले जानेको सीप प्रयोग गर्दा राम्रो अवसर हात पर्न सक्छ। आर्थिक लाभसँगै नयाँ चिनजान पनि बढ्नेछ। स्वास्थ्यलाई बेवास्ता नगरी समयमै आराम गर्नु राम्रो हुनेछ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक १ रहेको छ।





