२०८३ मंसिर ३ गते बुधबार
२०८३ मंसिर ३ गते बुधबार

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल कुमार शर्माले संविधान दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गरेका छन् ।

उनले संविधानलाई केवल पुस्तकको पानामा सीमित नगरी जनताको मनमा जीवित बनाउन आवश्यक रहेको उल्लेख गरेका छन् ।

शर्माले शुक्रबार फेसबुकमा लेख्दै भनेका छन्- ‘जबसम्म संविधान नागरिकको जीवनस्तरमा न्याय, अवसर र समानताको अनुभूति गराउन सक्दैन, तबसम्म संविधान दिवस औपचारिक चाड मात्र हुनेछ। संविधानलाई पुस्तकको पानामा होइन, जनताको मनमा जीवित बनाउनुपर्छ। संविधान दिवसको शुभकामना’

काठमाडौं । आज संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष पनि विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाइँदैछ।

समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने कार्यक्रम छ। अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने स्थगन भएका छन्।

नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो सङ्घर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो।

मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहेनत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो।

विसं २०७२ असोज ३ गते राति नयाँ बानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तरराष्ट्रिय सम्मेलन केन्द्रबाट तत्कालीन राष्ट्रपति डा।रामवरण यादवले यो संविधानलाई जारी भएको घोषणा गरेका थिए।

संविधान दिवसको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।

काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) ले जेनजी आन्दोलनमा घाइते भइ उपचाररत व्यक्तिहरूसँग अस्पतालले रकम नलिएको स्पष्ट पारेको छ।

अस्पतालले सोमबार विज्ञप्ति प्रकाशित गरी घाइते आन्दोलनकारीसँग रकम लिएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको भन्दै कसैले कुनै शिर्षकमा रकम लिएको भए सक्कल बिल ल्याएर फिर्ता गर्न आग्रह गरेको छ।

अस्पतालले औषधि बाहेक कुनै शुल्क नलिएको बरु बिरामीलाई निशुल्क खाना खुवाएको बताएको छ।

घाइतेका परिवारहरूको उपचारसँग सम्बन्धित कुनै गुनासो भएमा अस्पताल प्रशासनको सम्पर्क नं. ९८०२३३५१३० मा सम्पर्क गर्न पनि अस्पतालले आग्रह गरेको छ। 

भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा सो अस्पतालमा ८१ जना घाइते भर्ना भएकोमा २ जनाको तत्कालै मृत्यु भएको र २२ जना उपचाररत रहेको अस्पतालले जानकारी दिएको छ। 

५७ जना भने डिस्चार्ज भएर घर फर्किसकेका छन्।

मेष : पारिवारिक वातावरणमा अलि भावनात्मक उतारचढाव ल्याउन सक्छ । मातृपक्ष, सवारी वा अचल सम्पत्तिसँग सम्बन्धित विषयमा विचारपूर्वक निर्णय लिनुहोला । आत्मिक स्थायित्व आवश्यक देखिन्छ ।

वृष : साहस, संचार र भाइबहिनीसँग सम्बन्धित गतिविधिमा सफलता दिनेछ । व्यक्तिगत प्रयास, लेखन वा बोलचालमार्फत सम्मान र सन्तोष पाउन सकिनेछ । छोटो यात्रा लाभदायक बन्न सक्छ ।

मिथुन : गोचरले आर्थिक पक्ष, वाणी र पारिवारिक सम्बन्धलाई केन्द्रमा ल्याउनेछ । मितव्ययिता आवश्यक छ, तर आय वृद्धि हुने सम्भावना पनि उत्तिकै छ । बोलीमा मधुरता राख्नु आजको सफलताको लागि कुञ्जी हुनेछ ।

कर्कट : आत्मनिरीक्षण र रहस्यपूर्ण विषयतर्फ झुकाव बढ्नेछ । भावना र विचारबीच द्वन्द्व उत्पन्न हुनसक्छ । मानसिक स्थायीत्व आवश्यक छ । पारिवारिक मामिलामा संवेदनशील दृष्टिकोण अपनाउनु श्रेयस्कर हुनेछ । महत्वपूर्ण निर्णय केही दिन स्थगित गर्नु उपयुक्त हुनेछ ।

सिंह : मानसिक तनाव, खर्च वृद्धि वा निद्रामा अस्थिरता देखिन सक्छ । टाढाको यात्राको योजना बनाउनु परे गम्भीरतापूर्वक सोच विचार गर्नुहोला । एकान्त मनोवृत्तिमा केन्द्रित रहनु, अध्यात्मिक साधनामा समय लगाउनु लाभदायक हुनेछ ।

कन्या : आर्थिक र सामाजिक क्षेत्रमा लाभदायक परिस्थिति ल्याउनेछ । साथीहरू र समूहगत प्रयत्नबाट लाभ प्राप्त हुनेछ । योजनाबद्ध कार्यहरू सफलतापूर्वक अगाडि बढ्नेछन् । आकस्मिक लाभ वा पदोन्नतिको सम्भावना पनि देखिन्छ ।

तुला : पेशागत क्षेत्र र सामाजिक प्रतिष्ठामा उन्नतिको सम्भावना छ । उच्चाधिकारीसँग सहकार्य बढ्नेछ । आफ्नोे जिम्मेवारीप्रति सजग भई कार्य गरेमा महत्वपूर्ण उपलब्धि प्राप्त गर्न सकिनेछ । महत्वाकांक्षा पूर्तिका लागि आजको दिन अनुकूल रहन्छ ।

वृश्चिक : भाग्यको प्रबल साथ मिल्नेछ । धर्म, दर्शन, अध्ययन वा यात्रा सम्बन्धी क्रियाकलाप लाभदायक रहन सक्छन् । पिता वा गुरुजस्तो व्यक्तिसँगको संवाद लाभदायक हुनेछ । जीवनप्रति दृष्टिकोण सकारात्मक हुने दिन हो ।

धनु : मनमा अनावश्यक भय, संशय र अपूर्णताबोध ल्याउन सक्छ । गोप्य रहनुपर्ने विषय वा अन्तरदृष्टिका लागि भने आजको दिन उपयुक्त छ । स्वास्थ्य र मनोदशामा विशेष ध्यान पुर्‍याउनुहोला ।

मकर : वैवाहिक सम्बन्धमा भावना प्रधान हुने सम्भावना छ । सहकार्य र साझेदारी सम्बन्धमा संवेदनशीलता आवश्यक छ । व्यावसायिक साझेदारीमा स्पष्टता र आपसी विश्वास कायम राख्नु आजको प्रमुख आवश्यकता हुनेछ ।

कुम्भ : रोग, शत्रु र ऋण निवारणमा लाभकारी समय छ । संघर्षको समय भए तापनि अन्त्यमा सफलता प्राप्त हुनेछ । स्वास्थ्यको दृष्टिले केही सचेत रहनु आवश्यक छ । कार्यक्षेत्रमा प्रतिस्पर्धीको सामना गरिरहनु पर्नेछ, तर विजयी तपाईं नै बन्नुहुने छ ।

मीन : सन्तानसुख, प्रेम सम्बन्ध, शिक्षा तथा सृजनात्मकतामा ध्यान केन्द्रित हुनेछ । भावना र बुद्धिबीच सन्तुलन आवश्यक छ । भावुक निर्णयभन्दा यथार्थपरक सोचलाई अगाडि बढाउनु उपयुक्त हुनेछ ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकारले बायाँ हात गुमाएकी छन् ।

 

आगलागीबाट गम्भीर घाइते भएकी चित्रकारको कीर्तिपुरस्थित बर्न अस्पतालमा बुधबार अपरेशन गरी बायाँ हातको कुहिनादेखि तलको भाग काटिएको पारिवारिक स्रोतले जनाएको छ ।

भदौ २४ गते घरमै भएको आगलागीमा परेर गम्भीर घाइते भएकी चित्रकारको उपचार बर्न अस्पतालको आइसियुमा भइरहेको छ ।

 

आगोले शरीरका अन्य भागहरू पनि जलेको र संक्रमण फैलन नदिन हात काट्नु परेको चिकित्सकले बताएका छन् ।

चित्रकारको अहिले निमोनिया समेत देखिएको छ । यद्यपि, उनको स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधार हुँदै गएको अस्पताल स्रोतले जनाएको छ ।

आगलागीको कारणबारे भने अनुसन्धान जारी रहेको जनाइएको छ ।

 
 
 
 
 
 

काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडाले सामाजिक सञ्जालमा आएर आलोचकहरुलाई जवाफ दिएकी छन् । आफूलाई ‘नेपो बेबी’ भन्दै गरिएका दुष्प्रचारहरुको उनले तथ्यपरक र तार्किकरुपमा खण्डन गरिन् ।

निकै भावविव्हल देखिएकी श्रृंखलाले मुुलतः आफूले पिताको राजनीतिक हैसियत दुरुपयोग गरेको भन्ने आरोपबारे आफ्नो भनाइ राखेकी थिइन् । आफू एउटा ‘सेल्फ मेड’ व्यक्ति भएको आफ्नै क्षमताबाट यहाँसम्म आइपुगेको उनले बताइन् ।

‘मैले करदाताको पैसा दुरुपयोग गरेको आरोप लगाइएको छ, तर मैले आफूले कमाएको पैसा खर्च गरेर अमेरिकामा पढेको हुँ’, उनले भनिन् ।

श्रृंखलाका अनुसार उनले मिस नेपाल भएपश्चात ब्रान्डहरुबाट मात्रै तीन करोड १२ लाख कमाएकी थिइन् भने हार्वर्डमा पढ्दा एक करोड ४० लाख रुपैयाँ खर्च भएको थियो ।

श्रृंखलाले भनिन्, ‘मिस नेपाल हुनुपूर्व त मेरो जीवनमा कुनै हिसाबको विलासिता (लक्जरी) थिएन । एकदम सामान्य (अर्डिनरी) र साधारण (सिम्पल) जीवन बाँचिरहेकी केटी थिएँ । म पढेका स्कुलहरु, मैले लगाउने लुगाहरु, मेरो लवाइखवाइ सबै हेर्दाखेरि, अहिले पनि इन्स्टाग्राममा खुला छ, कुनै पनि हिसाबको विशेषाधिकार प्राप्त हुर्काइ मेरो थियो जस्तो मलाई लाग्दैन ।’

लाइक र भ्यूजको दौडमा मानवता गुमेको महसुस भएको श्रृंखलाले बताइन् ।

‘आफूभित्रको घृणा र नेपालभरिको फ्रस्टेसनममाथि पोख्नुभयो । कुनै महिलालाई बोक्सीकोउ आरोप लगाएकोभन्दा कम छैन यो’, उनले भनिन्, ‘तपाईंहरुले लगाएका आरोपहरु सबै अनुमानित मात्रै छन्, कुनै पनि प्रुफ छैन । एकपटक आफैंलाई प्रश्न गर्नुस । के लाइक र भ्यूज नै सबैथोक हो ? तपार्इंंहरु लाइक र भ्यूजको दौडमा मानवता गुमाइरहनुभएको छ ।’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले धुलो हेरेर निराश हुने छुट नरहेको भन्दै धुलो टकटक्याएर देश निर्माणमा लाग्न आह्वान गरेका छन् ।

 

संविधान दिवसको अवसरमा भिडियो सन्देश जारी गर्दै उनले यस्तो आह्वान गरेका हुन् । उनले ७० भन्दा बढी युवाहरूको जघन्य हत्याको शोकमा नेपाल रहेको भन्दै २३ गतेको नरसंहार र २४ गतेको विध्वंसले आम सार्वजनिक सेवा नै अस्तव्यस्त भएको बताए । सबैभन्दा उच्च प्राथमिकताका साथ देशव्यापी पुनर्निर्माणमा लाग्नु रहेको बताए ।

२३ र २४ गतेका घटनाहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन आयोग गठन गरी दोषीलाई कारबाहीको दायरमा ल्याउन सरकारसँग माग गरे । जेन–जी आन्दोलनलाई समयमै विवेकपूर्वक सम्बोधन गर्न नसक्दा मुलुक आज निकै तरल अवस्थामा प्रवेश गरेको जिकिर गरे ।

 

उनले भने ‘हामी यतिखेर ७० भन्दा बढी युवाहरूको जघन्य हत्याको शोकमा छौँ । २३ गतेको नरसंहार र २४ गतेको विध्वंसले आम सार्वजनिक सेवा नै अस्तव्यस्त भएको छ । यतिखेर धुलो हेरेर निराश हुने छुट हामीलाई छैन, धुलो टकटक्याएर हामीले निर्माणको क्षमता र इच्छाशक्ति देखाउनु छ । अहिले सबैभन्दा उच्च प्राथमिकताका साथ देशव्यापी पुनर्निर्माणमा लाग्न म सम्पूर्ण पार्टी पंक्ति र जनसमुदायलाई हार्दिक आह्वान गर्दछु । देश र जनताप्रतिको हाम्रो निष्ठा र प्रतिबद्धता पुनर्निर्माणमा देखिनुपर्छ त्यसका साथै २३ र २४ गतेका घटनाहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन आयोग गठन गरी दोषीलाई कारबाहीको दायरमा ल्याउन सरकारसँग माग गर्दछु । जेन–जी आन्दोलनलाई समयमै विवेकपूर्वक सम्बोधन गर्न नसक्दा मुलुक आज निकै तरल अवस्थामा प्रवेश गरेको छ ।’

जेन–जी आन्दोलनको बलमा संसदबाट प्रत्यक्ष निर्वाचित कार्यकारी हुने शासकीय स्वरूपमा जाने गरी तत्काल संविधान संशोधन गर्न सकिने भए पनि त्यस अवसरबाट जेन जी चुकेको बताए । उनले जेन–जी आन्दोलनको उपलब्धि केवल अन्तरिम सरकार र निर्वाचनको घोषणामा सीमित भएको बताए । शासकीय स्वरूप बदल्ने र इतिहास रच्ने मौका गुमेको उनको भनाइ छ ।

उनले भने ‘जेन–जी आन्दोलनको बलमा त्यही संसदबाट प्रत्यक्ष निर्वाचित कार्यकारी हुने शासकीय स्वरूपमा जाने गरी तत्काल संविधान संशोधन गर्न सकिन्थ्यो । देशका अरू आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिन्थ्यो । त्यसपछि बरु संसद विघटनबारे सोच्न सकिन्थ्यो । तर आज जेन–जी आन्दोलनको उपलब्धि केवल अन्तरिम सरकार र निर्वाचनको घोषणामा सीमित भयो, शासकीय स्वरूप नै बदल्ने र इतिहास रच्ने मौका गुम्यो ।’

अध्यक्ष दाहालले देश र जनताविरुद्धका षड्यन्त्र अझै नसकिएको भन्दै अन्तरिम सरकारलाई पनि असफल बनाउने प्रयास सुरु भइसकेको दाबी गरे । चुनाव हुन नदिन र मुलुकलाई थप अस्थिरतातिर लैजान योजनाबद्ध प्रयास हुनसक्ने आशंका व्यक्त गरे । घोषित निर्वाचन समयमै सम्पन्न होस् भन्ने आफूले चाहेको बताए ।

लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र मात्रै भएको जिकिर गरे । पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै उहाँले इतिहासको चिहानमा मिल्काइएकाहरूले युवा पुस्ताको परिवर्तनको चाहनालाई उपयोग गरेर जनताका उपलब्धि उल्ट्याउने प्रयास भइरहेको टिप्पणी गरे ।

उनले भने ‘देश र जनताविरुद्धका षड्यन्त्र सकिएका छैनन् । अन्तरिम सरकारलाई पनि असफल बनाउने प्रयास सुरु भइसकेको छ । चुनाव हुन नदिन र मुलुकलाई थप अस्थिरतातिर लैजान योजनाबद्ध प्रयास हुन सक्छ । हामी घोषित निर्वाचन समयमै सम्पन्न होस् भन्ने चाहन्छौँ । देशभक्त र लोकतन्त्रवादी शक्तिहरूका लागि अबका दिनहरू निरन्तर चुनौतीपूर्ण हुनेछन् । हाम्रो स्पष्ट मत छ, संविधान र लोकतान्त्रिक गणतन्त्र एवं यसका आधारभूत मान्यता भन्दा पछाडि फर्केर हामी समाधानमा होइन, थप संकटमा पुग्छौँ । लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र हो । इतिहासको चिहानमा मिल्काइएकाहरूले युवा पुस्ताको परिवर्तनको चाहनालाई उपयोग गरेर जनताका उपलब्धि उल्ट्याउन चाहेका छन् । त्यसैले अहिले देशले सबै लोकतन्त्रवादी, गणतन्त्रवादी, परिवर्तनप्रेमी शक्तिबीच दह्रो एकता खोजेको छ । संविधान र लोकतन्त्रको रक्षामार्फत राष्ट्रको स्वतन्त्रताको रक्षा गर्नु हामी सबै नेपालीको साझा कर्तव्य हो । यो दिन त्यो कर्तव्यको सङ्कल्प गर्ने दिन हो । संविधान दिवसका अवसरमा म पुन सबैमा हार्दिक शुभकामना ।’

अध्यक्ष दाहालले आन्दोलनका क्रममा भएको सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन लगायतका संरचनामा देशव्यापीरुपमा तोडफोड, लुटपाट र आगजनी विध्वंस जेन जीको काम नभएको बताए । प्रतिगमनकारी र अपराधितत्वहरुको नेपाल र नेपाली जनताविरुद्ध गरिएका प्रहार भएको बताए । देश अहिले इतिहासकै गम्भीर संकटमा परेको उल्लेख गर्दै आफ्नो विवेक सौर्य र बलिदानका कृतिमानबाट हाम्रा पुर्खाहरूले बचाएको नेपालको राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता र नेपाली जनताको आत्मसम्मानमा आज गम्भीर प्रश्न खडा भएको बताए ।

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट बाहिरिएका छन् ।

 

जेनजी आन्दोलनका क्रममा सुरक्षाको लागि नेपाली सेनाले नियन्त्रणमा लिएका ओली लामो समयपछि सार्वजनिक रूपमा बाहिरिएका हुन् ।

गत २४ भदौदेखि सैनिक ब्यारेकमा रहेका ओली बिहिबार बिहान बाहिरिएका हुन् । सुरक्षा स्रोतका अनुसार उनी हाल भक्तपुरको गुण्डुमा सरेका छन् । त्यहाँका लागि ओलीका निम्ति भाडाको घर लिइएको छ ।

 

ओलीको बालकोटस्थित निवास जेनजी आन्दोलनका प्रदर्शनकारीले आगजनी गरेपछि उनी गुण्डु सरेका हुन् । एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतको सक्रियतामा ओलीलाई गुण्डु सारिएको जनाइएको छ ।

स्रोतका अनुसार गुण्डुस्थित घरमा ओलीको आवतजावत गोप्य राखिएको छ र स्थानीयस्तरमा पनि व्यापक सुरक्षा व्यवस्था मिलाइएको छ ।

काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनका क्रममा क्षति पुगेका कम्पनीहरुले धमाधम बिमा दाबी माग गर्न थालेका छन् ।

नेपाल बिमा प्राधिकरणका अनुसार भदौ ३१ गतेसम्म लघुबिमासहितका १८ वटा निर्जीवन बिमा कम्पनीहरुमा २० अर्ब ७० करोड बराबरको १ हजार ९ सय ८४ वटा बिमा दाबी परेको हो ।

जसमा सबैभन्दा धेरै दि ओरियन्टल इन्स्योरेन्समा दाबी परेको छ । सबैभन्दा धेरै क्षति पुगेको भाटभटेनी सुपरस्टोरको बिमा यही इन्स्योरेन्समा भएका कारण पनि अन्यको तुलनामा ओरियन्टलको बिमा दाबी सबैभन्दा धेरै देखिएको हो ।

यो कम्पनीमा कुल ५ अर्ब ४१ करोडबराबरको ४० वटा दाबी माग गरिएको छ । यस्तै दोस्रोमा सिद्धार्थ प्रिमियर रहेको छ । यो कम्पनमिा ४ अर्ब ९३ करोडको २ सय ५८ वटा दाबी पर्दा शिखर इन्स्यारेन्समा २ अर्ब ३९ करोडको ३ सय ६६ वटा दाबी परेको हो ।

योबाहेक आईजीआई प्र्रुडेन्सियल, सगरमाथा लुम्बिनी, हिमालयन एभरेष्ट र नेको इन्स्योरेन्सको १ अर्बमाथिको दाबी पर्दा अन्य ११ वटा बिमा कम्पनीमा भने अर्बभन्दा थोरै मात्र बिमा दाबी परेको छ ।

जेनजी प्रदर्शनमा सरकारी कार्यालयसँगै देशभरका अधिकांश ठूला निजी व्यवसायहरुमा आगजनी गरिएको थियो । जसमा अधिकांश पूर्णरुपमा क्षति पुगेको छ । सरकारी कार्यालयहरुको बिमा नभएको हुँदा कुल २० अर्ब ७० करोडको दाबी निजी क्षेत्रको मात्रै रहेको प्राधिकरणले जनाएको छ ।

खोटाङको दिप्लुङ चुइचुम्मा गाउँपालिका–४ की २७ वर्षीया रेस्मिका सिवा परियारको सोमबार सामूहिक बलात्कारपछि हत्या भएको खुलासा भएको छ।

उनको हत्यामा संलग्न एकजना अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी प्रमुख डिएसपी प्रकाश बुढाथोकीले जानकारी दिए।

प्रारम्भिक अनुसन्धानका आधारमा ५–६ जनाको आपराधिक समूहले सहकारीमा काम सकेर घर फर्किंदै गरेकी रेस्मिकालाई सोमबार साँझ अभियुक्तहरुले बाटोमै नियन्त्रणमा लिएर सामूहिक बलात्कार गरी हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।

हत्यामा संलग्न छिमेकी दिपक सार्की पक्राउ परेका छन् । अभियुक्त दिपकले प्रहरीलाई बयान दिँदै घटनामा संलग्न अन्य अभियुक्तहरूको नामसमेत खुलाएका छन् । प्रहरीले बाँकी अभियुक्तलाई खोजी गर्न थप टोली परिचालन गरेको जनाएको छ।

रेस्मिकाको शवको मुचुल्का संकलन गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टम गरि बुधबार इटहरीको बुढिखोलामा दाह संस्कार गरिएको छ।

डीएसपी बुढाथोकीका अनुसार घटनामा संलग्न सबैलाई छिट्टै पक्राउ गरी कानुनी दायरामा ल्याइनेछ। उनले अपराधीलाई कारबाही नगरेसम्म खोटाङमा प्रहरीको विशेष अपरेशन जारी रहने बताए।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।