२०८३ कार्तिक १२ गते बुधबार
२०८३ कार्तिक १२ गते बुधबार

 तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको पहिलो खेलमा चितवन राइनोजले विराटनगर किङ्ग्सलाई १५८ रनको लक्ष्य दिएको छ । 

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरको खेलमा तीन विकेट गुमाएर १५७जोडेको हो । चितवन राइनोजले पावर प्लेमै ५० रन जोडेको थियो । राइनोजका तर्फबाट ब्याटिङ गर्दै डेभिड मलानले सर्वाधिक ७० रन बनाए । 

यस अघि विराटनगरले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो ।

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो अर्धशतक चितवन राइनोजका डेभिड मलानको नाममा दर्ज भएको छ । मलानले विराटनगर किङ्ग्सका विरुद्ध ४१ बलमै अर्धशतक हिर्काए । जसमा ५ चौका र ३ छक्का सामेल छन् । 

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवन राइनोजले टस हारेर पहिला ब्याटिङ गरिरहेको छ । 

यो समाचार तयार पार्दासम्म चितवनले १२ ओभरमा २ विकेट गुमाएर ८८ रन बनाएको छ ।

लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीलाई नेपाल प्रहरी प्रधान कार्यालयले सात दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन सार्वजनिक सूचना जारी गरेको छ।

कार्यालयले मंगलबार सूचना जारी गर्दै सूचना प्रकाशित भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र गैरहाजिर रहनुको चित्तबुझ्दो कारणसहित प्रहरी प्रधान कार्यालय वा सूचना जारी गर्ने सम्बन्धित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो।

तोकिएको अवधिभित्र उपस्थित नभए प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम ११३ को उपनियम (१) को खण्ड (च) बमोजिम नियम १०९ को देहाय (ख) (१) अनुसार सेवाबाट हटाउने कारबाही अघि बढाइने सूचनामा उल्लेख गरिएको छ।

भक्तपुरको कौशलटारमा यात्रुवाहक बसमा आगलागी भएको छ । केहीबेर अगाडी मात्रै बसमा आगलागी भएको हो । यद्धपी यात्रुहरु भने शुरक्षित रहेको प्रहरीले जनाएको छ ।

बसको पछाडिबाट धुवाँ निस्किएपछि प्रहरीले सबै यात्रुलाई सुरक्षित रूपमा बाहिर निकालेको भक्तपुर प्रहरी परिसरका डीएसपी दीपककुमार कार्कीले जानकारी दिएका छन्

। उनका अनुसार आगो नियन्त्रणमा लिने प्रयास जारी छ भने सबै यात्रु सकुशल रहेका छन् ।

इंग्लिस स्ट्राइकर ह्यारी केनले सन् २०२६ को बालोन डी’ओर अवार्ड जितेका छन् । बायर्न म्युनिख र इंग्ल्यान्डका कप्तान केनले उत्कृष्ट प्रदर्शनसहित करिअरकै पहिलो पटक फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड जितेका हुन् ।

केन २५ वर्षपछि बालोन डी’ओर जित्ने पहिलो इंग्लिस खेलाडी बनेका छन् । यसअघि सन् २००१ मा माइकल ओवेनले यो अवार्ड जितेका थिए ।

सोमबार लन्डनमा आयोजित समारोहमा अवार्ड ग्रहण गरेपछि केनले आफू लगभग नि:शब्द भएको प्रतिक्रिया दिए । उनले आफूलाई मत दिने सबैलाई धन्यवाद दिँदै यस वर्ष प्रतिस्पर्धा निकै कठिन रहेको बताए ।

सन् २०२३ मा टोटेनहम हट्सपर छाडेर बायर्न म्युनिख पुगेका केनले २०२५/२६ सिजनमा करिअरकै उत्कृष्ट प्रदर्शन गरे । उनले बायर्नका लागि सबै प्रतियोगितामा ५१ खेल खेल्दै ६१ गोल गरे । उनको उत्कृष्ट प्रदर्शनमा बायर्नले घरेलु लिग र कप दुवैको उपाधि जित्यो ।

केनले क्लब र राष्ट्रिय टोलीबाट गरी सिजनभर कुल ७३ गोल गरेका थिए। विश्वकपमा पनि उनले ६ गोल गर्दै इंग्ल्यान्डलाई सेमिफाइनलसम्म पुर्‍याएका थिए ।

यस वर्षको बालोन डी’ओरका लागि किलियन एम्बाप्पे र लामिन यामलजस्ता खेलाडीसँग उनको प्रतिस्पर्धा थियो । तर, निरन्तर उत्कृष्ट प्रदर्शनका आधारमा केनले अवार्ड आफ्नो नाममा पारे ।

नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् । यसअघि सोमबार भएको खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको थियो । पहिलो दिन एकमात्र खेल भएको एनपीएलमा आज भने दुई खेल हुन लागेका हुन् ।

एनपीएलमा आज बिहान चितवन राइनोज र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुनेछ भने साँझ जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्नेछन् ।

 

सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर किंग्समा लोकेश बम, बसिर अहमद, प्रतिश जीसी, सुवास भण्डारी, नारायण जोशी, रुपेश सिंह, नरेन साउद, सुजन थपलिया जस्ता खेलाडी छन् । त्यस्तै, इमरान शेख, प्रतिक श्रेष्ठ, आन्द्रे रसेल, एन्जेलो म्याथ्युज, शुभम रन्जाने, चरिथ असलंका लगायतका खेलाडी पनि विराटनगरको टिममा रहेका छन् ।

विराटनगरसँग प्रतिस्पर्धा गर्न लागेको चितवन राइनोज कुशल मल्लको नेतृत्वमा रहेको छ । चितवनको टोलीमा देव खनाल, अर्जुन साउद, रिजन ढकाल, कमल सिंह ऐरी, रञ्जित कुमार, दीपक बोहरा, रवि बोपारा, सिकन्दर राजा, कलिम साना लगायतका खेलाडी समावेश छन् । त्यस्तै, चितवनमा विवेक यादव, मौसम ढकाल, विपिन रावल, हसन अली, गौतम केसी, सलाहुद्दिन खान, उसामा मीर लगायतका खेलाडी छन् ।

त्यस्तै, साँझ मैदान उत्रिन लागेको जनकपुरको टोलीका कप्तान हर्मित सिंह रहेका छन् । जनकपुरमा उनीबाहेक कुशल परेरा, ललित राजवंशी, मयन यादव, अनिल साह, विकास आग्री, आदित्य मेहता, तृतराज दासजस्ता खेलाडी समावेश छन् ।

त्यसैगरी, जनकपुरमा अभिषेक तिवारी, विशाल पटेल, विशाल सुशलिङ, अमरसिंह रौतेला, रित गौतम, सन्तोष कार्की, जिमी नीशम, मोइन अली, इफ्तिकार अहमद लगायतका खेलाडी पनि छन् ।

जनकपुरविरुद्ध मैदान उत्रिने कर्णालीको टिममा सोमपाल कामी कप्तान छन् । यस टिममा डेभिड मिलर, नन्दन यादव, युवराज खत्री, पवन सर्राफ छन् । त्यस्तै, विपिनप्रसाद शर्मा, दिपक डुम्रे, युनिश सिंह ठकुरी, शुभ कंसाकार, दीपेन्द्र रावत, सूर्य तामाङ, सचिन शर्मा, दिवान पुन लगायतका खेलाडी पनि कर्णालीको टिममा समावेश छन् ।

सोमबारदेखि सुरु भएको एनपीएलको समूह चरणका खेलहरु कात्तिक २९ गतेसम्म सञ्चालन हुनेछन् । त्यसपछि मङ्सिर १ गते पहिलो स्थान र दोस्रो स्थानका टोलीबीच पहिलो क्वालिफायर खेल हुनेछ । मङ्सिर २ गते तेस्रो र चौथो स्थानका टोलीबीच इलिमिनेटर खेल हुनेछ ।

मङ्सिर ३ गते पहिलो क्वालिफायरमा पराजित हुने टोली र इलिमिनेटरमा विजयी हुने टोलीबीच दोस्रो क्वालिफायर खेल हुनेछ । मङ्सिर ५ गते फाइनल भिडन्त तय भएको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सकारात्मक ऊर्जाले भरिपूर्ण रहनु हुनेछ। कार्यक्षेत्रमा नयाँ अवसर को खोजमा हुनुहुन्थ्यो भने सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। प्रशासनिक क्षेत्रमा प्रभाव बढ्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ६ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

मेहनतले सकारात्मक परिणाम मिल्नेछ। विवादास्पद मामलाहरूबाट टाढा रहनुहोस्। सानोतिनो कुरालाई वेबास्था गरेर अगाडि बढ्नुहोस्। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ५ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

कार्यक्षेत्रमा आत्मविश्वास बढ्नेछ। आफन्तहरूसँग भेटघाटले मन प्रसन्न रहनेछ। नोकरी वा पेशामा उच्च अधिकारीको साथ मिल्नेछ। सन्तानको करियरलाई लिएर ठूलो धन खर्चका योग छन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आफ्नो योग्यतालाई विचार गरेर आत्मविश्वासको साथ निर्णय लिनुहोला सफलता मिल्नेछ। कमजोरी पक्षलाई सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउने समय रहेको छ। विद्यार्थीहरूको बौद्धिक क्षमताको प्रशंसा हुनेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक २ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

व्यापार व्यवसायमा आफ्नो बुद्धि र विवेकको प्रयोग गरेर अगाडि बढ्नुहोस्। युवाहरूलाई करियर बनाउन नयाँ अवसर मिल्नेछ। आफन्तहरूबाट सोचेजस्तो सहयोग नमिल्ला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

प्रेम र मित्रताको बन्धन कसिनेछ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। नोकरी वा पेशामा अधिकारी वर्गहरूबाट प्रशंसा पाइएला। कार्यक्षेत्रमा पिताको सहयोग मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

पारिवारिक योजनाहरूबाट लाभ मिल्ने आशा रहेक‍ो छ। राजकीय मामिलाहरु सुल्झिनेछन्। भावनात्मक सम्बन्धमा चलिरहेको मनमुटाव सुल्झिनेछ। यात्रा सुखदाई रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

नयाँ कार्यको थालनीको लागि समय उपयुक्त रहेको छ। व्यर्थको वादविवादले परिवारमा असन्तोषको भावना जागृत हुनेछ। थोरै संघर्षले पनि राम्रो प्रतिफलको प्राप्ति हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक १ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

सुख सुविधामा धन खर्चका योग छन्। कठिन समयमा मित्रलाई सहयोग गरेर खुसी मिल्नेछ। सम्पत्तिलाई लिएर वादविवाद हुन सक्ला। न्यायिक मामिलाहरूमा सफलता मिल्नेछ। आजको शुभ रंग वैजनि हो भने शुभ अंक ४ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

नयाँ कार्य प्रारम्भ गर्नुभन्दा अघि घरपरिवारमा सल्लाह अवश्य लिनुहोस्। सवारी साधनमा आकस्मिक धन खर्चका योग छन्। आध्यात्मिक ज्ञानमा वृद्धि हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

छिटो सफलताको लागि कानुन विपरीत कार्य नगर्नुहोला। कार्यको सुरुवातीमा आत्मविश्वासी बन्नुहोस्। अगाडि गरेका कार्यहरूबाट लाभ प्राप्त होला। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

लेखन वा सामाजिक सञ्जालको कार्य बाट लाभ मिल्नेछ। व्यापार व्यवसायमा जीवनसाथीको सहयोग मिल्नेछ। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ८ रहेको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।