२०८३ आश्विन २५ गते आईतवार
२०८३ आश्विन २५ गते आईतवार

सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई पदबाट बर्खास्त गर्न छानबिन समितिले गृह मन्त्रालयसमक्ष सिफारिस गरेको छ ।

सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहाएको आरोपमा निलम्बनमा परेका दाहाललाई सेवाबाटै हटाउन समितिले सुझाव दिएको हो ।

गृह मन्त्रालय स्रोतका अनुसार समितिले बिहीबार आफ्नो प्रतिवेदन बुझाउँदै दाहाललाई बर्खास्त गर्न सिफारिस गरेको हो । अब प्रतिवेदनका आधारमा गृहमन्त्री सुधन गुरुङले बर्खास्तीसम्बन्धी निर्णय लिन सक्नेछन् ।

दाहालमाथि लागेको आरोपबारे छानबिन गर्न गृह मन्त्रालयले गत सोमबार समिति गठन गरेको थियो । मन्त्रालयले उनलाई निलम्बन गर्दै तीन दिनभित्र अनुसन्धान पूरा गरी प्रतिवेदन पेस गर्न छानबिन अधिकृत तोकेको थियो ।

सशस्त्र प्रहरी बल, नेपालबाट दाहालले सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहाएर पदीय आचरणविपरीत कार्य गरेको भन्दै कारबाहीका लागि मन्त्रालयमा सिफारिस आएपछि छानबिन प्रक्रिया अघि बढाइएको थियो ।

गृह मन्त्रालयले छानबिन समिति गठन गर्ने क्रममा सार्वजनिक गरेको सूचनामा सुरक्षासँग सम्बन्धित गोप्य सूचनाको संरक्षण तथा गोपनीयता कायम गर्नु प्रत्येक सशस्त्र प्रहरी कर्मचारीको कानुनी दायित्व भएको उल्लेख गरेको थियो ।

मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिमा कर्मचारीबाट हुने पदीय आचरणविपरीतका गतिविधि, संवेदनशील गोप्य सूचनाको चुहावट तथा शान्ति सुरक्षामा प्रतिकूल असर पार्ने गतिविधिमाथि मन्त्रालयले सूक्ष्म निगरानी र विश्लेषण गरिरहेको जनाइएको थियो ।

विज्ञप्तिमा कानुनविपरीतका गतिविधि वा घटनामा संलग्न जोसुकैलाई पनि प्रचलित कानुनबमोजिम कारबाही गरिने स्पष्ट पारिएको थियो ।

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा दुई घण्टामा १ हजार २९३ मत खसेको छ।

बिहान ८:३० बजेदेखि १०:३० बजेसम्मको विवरणअनुसार विभिन्न प्रदेशबाट उक्त संख्यामा मत खसेको हो।

मतदानको विवरणअनुसार कोशी प्रदेशबाट २२२, सुदूरपश्चिम र कर्णालीबाट २५७, लुम्बिनीबाट २०२, गण्डकीबाट १८८ र बागमती प्रदेशबाट २१७ मत खसेको छ।

मतदान प्रक्रिया निर्वाध रूपमा चलिरहेको छ। नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा सभापतिसहित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य चयन गर्न महाधिवेशन प्रतिनिधिहरूले मतदान गरिरहेका छन्।

पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने अन्य १४ जना घाइते भएका छन् ।

कास्की जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार तीन जना बालिका, एक बालक र एक स्थानीयको मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी छ । हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १४ जनाको उपचार जारी छ । दुर्घटनाग्रस्त बसमा १७ जना बालबालिका र एक स्थानीय सवार थिए ।

 नेपाली कांग्रेसको १५औं महाधिवेशनमा आज मतदान सुरु भएको छ । 

तराई–मधेस हलमा झापाका ७७ वर्षीय महाधिवेशन प्रतिनिधि सुधीर शिवाकोटीले पहिलो मतदान गरेका छन । 

दशैं मनाउन घर जाने यात्रुलाई लक्षित गर्दै सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ।

टिकट बुकिङ खुल्ने अघिल्लो रातिदेखि नै काठमाडौंको नयाँ बसपार्कमा यात्रुको भीड लागेको छ।

यात्रुको चाप व्यवस्थापन गर्न लोत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्क क्षेत्रमा १५ वटा टिकट काउन्टर थप गरेको छ। यात्रुलाई सहज रूपमा टिकट उपलब्ध गराउन आवश्यक सुरक्षा प्रबन्धसमेत मिलाइएको कम्पनीले जनाएको छ।

यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, यातायात व्यवसायी तथा मजदुर प्रतिनिधिबीच असोज २० गते विभागमा बसेको बैठकले असोज २३ गतेदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज (शुक्रबार) मतदान हुँदैछ।

बिहीबारका लागि तय गरिएको मतदान आवश्यक तयारी पूरा हुन नसकेको र अन्य व्यवस्थापकीय कठिनाइका कारण एक दिन पछि सारिएको हो।

 

आज बिहान ७ बजेदेखि मतदान प्रक्रिया सुरु हुनेछ।

बिहीबार बिहान १० बजेदेखि सुरु गर्ने भनिएको मतदान पटकपटक सारिए पनि हुन सकेको थिएन। मतदानको समय अनिश्चित भएपछि निर्वाचन समितिले शुक्रबार बिहानका लागि नयाँ समय निर्धारण गरेको हो।

आज हुने मतदानबाट कांग्रेसको आगामी नेतृत्वसहित नयाँ केन्द्रीय कार्यसमिति चयन हुनेछ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।