
नेपाल सरकार र अनसनरत डा. गोबिन्द केसीबीच ६ बुदे सहमति भएको छ । सहमतिसँगै शनिबार राती डा.केसीले आफ्नो २५औं सत्याग्रह अन्त्य गर्नुभएको हो ।
पटकपटकको छलफलपछी शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शनिबार राती नै त्रिवि शिक्षण अस्पताल पुगेर सहमति गरि अनसन तोडेका हुन् ।
डा. केसीको अनसन तोडिएसँगै मन्त्री पोखरेलले अब यो नै डा. केसीको अन्तिम अनसन रहेको बताए । उनले भने, ‘यो डा. केसीको अन्तिम अनसन हो । उहाँसँग भएका सहमतिअनुसार कार्यन्वयन प्रक्रिया अघि बढ्छ ।’
डा. गोबिन्द केसी र सरकारबीच भएको सहमतिमा डा. केसी, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा.डा.जगदीश अग्रवाल, सांसद् पुकार बम र नेपाल मेडिकल एसोसियसनका अध्यक्ष डा.बद्री रिजालले हस्ताक्षर गरे ।
राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एकमात्र खेल हुनेछ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजेपछि हुने खेलमा साबिक विजेता लुम्बिनी लायन्स र काठमाडौं गोर्खाज भिड्नेछन् ।
लुम्बिनी रोहित पौडेल र काठमाडौं करण केसीको नेतृत्वमा मैदान उत्रनेछ।
चार खेलबाट ७ अंक जोडेर शिर्षस्थानमा रहेको लुम्बिनी आजको खेल जितेर प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ। काठमाडौं भने ३ खेलबाट ४ अंकसहित चौथो स्थानमा छ। काठमाडौं पनि आजको खेल जितेर दोस्रो स्थानमा पुग्ने लक्ष्यमा हुनेछ ।
प्रतियोगितामा आठ टोली सहभागी छन्।
हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो तथा महत्त्वपूर्ण चाड तिहार अर्थात् यमपञ्चक आजदेखि सुरु भएको छ । तिहारको पहिलो दिन आज घर–घरमा कागको पूजा गरी काग तिहार मनाइँदै छ ।
कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहारमा कागलाई यमराजको सन्देशवाहकका रूपमा पूजा गर्ने धार्मिक परम्परा रहेको छ । यस दिन कागलाई पूजा नगरे र खान नदिए पाप लाग्ने धार्मिक विश्वाससमेत रहिआएको छ ।
काग तिहारका अवसरमा बिहानै घरआँगनमा कागलाई बोलाएर खानेकुरा दिने चलन छ। घरमा तयार गरिएका मिठा परिकार कागलाई चढाएर पूजा गर्ने गरिन्छ ।
धार्मिक मान्यताअनुसार कागलाई अशुभ सन्देश प्रवाह गर्ने पक्षीका रूपमा लिइने भए पनि यमराजको दूतका रूपमा यसको विशेष महत्त्व रहेको छ । धर्मशास्त्रहरूमा नरक लोकका अधिपति यमराजले पृथ्वी लोकका मानिसलगायत सम्पूर्ण जीवित प्राणीको जन्म र मृत्युको विवरण राख्ने उल्लेख गरिएको छ ।
त्यस्तो विवरण आदानप्रदान गर्ने जिम्मेवारी कागले पाएको धार्मिक विश्वास छ। आकाशमार्गबाट छिटो सन्देश पु¥याउन र ल्याउन सक्ने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको पौराणिक मान्यता रहेको छ।
काग तिहारसँगै सुरु हुने तिहार पर्वले नेपाली समाजमा धार्मिक आस्था, पारिवारिक सम्बन्ध, आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देश प्रवाह गर्ने गर्दछ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आर्थिक कारोबारमा स्पष्टता राख्दा फाइदा हुनेछ। विद्यार्थीले लेखन र प्रस्तुतिमा राम्रो प्रदर्शन गर्नेछन्। रिसमा बोलेका शब्दले नजिकको सम्बन्ध बिगार्न नदिनुहोस्। आजको शुभ रंग नीलो हो भने शुभ अंक ३ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
जग्गा वा घरसँग सम्बन्धित विषयमा छलफल अघि बढ्नेछ। व्यवसायमा सामानको गुणस्तर सुधार्ने मौका मिल्नेछ। नयाँ कुरा सिक्ने चाहनाले उपयोगी बाटो देखाउनेछ। घाँटी वा मुखको असहजतालाई बेवास्ता नगर्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आफ्नो विचार राख्ने उचित अवसर प्राप्त हुनेछ। वैदेशिक काम वा अध्ययनको तयारीमा प्रगति हुनेछ। साथीभाइसँगको भेटले पुरानो सम्झना ताजा बनाउनेछ। अनावश्यक किनमेलमा पैसा खर्च नगर्नुहोस्। आजको शुभ रंग सुनौलो हो भने शुभ अंक १ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आम्दानी र खर्चबीच सन्तुलन मिलाउन ध्यान जानेछ। सहकर्मीसँग मिलेर गरेको प्रयास सफल हुनेछ। घरको कुनै पुरानो सामान उपयोगमा ल्याउने अवसर मिल्नेछ। पर्याप्त पानी पिउने र आराम गर्ने बानी अपनाउनुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नेतृत्व गर्ने जिम्मेवारी आउन सक्छ। नयाँ व्यापारिक प्रस्तावलाई राम्ररी बुझेर मात्र अघि बढ्नुहोस्। अध्ययनमा ध्यान भंग गर्ने कुराबाट टाढा रहनु राम्रो हुनेछ। जीवनसाथी वा प्रियजनको भावनालाई समय दिनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
सानो प्रयासले पनि राम्रो परिणाम दिनेछ। लेखापढी र कागजी काममा विशेष सावधानी अपनाउनुहोस्। आफ्नो प्रतिभा देखाउने अवसर प्राप्त हुनेछ। लामो समय एउटै ठाउँमा बस्दा शरीरमा थकान बढ्न सक्छ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ९ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
मनोरञ्जन र सिर्जनात्मक काममा रुचि बढ्नेछ। रोकिएको भुक्तानी प्राप्त हुने संकेत छ। विद्यार्थीले सिकेको कुरा अरूलाई बुझाउँदा आफ्नो ज्ञान अझ बलियो बनाउनेछन्। अपरिचित व्यक्तिसँग व्यक्तिगत कुरा साझा नगर्नुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
घरायसी विषयमा महत्वपूर्ण निर्णय लिनुपर्ने हुन सक्छ। कामको सिलसिलामा अनुभवी व्यक्तिसँग सम्पर्क बढ्नेछ। सानो लगानी गर्नुअघि जोखिमको पक्ष पनि विचार गर्नुहोस्। मनमा कुरा दबाएर नराखी सहज ढंगले व्यक्त गर्नुहोस्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ५ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
बोली र व्यवहारबाट अरूको विश्वास जित्नुहुनेछ। छोटो यात्राले नयाँ जानकारी दिलाउनेछ। सीपमूलक तालिम वा नयाँ विषयको अध्ययन सुरु गर्न अनुकूल समय छ। खानपानमा अनियमितता नगर्नुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आफ्नो अधिकार र जिम्मेवारीबारे स्पष्ट हुने समय छ। व्यापारमा पुरानो ग्राहकसँगको सम्बन्ध बलियो बन्नेछ। पारिवारिक सम्पत्तिको विषयमा छलफल हुन सक्छ। शरीरको दुखाइलाई थकान ठानेर मात्र नछोड्नुहोस्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
नयाँ योजनाले उत्साह थप्नेछ। काममा प्रविधिको सही प्रयोगले समय बचत हुनेछ। सामाजिक क्षेत्रमा आफ्नो उपस्थितिको महत्व बढ्नेछ। अरूको कुरा सुनेर मात्र निर्णय नलिनुहोस्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ६ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
पुरानो विवाद टुंग्याउने अवसर मिल्नेछ। सेवामूलक काममा सहभागी हुँदा आत्मसन्तुष्टि प्राप्त हुनेछ। आर्थिक कागजात सुरक्षित राख्नुहोला। पर्याप्त निद्राले शारीरिक स्फूर्ति कायम राख्नेछ। आजको शुभ रंग आकाशे नीलो हो भने शुभ अंक १ रहेको छ।





