बाढी तथा पहिरोका कारण अवरुद्ध बनेको त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङ (टनेल) भित्रबाट दुई जना कर्मचारीको जीवितै उद्धार गरिएको छ । उद्धार टोलीले सुरुङको भग्नावशेष र लेदो पन्छाउँदै भित्र फसेका दुई जनालाई सकुशल बाहिर निकालेको हो ।
जीवितै उद्धार गरिएकाहरूमा आयोजनामा कार्यरत मेकानिकल फोरम्यान सञ्जय शाह र मेकानिकल सुपरभाइजर कबीर महर्जन रहेका छन् । उद्धारलगत्तै उनीहरूलाई प्रारम्भिक स्वास्थ्य परीक्षण तथा थप उपचारका लागि काठमाडौं ल्याइदैँछ ।
सुरुङभित्र अझै अन्य व्यक्तिहरू पनि फसिरहेको जानकारी प्राप्त भएको उद्धारमा खटिएका सुरक्षाकर्मी तथा प्राविधिकहरूले बताएका छन् । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र आयोजनाका प्राविधिकहरूको संयुक्त टोलीले सुरुङभित्र बाँकी रहेकाहरूको खोजी तथा उद्धार कार्यलाई तीव्रताका साथ अगाडि बढाइरहेको छ ।
वैदिक सनातन धर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजाआराधना गरी ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन् ।
भगवान् श्रीकृष्णको जन्मदिवसका रूपमा मनाइने जन्माष्टमीका अवसरमा देशभरका कृष्ण मन्दिरमा भक्तजनको भीड लाग्ने गरेको छ । भक्तजनले बिहानैदेखि मन्दिरमा पुगेर पूजा, आराधना तथा दर्शन गर्ने गर्दछन् ।
धार्मिक मान्यताअनुसार श्रीकृष्णको जन्म भाद्र कृष्ण अष्टमीका दिन मथुरास्थित कारागारमा वासुदेव र देवकीको पुत्रका रूपमा भएको हो । कंसको अत्याचारबाट पीडित संसारलाई मुक्त गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ ।
जन्माष्टमीलाई गोकुलाष्टमी, श्रीकृष्ण जयन्ती, श्री जयन्तीलगायत नामले पनि चिनिन्छ । यस अवसरमा विशेषगरी कृष्ण मन्दिरमा भजन–कीर्तन, पूजा तथा धार्मिक अनुष्ठान गरिन्छ ।
श्रीकृष्णलाई गोविन्द, कान्हा, कन्हैया, मुरलीमनोहर, श्यामसुन्दर र माखनचोरलगायत विभिन्न नामले पुकारिन्छ । श्रीकृष्णले महाभारतमा अर्जुनलाई दिएको उपदेश तथा भगवद्गीतामार्फत कर्म, धर्म र कर्तव्यको सन्देश दिएको धार्मिक विश्वास छ ।
आजको दिन नेपालका विभिन्न स्थानमा रहेका कृष्ण मन्दिरमा विशेष पूजा तथा धार्मिक कार्यक्रम आयोजना हुन्छन् । पाटनस्थित कृष्ण मन्दिरमा पनि जन्माष्टमीका अवसरमा विशेष पूजा तथा दर्शनका लागि भक्तजनको उल्लेख्य उपस्थिति रहने गरेको छ ।
भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ ।
खोजी तथा उद्धारका क्रममा सुरुङभित्रबाट मानिसको आवाज सुनिएको संकेत प्राप्त भएको इन्जिनियर श्रीराम न्यौपानेले बताएका छन् । उनका अनुसार उद्धारमा खटिएको नेपाली सेनाबाट सुरुङभित्र मानिस बोलेको आवाज सुनिएको जानकारी प्राप्त भएको हो ।
न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमार्फत सुरुङभित्र एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि भएको जानकारी दिएका छन् । उद्धार टोलीले ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भनेपछि सुरुङभित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया आएको उनले उल्लेख गरेका छन् ।
हाल नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङभित्र प्रवेश गरी खोजी तथा उद्धार कार्यलाई तीव्रता दिइरहेको छ । सुरुङभित्रबाट मानिसको आवाज सुनिनु फसेकाहरू जीवितै रहेको हुनसक्ने आशाजनक संकेतका रूपमा लिइएको छ ।
उद्धार कार्य भने अझै जारी छ।
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछिको खोज तथा उद्धार कार्यको क्रममा हालसम्म १ हजार २ सय ९० वटा शव तथा मानव अंग फेला परेको छ । नेपाल प्रहरीले शुक्रबार बिहान सार्वजनिक गरेको पछिल्लो अद्यावधिक विवरणअनुसार बाढीमा परी अझै ४ हजार ७ सय ९८ जना बेपत्ता रहेका छन् । प्रभावित क्षेत्रबाट हालसम्म ८ हजार १ सय २७ जनाको उद्धार तथा घाइतेको व्यवस्थापन गरिएको छ ।
प्रहरीका अनुसार फेला परेका शवहरूमध्ये ३४ बालक, ४५ बालिका, २५० महिला र ४२७ पुरुष रहेका छन् । यसबाहेक ५३२ वटा आंशिक मानव अंग फेला परेको छ भने २ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ ।
फेला परेका शवहरूमध्ये ९२६ वटा शव जमिनमा गाडेर व्यवस्थापन गरिएको छ । पहिचान खुल्न नसकेका १ हजार १४१ वटा शवको विवरण भने पहिचानका लागि वेबसाइटमा अपलोड गरिएको प्रहरीले जनाएको छ ।
मृतकहरूको पहिचानका लागि डीएनए परीक्षण कार्यलाई तीव्रता दिइएको छ । हालसम्म १ हजार १४३ मृतक र ७१९ जना मृतकका आफन्त गरी कुल १ हजार ८ सय ६२ वटा डीएनए नमुना संकलन गरिएको छ ।
बाढीमा परी बेपत्ता हुनेहरूको संख्या ४ हजार ७ सय ९८ पुगेको छ । यसमा २ हजार ८ सय ४७ स्वदेशी नागरिक (२,३६९ पुरुष र ४७८ महिला) रहेका छन् भने १ हजार ३ सय ५० जनाको विवरण फोनमार्फत प्राप्त भएको छ । यसैगरी, ६ सय १ जना विदेशी नागरिकसमेत बेपत्ताको सूचीमा रहेका छन् ।
विपद् क्षेत्रबाट हालसम्म कुल ८ हजार १ सय २७ जना घाइते तथा प्रभावितहरूको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये स्वदेशी नागरिक ७ हजार ९० जना (४,६५८ पुरुष र २,४७२ महिला) रहेका छन् । यस्तै, विदेशी नागरिकतर्फ १ हजार १ सय ७ जना (९०३ पुरुष, १५२ महिला र ५२ जना लिंग नखुलेको) को उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये हाल ३ हजार ६ सय ३१ जना विभिन्न होल्डिङ सेन्टरहरूमा आश्रय लिइरहेका छन् ।
बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरीका तर्फबाट मात्रै ७ हजार ९ सय ३२ जना जनशक्ति खोज, उद्धार तथा राहत कार्यमा परिचालित छन् । कार्यक्षेत्रमा खटिएकामध्ये ६५ जना प्रहरी प्रभावित भएका छन् भने २५ जना प्रहरी अझै सम्पर्कविहीन अवस्थामा रहेका छन् ।
यसैबीच, विपद् प्रभावित क्षेत्र र आसपासमा सचेतना फैलाउन १०६ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको र ती कार्यक्रममा ४१ हजार ७ सय २६ जना सहभागी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बाँकी बेपत्ताहरूको खोजी र जोखिमयुक्त क्षेत्रमा उद्धार कार्य निरन्तर जारी छ ।
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछिको खोज तथा उद्धार कार्यको क्रममा हालसम्म १ हजार २ सय ९० वटा शव तथा मानव अंग फेला परेको छ । नेपाल प्रहरीले शुक्रबार बिहान सार्वजनिक गरेको पछिल्लो अद्यावधिक विवरणअनुसार बाढीमा परी अझै ४ हजार ७ सय ९८ जना बेपत्ता रहेका छन् । प्रभावित क्षेत्रबाट हालसम्म ८ हजार १ सय २७ जनाको उद्धार तथा घाइतेको व्यवस्थापन गरिएको छ ।