२०८३ भाद्र ६ गते शनिबार
२०८३ भाद्र ६ गते शनिबार

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमा आफूलाई ज्यान मार्ने र घर जलाउने धम्की आएको भन्दै साइबर ब्युरोमा उजुरी दिएका छन्।

साम्पाङले टिकटकमा सुनिता खड्का नामक प्रयोगकर्ताबाट धम्की आएको दाबी गर्दै उनलाई पक्राउ गरी कानुनी कारबाही गर्न र आफ्ना परिवार तथा घरको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका छन्। उजुरीमा साम्पाङले भिडिओ र फोटो प्रमाण स्वरूप उपलब्ध गराएको जानकारीसमेत उल्लेख गरेका छन्।

सोमबार बिहान उनले उक्त टिकटक आईडीको स्क्रिनसटसँगै उजुरी पेश गरेका थिए।

काठमाडौं । सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहाइको आदेश दिन अस्वीकार गरेको छ ।

रिहा गर्न माग गर्दै पत्नी यशोदाले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेश जारी गर्दै रिहाइको आदेश दिन अस्वीकार गरेको हो ।

न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि सरकारका नाममा कारण देखाऊ आदेश जारी भएको हो ।

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका लागि प्रशासनिक झन्झट, घुसखोरी र अनावश्यक कानुनी झमेलाको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले अब निजी क्षेत्रले घुस खुवाउन नपर्ने, सरकारी निकायमा लाइन लाग्न नपर्ने र सामान्य आर्थिक गतिविधिका कारण थुनिनु नपर्ने स्पष्ट पारेका हुन् ।

सोमबार नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधिहरूसँग भेटघाटमा अर्थमन्त्री वाग्लेले निजी क्षेत्रलाई सरकारको सहयात्रीका रूपमा अघि बढाउने नीति लिइएको बताए।

‘अब निजी क्षेत्रले दुःख पाउने अवस्था अन्त्य हुन्छ, हामी तपाईंहरूको सहयात्री हौँ,’ उनले भने। उनले लगानी विस्तार र रोजगारी सिर्जनामा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै लगानी बढाएर रोजगारी सिर्जनामा केन्द्रीत हुनुपर्ने बताए।

अर्थमन्त्री वाग्लेले आफू भ्रष्टाचार नियन्त्रणमा दृढ रहेको जनाउँदै भने, ‘म घुस खान आएको होइन, कसैलाई खान पनि दिन्न ।’ अर्थतन्त्रलाई नयाँ गति दिन आफू प्रतिबद्ध रहेको बताउँदै उनले आर्थिक अपराधसम्बन्धी नीति परिवर्तन गर्दै अब सामान्य प्रकृतिका आर्थिक अनियमिततामा कैद सजायभन्दा आर्थिक जरिवानामा केन्द्रित हुने जानकारी दिए। उनले भने, ‘आर्थिक बेइमानीमा अब हामी आर्थिक जरिवानामा जान्छौँ, उद्योगी–व्यापारी थुनिनु पर्दैन ।’

तर, राज्यले सहजीकरण गर्दा निजी क्षेत्रबाट पनि इमानदारीको अपेक्षा गरिएको उनले स्पष्ट पारे। ‘राज्य साथी र सहयात्री बन्दा निजी क्षेत्रले पनि बेइमानी नगर्ने अपेक्षा छ,’ उनले भने, ‘यदि नियोजित रूपमा बेइमानी गरिन्छ भने त्यसमा हामी निर्मम हुनेछौँ ।’

प्रधानमन्त्री बालेन शाह(बालेन्द्र)ले सांसदहरूसँग छलफल थालेका छन् ।

प्रधानमन्त्री शाहले प्रदेशगत रूपमा सांसदहरूलाई सिंहदरबारमा बोलाएर छलफल गरेका हुन् । जारी छलफलमा आज कोशी र सुदूरपश्चिमका सांसद सहभागी छन् ।

तर, हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले भने बहिष्कार गरेको छ । अध्यक्ष साम्पाङले आफूहरू कोठे बैठकमा सहभागी नहुने बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रधानमन्त्रीले संसद्को पहिलो बैठक बोलाउनुपर्छ । संसद् नबोलाएर गरिने कोठे बैठकमा हामी जाँदैनौँ । हप्ताको एक पटक कम्तीमा पनि संसद् बैठक राख्नुपर्छ । जनताको प्रश्नदेखि सरकार भाग्न पाउँदैन।’

काठमाडौँ । सरकारको निर्णयको स्वागत गर्दै राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीहरूले आफ्नै युनियन भंग गरेका छन्।

सरकारले शासकीय सुधारका लागि पारित गरेको १०० कार्यसूचीमा युनियन खारेज गर्ने निर्णय समेटिएपछि सो निर्णयलाई समर्थन जनाउँदै कर्मचारीहरूले स्वयं युनियन भंग गरेका हुन्।

राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियनका अध्यक्ष राजु ओलियाले आजदेखि लागू हुने गरी युनियन भंग गरिएको जानकारी दिएका छन्। सरकारको निर्णयप्रति ऐक्यबद्धता जनाउँदै यस्तो कदम चालिएको उनले बताएका छन्।

काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य रेखा कुमारी शर्मालाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले आइतबार राती  पक्राउ गरेको छ ।

एमालेबाट निर्वाचित सांसद शर्माले नाबालिकालाई घरेलु श्रममा लगाएर बालबालिकाविरुद्धको कसुर गरेको गम्भीर आरोप छ । प्रहरीले सांसद शर्मालाई पक्राउ गरी बालबालिका सम्बन्धी ऐनअन्तर्गत थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

२०८१ जेठ १४ गते महानगरपालिकाको टोलीले गरेको सर्भेका क्रममा उनको घरबाट एक बालिकाको उद्धार गरिएपछि यो विषय चर्चामा आएको थियो । सर्भेका क्रममा ती बालिकाले आफू निरन्तर हिंसामा परेको बताएपछि महानगरले उनलाई उद्धार गरेको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंमा यो घटनाको २०८१ जाहेरी जेठ ३० गते दर्ता भएको थियो । यद्यपि, शर्मालाई सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने तयारी गर्याे ।

शर्मालाई मुद्दा चलाउन नपर्ने राय सहित जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा तयार भएको फाइल उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयसम्म पुग्यो । सो बेला काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन शाहले फेसबुकमा स्ट्याटस लेख्दै समय आएपछि कुकर्म गर्नेहरूलाई तह लगाउने बताए ।

उनले लेखेका थिए, ‘सरी नानु, तिम्रा पीडककाविरूद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले । नआत्तिनु । समय आउनेछ । यस्तै विभेद, अपराध मास्न अनि ती कुकर्म गर्नेहरूलाई तह लगाउन तिमी र तिमी जस्तै धेरै नानीबाबुले पढ्न पर्छ । समाज बुझ्नपर्छ ।’

अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

काठमाडौँ जिल्ला अदालका न्यायाधीश आनन्द श्रेष्ठले नेकपा एमालेका अध्यक्षसमेत रहेका ओली र नेपाली कांग्रेसका नेता लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप गरेको हो।

जेनजी आन्दोलनमा दमन गरेको भन्दै सरकारको निर्देशनमा प्रहरीले ओली र लेखकलाई शनिबार पक्राउ गरेको थियो।

प्रहरीले दुवै जनालाई म्याद थपका लागि अदालत लगेको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुर संशोधन गरी फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिट पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ।

सर्वोच्च अदालतमा आज (आइतबार) न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले सो रिट पूर्ण इजलासमा पेस गर्न आदेश दिएको हो। सो रिटमा चैत १० गतेदेखि सुनुवाइ भएको थियो।

तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध केपी शर्मा ओली सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन्।

उक्त निर्णयविरुद्ध युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए।

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठकले पूर्वप्रधानमन्त्री एवं नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदीय दलको नेता चयन गरेको छ ।

आइतबार पेरिसडाँडामा बसेको बैठकलाई उनलाई सर्वसम्मत दलको नेता चयन गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता रमेश मल्लले बताए ।

उनले भने, ‘पार्टीको आज संसदीय दलको पहिलो बैठक बसेको हो । पार्टी पहिलो बैठकले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदीय दलको नेता चयन गरेको छ सर्वसम्मत रुपमा । बैठकले दल नेतालाई बधाई प्रस्ताव पेस गरेको थियो त्यसलाई सर्वसम्मत रुपमा पास गर्यौं ।’

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट नेकपाको प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ गरी १७ सीट रहेको छ ।

काठमाडौं । नेपाल प्रहरीले तीन पूर्वप्रधानमन्त्री र दुई पूर्वमन्त्री तथा उनीहरूको परिवारको सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको छ ।

प्रहरी स्रोतका अनुसार, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल, पूर्वमन्त्री आरजु राणा देउवा र दीपक खड्का, साथै उनीहरूको परिवारको चल–अचल सम्पत्ति र आम्दानीको स्रोतका विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा अनुसन्धान भइरहेको छ ।

यसै क्रममा आइतबार बिहान कांग्रेस नेता तथा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का बुढानीलकण्ठस्थित निवासबाटै पक्राउ परेका छन् । प्रहरीले उनलाई नियन्त्रणमा लिएर जिल्ला अदालतबाट म्याद थप गर्ने तयारी गरेको छ ।

पूर्वमन्त्री आरजु राणाका भाइ भुषण राणामाथि पनि अनुसन्धान अघि बढाइएको छ ।

२४ भदौमा भएको आगजनीमा पूर्वप्रधानमन्त्री देउवा, दाहाल र खड्काका घरबाट जलेका नोटका टुक्रा फेला परेका थिए ।

सो घटनापछि विभागले विस्तृत अनुसन्धानका लागि सीआईबीलाई पत्र पठाएको थियो । प्रारम्भिक अनुसन्धानको आधारमा तत्कालीन पूर्वप्रधानमन्त्रीहरूलाई समेत अनुसन्धानको दायरामा ल्याइएको छ ।

यसैबीच सरकारले २०४८ सालयता राजनीतिक नेतृत्व र उच्च पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न प्रधानमन्त्री कार्यालयअन्तर्गत अधिकार सम्पन्न समिति गठन गर्ने निर्णय गरेको छ। पहिलो चरणमा २०६२ सालयताका पदाधिकारी र दोस्रो चरणमा २०४८ देखि २०६२ सालसम्मका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने योजना सार्वजनिक गरिएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।