
पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले करिब रु १० करोड खर्च गरेर निर्माण गरिएको नेपालगञ्जको कान्ति ताल संरक्षण र व्यवस्थापनको अभावमा जीर्ण बन्दै गएको छ ।
उपमहानगरपालिकाले ठूलो लगानी गरेर निर्माण गरेका संरचना भत्किनुका साथै ताल क्षेत्र झाडी र बुट्यानले ढाकेपछि यसको सौन्दर्य हराउँदै गएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका–२१ र २२ मा फैलिएको ताल परिसरमा निर्माण गरिएका रेलिङलगायतका पूर्वाधार भत्किएका छन् । पर्यटकलाई आकर्षित गर्न बनाइएका संरचनाको सामान्य मर्मतसम्भार हुन नसक्दा ठूलो लगानीबाट अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको स्थानीयको गुनासो छ ।
नेपालगन्ज–२२ पुरैनीका स्थानीय चेतबहादुर थापाले संरक्षण र रेखदेखको अभावमा तालको अवस्था बिग्रँदै गएको बताए।
‘कान्ति ताललाई पर्यटकीयस्थल बनाउन ठूलो बजेट खर्च गरिएको हो । तर, अहिले यहाँका संरचना भत्किएका छन्, झाडी बढेको छ । संरक्षणका लागि पटकपटक सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि सुनुवाइ भएको छैन’, उनले भने।
थापाका अनुसार कान्ति ताल पर्यटकीयस्थल मात्र नभई जैविक विविधताका दृष्टिले पनि महत्वपूर्ण क्षेत्र हो । विभिन्न प्रजातिका चराचुरुङ्गीको प्राकृतिक बासस्थान रहेको तालको संरक्षण नहुँदा यहाँको पर्यावरणीय महत्व जोखिममा परेको उनको भनाइ छ ।
‘यो तालको महत्व पर्यटकीय पूर्वाधारमा मात्र सीमित छैन । यहाँ विभिन्न प्रजातिका चराचुरुङ्गी पाइन्छन् । तालको प्राकृतिक स्वरूप जोगाउन सकिए यसले पर्यटनसँगै जैविक विविधताको संरक्षणमा पनि योगदान पुर्याउँछ’, थापाले भने।
पर्यावरण तथा चरा संरक्षणमा क्रियाशील अभियानकर्मीले तालको प्राकृतिक स्वरूप जोगाउन र पुरानै अवस्थामा फर्काउनुपर्ने माग गर्दै आएका छन् । संरक्षणका लागि आवश्यक पहल नहुँदा तालको अवस्था सुधार हुन सकेको छैन ।
ताल सञ्चालनका लागि वार्षिक २८ लाख राजस्व बुझाउने सम्झौता गरी जिम्मा लिएका फनबहादुर गुरुङले पनि ताल परिसरका पूर्वाधार तोडफोड भएको बताए।
‘ताल परिसरमा निर्माण गरिएका रेलिङ तथा अन्य संरचनामा क्षति पुगेको छ । लागूऔषध प्रयोगकर्ताले ती संरचना तोडफोड गरेको हुनसक्ने देखिन्छ । संरचनाको संरक्षण र नियमित रेखदेखका लागि प्रभावकारी व्यवस्था आवश्यक छ’, उनले भने।
नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले विगतमा बनाइएका योजनाले अपेक्षित नतिजा दिन नसकेको स्वीकार गरे। उनले अब सरोकारवाला निकायसँग छलफल गरेर तालको दिगो संरक्षण र व्यवस्थापनका लागि नयाँ योजना बनाउने तयारी भइरहेको बताए ।
‘विगतमा निर्माण गरिएका योजनाले सोचेअनुसारको नतिजा दिन सकेनन् । अब सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिसँग गहन छलफल गरेर कान्ति तालको दिगो संरक्षण र व्यवस्थापनका लागि प्रभावकारी योजना बनाउने तयारीमा छौँ’, प्रवक्ता रिजालले भने।
उपमहानगरपालिकाले नयाँ योजना बनाउने बताए पनि यसअघि खर्च भएको रकमको प्रतिफल र निर्माण भएका संरचनाको संरक्षणबारे प्रश्न उठेको छ । सात वर्षअघि सुरु गरिएको योजनाले अपेक्षित गति लिन नसक्दा तालको विकासमा गरिएको लगानी खेर जाने जोखिम बढेको छ ।
नागरिक सरोकार मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले तालको तत्काल संरक्षण गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्ने बताए।
‘कान्ति ताल नेपालगञ्जको पर्यटन र आर्थिक समृद्धिसँग जोडिएको महत्वपूर्ण सम्पत्ति हो । यसलाई जीर्ण अवस्थामा छाड्नु हुँदैन । भएका संरचनाको मर्मतसम्भार गरेर तालको प्राकृतिक र पर्यटकीय महत्व जोगाउन तत्काल पहल गर्नुपर्छ’, श्रेष्ठले भने।
स्थानीयस्तरमा पर्यटन प्रवर्द्धन र जैविक विविधता संरक्षणको सम्भावना बोकेको कान्ति तालको अवस्था सुधार गर्न उपमहानगरपालिकाले तत्काल प्रभावकारी व्यवस्थापन योजना ल्याउनुपर्ने स्थानीयको माग छ ।
प्रधानमन्त्री बालेन्द्र (बालेन)शाह आगामी मंसिर ६ र ७ गते दुईदिने भ्रमणका लागि भारत जाने भएका छन् ।
भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
भ्रमणका क्रममा बालेनले भारतीय प्रधानमन्त्री मोदीसँग करिब ३० मिनेट एक्लाएक्लै भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसपछि दुवै देशका प्रतिनिधिमण्डलबीच औपचारिक छलफल हुनेछ ।
भेटवार्तामा नेपालले भारतसँग आर्थिक सहयोग, अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार तथा थप हवाई प्रवेशमार्ग उपलब्ध गराउने विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो साढे ४ बजे सुरु हुने पहिलो क्वालिफायरमा दुवै टोली जित निकाल्दै उपाधि भिडन्तमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित मैदान उत्रनेछन् ।
लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष दुई स्थानमा रहेका यी टोलीका लागि आजको खेल फाइनल पुग्ने पहिलो अवसर हो । विजेता टोलीले सिधै फाइनलमा स्थान बनाउनेछ भने पराजित हुने टोलीले फाइनल प्रवेशका लागि अर्को अवसर पाउनेछ ।
लिग चरणको प्रदर्शन हेर्दा लुम्बिनी सुदूरपश्चिमभन्दा केही बलियो देखिएको छ । दुवै टोलीले समान पाँच खेल जिते पनि सुदूरपश्चिमले दुई खेलमा हार बेहोरेको थियो ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज सिर्जनशीलता र प्रेम पक्ष बलियो छ। मनपर्ने काम गर्न मन लाग्नेछ। विद्यार्थीका लागि राम्रो समय रहेको छ। आनन्द र उत्साहले दिन रमाइलो बनाउँछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
घर परिवारको विषयलाई प्राथमिकता दिनुहोस्। पुराना कुरा सम्झेर मन प्रशन्न रहनेछ। धैर्य र समझदारी आवश्यक छ। आन्तरिक शान्ति खोज्ने दिन हो। आजको शुभ रंग केशरी हो भने शुभ अंक ८ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज आत्मविश्वास बढ्नेछ। बोलचाल र लेखनमा प्रभाव देखिन्छ। नयाँ योजना सुरु गर्न अनुकूल समय रहेको छ। सकारात्मक सोचले सफलता दिलाउँछ।आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आर्थिक पक्षमा सोचेर कदम चाल्नुहोस्। परिश्रमको फल ढिलो भए पनि स्थायी हुन्छ। आत्मसम्मान बढ्ने संकेत छ। व्यावहारिक निर्णय लाभदायी हुन्छ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आकस्मिक लाभ भएकाले आत्मबल उच्च छ। नयाँ सोच र परिवर्तनको चाह बढ्छ। व्यक्तित्व निखार्ने दिन हो। आफ्नो निर्णयमा विश्वास राख्नुहोस्।आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक १ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज एकान्त मन पर्नेछ। आन्तरिक भावना बुझ्ने समय हो। अधुरो काम पूरा गर्न राम्रो दिन रहेको छ। ध्यान वा साधनाले मन हलुका हुनेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ७ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
गरिएको कार्यको उचित प्रतिफल मिल्नेछ। अत्यावश्यक कुरामा नै आफ्नो प्रतिक्रिया दिनुहोस्। आफन्तको प्रतिभाले मन प्रसन्न रहनेछ। पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
हजुरले गरेको शुभ कार्यको चर्चा हुनेछ। रोजगारीका नयाँ अवसरहरू मिल्नेछन्। सन्तान वा शुभचिन्तकहरूले साथ दिनेछन्। स्वास्थ्य सामान्य र मनमा स्थिरता रहला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ८ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आत्मबलमा वृद्धि हुनेछ। मनमा दुविधा उत्पन्न भए जानकारको सल्लाह लिनुहोस्। अधिकार प्राप्तिको लागि संघर्ष गर्नुपर्ला। यात्रा अनुकूल रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
कार्यक्षेत्रमा बोलिको प्रभावले कार्य सिद्ध हुनेछन्। पशुपालन र कृषि क्षेत्रबाट लाभ मिल्नेछ। शारीरिक ऊर्जामा वृद्धिको लागि योग र व्यायामको सहारा लिनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
मानसम्मानमा वृद्धि हुनेछ। शैक्षिक योग्यताले समाजलाई दिशा निर्देशन गर्नुपर्ला। हतारमा निर्णय नलिनुहोला। समयको गम्भीरतालाई बुझ्ने प्रयास गर्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
प्राविधिक समस्याले कार्यक्षेत्रमा बाधा आउनेछ। परिस्थितिले गर्दा कार्यक्षेत्रमा पछि परिनेछ। सैद्धान्तिक विषयमा पक्ष सबल रहनेछ। खर्चमा वृद्धिले मन अशान्त रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।





