२०८३ मंसिर १ गते सोमबार
२०८३ मंसिर १ गते सोमबार

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मङ्गलबार १६५ वटै निर्वाचन क्षेत्रमा मनोनयनपत्र दर्ता गरेका तीन हजार ४८६ उम्मेद्वारमध्ये पाँच उम्मेदवारविरुद्ध मात्र उजुरी दर्ता भएको छ ।

देशभरका १६५ वटै निर्वाचन क्षेत्रस्थित निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म प्रारम्भिक जानकारी अनुसार पाँच उजुरी दर्ता भएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बताए ।

आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता भएका उम्मेद्वारको योग्यता पुगेको छैन भने त्यसको विरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको थियो ।

सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतसमक्ष प्रतिनिधिसभा निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १६ बमोजिम उजुरी दर्ता भएको हो । उजुरीमा निर्वाचन अधिकृतले निर्देशिकाको अनुसूची १७ बमोजिमको दर्ता किताबमा दर्ता गरी अनुसूची १८ बमोजिमको भरपाइ सम्बन्धित उजुरी कर्तालाई दिएको जनाइएको छ ।

निर्वाचन कार्यक्रमबमोजिम निर्वाचन अधिकृतले उम्मेदवारको विरोधमा उजुरी गर्ने म्याद समाप्त भएपछि म्यादभित्र दर्ता हुन आएका उजुरीको विवरण अनुसूची १९ बमोजिम तयार गरी कार्यालयमा प्रकाशनसमेत गरेका छन् ।

यसरी प्रकाशन गरिने सूचनामा जसका विरुद्ध उजुरी परेको हो, सो पक्षले सूचनामा तोकिएको अवधिमा प्रमाणसहित उपस्थित हुनुपर्नेछ । यसरी सूचना प्रकाशन भएपछि सम्बन्धित उम्मेदवारले सोको सूचना पाएको मानिने व्यवस्था छ ।

आज दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरिने उनले बताए । माघ ८ गते बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ ।

माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको जनाइएको छ । आयोगमा अहिलेसम्म प्राप्त जानकारीअनुसार पुरुष ३०८९, महिला ३९६ र तेस्रो लिङ्गी एक गरी ३४८६ को उम्मेदवारी दर्ता भएको छ ।

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रित गरेर निर्वाचन आयोगले विगतमा जस्तै यस पटक पनि ‘कल सेन्टर’ स्थापना गरेको छ ।

आयोगको कार्यालय, कान्तिपथमा सञ्चालित कल सेन्टरबाट निर्वाचनसँग सम्बन्धित मतदाता, नागरिक र सरोकार भएकाको जिज्ञासा सुनुवाइ गरिने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

छ वटा डेस्क रहेको उक्त केन्द्र बिहान ९ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म सञ्चालन हुनेछ । यसमा निःशुल्क टोल–फ्री नम्बर ११०२ मा फोन गरेर मतदाता, नागरिक र सरोकार भएकाले जिज्ञासा राख्न सक्नेछन् । यसमा एकै पटक १५ जनासम्मले फोन गर्दा कल होल्डमा नपर्ने व्यवस्था गरिएको आयोगले जनाएको छ ।

झापा । नेकपा एमालेनिकट राष्ट्रिय युवा सङ्घ नेपाल, दमक नगर कमिटीका अध्यक्ष र उपाध्यक्ष रास्वपामा प्रवेश गरेका छन्।

रास्वपाका वरिष्ठ नेता बालेन शाहले युवा संघका अध्यक्ष छवि खतिवडा र उपाध्यक्ष विजय तामाङलाई पार्टीमा स्वागत गरेका हुन्।

एमाले अध्यक्ष केपी ओलीसँग झापा-५ मा चुनावी मैदानमा उत्रिएका शाहले मतदातासँग भेटवार्ता अघि बढाएका छन्।

अध्यक्ष खतिवडाले परिवर्तनलाई आत्मसात् गर्दै अब बाँकी राजनीतिक जीवन स्वतन्त्र रूपमा बिताउने बताए।

उनले झापा-५ मा वैकल्पिक र परिवर्तनकारी राजनीतिक धारलाई समर्थन गर्न बालेन शाहको अभियानमा सक्रिय रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

खतिवडाले आफ्नो मत परिवर्तनको पक्षमा मतदाता गर्न आह्वान गरेका छन्।

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ पदका लागि स्वतन्त्रसहित विभिन्न राजनीतिक दलबाट मनोनयन दर्ता भएको छ ।

निर्वाचन आयोगको प्रारम्भिक सूची अनुसार, देशभर ३४ सय ८४ जनाले उमेदवारी दर्ता गराएका छन् । जसमा ३९५ महिला, तीन हजार ८८ पुरुष र अन्य एक उमेदवार छन् ।

राजनीतिक दलको तर्फबाट दुई हजार २९७ जनाले उमेदवारी दर्ता गराएका छन् । जसमा २३५ महिला र दुई हजार ६४ छन् । त्यस्तै, एक हजार १८७ जनाले स्वतन्त्र उमेदवारी दिएका छन् ।

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन ४ गतेदेखि १८ गतेसम्म निर्वाचन प्रचारको समय भएको स्मरण गराएका छन् । मंगलबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गरे ।

‘फागुन ४ गतेदेखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसारको समय तोकेका छौँ । मनोनयनपत्र दाखिल गरेपछि बीचमा चुपो लागेर बस्ने हो ? भन्ने लाग्न सक्छ । त्यो, होइन, उनले भने ।

निर्वाचन चिह्न प्राप्त भएपछि घरदैलोमा मतदाता भेट्न सक्ने, रायसुझाव लिन सक्ने उनले बताए । ‘तर, दलगत रूपमा उमेदवारहरूले ठूलो आमसभा, गोष्ठि, सेमिनारलगायतका विषयवस्तु गर्न पाइँदैन,’ उनले भने,’आचारसंहिता लागु भएको छ । मनोनयनपत्र दाखिल गर्न यसरी जानुपर्छ भनेर आह्वान गरेका थियौँ । आचारसंहिता उलंघन भएको उजुरी आएमा छानबिन गर्ने, निर्णय लिने आयोगको क्षेत्राधिकारभित्र पर्छ ।’

प्रदेशसभा र स्थानीय तहका प्रतिनिधि पनि प्रतिनिधिसभाको उमेदवार बनेकाले रिक्त स्थानमा फागुन २१ पछि निर्वाचन गरिने बताए ।

प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने व्यवस्था गरिएको छ ।

निर्वाचन आयोगले तय गरेको समयसीमा अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ । उक्त उजुरीपछि यही माघ ८ गते बेलुका पाँच बजेसम्म मनोनयपत्र र उजुरी उपर जाँचबुझ एवम् आवश्यक निर्णय गरी अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।

आयोगले माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सक्ने व्यवस्था गरेको छ । सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयन पत्र दर्ता कार्यक्रम सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक तथा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । आयोगका अनुसार हालसम्म दुई हजार ९२५ जनाको उम्मेदवारी परेको छ ।

उत्साहजनक र शान्तिपूर्ण रूपमा मनोनयन सम्पन्न भएकामा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले धन्यवाद व्यक्त गरेका छन् । निर्वाचनका बाँकी कार्यक्रममा पनि राजनीतिक दल र सरोकारवाला सबैको सहयोग पाउनेमा उनले अपेक्षा व्यक्त गरेको आयोगले जनाएको छ । निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले दुई हजार ९२५ उम्मेदवारी परेको जानकारी दिए।

उनका अनुसार त्यसमा महिला उम्मेदवार तीन सय ३६ र पुरुष दुई हजार पाँच सय ८९ जना रहेका छन् । यस्तै अपाङ्गता भएका व्यक्ति ८५ र पिछडिएको क्षेत्रका एक सय ३८ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।

काठमाडौँ । नेकपा (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ ।

आज पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत उम्मेदवारले नेता, कार्यकर्ता र जनताको उत्साहपूर्ण सहभागितामा आ–आफ्नो उम्मेदवारी दर्ता गराएको जानकारी दिए ।

उनकाअनुसार यसपटकको निर्वाचनमा एमालेले अगाडि सारेको उम्मेदवारमध्ये ५४ दशमलव ५४ प्रतिशत नयाँ छन् । तीमध्ये मधेस र सुदूरपश्चिम प्रदेशमा ५०÷५० प्रतिशत र कोशीमा ५३ दशमलव ५७ प्रतिशत उम्मेद्वार नयाँ छन् ।

यस्तै, सबैभन्दा धेरै नयाँ उम्मेदवार कर्णाली प्रदेशमा ७५ प्रतिशत र कम लुम्बिनीमा ४२ दशमलव ३० प्रतिशत रहेका प्रचार विभाग प्रमुख शाहीले बताए ।

यस्तै, बागमती ६० दशमलव ६० र गण्डकीमा ६१ दशमलव ११ प्रतिशत रहेको नयाँ उम्मेदवार रहेका छन् ।

काठमाडौं। नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आज मुलुकभर १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ।

निर्वाचन आयोगको कार्यतालिकाअनुसार आज माघ ६ गते कांग्रेसका उम्मेदवारले सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयन दर्ता गरेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल कांग्रेसको पदाधिकारी सम्मिलित संसदीय बोर्डले आजैमात्र सबै निर्वाचन क्षेत्रका लागि पार्टीको आधिकारिक उम्मेदवारको टुङ्गो लगाएको थियो। कांग्रेसले सुदूरपश्चिमका १६, कर्णालीका १२, लुम्बिनीका २६, गण्डकीका १८, बागमतीका ३३, मधेसका ३२ र कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको हो।

कांग्रेस पदाधिकारीमध्ये सभापति गगनकुमार थापाले सर्लाही–४, महामन्त्री प्रदीप पौडेल काठमाडौं–४, गुरुराज घिमिरे मोरङ–४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराउनुभएको छ। उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसालले भने यो निर्वाचनमा उम्मेदवारी दिनुभएको छैन। अन्य सबै उम्मेदवारको नाम यसप्रकार रहेको छ :

प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२
नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार (प्रत्यक्षतर्फ)

कोशी प्रदेश

ताप्लेजुङ – गजेन्द्रप्रसाद तुम्याङ ‘लिम्बू’
पाँचथर – नरेन्द्रकुमार केरुङ
इलाम–१ – निष्कल राई
इलाम–२ – भेषराज आचार्य
झापा–१ – केशवराज पाण्डे
झापा–२ – सरिता प्रसाई
झापा–३ – राजेन्द्र घिमिरे
झापा–४ – देउमान थेबे
झापा–५ – मन्धरा चिमरिया
मोरङ–१ – खड्गबहादुर फागो
मोरङ–२ – डा. मिनेन्द्रप्रसाद रिजाल
मोरङ–३ – डा. सुनीलकुमार शर्मा
मोरङ–४ – गुरुराज घिमिरे
मोरङ–५ – फुलकुमार लालवानी
मोरङ–६ – डा. शेखर कोइराला
सुनसरी–१ – सुजेन्द्र तामाङ
सुनसरी–२ – राजीव कोइराला
सुनसरी–४ – ज्ञानेन्द्रबहादुर कार्की
धनकुटा – दिनेश राई
तेह्रथुम – सन्तोष सुब्बा
संखुवासभा – दीपन श्रेष्ठ
भोजपुर – बालकृष्ण थापा
सोलुखुम्बु – प्रकाशसिंह कार्की
ओखलढुंगा – कुमार लुइटेल
खोटाङ – विरकाजी राई
उदयपुर–१ – विदुर बस्नेत
उदयपुर–२ – रामकुमार राई

मधेस प्रदेश

सप्तरी–१ – रामदेव साह
सप्तरी–२ – रामकुमार यादव
सप्तरी–३ – दिनेशकुमार यादव
सप्तरी–४ – तेजुलाल चौधरी
सिराहा–१ – रामसुन्दर चौधरी
सिराहा–२ – रामचन्द्र यादव
सिराहा–३ – डा. सुभाषचन्द्र यादव
सिराहा–४ –चन्द्रकला कुमारी यादव
धनुषा–१ –रामपल्टन साह
धनुषा–२– दिनेश पर्सेला
धनुषा–३– विमलेन्द्र निधि
धनुषा–४– महेन्द्र यादव
महोत्तरी–१ –मुकेशराज काफ्ले
महोत्तरी–२ –किरण यादव

महोत्तरी–३– बजरङ्ग नेपाली
महोत्तरी–४– महेन्द्रकुमार राय
सर्लाही–१ –शम्भुलाल श्रेष्ठ
सर्लाही–२– डा सरोजकुमार यादव
सर्लाही–३– विनोद खनाल
सर्लाही–४ – गगनकुमार थापा
रौतहट–१ – अनिलकुमार झा
रौतहट–२ – डा. फिरोदष आलम
रौतहट–३ – रामकृपाल यादव
रौतहट–४ – देवप्रसाद तिमिल्सिना
बारा–१– शम्भु बुढाथोकी
बारा–२– भैयाराम यादव
बारा–३– फरमुल्लाह मंसुर
बारा–४– श्यामबाबु गुप्ता
पर्सा–१ – अनिलकुमार रुङ्गटा
पर्सा–२ – अजय चौरसिया
पर्सा–३ – सुरेन्द्रप्रसाद चौधरी
पर्सा–४ – रमेश रिजाल

बागमती प्रदेश

दोलखा – अजयबाबु शिवाकोटी
रामेछाप – रामचन्द्र खड्का
सिन्धुली–१ – उज्ज्वल बराल
सिन्धुली–२ –सुशीला थिङ
रसुवा – मोहन आचार्य
काभे्र–१ – गणुराज मोक्तान
काभ्रे –२ – मधुप्रसाद आचार्य
सिन्धुपाल्चोक–१– जंगबहादुर लामा
सिन्धुपाल्चोक–१– बंशलाल तामाङ
धादिङ–१– कृष्ण रिजाल
धादिङ–२– रमेशप्रसाद धमला
नुवाकोट–१– डा प्रकाशशरण महत
नुवाकोट–२– जगदिशनरसिंह केसी
मकवानपुर–१–महालक्ष्मी उपाध्याय “डिना”
मकवानपुर–२– बुद्ध लामा
भक्तपुर–१– किरण न्यौपाने
भक्तपुर–२– कबिर राणा
काठमाडौं–१ – प्रवल थापा
काठमाडौं–२– कविर शर्मा
काठमाडौं–३ – रमेश अर्याल
काठमाडौं–४ – सचिन तिमिल्सेना
काठमाडौं–५ – प्रदीप पौडेल
काठमाडौं–६ – कृष्ण वानियाँ “सवुज”
काठमाडौं–७ – प्रमोदहरि गुरागाईं
काठमाडौं–८ – सपना राजभण्डारी
काठमाडौं–९ – नानु वास्तोला
काठमाडौं–१० – हिमाल कार्की
ललितपुर–१ – उदय शमशेर जबरा
ललितपुर–२ – प्रेमकृष्ण महर्जन
ललितपुर–३ – जितेन्द्रकुमार श्रेष्ठ
चितवन–१ – राजेन्द्र बुर्लाकोटी
चितवन–२ – मिनाकुमारी खरेल
चितवन–३ – टेकप्रसाद गुरुङ

गण्डकी प्रदेश

गोरखा–१ – प्रेमकुमार खत्री
गोरखा–२ – प्रकाशचन्द्र दवाडी
लमजुङ – गमप्रसाद गुरुङ
तनहुँ–१ – गोविन्द भट्टराई
तनहुँ–२ – शंकर भण्डारी
कास्की–१ – तिलकबहादुर रानाभाट
कास्की–२ – माधवप्रसाद वास्तोला
कास्की–३ – मनोज गुरुङ
पर्वत – अर्जुनप्रसाद जोशी
स्याङ्जा–१ – भरतराज ढकाल
स्याङ्जा–२ – भागवतप्रकाश मल्ल
म्याग्दी – कर्णबहादुर भण्डारी
बागलुङ–१ – भीमबहादुर श्रीस राना
बागलुङ–२ – टेकराज पौडेल
नवलपुर–२ – ओमबहादुर घर्तीमगर
मनाङ – टेकबहादुर गुरुङ
मुस्ताङ – योगेश गौचन थकाली

लुम्बिनी प्रदेश

नवलपरासी–१ – विनोद चौधरी
रुपन्देही–१ – हिराबहादुर खत्री
रुपन्देही–२ – चुन्नसाद शर्मा
रुपन्देही–३ – सुशील गुरुङ
रुपन्देही–४ – आशुतोष मिश्र
रुपन्देही–५ – भरतकुमार शाह
पाल्पा–१ – सन्दीप राना
पाल्पा–२ – हिमाल दत्त श्रेष्ठ
गुल्मी–१ – चन्द्रकान्त भण्डारी
गुल्मी–२ – भुवनप्रसाद श्रेष्ठ
अर्घाखाँची – विष्णुप्रसाद खनाल
प्यूठान – डा. गोविन्दप्रसाद पोखरेल
रोल्पा – डा. सुदनकुमार वली
रुकुम (पूर्व) – कुसुमदेवी थापा मगर
कपिलवस्तु–१ – अत्तर कमाल मुसलमान
कपिलवस्तु–२ – सुरेन्द्रराज आचार्य
कपिलवस्तु–३ – अभिषेक प्रताप शाह
दाङ–१ – योगेन्द्र चौधरी
दाङ–२ – किरणकिशोर घिमिरे
दाङ–३ – दीपक गिरी
बाँके–१ – नारायणप्रसाद गांैडेल
बाँके–२ – सुधांशु कोइराला
बाँके–३ – अमरसिंह पुन
बर्दिया–१ – संजय गौतम
बर्दिया–२ – किशोरसिंह राठौर

कर्णाली प्रदेश

सुर्खेत–१ – विष्णुबहादुर खत्री
सुर्खेत–२ – नारायण कोइराला
दैलेख–१ – वासना थापा
दैलेख–२ – दिक्पालकुमार शाही
जाजरकोट – खड्कबहादुर बुढा
सल्यान – केशबहादुर बुढा
डोल्पा – कर्णबहादुर बुढा
जुम्ला – दीपबहादुर शाही
रुकुम (पश्चिम) – राजु के.सी.
हुम्ला – जयपति रोकाया
मुगु – खड्ग शाही
कालिकोट – हर्षबहादुर बम

सुदूरपश्चिम प्रदेश

बाजुरा – जनकराज गिरी
डोटी – भरतबहादुर खड्का
बैतडी – चतुरबहादुर चन्द
अछाम–१ – भरतकुमार स्वाँर
अछाम–२ – पुष्पबहादुर शाह
बझाङ – प्रकाश रसाइली “स्नेही”
डडेल्धुरा – नैनसिंह महर
दार्चुला – धर्मानन्द जोशी
कैलाली–१ – जनकराज चौधरी
कैलाली–२ – विजयबहादुर स्वाँर
कैलाली–३ – भीम बडुवाल
कैलाली–४ – गोरखबहादुर विष्ट “आनन्द”
कैलाली–५ – नरनारायण शाह “मनु”
कञ्चनपुर–१ – गोपी उपाध्याय
कञ्चनपुर–२ – नारायणप्रकाश साउद
कञ्चनपुर–३ – हरि बोहरा

काठमाडौ- आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष)तर्फ १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ।

नेकपाबाट टिकट पाउनुभएका सबै उम्मेदवारले आज आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगी मनोनयन दर्ता गराउनुभएको पार्टीका नेता गोविन्द आचार्यले जानकारी दिए। बागलुङ–१ मा भने नेकपाले राष्ट्रिय जनमोर्चाका उम्मेदवार लाई समर्थन गरेको छ।

एक सय ६५ निर्वाचन क्षेत्रमध्ये १४ वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवार छन्। जसमा कञ्चनपुर–१ बाट वीना मगर, नवलपरासी (पश्चिम)–१ बाट सिन्धु जलेसा, मनाङ–१ बाट यशोधा सुवेदी गुरुङ, चितवन–३ बाट रेनु दाहाल, काठमाडौँ–१० बाट रुपा महर्जन र काठमाडौँ–५ बाट कल्पना शर्मा छन्।

त्यसैगरी काठमाडौँ–१ बाट मेनका भण्डारी, सप्तरी–४ बाट रुवी कुमारी कर्ण, सङ्खुवासभा–१ बाट सरिता खड्का थापा, झापा–२ बाट धर्मसिशला चापागाई र सुनसरी–२ बाट रामकुमारी चौधरी, रौतहट–३ पुनम देवी, काभ्रेपलान्चोक–२ बाट वसुन्धरा हुमागाई र सुनसरी–२ बाट रामकुमारी चौधरी उम्मेदवार छन्।

नेकपाबाट मनोनयन दर्ता गराउनुभएका १६५ उम्मेदवारको विवरण यस प्रकार छ।
क्र.स प्रदेश जिल्ला निर्वाचन क्षेत्र नं. नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार
१ कोशी
ताप्लेजुङ
ताप्लेजुङ १
खेलप्रसाद बुढाक्षेत्री
२ कोशी
पाँचथर
पाँचथर १
हर्क बहादुर नेम्वाङ
३ कोशी
इलाम
इलाम १
रणबहादुर राई
४ कोशी
इलाम
इलाम २
ओमबहादुर गुरुड
५ कोशी
झापा
झापा १
अशेष घिमिरे
६ कोशी
झापा
झापा २
धर्मशिला चापागाई
७ कोशी
झापा
झापा ३
डिल्ली घिमिरे
८ कोशी
झापा
झापा ४
पुरुषोत्तम चुडाल
९ कोशी
झापा
झापा ५
रञ्जित तामाङ
१० कोशी
सङ्खुवासभा
सङ्खुवासभा १
सरिता खड्का थापा
११ कोशी
तेह्रथुम
तेह्रथुम १
रणध्वज कन्दड्वा
१२ कोशी
भोजपुर
भोजपुर १
अजम्बर राई काङमाङ
१३ कोशी
धनकुटा
धनकुटा १
धर्म प्रसाद पौडेल
१४ कोशी
मोरङ
मोरङ १
कुलप्रसाद साम्बा
१५ कोशी
मोरङ
मोरङ २
चन्द्रवीर राई
१६ कोशी
मोरङ
मोरङ ३
डा देवमान सम्वाहाङफे
१७ कोशी
मोरङ
मोरङ ४
अमनलाल मोदी
१८ कोशी
मोरङ
मोरङ ५
शिवकुमार मण्डल
१९ कोशी
मोरङ
मोरङ ६
ओपेन्द्र कुमार राय
२० कोशी
सुनसरी
सुनसरी १
सुर्य बहादुर भट्टराई
२१ कोशी
सुनसरी
सुनसरी २
रामकुमारी चौधरी
२२ कोशी
सुनसरी
सुनसरी ३
दुर्गेश चौधरी
२३ कोशी
सुनसरी
सुनसरी ४
महमद महफुज अंसारी
२४ कोशी
सोलुखुम्बु
सोलुखुम्बु १
असिम राई
२५ कोशी
खोटाङ
खोटाङ १
हरि रोका
२६ कोशी
ओखलढुङ्गा
ओखलढुङ्गा १
अम्बिर बाबु गुरुङ
२७ कोशी
उदयपुर
उदयपुर १
वलदेव चौधरी
२८ कोशी
उदयपुर
उदयपुर २
सुरेश कुमार राई
२९ मधेश
सप्तरी
सप्तरी १
रविन्द्र चौधरी
३० मधेश
सप्तरी
सप्तरी २
सुर्यनाथ प्रसाद यादव
३१ मधेश
सप्तरी
सप्तरी ३
अरुण कुमार साह
३२ मधेश
सप्तरी
सप्तरी ४
रुवी कुमारी कर्ण
३३ मधेश
सिराहा
सिराहा १
रामचन्द्र यादव
३४ मधेश
सिराहा
सिराहा २
मुक्ति सिंह
३५ मधेश
सिराहा
सिराहा ३
विश्वनाथ साह
३६ मधेश
सिराहा
सिराहा ४
अजय शंकर नायक
३७ मधेश
धनुषा
धनुषा १
मातृका प्रसाद यादव
३८ मधेश
धनुषा
धनुषा २
रामचन्द्र झा
३९ मधेश
धनुषा
धनुषा ३
राम ललित मण्डल
४० मधेश
धनुषा
धनुषा ४
संजय कुमार महतो
४१ मधेश
महोत्तरी
महोत्तरी १
गिरिराजमणि पोख्रेल
४२ मधेश
महोत्तरी
महोत्तरी २
लक्ष्मण यादव
४३ मधेश
महोत्तरी
महोत्तरी ३
राजकिशोर साह सुडी
४४ मधेश
महोत्तरी
महोत्तरी ४
भरतप्रसाद साह
४५ मधेश
सर्लाही
सर्लाही १
प्रमोद साह
४६ मधेश
सर्लाही
सर्लाही २
महिन्द्र राय यादव
४७ मधेश
सर्लाही
सर्लाही ३
नारायणकाजी श्रेष्ठ
४८ मधेश
सर्लाही
सर्लाही ४
रगनिस राय यादव
४९ मधेश
रौतहट
रौतहट १
माधब कुमार नेपाल
५० मधेश
रौतहट
रौतहट २
किरण साह
५१ मधेश
रौतहट
रौतहट ३
पुनम देवी
५२ मधेश
रौतहट
रौतहट ४
रामकुमार भट्टराई
५३ मधेश
बारा
बारा १
सन्तोष दंगाल
५४ मधेश
बारा
बारा २
रमेश प्रसाद यादव
५५ मधेश
बारा
बारा ३
भरत प्रसाद साह
५६ मधेश
बारा
बारा ४
अजय कुशवाहा
५७ मधेश
पर्सा
पर्सा १
अजय चौरासिया
५८ मधेश
पर्सा
पर्सा २
मनोज चौधरी
५९ मधेश
पर्सा
पर्सा ३
छोटेलाल यादव
६० मधेश
पर्सा
पर्सा ४
जयप्रकास थारु
६१ बागमती
दोलखा
दोलखा १
बिशाल खड्का
६२ बागमती
रामेछाप
रामेछाप १
श्याम कुमार श्रेष्ठ
६३ बागमती
सिन्धुली
सिन्धुली १
डेकेन्द्र सुबेदी
६४ बागमती
सिन्धुली
सिन्धुली २
लेखनाथ दाहाल
६५ बागमती
रसुवा
रसुवा १
माधव लामिछाने
६६ बागमती
धादिङ
धादिङ १
राजेन्द्र प्रसाद पाण्डे
६७ बागमती
धादिङ
धादिङ २
राम बहादुर भण्डारी
६८ बागमती
नुवाकोट
नुवाकोट १
हित बहादुर तामाङ
६९ बागमती
नुवाकोट
नुवाकोट २
हिरानाथ खतिवडा
७० बागमती
काठमाडौँ
काठमाडौँ १
मेनका भण्डारी
७१ बागमती
काठमाडौँ
काठमाडौँ २
नितेश पौडेल
७२ बागमती
काठमाडौँ
काठमाडौँ ३
निरज लामा
७३ बागमती
काठमाडौँ
काठमाडौँ ४
इन्द्र भुसाल
७४ बागमती
काठमाडौँ
काठमाडौँ ५
कल्पना शर्मा
७५ बागमती
काठमाडौँ
काठमाडौँ ६
हेमलाल शर्मा (हिमाल)
७६ बागमती
काठमाडौँ
काठमाडौँ ७
बसन्त प्रसाद मानन्धर
७७ बागमती
काठमाडौँ
काठमाडौँ ८
सुमन सायमी
७८ बागमती
काठमाडौँ
काठमाडौँ ९
राधाकृष्ण महर्जन
७९ बागमती
काठमाडौँ
काठमाडौँ १०
रुपा महर्जन
८० बागमती
भक्तपुर
भक्तपुर १
हरिराम लवजु
८१ बागमती
भक्तपुर
भक्तपुर २
रामप्रसाद सापकोटा (दिपशिखा)
८२ बागमती
ललितपुर
ललितपुर १
सुनिल महर्जन
८३ बागमती
ललितपुर
ललितपुर २
राजेन्द्र अमात्य
८४ बागमती
ललितपुर
ललितपुर ३
राजकाजी महर्जन
८५ बागमती
काभ्रेपलान्चोक
काभ्रेपलान्चोक १
दिनानाथ गौतम
८६ बागमती
काभ्रेपलान्चोक
काभ्रेपलान्चोक २
बसुन्धरा हुमागाई
८७ बागमती
सिन्धुपाल्चोक
सिन्धुपाल्चोक १
माधव सापकोटा
८८ बागमती
सिन्धुपाल्चोक
सिन्धुपाल्चोक २
युवराज दुलाल
८९ बागमती
मकवानपुर
मकवानपुर १
विजय गौतम
९० बागमती
मकवानपुर
मकवानपुर २
लवशेर बिष्ट
९१ बागमती
चितवन
चितवन १
डा कृष्ण पन्त
९२ बागमती
चितवन
चितवन २
प्रताप गुरूङ
९३ बागमती
चितवन
चितवन ३
रेणु दाहाल
९४ गण्डकी
गोरखा
गोरखा १
हरिराज अधिकारी
९५ गण्डकी
गोरखा
गोरखा २
लेखनाथ न्यौपाने
९६ गण्डकी
मनाङ
मनाङ १
यशोदा सुवेदी गुरुङ
९७ गण्डकी
लमजुङ
लमजुङ १
हरिजंग तामाङ
९८ गण्डकी
कास्की
कास्की १
राजकाजी गुरुड
९९ गण्डकी
कास्की
कास्की २
हेमबहादुर थापा
१०० गण्डकी
कास्की
कास्की ३
गोपाल गिरी
१०१ गण्डकी
तनहुँ
तनहुँ १
विध्यानाथ ढकाल
१०२ गण्डकी
तनहुँ
तनहुँ २
सोमबहादुर थापा
१०३ गण्डकी
स्याङ्जा
स्याङ्जा १
शैलेन्द्र घिमिरे
१०४ गण्डकी
स्याङ्जा
स्याङ्जा २
पदम विश्वकर्मा
१०५ गण्डकी
नवलपरासी (पूर्व) नवलपरासी (पूर्व) १ लोकप्रसाद भुर्तेल
१०६ गण्डकी
नवलपरासी (पूर्व) नवलपरासी (पूर्व) २ गणेशमान महतो
१०७ गण्डकी
मुस्ताङ
मुस्ताङ १
मुटुक गुरुङ
१०८ गण्डकी
म्याग्दी
म्याग्दी १
अर्जुन थापा
१०९ गण्डकी
बागलुङ
बागलुङ १
११० गण्डकी
बागलुङ
बागलुङ २
ज्ञाननाथ गैरे
१११ गण्डकी
पर्वत
पर्वत १
मनहरी शर्मा
११२ लुम्बिनी
गुल्मी
गुल्मी १
सुर्दशन बराल
११३ लुम्बिनी
गुल्मी
गुल्मी २
श्रीराम महत
११४ लुम्बिनी
पाल्पा
पाल्पा १
होमबहादुर सुनारी
११५ लुम्बिनी
पाल्पा
पाल्पा २
सोमप्रसाद पाण्डे
११६ लुम्बिनी
अर्घाखाँची
अर्घाखाँची १
रामबहादुर चौहान
११७ लुम्बिनी
नवलपरासी (पश्चिम) नवलपरासी (पश्चिम) १ सिन्धु जलेशा
११८ लुम्बिनी
नवलपरासी (पश्चिम) नवलपरासी (पश्चिम) २ देबेन्द्र पौडेल
११९ लुम्बिनी
रुपन्देही
रुपन्देही १
घनश्याम यादव
१२० लुम्बिनी
रुपन्देही
रुपन्देही २
सुभाष पाण्डे (विश्वदीप्)
१२१ लुम्बिनी
रुपन्देही
रुपन्देही ३
फैज अहमद खान
१२२ लुम्बिनी
रुपन्देही
रुपन्देही ४
बाबुलाल यादव
१२३ लुम्बिनी
रुपन्देही
रुपन्देही ५
वकिल मुसलमान
१२४ लुम्बिनी
कपिलवस्तु
कपिलवस्तु १
कृष्ण कुँवर
१२५ लुम्बिनी
कपिलवस्तु
कपिलवस्तु २
बृजेश कुमार गुप्ता
१२६ लुम्बिनी
कपिलवस्तु
कपिलवस्तु ३
एहसन अहमद खाँ
१२७ लुम्बिनी
पूर्वी रुकुम
पूर्वी रुकुम १
पुष्पकमल दाहाल‘प्रचण्ड’
१२८ लुम्बिनी
रोल्पा
रोल्पा १
वर्षमान पुन
१२९ लुम्बिनी
प्युठान
प्युठान १
कृष्णध्वज खड्का
१३० लुम्बिनी
दाङ
दाङ १
मेटमणि चौधरी
१३१ लुम्बिनी
दाङ
दाङ २
निर्मल आचार्य
१३२ लुम्बिनी
दाङ
दाङ ३
धनबहादुर मास्की
१३३ लुम्बिनी
बाँके
बाँके १
नरेन्द्र पाण्डे
१३४ लुम्बिनी
बाँके
बाँके २
दिपेन्द्र विष्ट
१३५ लुम्बिनी
बाँके
बाँके ३
दिपक जिएम
१३६ लुम्बिनी
बर्दिया
बर्दिया १
विष्णु प्रसाद थारु
१३७ लुम्बिनी
बर्दिया
बर्दिया २
सुरेश पन्थ
१३८ कर्णाली
सल्यान
सल्यान १
रमेश कुमार मल्ल
१३९ कर्णाली
डोल्पा
डोल्पा १
धनबहादुर बुढा
१४० कर्णाली
मुगु
मुगु १
चन्द्रबहादुर शाही
१४१ कर्णाली
जुम्ला
जुम्ला १
नरेश भण्डारी
१४२ कर्णाली
कालिकोट
कालिकोट १
महेन्द्र बहादुर शाही
१४३ कर्णाली
हुम्ला
हुम्ला १
दिपेन्द्र रोकाया
१४४ कर्णाली
जाजरकोट
जाजरकोट १
शक्ति बहादुर बस्नेत
१४५ कर्णाली
दैलेख
दैलेख १
अम्बर बहादुर थापा
१४६ कर्णाली
दैलेख
दैलेख २
योगेन्द्र शाही
१४७ कर्णाली
सुर्खेत
सुर्खेत १
जीतबहादुर राना
१४८ कर्णाली
सुर्खेत
सुर्खेत २
झकबहादुर मल्ल
१४९ कर्णाली
पश्चिम रुकुम
पश्चिम रुकुम १
गोपाल शर्मा
१५० सुदूरपश्चिम
बाजुरा
बाजुरा १
प्रकाश बहादुर शाह
१५१ सुदूरपश्चिम
अछाम
अछाम १
भिम बहादुर रावल
१५२ सुदूरपश्चिम
अछाम
अछाम २
बलबहादुर कुँबर
१५३ सुदूरपश्चिम
बझाङ
बझाङ १
मीन बहादुर कुँवर
१५४ सुदूरपश्चिम
डोटी
डोटी १
त्रिलोचन भट्ट
१५५ सुदूरपश्चिम
कैलाली
कैलाली १
रामलाल डगौरा थारु
१५६ सुदूरपश्चिम
कैलाली
कैलाली २
नन्दबहादुर साउद
१५७ सुदूरपश्चिम
कैलाली
कैलाली ३
वीरमान चौधरी
१५८ सुदूरपश्चिम
कैलाली
कैलाली ४
हरिराम चौधरी
१५९ सुदूरपश्चिम
कैलाली
कैलाली ५
प्रेम आले
१६० सुदूरपश्चिम
दार्चुला
दार्चुला १
लक्ष्मणदत्त जोशी
१६१ सुदूरपश्चिम
बैतडी
बैतडी १
परमानन्द भट्ट
१६२ सुदूरपश्चिम
डडेल्धुरा
डडेल्धुरा १
मानसिंह माल
१६३ सुदूरपश्चिम
कञ्चनपुर
कञ्चनपुर १
विना मगर
१६४ सुदूरपश्चिम
कञ्चनपुर
कञ्चनपुर २
माधव पन्त
१६५ सुदूरपश्चिम
कञ्चनपुर
कञ्चनपुर ३
मानबहादुर सुनार

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका १६४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरेको छ।

रास्वपाका तर्फबाट मनाङका अनिल गुरुङको उम्मेदवारी अहिलेसम्म दर्ता भएको छैन । पार्टीका नेता एवं रास्वपाका तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र ८ मा उम्मेदवार विराजभक्त श्रेष्ठले मनाङबाहेक सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता भएको जानकारी दिए।

रास्वपाका मनाङका उम्मेदवारको बाटोमा अलमलका कारण दर्ता छुटेको हुनसक्ने उनले बताए। पार्टीका सहमहामन्त्री एवं दाङ २ बाट उम्मेदवारी दिनुभएका विपिनकुमार आचार्यले कूल उम्मेदवार दर्तामध्ये रास्वपाका तर्फबाट करिब आठ प्रतिशत उम्मेदवार महिला रहेको जानकारी दिए।

झापा निर्वाचन क्षेत्र १ मा निशा डाँगी, झापा २ मा इन्दिरा राना, मोरङ ५ आशा झा, मोरङ ६ मा रुबिना आचार्य, सुनसरी १ मा सरिन (गोमा) तामाङ, कास्की ३ मा बिना गुरुङ, जुम्ला १ मा बिनिता कठायत, हुम्ला १ मा टासी लामा, कैलाली १ मा कोमल ज्ञवाली, धादिङ १ मा आशिका तामाङ, काठमाडौँ १ मा रञ्जु दर्शना, ललितपुर ३ मा तोसिमा कार्की र चितवन ३ मा सोविता गौतमले उम्मेदवारी दर्ता गरेका छन्।

त्यसैगरी सप्तरी १ पुष्पा चौधरी, महोत्तरी ४ बाट गौरीकुमारी यादव र सर्लाही १ बाट नितिमा कार्कीले मनोनयन दर्ता गराएका छन्।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।