२०८३ कार्तिक २५ गते मंगलवार
२०८३ कार्तिक २५ गते मंगलवार

कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुदका कुल ३२ मध्ये २३ खेल मुख्य आयोजक स्थल सुर्खेतमा हुने निश्चित भएको छ। कर्णालीमा भौगोलिक कठिनाइ र पूर्वाधारका कारण पनि यसपटक सुर्खेतमै धेरै खेल खेलाइने भएको हो।

प्राविधिक समितिबाट अनुमोदित तालिकाअनुसार प्रतियोगिताको औपचारिक उद्घाटन आगामी मंसिर १६ गते सुर्खेत रंगशालामा हुनेछ भने समापन मंसिर २७ गते तय गरिएको छ।

तर औपचारिक उद्घाटनअघि नै मंसिर ८ गतेदेखि पुरुष तथा महिला क्रिकेट, पुरुष फुटबल, पुरुष तथा महिला ह्यान्डबल, महिला बास्केटबल, टेनिस र पौडीसहित ६ वटा खेलको प्रतिस्पर्धा भने सुरू भइसक्नेछ। क्रमश: अन्य खेल पनि खेलाइदै लगिने बताइएको छ।

मुख्य आयोजक जिल्ला सुर्खेतमा प्रतियोगिताका अधिकांश ठूला मैदानी, इनडोर र मार्शल आर्ट्सका खेलहरू सञ्चालन हुनेछन्। सुर्खेतमा एथ्लेटिक्स, पुरुष फुटबल, क्रिकेट, भलिबल, हक्की, रग्बी र साइक्लिङजस्ता मैदानी खेलहरू हुनेछन्।

कराते, तेक्वान्दो, फुल कन्ट्याक्ट कराते, उसु र बक्सिङजस्ता फाइटिङ खेलका साथै ब्याडमिन्टन, टेबल टेनिस, जिम्न्यास्टिक, ह्यान्डबल, स्क्वास र बास्केटबल सुर्खेतमै खेलाइनेछ। यसबाहेक कबड्डी, आर्चरी, भारत्तोलन, ईस्पोर्ट्स र सेपाकताक्रो गरी कुल २३ खेल सुर्खेतमै सम्पन्न हुने तय भएको छ।

कर्णाली प्रदेशका अन्य जिल्लाहरूमा भने पूर्वाधार र भौगोलिक अनुकूलताका आधारमा केही खेलहरू विभाजन गरिएको छ। यसअन्तर्गत दैलेखमा आईटीएफ तेक्वान्दो, कालिकोटमा बुद्धिचाल, सल्यानमा जुडो र कुस्ती तथा पश्चिम रुकुममा शारीरिक सुगठनका खेलहरू आयोजना गरिनेछन्।

कर्णाली प्रदेशमा आवश्यक पूर्वाधार अभावका कारण प्रतियोगिताका केही खेलहरू छिमेकी लुम्बिनी प्रदेशमा समेत सञ्चालन गरिनेछ। यसअनुसार पौडी र सुटिङका खेलहरू नेपालगञ्ज (बाँके) मा आयोजना हुनेछन् भने टेनिस र खो खोका खेलहरू बर्दियामा खेलाइने तय भएको छ।

यसरी कुल ३२ खेलमध्ये २३ खेल सुर्खेतमा, ५ खेल कर्णालीका अन्य चार जिल्लामा र ४ खेल लुम्बिनी प्रदेशका दुई जिल्लामा विभाजन गरेर दशौँ राष्ट्रिय खेलकुद आयोजना गर्न लागिएको हो।

देशभरका स्थानीय तह, प्रदेशसभा र राष्ट्रिय सभामा गरी १०७ जनप्रतिनिधिका पद रिक्त रहे पनि ती पद पूर्ति गर्न उपनिर्वाचन प्रक्रिया अघि बढ्न सकेको छैन ।

प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न जनप्रतिनिधिले पदबाट राजीनामा दिएपछि रिक्त भएका पद लामो समयदेखि पदपूर्तिको प्रतीक्षामा छन् ।

निर्वाचन आयोगका अनुसार स्थानीय तहमा ८५, प्रदेशसभामा २० र राष्ट्रिय सभामा दुई पद रिक्त छन् । यीमध्ये अधिकांश पद २०८२ फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिएपछि खाली भएका हुन् ।

कानुनी व्यवस्थाअनुसार रिक्त पदको कार्यकाल बाँकी रहेको अवधिका आधारमा उपनिर्वाचन गर्न सकिने व्यवस्था छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देउसी भैलो गाउँदै वर्तमान सरकार पाँच वर्षसम्म टिकाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

हिजो राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल, उपत्यका समितिले आयोजना गरेको सद्भाव देउसी–भैलो कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूलाई आफ्नै निवासमा स्वागत गर्दै लामिछानेले देउसीको भाकामै सरकार पाँच वर्ष टिकाउने वाचा गरेको हो।

कार्यक्रममा उनले भने, ‘जान्नेले नजान्नेलाई सिकाउने, पाँच वर्ष यही सरकार टिकाउने।’

देशमा पुनः आन्दोलन हुन सक्ने चर्चा भइरहेका बेला लामिछानेले देउसीकै भाकामा त्यसको जवाफसमेत दिए। उनले भने, ‘देशले अब आन्दोलन धान्दैन, परि आए यी खुट्टा चाही काम्दैनन्।’

देउसी–भैलो कार्यक्रममा सभापति लामिछानेसँगै उनकी पत्नी निकिता लामिछानेसहित परिवारका अन्य सदस्यहरूको पनि सहभागिता थियो। सो अवसरमा उनले देशभरका सञ्चारकर्मी तथा कलाकारहरूलाई तिहार र छठ पर्वको शुभकामना व्यक्त गरे ।

सञ्चारकर्मी तथा कलाकारहरूसँगको सम्बन्धलाई स्मरण गर्दै लामिछानेले आफूहरूले सँगसँगै यात्रा सुरु गरेको बताए। उनले भने, ‘तपाईंहरूलाई हाम्रो यो यात्राको सहयात्रीका रूपमा देखेको छु। हामी राजनीतिमा स्थापित हुने बेलामा तपाईंहरू पनि सञ्चारकर्ममा स्थापित हुँदै हुनुहुन्थ्यो। कताकता यो यात्रामा मसँगै कलाकारहरू पनि हुनुहुन्थ्यो। यात्रा सहज छैन, तर सँगै गरेको यो यात्रामा हामी सबै सँगै साक्षी छौँ।’

लामिछानेले देउसी–भैलो कार्यक्रममार्फत संसारभरि तिहार तथा छठ पर्व मनाइरहेका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना पनि व्यक्त गरे ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सन् २०२६ का विश्वका १०० प्रभावशाली जलवायु नेताहरूको सूचीमा परेका छन्। अमेरिकी पत्रिका ‘टाइम’ले सार्वजनिक गरेको ‘टाइम १०० क्लाइमेट’ सूचीमा वाग्ले समेटिएका हुन्।

नेपालमा जलवायु परिवर्तनका कारण उत्पन्न जोखिम र त्यसबाट भएको क्षतिबारे अन्तर्राष्ट्रियस्तरमा आवाज उठाउँदै आएका वाग्लेले जलवायु न्यायको पक्षमा गरेको पैरवीका कारण सूचीमा स्थान पाएको टाइमले जनाएको छ।

गत अगस्टमा नेपालमा आएको विनाशकारी बाढीपछि वाग्लेले जलवायु परिवर्तनमा न्यून योगदान भए पनि नेपालजस्ता विकासशील मुलुकले ठूलो क्षति व्यहोर्नुपरेको विषय अन्तर्राष्ट्रिय मञ्चमा उठाएका थिए।

नेपालले जलवायुजन्य विपद्बाट भएको क्षतिबापत चीन, अमेरिका र भारतसँग क्षतिपूर्तिको माग गर्दै कूटनीतिक पहलसमेत गरेको थियो। पुनर्निर्माणका लागि आवश्यक स्रोत जुटाउन वाग्लेले अन्तर्राष्ट्रिय जलवायु वित्त तथा नोक्सानी र क्षति कोष परिचालनमा पनि जोड दिँदै आएका छन्।

टाइमका अनुसार संयुक्त राष्ट्रसंघले गत अक्टोबर २२ मा नेपालको लागि नोक्सानी तथा क्षति कोषबाट २१.६ मिलियन अमेरिकी डलर सहायता उपलब्ध गराउने प्रस्तावलाई प्रारम्भिक स्वीकृति दिएको थियो।

वाग्लेको नाम टाइमको सूचीमा समावेश हुनुलाई नेपालको जलवायु जोखिम, जलवायु न्याय र अन्तर्राष्ट्रिय क्षतिपूर्तिको मुद्दाले विश्वव्यापी चर्चा पाएको घटनाका रूपमा हेरिएको छ।

यस वर्षको सूचीमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस, बेलायतका राजकुमार विलियम र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयेनलगायत व्यक्तित्व पनि समावेश छन्।

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ।

आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण रहेको छ। प्लेअफको सम्भावना कायम राख्न जनकपुरलाई जित्नैपर्ने दबाब छ भने सुदूरपश्चिम जित निकाल्दै प्लेअफ यात्रा थप सहज बनाउने लक्ष्यमा हुनेछ।

जारी प्रतियोगितामा पाँच खेल खेलेको सुदूरपश्चिम ६ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा रहेको छ। समान पाँच खेल खेलेको जनकपुर चार अंकसहित पाँचौँ स्थानमा छ।

यसअघिका एनपीएलका संस्करणमा दुई टोलीबीच चार पटक प्रतिस्पर्धा हुँदा सुदूरपश्चिमले तीन खेल जितेको छ भने जनकपुरले एक खेलमा जित निकालेको छ।

आजदेखि नेपाल संवत् ११४७ सुरु भएको छ। नयाँ वर्षको पहिलो दिन नेवार समुदायले म्हः पूजा गरी हर्षोल्लासका साथ नयाँ वर्ष मनाउँदैछन्।

म्हः पूजाका अवसरमा नेवार समुदायले आफ्नो शरीरको पूजा गरी सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गर्ने परम्परा रहेको छ। यस दिन परिवारका सबै सदस्य एकै ठाउँमा भेला भएर मण्डप बनाई आफ्नो पूजा गर्ने चलन छ।

म्हः पूजाका क्रममा चामल, फूल, फलफूल, बत्ती तथा विभिन्न पूजा सामग्री प्रयोग गरी मण्डप सजाइन्छ। त्यसपछि परिवारका सदस्यले विधिपूर्वक पूजा गरी सगुन ग्रहण गर्ने परम्परा छ।

नेपाल संवत् नेपालको मौलिक राष्ट्रिय संवत् हो। राष्ट्रिय विभूति शंखधर साख्वाले जनताको ऋणमोचन गरी नेपाल संवत् सुरु गरेको ऐतिहासिक मान्यता रहेको छ।

नेपाल संवत्को नयाँ वर्षका अवसरमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सांस्कृतिक झाँकी, र्‍याली तथा शुभकामना आदानप्रदानका कार्यक्रम आयोजना गर्ने गरिन्छ। यस पर्वले नेवार समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

यमपञ्चकको चौथो दिन आज देशभर गोवर्द्धन पूजा र हली तिहार मनाइँदै छ। प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन गोवर्द्धन पर्वतको पूजा गरी यो पर्व मनाउने परम्परा रहेको छ।

धार्मिक मान्यताअनुसार भगवान् श्रीकृष्णले गोवर्द्धन पर्वत उचालेर गोकुलवासीलाई वर्षाबाट जोगाएको सम्झनामा गोवर्द्धन पूजा गर्ने गरिन्छ। यस दिन गोबरबाट गोवर्द्धन पर्वतको प्रतीक बनाई पूजा गर्ने चलन छ।

त्यस्तै, कृषिकर्ममा महत्वपूर्ण योगदान पुर्‍याउने गोरुको पूजा गरी हली तिहार मनाउने परम्परा पनि रहेको छ। किसानले गोरुलाई माला, टीका लगाई मीठा परिकार खुवाएर पूजा गर्ने गर्छन्।

यस दिन कतिपय समुदायमा गाई, गोरु तथा कृषि कार्यमा प्रयोग हुने पशुको समेत पूजा गर्ने चलन रहेको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।