
बझाङको बुंगल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
सोमबार बिहान करिब १०ः२० बजे टुमेडा गाउँबाट सोहि ठाउँ को वडा नं. ११ हिड्नेगडा बजारतर्फ जाँदै गरेको नम्बर नखुलेको अटोको ब्रेक फेल भई सडकबाट करिब ९०० मिटर तल भिरमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरिक्षक उपेन्द्र तिमिल्शेनाले बताए ।
दुर्घटनामा परी बुंगल नगरपालिका–१० निवासी करिब ३५÷४० वर्षीया राजमति महरा, १५÷१६ वर्षीया तारा महरा र ५÷६ वर्षीया डल्ली महराको मृत्यु भएको प्रहरी ले जानकारी दियको छ ।
घटनामा एक को खाजि भई रहेको वताए को छ । अटोमा चालकसहित ४ जना सवार रहेक थिय ।
घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट पुतलीलेकबाट प्रहरी सहायक हवल्दार उत्तम सिंह बोहराको कमान्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। घटनास्थल प्रहरी पोस्टबाट करिब एक घण्टा पैदल दूरीमा रहेको जनाइएको छ।
बालकको खोजी कार्य भइरहेको र घटनाबारे थप अनुसन्धान तथा विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंह जनताको समस्या र गुनासा सुन्न दुई महिने मेची–महाकाली पदयात्राका लागि मेची प्रस्थान गरेका छन् ।
जात, धर्म, वर्ग र भूगोलका नाममा हुने विभाजन अन्त्य गर्दै राष्ट्रिय एकता मजबुत बनाउने र जनताको वास्तविक समस्या बुझ्ने उद्देश्यले पदयात्रा गर्न लागेको उनले बताएका छन् ।
सोमबार जनकपुरधाममा आयोजित कार्यक्रममा सिंहले मंगलबार बिहान मेचीको किनारबाट सुरु हुने पदयात्रा आगामी माघ १ गते मकर सङ्क्रान्तिका दिन महाकालीको किनारमा पुगेर समापन हुने जानकारी दिए ।
उनले पदयात्रालाई देश र समाज जोड्ने अभियानका रूपमा व्याख्या गरे । जात, धर्म, पहाड–मधेस तथा वर्ग र समुदायका नाममा समाजमा द्वन्द्व हुन नहुने भन्दै सबै नेपालीलाई एकताको सूत्रमा बाँध्नुपर्ने उनको भनाइ छ ।
सिंहले पदयात्राको अर्को मुख्य उद्देश्य जनताका कुरा सुन्नु रहेको बताए । अहिलेसम्म नेताहरूले जनतालाई आफ्ना कुरा सुनाउने गरेको उल्लेख गर्दै उनले यसपटक जनताकै घरदैलोमा पुगेर उनीहरूका समस्या र अपेक्षा बुझ्ने बताए ।
तीन देशका लागि नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
सोमवार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन जना राजदूतहरूले शपथ लिएका हुन्।
भारतका लागि राजदूत डा. निश्चलराज पाण्डे, चीनका लागि राजदूत डा. कल्याणराज शर्मा र इजरायलका लागि राजदूत सुरेश कर्णले शपथ लिएका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले उनीहरूको नाम अनुमोदन गरेपछि राष्ट्रपति पौडेलेले राजदूत पदमा नियुक्त गरेका थिए ।
मन्त्रीपरिषद्ले १३ जना राजदूतको नाम सिफारिस गरेकोमा संसदीय सुनुवाइ समितिले १० जनाको नाम मात्रै अनुमोदन गरेको थियो । संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि सरकारले सम्बन्धित देशहरूमा राजदूतहरूको नाम अग्रिमोका लागि पठाएको थियो ।
अग्रिमो आएका ३ जना राजदूतहरूले मात्रै सोमबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु एक हजार १०० घटेको छ भने चाँदीको मूल्य प्रतितोला रु ८० ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ६९ हजार १०० र चाँदीको मूल्य रु तीन हजार ५२० कायम छ ।
आइतबार छापावाल सुन प्रतितोला रु दुई लाख ७० हजार २०० र चाँदीको मूल्य रु तीन हजार ६०० कायम थियो ।
झापाको बाहुनडाँगीमा जङ्गली हात्तीको आवागमनका कारण पाकेको धानबालीमा हुनसक्ने क्षति न्यूनीकरण गर्न स्थानीय बासिन्दा, सुरक्षाकर्मी र जनप्रतिनिधि धान काट्न जुटेका छन्। मेचीनगर नगरपालिका–४ बाहुनडाँगी क्षेत्रमा आइतबार हात्ती प्रभावित स्थान तथा सीमानाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय जनप्रतिनिधि र किसानको संयुक्त सहभागितामा धान काटिएको हो।
यसअघि हात्तीको आवागमन बढेपछि जिल्ला प्रशासन कार्यालय झापाले किसानलाई पाकेको धानबाली समयमै भित्र्याउन आग्रह गरेको थियो। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बाली भित्र्याउने अवधिभर हात्तीको प्रवेश नियन्त्रण गर्न थप सुरक्षाकर्मी परिचालन गर्ने प्रतिबद्धता जनाउँदै किसानलाई ढिला नगरी बाली भित्र्याउन आग्रह गरेका छन्।
प्रशासनको उक्त निर्देशन र स्थानीय किसानको आग्रहअनुसार हात्ती प्रभावित क्षेत्रमा धान काटने कार्यक्रम सञ्चालन गरिएको हो। मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीका अनुसार हात्तीको निरन्तर आवागमनले किसानको पाकेको धानबालीमा क्षति पुग्ने जोखिम बढेपछि सबै पक्षको सहभागितामा बाली भित्र्याउने कामलाई तीव्रता दिइएको हो।
‘हात्तीको जोखिमका कारण किसान आफ्नो पाकेको बाली भित्र्याउन समस्यामा छन्। त्यसैले नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा र जनप्रतिनिधि सबै मिलेर धान काट्ने अभियान सञ्चालन गरेका हौँ’, वडाध्यक्ष कार्कीले भने, ‘किसानको बाली सुरक्षित रूपमा भित्र्याउन र हात्तीबाट हुनसक्ने क्षति कम गर्न सबै पक्षबीच सहकार्य आवश्यक छ।’
हात्तीबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्नुका साथै कृषि उपज जोगाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ। धान काटने क्रममा सुरक्षाकर्मी र स्थानीय बासिन्दाले संयुक्त रूपमा काम गरेका थिए। यसअघि शुक्रबार बिहान बुद्धशान्ति गाउँपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक जना घाइते भएपछि प्रमुख जिल्ला अधिकारी पोखरेलको नेतृत्वमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहितको टोली बाहुनडाँगी पुगेको थियो। अनुगमनका क्रममा किसानले कम्तीमा पाँच दिन हात्तीको प्रवेश नियन्त्रण गर्नसके पाकेको धान सुरक्षित रूपमा भित्र्याउन सकिने भन्दै प्रशासनसँग आग्रह गरेका थिए।
किसानको माग सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले थप सुरक्षा जनशक्ति परिचालन गरी स्थानीय समुदायसँगको समन्वयमा हात्तीको प्रवेश नियन्त्रण गर्न जिल्लास्थित सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका थिए। प्रशासनले सुरक्षा निकाय र स्थानीय समुदायबीच समन्वय गरेर हात्तीको आवागमन नियन्त्रण गर्ने तथा किसानलाई सुरक्षित रूपमा बाली भित्र्याउने वातावरण बनाउने जनाएको छ।
राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा कुनै विश्राम दिन कुनै पनि खेल राखिएको छैन । लिग चरणका खेल सम्पन्न भएपछि आज आज विश्राम राखिएको हो।
लिग चरणबाट लिग चरणबाट लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाण्डौ गोर्खाज र चितवन राइनोज प्लेअफमा पुगेका छन् ।
अब पहिलो क्वालिफायरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम खेल्नेछन् । पहिलो क्वालिफायर भोलि हुनेछ।
इलिमिनेटरमा काठमाण्डौ गोर्खाजले चितवन राईनोजसँग खेल्नेछ । इलिमिनेटर खेल पर्सि र दोस्रो क्वालिफायर बिहीबार हुनेछ ।
पहिलो क्वालिफायर विजेता फाइनल पुग्दा पराजित टिम र इलिमिनेटरको विजेताले एक अर्कासँग खेल्नेछन् । एलिमिनेटरमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ भने विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ । फाइनल मंसिर ५ गते हुनेछ ।
सुनसरी हरिनगर गाउँपालिका–६ स्थित टपरा अर्नामा छठ पूजाका निर्माण गरिएको छठ स्थल तोडफोड गरेको अरोपमा २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्थानीय १९ बर्षीय रिजवान मन्सुरी र २१ बर्षीय मोहम्मद जहुर मियाँ रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । छठ पुजाको मुख्य दिन अस्ताउदो सुर्यलाई अर्घ दिएर भक्तजन घर तर्फ फर्केका बेला पक्राउ परेकाको समुहले तोडफोड गरेको आरोप रहेको छ ।
घाटमा तोडफोडबाट क्षति भएका पूजा स्थललाई पुनःनिर्माण गरी पूर्व अवस्थामा ल्याएका थिए । नेपाल प्रहरी सशस्त्र प्रहरी स्थानीयवासी सहितको सहभागीतामा तोडफोड गरेका पुजा स्थल पुनः पुर्वत अवस्थामा फर्काएका थिए ।
धार्मिक आस्थासँग जोडिएको छठ पर्वका लागि निर्माण तथा सजावट गरिएको सुनसरी हरिनगर ६ अर्नमा घुस्की छठ घाटमा तोडफोड भएपछि स्थानीय क्षेत्रमा तनाव उत्पन्न भएको थियो ।
छठ पर्व कुनै एक समुदायको मात्र धार्मिक गतिविधि नभई सामाजिक सद्भाव, सहिष्णुता र आपसी एकताको प्रतीकका रूपमा स्थापित हुँदै आएको छ । यस्तो पर्वका लागि तयार पारिएको घाटमा तोडफोड हुनु दुःखद विषय हो । धार्मिक आस्था र परम्परासँग जोडिएका संरचना माथि हुने कुनै पनि प्रकारको अवाञ्छित गतिविधिले समुदायबीच अविश्वास र असमझदारी बढाउन सक्ने भएकाले घटनालाई संवेदनशील रूपमा लिनुपर्ने देखिन्छ । यता समाजका अगुवाहरुले छठघाट तोडफोडमा सलग्न ब्यक्तिलाई कानुनी दायरामा ल्याउनका लागि चौतर्फी रुपमा अवाज उठाउन थालेका छन् ।
घटनाको वास्तविक कारण, तोडफोडमा उनीको भूमिका र अन्य सम्भावित संलग्नताबारे निष्पक्ष अनुसन्धान हुनु आवश्यक छ । अनुसन्धानबाट दोषी ठहर हुने व्यक्तिलाई प्रचलित कानुन अनुसार कारबाही गरिनुपर्ने स्थानीयवासी तथा समाजिक क्षेत्रका अगुवाहरुले माग गरेका छन् ।
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यस वर्षको छठ पर्व सोमबार बिहान सम्पन्न भएको छ ।
चार दिनसम्म मनाइने छठ पर्वको अन्तिम दिन आज बिहान व्रतालुहरूले नदी, पोखरी तथा विभिन्न जलाशयमा पुगेर उदाउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य दिएका हुन् ।
उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो ।
सूर्योदयकालमा अर्घ्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ । आज बिहान ०६ः१९ बजे सूर्योदय हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । सूर्यको दर्शन गर्दा भक्तहरु लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि छ । यसरी सूर्योदय हुनुअघि कम्मरमुनिको भाग पानीमा डुबाएर सूर्यको प्रतीक्षा गरिन्छ । छठ समापनपछि आज छठ घाटमा प्रसाद वितरण गरिन्छ ।
पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवम् सूर्यबाट भएकाले नदीलाई माता, सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रुपमा मानी विशेष पूजा गर्ने गरिएको धार्मिक विश्वास छ ।
कार्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्नाले मनोकाङ्क्षा पूरा भई इच्छाएको फल प्राप्त हुने धार्मिक विश्वासको चर्चा शास्त्रमा गरिएको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले बताए। सूर्यषष्ठी समेत भनिने कार्तिक शुक्ल षष्ठीमा सूर्यको पूजाआराधना गर्ने निर्देश शास्त्रमा गरिएको उनले जानकारी दिए।
यस अवसरमा सूर्य पूजा र दर्शन गरी विवाहिता महिला, पुरुषले पति, पत्नीको दीर्घायु एवम् अविवाहिताले सुयोग्य वर, वधु प्राप्तिको कामनाका लागि गर्छन् । सन्तान प्राप्तिको कामनाले यो पर्व मनाउनेको सङ्ख्या पनि धेरै छ । यो व्रतले मनले चिताएको पूरा हुने धेरै भक्तजनको विश्वास छ ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व शुक्रबारदेखि सुरु भएको हो । चतुर्थीमा स्नान गरी चोखो खाएर बसिन्छ । यस दिनबाट छठ पर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि नखाने विधि छ । कार्तिक शुक्ल सप्तमीका दिन अर्थात् आज बिहान उदाउँदो सूर्यलाई पूजासहित अघ्र्य दिएपछि यो पर्व सम्पन्न भएको हो ।
मनोकाङ्क्षा पूरा हुने विश्वासमा विशेषगरी महिलाले छठमा कठोर व्रत गर्ने गर्छन् । विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०४६ पछि काठमाडौँलगायत पहाडी क्षेत्रमा समेत मनाउन थालिएको हो ।
विसं २०६३ पछि भने काठमाडौँको थापाथली, गौरीघाट र रानीपोखरीमा पनि विशेष महत्वका साथ मनाउन थालियो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि रानीपोखरीमा भने छठ हुन छोडेको छ । पछिल्लो समय कमलपोखरीमा भने भव्य रुपमा छठ हुन थालेको छ ।
छठका लागि आइतबार गुह्येश्वरी, कमलपोखरी, थापाथली, बल्खुलगायत स्थानमा निर्माण भएको छठ घाटलाई बेहुलीझैँ सिँगारिएको थियो । आज बिहान यी स्थलहरुमा उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ सम्पन्न भयो । आइतबार बेलुकी अस्ताउँदो सूर्यलाई जस्तै आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिन पनि व्रतालु मात्र राजधानीका छठ घाट गएका थिए । धेरै व्रतालु रातभर गुह्येश्वरी गौरीघाट क्षेत्रमा जाग्राम बसेको छठ पूजा समितिका अध्यक्ष अनिल सिंहले जानकारी दिए ।
दुई दशकअघिसम्म पूर्वी तराई मधेसका केही जिल्लामा मात्र मनाइने छठ पर्व देशव्यापी बनेपछि यस वर्षदेखि कार्तिक शुक्ल सप्तमीका दिन आज पनि सरकारले सार्वजनिक बिदा दिएको छ । यो पर्वमा सबै धर्मावलम्बीका साथै समुदाय पनि सहभागी हुने क्रम बढेको छ ।
सर्वप्रथम छठीमाताले सूर्यदेवलाई खुसी पारी यो पर्व मनाउन थालिएको धार्मिक विश्वास छ । महाभारतकालमा द्रोपदीसहित पाण्डवहरू अज्ञातवासमा रहँदा सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । पाण्डवहरू मिथिलाको विराट राजाका दरबारमा बसेका बेला गरेको सूर्य पूजाका प्रभावले अज्ञातवास सफल भएको विश्वासमा यो पर्व मनाउन सुरु गरिएको भन्ने भनाइ छ ।
सूर्य पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसुयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको जनविश्वास रहेको छ ।





