भोटेकोशी बाढीमा हराएका व्यक्तिहरूको खोजी अभियानमा सक्रिय १२ वर्षीय बालक विवेक परियार अहिले सामाजिक सञ्जालमा भाइरल भएका छन् ।
लमजुङका विवेकले काठमाडौंको टिचिङ अस्पताल, महाराजगञ्ज परिसरमा भोटेकोशी बाढीपछि हराइरहेका व्यक्तिहरूका फोटो टाँस्दै उनीहरूको खोजीमा सहयोग गरिरहेका छन् । उनको मानवीय प्रयासबारे सामाजिक सञ्जालमा चर्चा बढेसँगै अस्पताल परिसरमा सञ्चारकर्मीको समेत घुइँचो लागेको छ ।
कक्षा ५ मा अध्ययनरत विवेक हाल महेन्द्र राष्ट्र माध्यमिक विद्यालय, बालुवाटारमा पढ्दै आएका छन् । सानै उमेरमा विपद्मा परेका परिवारलाई सहयोग गर्न उनले देखाएको सक्रियता र सामाजिक भावनाको अहिले चौतर्फी प्रशंसा भइरहेको छ ।
हराइरहेका व्यक्तिहरूको खोजीमा आफैं अघि सरेर सहयोग गरिरहेका विवेकको प्रयासले विपद्का बेला मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको छ ।
माथिल्लो त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङमा एक जनाको शव फेला परेको छ । सुरुङभित्र फसेकाको खोजी तथा उद्धारका क्रममा सुरक्षाकर्मीले एक जनाको शव बाहिर निकालेका हुन् ।
आयोजनाका प्रमुख आवाश ओझाका अनुसार सुरुङबाट एउटा शव निकालिएको हो । शवको पहिचान भने हुन बाँकी रहेको उनले बताए ।
यसअघि उद्धार टोलीले सोही सुरुङबाट दुई जनालाई जीवितै उद्धार गरेको थियो । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाल विद्युत् प्राधिकरणको संयुक्त उद्धार टोलीले विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र सुपरभाइजर कविर महर्जनलाई जीवितै उद्धार गरेको हो ।
उद्धार गरिएका दुवै जनाको काठमाडौंस्थित नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको छ । नेपाली सेनाका अनुसार उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार माथिल्लो त्रिशूली–३ ए परियोजनाको सुरुङभित्र रहेको भूमिगत विद्युत् गृहमा करिब ४२ जना इन्जिनियर तथा कर्मचारी फसेको अनुमान गरिएको छ । तीमध्ये अधिकांश विद्युत् गृह क्षेत्रमा रहेको अनुमान छ ।
भूमिगत विद्युत् गृह क्षेत्रमा थप व्यक्तिहरू जीवित अवस्थामा फेला पर्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै उद्धार टोलीले खोजी तथा उद्धार अभियानलाई निरन्तरता दिएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि ६० लाख सहयोग गरेको छ।
कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले सामाजिक उत्तरदायित्व तथा मानवीय सहयोगस्वरूप रु ५० लाख र कर्मचारीको तलबबाट कट्टा गरी १० लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराएको जानकारी दिए।
कर्पोरेशनले विपद् प्रभावित क्षेत्रमा खाद्यान्नलगायत अत्यावश्यक वस्तुको आपूर्ति गरिरहेको जनाएको छ ।
साथै, विपद्को यस घडीमा नेपाल सरकारले सञ्चालन गरिरहेको उद्धार कार्यमा ऐक्यबद्धता जनाउँदै प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सहयोग आवश्यक रहेको उल्लेख गरेको छ।
बाढी तथा पहिरोका कारण अवरुद्ध बनेको त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङ (टनेल) भित्रबाट दुई जना कर्मचारीको जीवितै उद्धार गरिएको छ । उद्धार टोलीले सुरुङको भग्नावशेष र लेदो पन्छाउँदै भित्र फसेका दुई जनालाई सकुशल बाहिर निकालेको हो ।
जीवितै उद्धार गरिएकाहरूमा आयोजनामा कार्यरत मेकानिकल फोरम्यान सञ्जय शाह र मेकानिकल सुपरभाइजर कबीर महर्जन रहेका छन् । उद्धारलगत्तै उनीहरूलाई प्रारम्भिक स्वास्थ्य परीक्षण तथा थप उपचारका लागि काठमाडौं ल्याइदैँछ ।
सुरुङभित्र अझै अन्य व्यक्तिहरू पनि फसिरहेको जानकारी प्राप्त भएको उद्धारमा खटिएका सुरक्षाकर्मी तथा प्राविधिकहरूले बताएका छन् । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र आयोजनाका प्राविधिकहरूको संयुक्त टोलीले सुरुङभित्र बाँकी रहेकाहरूको खोजी तथा उद्धार कार्यलाई तीव्रताका साथ अगाडि बढाइरहेको छ ।
वैदिक सनातन धर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजाआराधना गरी ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन् ।
भगवान् श्रीकृष्णको जन्मदिवसका रूपमा मनाइने जन्माष्टमीका अवसरमा देशभरका कृष्ण मन्दिरमा भक्तजनको भीड लाग्ने गरेको छ । भक्तजनले बिहानैदेखि मन्दिरमा पुगेर पूजा, आराधना तथा दर्शन गर्ने गर्दछन् ।
धार्मिक मान्यताअनुसार श्रीकृष्णको जन्म भाद्र कृष्ण अष्टमीका दिन मथुरास्थित कारागारमा वासुदेव र देवकीको पुत्रका रूपमा भएको हो । कंसको अत्याचारबाट पीडित संसारलाई मुक्त गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ ।
जन्माष्टमीलाई गोकुलाष्टमी, श्रीकृष्ण जयन्ती, श्री जयन्तीलगायत नामले पनि चिनिन्छ । यस अवसरमा विशेषगरी कृष्ण मन्दिरमा भजन–कीर्तन, पूजा तथा धार्मिक अनुष्ठान गरिन्छ ।
श्रीकृष्णलाई गोविन्द, कान्हा, कन्हैया, मुरलीमनोहर, श्यामसुन्दर र माखनचोरलगायत विभिन्न नामले पुकारिन्छ । श्रीकृष्णले महाभारतमा अर्जुनलाई दिएको उपदेश तथा भगवद्गीतामार्फत कर्म, धर्म र कर्तव्यको सन्देश दिएको धार्मिक विश्वास छ ।
आजको दिन नेपालका विभिन्न स्थानमा रहेका कृष्ण मन्दिरमा विशेष पूजा तथा धार्मिक कार्यक्रम आयोजना हुन्छन् । पाटनस्थित कृष्ण मन्दिरमा पनि जन्माष्टमीका अवसरमा विशेष पूजा तथा दर्शनका लागि भक्तजनको उल्लेख्य उपस्थिति रहने गरेको छ ।
भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ ।
खोजी तथा उद्धारका क्रममा सुरुङभित्रबाट मानिसको आवाज सुनिएको संकेत प्राप्त भएको इन्जिनियर श्रीराम न्यौपानेले बताएका छन् । उनका अनुसार उद्धारमा खटिएको नेपाली सेनाबाट सुरुङभित्र मानिस बोलेको आवाज सुनिएको जानकारी प्राप्त भएको हो ।
न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमार्फत सुरुङभित्र एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि भएको जानकारी दिएका छन् । उद्धार टोलीले ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भनेपछि सुरुङभित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया आएको उनले उल्लेख गरेका छन् ।
हाल नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङभित्र प्रवेश गरी खोजी तथा उद्धार कार्यलाई तीव्रता दिइरहेको छ । सुरुङभित्रबाट मानिसको आवाज सुनिनु फसेकाहरू जीवितै रहेको हुनसक्ने आशाजनक संकेतका रूपमा लिइएको छ ।
उद्धार कार्य भने अझै जारी छ।
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछिको खोज तथा उद्धार कार्यको क्रममा हालसम्म १ हजार २ सय ९० वटा शव तथा मानव अंग फेला परेको छ । नेपाल प्रहरीले शुक्रबार बिहान सार्वजनिक गरेको पछिल्लो अद्यावधिक विवरणअनुसार बाढीमा परी अझै ४ हजार ७ सय ९८ जना बेपत्ता रहेका छन् । प्रभावित क्षेत्रबाट हालसम्म ८ हजार १ सय २७ जनाको उद्धार तथा घाइतेको व्यवस्थापन गरिएको छ ।
प्रहरीका अनुसार फेला परेका शवहरूमध्ये ३४ बालक, ४५ बालिका, २५० महिला र ४२७ पुरुष रहेका छन् । यसबाहेक ५३२ वटा आंशिक मानव अंग फेला परेको छ भने २ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ ।
फेला परेका शवहरूमध्ये ९२६ वटा शव जमिनमा गाडेर व्यवस्थापन गरिएको छ । पहिचान खुल्न नसकेका १ हजार १४१ वटा शवको विवरण भने पहिचानका लागि वेबसाइटमा अपलोड गरिएको प्रहरीले जनाएको छ ।
मृतकहरूको पहिचानका लागि डीएनए परीक्षण कार्यलाई तीव्रता दिइएको छ । हालसम्म १ हजार १४३ मृतक र ७१९ जना मृतकका आफन्त गरी कुल १ हजार ८ सय ६२ वटा डीएनए नमुना संकलन गरिएको छ ।
बाढीमा परी बेपत्ता हुनेहरूको संख्या ४ हजार ७ सय ९८ पुगेको छ । यसमा २ हजार ८ सय ४७ स्वदेशी नागरिक (२,३६९ पुरुष र ४७८ महिला) रहेका छन् भने १ हजार ३ सय ५० जनाको विवरण फोनमार्फत प्राप्त भएको छ । यसैगरी, ६ सय १ जना विदेशी नागरिकसमेत बेपत्ताको सूचीमा रहेका छन् ।
विपद् क्षेत्रबाट हालसम्म कुल ८ हजार १ सय २७ जना घाइते तथा प्रभावितहरूको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये स्वदेशी नागरिक ७ हजार ९० जना (४,६५८ पुरुष र २,४७२ महिला) रहेका छन् । यस्तै, विदेशी नागरिकतर्फ १ हजार १ सय ७ जना (९०३ पुरुष, १५२ महिला र ५२ जना लिंग नखुलेको) को उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये हाल ३ हजार ६ सय ३१ जना विभिन्न होल्डिङ सेन्टरहरूमा आश्रय लिइरहेका छन् ।
बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरीका तर्फबाट मात्रै ७ हजार ९ सय ३२ जना जनशक्ति खोज, उद्धार तथा राहत कार्यमा परिचालित छन् । कार्यक्षेत्रमा खटिएकामध्ये ६५ जना प्रहरी प्रभावित भएका छन् भने २५ जना प्रहरी अझै सम्पर्कविहीन अवस्थामा रहेका छन् ।
यसैबीच, विपद् प्रभावित क्षेत्र र आसपासमा सचेतना फैलाउन १०६ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको र ती कार्यक्रममा ४१ हजार ७ सय २६ जना सहभागी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बाँकी बेपत्ताहरूको खोजी र जोखिमयुक्त क्षेत्रमा उद्धार कार्य निरन्तर जारी छ ।
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछिको खोज तथा उद्धार कार्यको क्रममा हालसम्म १ हजार २ सय ९० वटा शव तथा मानव अंग फेला परेको छ । नेपाल प्रहरीले शुक्रबार बिहान सार्वजनिक गरेको पछिल्लो अद्यावधिक विवरणअनुसार बाढीमा परी अझै ४ हजार ७ सय ९८ जना बेपत्ता रहेका छन् । प्रभावित क्षेत्रबाट हालसम्म ८ हजार १ सय २७ जनाको उद्धार तथा घाइतेको व्यवस्थापन गरिएको छ ।