२०८३ कार्तिक २३ गते आईतवार
२०८३ कार्तिक २३ गते आईतवार

 नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज कुनै खेल हुने छैन । प्रतियोगिताको खेलतालिकाअनुसार आज एक दिन विश्राम दिइएको हो ।

शनिबार सम्पन्न खेलमा काठमाडौं गोर्खाजले लुम्बिनी लायन्सलाई ३६ रनले पराजित गरेको थियो ।

नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजा गरी मीठामीठा खानेकुरा खान दिएर सम्मान गरी कुकुर तिहार मनाइँदैछ ।

तिथि घटबढका कारण आज कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको छ । आज बिहान कुकुरको पूजा गरेपछि साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी अधिष्ठात्री देवी लक्ष्मीको पूजा आराधना गरिन्छ।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले जानकारी दिए ।

वैवस्वत मन्वन्तरको कूलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ ।

नरक चतुर्दशी
आज बिहानै अरुणोदयकालमा विभिन्न तीर्थ, नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बाली बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु पर्ने धार्मिक विश्वासका कारण नरक चतुर्दशीमा नुहाउने विधिसमेत रहेको धर्मशास्त्रविद् गौतमले बताए । यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ ।

यमपञ्चक अर्थात् तिहारका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने प्रचलन छ । यसो गरेमा शरीर स्वस्थ हुने आयुर्वेदिक मत छ । यसैले तिहार स्वास्थ्य सुरक्षाका दृष्टिले पनि महत्त्वपूर्ण पर्वका रुपमा मनाइन्छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आफ्नो क्षमता प्रमाणित गर्ने अवसर प्राप्त हुनेछ। पुरानो हिसाब मिलाउँदा आर्थिक पक्ष सहज बन्नेछ। विद्यार्थीले अलमलिएको पाठमा स्पष्टता पाउनेछन्। हतारमा यात्रा तय नगर्नुहोला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

पारिवारिक सम्पत्तिबारे नयाँ कुरा उठ्न सक्छ। काममा जिम्मेवारी थपिए पनि त्यसलाई पूरा गर्ने सामर्थ्य रहनेछ। व्यापारमा उधारो दिँदा विचार पुर्‍याउनुहोस्। नियमित हिँडडुलले शरीर हलुका बनाउनेछ। आजको शुभ रंग आकाशे नीलो हो भने शुभ अंक २ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

बोल्नुभन्दा सुन्ने बानीले महत्वपूर्ण कुरा बुझ्न मद्दत गर्नेछ। नयाँ कामका लागि आवेदन दिने राम्रो अवसर छ। साथीको निमन्त्रणाले रमाइलो भेटघाट जुराउनेछ। अनावश्यक चिन्ताले निद्रा बिगार्न नदिनुहोस्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ८ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आर्थिक योजनामा सुधार गर्ने सोच बन्नेछ। पसल वा व्यवसायको सजावटमा परिवर्तन गर्दा आकर्षण बढ्नेछ। पढाइमा समयतालिका बनाएर अघि बढ्नु लाभदायक हुनेछ। परिवारका ज्येष्ठ सदस्यको सुझावलाई सम्मान गर्नुहोस्। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ४ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सार्वजनिक काममा तपाईंको सक्रियता देखिनेछ। रोकिएको निर्णयले निकास पाउनेछ। सीप र योग्यतासँग मिल्ने काम खोज्ने प्रयास सफलतातर्फ बढ्नेछ। घाम र धुलोबाट आफ्नो स्वास्थ्य जोगाउनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आफ्नो रुचिको विषयमा नयाँ जानकारी प्राप्त हुनेछ। लेनदेन गर्दा रकम र मिति स्पष्ट लेख्नुहोस्। सहपाठीसँगको छलफलले पढाइको कठिनाइ हटाउनेछ। मन खिन्न हुँदा एकान्तमा धेरै समय नबस्नुहोस्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक १ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

व्यक्तिगत काममा पहिलेभन्दा बढी समय दिनुहुनेछ। नयाँ ग्राहकसँगको कुराकानी व्यापारका लागि उपयोगी हुनेछ। घरमा आवश्यक सामान थप्ने योजना बन्न सक्छ। खानामा फलफूल र सागसब्जी समावेश गर्नुहोस्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ६ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

कुनै महत्वपूर्ण भेटघाटले नयाँ बाटो खोल्नेछ। कार्यालयमा आफ्नो कामको विवरण व्यवस्थित राख्नुहोस्। विद्यार्थीका लागि पुराना प्रश्नपत्र अभ्यास उपयोगी हुनेछ। नजिकको व्यक्तिसँग शंका र अविश्वास बढ्न नदिनुहोस्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

टाढाको ठाउँबाट सुखद खबर प्राप्त हुनेछ। सीपअनुसारको काममा आम्दानीको सम्भावना बढ्नेछ। नयाँ पुस्तक वा अध्ययन सामग्रीले ज्ञानको दायरा फराकिलो बनाउनेछ। सवारी चलाउँदा गति नियन्त्रणमा राख्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

कामको प्राथमिकता छुट्याउँदा समयको सदुपयोग हुनेछ। व्यवसायमा नयाँ सामान थप्ने विचार आउन सक्छ। सामाजिक जिम्मेवारी पूरा गर्दा प्रतिष्ठा बढ्नेछ। कम्मर र ढाडमा अनावश्यक भार नपार्नुहोस्। आजको शुभ रंग गाढा नीलो हो भने शुभ अंक २ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आफ्नो निर्णयप्रति दृढ रहने दिन छ। प्राविधिक वा सीपसम्बन्धी काममा प्रगति हुनेछ। घरबाहिरको कामले नयाँ मानिससँग परिचय गराउनेछ। खर्च गर्दा तत्कालको चाहनाभन्दा आवश्यकतालाई प्राथमिकता दिनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

मनोरञ्जन र घुमफिरको चाहना बढ्नेछ। पुरानो सामान बिक्री गर्दा उचित मूल्य प्राप्त हुन सक्छ। लेखन, कला वा भाषासम्बन्धी अभ्यासमा राम्रो नतिजा मिल्नेछ। परिवारमा कसैको स्वास्थ्यबारे चासो राख्नुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।