२०८३ मंसिर ३ गते बुधबार
२०८३ मंसिर ३ गते बुधबार

खोटाङको दिप्लुङ चुइचुम्मा गाउँपालिका–४ की २७ वर्षीया रेस्मिका सिवा परियारको सोमबार सामूहिक बलात्कारपछि हत्या भएको खुलासा भएको छ।

उनको हत्यामा संलग्न एकजना अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी प्रमुख डिएसपी प्रकाश बुढाथोकीले जानकारी दिए।

प्रारम्भिक अनुसन्धानका आधारमा ५–६ जनाको आपराधिक समूहले सहकारीमा काम सकेर घर फर्किंदै गरेकी रेस्मिकालाई सोमबार साँझ अभियुक्तहरुले बाटोमै नियन्त्रणमा लिएर सामूहिक बलात्कार गरी हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।

हत्यामा संलग्न छिमेकी दिपक सार्की पक्राउ परेका छन् । अभियुक्त दिपकले प्रहरीलाई बयान दिँदै घटनामा संलग्न अन्य अभियुक्तहरूको नामसमेत खुलाएका छन् । प्रहरीले बाँकी अभियुक्तलाई खोजी गर्न थप टोली परिचालन गरेको जनाएको छ।

रेस्मिकाको शवको मुचुल्का संकलन गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टम गरि बुधबार इटहरीको बुढिखोलामा दाह संस्कार गरिएको छ।

डीएसपी बुढाथोकीका अनुसार घटनामा संलग्न सबैलाई छिट्टै पक्राउ गरी कानुनी दायरामा ल्याइनेछ। उनले अपराधीलाई कारबाही नगरेसम्म खोटाङमा प्रहरीको विशेष अपरेशन जारी रहने बताए।

काठमाडौं । दशैँ–तिहारलाई लक्षित गर्दै नेपालकै अग्रणी सोफा तथा गृहसज्जा उत्पादन गर्ने संस्था सोफा हब काठमाडौं ले उपभोक्तालाई आकर्षित गर्ने गरी विशेष योजना सार्वजनिक गरेको छ । कम्पनीले सुरु गरेको ‘दशैँ–तिहार झटका अफर’ मार्फत ग्राहकले विदेश भ्रमणदेखि हात खाली नजाने विभिन्न उपहार पाउने अवसर प्राप्त गर्नेछन् । कम्पनीका अनुसार यस अफरमा सहभागी हुने ग्राहकका लागि विभिन्न आकर्षण छन् ।

सोफा वा अन्य फर्निचरका सामान खरिद गर्ने ग्राहक मध्ये १० जना भाग्यशालीले निःशुल्क थाइल्यान्ड भ्रमण पाउनेछन् भने अरूले हात खालि नजाने उपहार प्राप्त गर्नेछन् । साथै, सबै ग्राहकलाई छुट, ग्यारेन्टी तथा निःशुल्क सेवा सुविधासमेत उपलब्ध गराइनेछ ।

 

थाइल्यान्ड भ्रमणको विशेष अवसर

सोफा हब काठमाडौंले ल्याएको अफर अन्तर्गत १० जना भाग्यशाली ग्राहकलाई चिठ्ठामार्फत थाइल्यान्ड भ्रमण गर्ने अवसर प्रदान गरिनेछ । कम्पनीले यो योजनाले दशैँ–तिहारलाई अझ रमाइलो र स्मरणीय बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरेको छ । थाइल्यान्ड भ्रमणको अवसरलाई कम्पनीले आफ्नो ‘ग्राहकलाई सम्मान गर्ने नीति’ को हिस्सा भनेको छ । गुणस्तरीय उत्पादन खरिदसँगै विदेशी यात्रा गर्ने अवसर पाउनु उपभोक्ताका लागि अभूतपूर्व अनुभव हुने कम्पनीको दाबी छ ।

‘Scratch Card’ मार्फत हात खाली नहुने व्यवस्था

ग्राहकलाई हात खाली नहोस् भन्ने उद्देश्यले यसपालि ‘Scratch Card योजना’ ल्याइएको छ । ३५ हजार रुपैयाँको सोफा खरिद गर्दा सोही मूल्य बराबरको फ्रिज उपहार दिइनेछ । त्यस्तै, Scratch कार्ड मार्फत फ्रिज, बिजुलीको केतली, भात पकाउने भाँडो, हिटर, तातो–चिसो दुवै पानी राख्ने बोतल लगायतका उपहार जित्ने अवसर पनि ग्राहकलाई हुनेछ । यस योजनाले सामान्य खरिदलाई विशेष बनाउन सहयोग गर्ने कम्पनीको भनाइ छ ।

सामाजिक सञ्जालमार्फत सोफा जित्ने मौका

सोफा हब काठमाडौंलाई टिकटक, फेसबुक, इन्स्टाग्राम तथा युट्युब जस्ता सामाजिक सञ्जालमा पछ्याउने मध्य एक जना भाग्यशाली विजेताले रु. ६५ हजार बराबरको सोफा निःशुल्क प्राप्त गर्नेछन् । कम्पनीले यस योजनामार्फत सामाजिक सञ्जालमा आफ्ना ग्राहकसँग अझ नजिक हुने र ग्राहकलाई प्रत्यक्ष लाभ पुर्‍याउने उद्देश्य राखेको जनाएको छ ।

छुट, ग्यारेन्टी तथा अन्य सुविधा

दशैँ–तिहार अवधिभर कम्पनीले ग्राहकलाई थप आकर्षक सुविधा दिने घोषणा गरेको छ । नेपालभर निःशुल्क सामान पुर्‍याउने व्यवस्था सोफा तथा फर्निचरका सामग्रीमा ५० प्रतिशतसम्म छुट खरिद गरिएका उत्पादनमा २० वर्षसम्मको ग्यारेन्टी ग्यारेन्टी अवधिभित्र समस्या देखिएमा सोफा मर्मत वा प्रतिस्थापन सुविधा कम्पनीले लामो समय टिक्ने उत्पादन मात्र नभई खरिदपछि पनि ग्राहकलाई सहज हुने गरी सेवा–सुविधा दिने गरेको दाबी गरेको छ ।

आधिकारिक शाखाबाट मात्र खरिद गर्न आग्रह

हाल सोफा हब काठमाडौंका नेपालभर १० वटा शाखा सञ्चालनमा रहेका छन् । कम्पनीले ग्राहकलाई आधिकारिक शाखाबाट मात्र खरिद गर्न अनुरोध गरेको छ । कम्पनीका अनुसार सबै शाखामा एउटै चिन्ह प्रयोग गरिएको भए पनि चितवन शाखामा भने चिन्ह केही फरक छ । त्यसैले ठगीबाट जोगिन चिन्ह अनिवार्य रूपमा जाँच गर्न आग्रह गरिएको छ ।

यसरी, ग्राहकलाई सजग रहन र आधिकारिक शाखाबाट मात्र खरिद गर्न कम्पनीले निरन्तर सचेतनामूलक सन्देश दिँदै आएको छ। नेपालकै विश्वासिलो ब्रान्ड स्थापना कालदेखि नै गुणस्तरीय सामग्री, दीर्घकालीन टिकाउपन, आधुनिक डिजाइन र उत्कृष्ट ग्राहक सेवाका कारण सोफा हब काठमाडौं उपभोक्तामाझ नेपालकै विश्वासिलो ब्रान्ड बनेको छ ।

देशभर हजारौँ ग्राहकलाई सेवा प्रदान गर्दै आएको यस कम्पनीले उत्पादनमा प्रयोग हुने कच्चा पदार्थदेखि लिएर डिजाइन र मर्मतसम्म उच्चतम मापदण्ड पालना गर्दै आएको जनाएको छ। यसैका आधारमा सोफा हब काठमाडौंले बजारमा आफ्नो स्थान मजबुत बनाएको छ ।

कम्पनीका अनुसार यसपटकको ‘दशैँ–तिहार झटका अफर’ उपभोक्तामुखी योजनामध्ये अहिलेसम्मकै सबैभन्दा ठूलो तथा आकर्षक योजना हो ।

कञ्चनपुर । हिन्दु नेपालीहरूको महान् चाड दसैँ आउन एक साता मात्रै बाँकी छ । यतिबेला दसैँ मनाउनका लागि देश विदेशबाट आफ्नो घर फर्किंदैछन् । सुदूरपश्चिममा भने दसैँको मुखमा काम खोज्दै भारत जानेहरूको लर्को छ ।

विगतमा यस बेलासम्म रोजगारीका लागि भारतमा रहेका नेपालीहरू यहाँको गड्डाचौकी नाका भएर घर फर्किने क्रम बढिसकेको हुन्थ्यो । दैनिक हजारौँको सङ्ख्यामा नेपाली स्वदेश फर्किने यो नाकामा यस पटक फरक भने दृश्य देखिएको छ ।

हाल यस नाकाबाट स्वदेश आउनेभन्दा काम खोज्दै भारत जानेको सङ्ख्या बढी छ । चाडपर्वका बेला विद्यालयमा लामो बिदा हुने भएकाले अभिभावकसँगै बालबालिका पनि भारत गइरहेका देखिन्छन् ।

परिवारसहित काम खोज्दै भारतको हिमाञ्चल प्रदेश जान लागेका डोटीको जोरायल गाउँपालिका–२ का करन थापा मङ्गलबार गड्डाचौकी नाकामा भेटिए ।

‘साँझ–बिहान छाक टार्न समस्या छ, पैसा नभई कसरी दसैँ हुन्छ’, उनले भने, ‘पैसा भयो भने तिहार मनाउन आउँछु । यसपटक घरमा बसेर दसैँ मनाउन पाइएन ।’

थापाले दसैँको समयमा बालबच्चाको विद्यालय बिदा भएका कारण परिवारका सबैजना काम खोज्दै हिमाञ्चलन प्रदेश जान लागेको बताए ।

थापा मात्रै होइन डोटीको बाजिलेकका २५ जनाको परिवार काम खोज्दै भारतको हिमाञ्चल प्रदेश गएका छन् । बाजिलेकका मीनादेवी थापाले स्वदेशमा रोजगारी नपाएपछि श्रीमान्सहित मजदुरीका लागि भारतको सिमला जान लागेको सुनाइन् ।

‘हाल सिमलामा स्याउ टिप्ने काम पाइने भएकाले त्यहाँ जान लागेका हौँ’, उनको भनाइ थियो,‘भारतमा मजदुरी गरेर कमाएको पैसाले तिहार मनाउँछौँ, तिहारमा घर फर्किंन्छौँ ।’

लालाबालासहित काम खोज्दै भारत जान लागेका बाजिलेककै बलबहादुर थापाले दसैँको मुखमा आफूहरू बाध्यताले विदेश जान लागेको बताए । ‘पैसा नभई दसैँ चल्दैन, यहाँ मजदुरी गर्नसमेत नपाइएपछि के गर्नु ! एक महिना मजदुरी गरेर तिहार मनाउन फेरि गाउँ फर्किने सोच छ’, उनले भने ।

गरिबीका कारण परिवार पाल्न मुस्किल भएपछि चाडपर्वको मुखमा सुदूरपश्चिमका नाका भएर दैनिक सयौँ नेपाली रोजगारीका लागि भारत जाने गरेका छन् । कैलालीको बौनियाका कृष्ण सेरलाले विद्यालयको बिदाको समय सदुपयोग गर्न भारत जान लागेको बताए ।

‘बुबाआमा भारतमै रोजगारी गर्नुहुन्छ, विद्यालय बिदा भएपछि म पनि उतै जान लागेको हुँ’, उनले भने ।

भारत सुदूरपश्चिम र कर्णाली प्रदेशका मानिसहरूका लागि रोजगारी प्रमुख गन्तव्य हो ।

काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायव उपरीक्षक (डीएसपी) हरूको सरुवा भएको छ ।

प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले ‘जेनजी आन्दोलन’ पश्चात् संगठनभित्र व्यापक हेरफेर गर्दै ९० जना डीएसपी र ४८ जना एसपीको एकसाथ सरुवा गरेका हुन् ।

सरुवा हुने अधिकारीहरूमा काठमाडौँ उपत्यकाका विभिन्न वृत्त, जिल्ला प्रहरी कार्यालयहरू र अन्य महत्त्वपूर्ण एकाइका प्रमुख तथा इन्चार्जहरू समावेश छन् ।  केही जिल्ला, इलाका र वृत्तहरूमा नेतृत्व परिवर्तन भएको छ ।

प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सूची अनुसार, सरुवा भएका डीएसपी र एसपीहरूलाई यथाशीघ्र नयाँ जिम्मेवारी सम्हाल्न निर्देशन दिइएको छ । यस व्यापक सरुवाले प्रहरी संगठनमा नयाँ ऊर्जा प्रवाह हुने र जनतामा प्रहरी प्रतिको विश्वास अभिवृद्धि हुने विश्वास गरिएको छ ।

 

डीएसपी को कहाँ ?

       

एसपी को कहाँ ?

     

मेष : मातृसुख, घरपरिवार वा अचल सम्पत्तिमा चासो ल्याउनेछ । अत्यधिक भावुकता वा घरपरिवारमा मनोवैज्ञानिक चापको सम्भावना देखिन्छ । पारिवारिक सन्तुलन र धैर्य कायम राख्नु उपयुक्त हुनेछ ।

वृष : सञ्चार, लेखन, भाइबहिनी सम्बन्ध, साहस र सृजनात्मक क्षमतामा वृद्धि गर्नेछ । छोटो दूरीको यात्रा वा महत्वपूर्ण संवादका माध्यमबाट लाभ प्राप्त हुने दिन हो ।

मिथुन : पारिवारिक सुख, आहार-विहार, वाणी माधुर्य र सम्पत्तिमा केन्द्रित तुल्याउँछ । आजको दिन आत्मीयता र मितव्ययिता दुवै अपनाउनु लाभदायक हुनेछ । आर्थिक निर्णयमा सोचविचार गरेर अघि बढ्नु उपयुक्त हुनेछ ।

कर्कट : आत्मविश्लेषण, भावुकता र संवेदनशीलताको वृत्ति बढ्नेछ । गृहस्थ सुख, आत्मीय सम्बन्ध र मनोबलमा विशेष प्रभाव देखिनेछ । महत्त्वपूर्ण निर्णयहरूमा स्थायित्व र परिपक्वता आवश्यक हुनेछ । आत्मिक शान्तिको लागि ध्यान वा ध्यानगर्भी क्रियाकलाप लाभदायक बन्न सक्छ ।

सिंह : मानसिक थकान, खर्चको अधिकता वा टाढाको यात्रा सम्भावित छ । गोप्य योजना वा अध्यात्मिक अभ्यासमा मन जाने सम्भावना छ । अनावश्यक चिन्ताबाट बच्न ध्यानाकर्षण केन्द्रित गर्नुहोला ।

कन्या : सामाजिक क्षेत्रमा सम्मान, आर्थिक लाभ र योजनागत सफलता दिनेछ । पुराना सम्पर्कहरू सक्रिय हुनेछन् । साथीभाइ वा समर्पित सहयोगीहरूबाट लाभ मिल्ने सम्भावना छ । आजको दिनले पुरस्कार, सम्मान वा पदोन्नतिको अवसर ल्याउन सक्छ ।

तुला : कार्यक्षेत्रमा विशेष व्यस्तता रहनेछ । कर्तव्यबोध, उत्तरदायित्व र नेतृत्व क्षमताको परिक्षा हुने दिन हो । वरिष्ठ व्यक्तित्वको सहयोग र सल्लाहले सफलता प्राप्त हुनसक्छ । योजनाबद्ध कार्यले दीर्घकालीन लाभ दिलाउने सम्भावना देखिन्छ ।

वृश्चिक : आध्यात्मिक चिन्तन, धार्मिक क्रियाकलाप तथा यात्राको सम्भावना छ । गुरु वा ज्येष्ठ व्यक्तिहरूसँगको संवाद लाभदायक हुनेछ । भाग्य वृद्धि तथा नयाँ ज्ञान प्राप्तिको सम्भावना प्रबल रहन्छ ।

धनु : मानसिक अशान्ति, पारिवारिक गोप्यता वा स्वास्थ्यसंग सम्बन्धित विषयमा सचेत रहनुपर्ला । गहिरो अनुसन्धान, तपस्या वा आत्मचिन्तनमा समय दिनु उपयुक्त हुने छ । अनावश्यक वादविवादबाट जोगिनु श्रेयस्कर हुनेछ ।

मकर : साझेदारी, दाम्पत्य सम्बन्ध वा सार्वजनिक जीवनमा स्थिरता ल्याउने प्रयास सफल हुनेछ । व्यावहारिक दृष्टिकोण र भावनात्मक समझदारीद्वारा सम्बन्धहरू मजबुत पार्न सकिने दिन हो ।

कुम्भ : प्रतिस्पर्धा, रोग वा ऋणसम्बन्धी विषयहरूमा सफलता दिलाउने योग छ । आलोचकहरूको प्रभाव कम हुनेछ, कामप्रति लगाव र परिश्रमको प्रतिफल पाउन सकिनेछ । स्वास्थ्यप्रति ध्यान दिनु श्रेयस्कर हुनेछ ।

मीन : सन्तान सुख, शिक्षा तथा प्रेम सम्बन्धी विषयहरूमा ध्यान केन्द्रित हुनेछ । भावनात्मक निर्णयमा विवेक प्रयोग गर्न आवश्यक देखिन्छ । सिर्जनात्मक कार्य वा कलात्मक प्रयासमा सफलता प्राप्त हुनसक्छ ।

काठमाडौँ । जनमत पार्टीभित्र नेतृत्वको शैलीप्रति असन्तुष्टि चुलिँदै गएको छ । पार्टीका अध्यक्ष डा. सीके राउतलाई पार्टीकै शीर्ष तहका नेताहरूले २४ घन्टाभित्र राजीनामा दिन अल्टिमेटम दिएका छन् ।

 

पार्टीका उपाध्यक्ष अब्दुल खनासहित प्रवक्ता डा. शरद सिंह यादव, युवा संघका संयोजक संजयकुमार यादव, स्वास्थ्यकर्मी संघका सीके सिंह, सुदूरपश्चिम इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद् सदस्य विक्रमबहादुर बमले संयुक्त विज्ञप्ति जारी गर्दै अध्यक्ष राउतलाई स्वेच्छिक रूपमा पदबाट हट्न आग्रह गरेका हुन् ।

विज्ञप्तिमा पार्टी नेतृत्वको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाइएको छ । ‘देशको राजनीतिक, सामाजिक तथा प्रशासनिक प्रणालीमा व्यापक शुद्धीकरण आवश्यक छ । पार्टीभित्र पनि सोही अनुरूप समीक्षा अपरिहार्य भएको अवस्था छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

नेताहरुले अध्यक्ष राउतको कमजोर कार्यशैली, निर्णय प्रक्रियामा पारदर्शिताको अभाव, तथा जनभावनासँग विमुख गतिविधिहरुले पार्टीको मूल उद्देश्यबाट पार्टीलाई विचलित बनाएको आरोप लगाएका छन् । उनीहरूको दाबी अनुसार, हालको नेतृत्वमा पार्टी आफ्नो विचार र मार्गदर्शनअनुसार अघि बढ्न असफल भइरहेको छ ।

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटपाट भएको खुलासा भएको छ । जेन जी आन्दोलनकाक्रममा बैंकको नयाँ बानेश्वर शाखाबाट नगद र सुन लुटपाट भएको हो ।

संसद् भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट ३७३८ करोड बराबरको नगद र सुन लुटिएको नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले खुलासा गरेका हुन् । गभर्नर पौडेलले एक पडकास्टमा बोल्दै करोडौँको नगद र सुन चोरी भएको जानकारी दिएका हुन् ।

उक्त पडकास्टमा बोल्दै गभर्नर पौडेलले भनेका छन्, ‘एक ठाउँमा सिरियस लुटपाट भएको छ । संसद् भवनमा रहेको राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटिएको छ ।’

जेनजी प्रदर्शनका क्रममा राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट करिब ३८ करोड रुपैयाँ हाराहारीमा लुटपाट भएको उनले जानकारी दिएका छन् । यसबारे बैंकको सिसिटिभी हेरेर अनुसन्धान भइरहेको समेत गभर्नर पौडेलले जानकारी दिएका छन् ।

आन्दोलनकाक्रममा पेमेन्ट सिस्टमहरू कायम रहोस् भन्ने राष्ट्र बैंकको ध्यान रहेको समेत उनले बताएका छन् । त्यसबेला पेमेन्ट सिस्टमहरू बचाई राख्नका लागि समग्र बैंकिङ क्षेत्र तैनाथ रहेको समेत गभर्नर पौडेलले जानकारी दिएका छन् ।

आन्दोलनकाक्रममा ६८ वटा बैंकहरुको शाखा कार्यालयहरूमा आक्रमण भएका थिए । ६९ वटा एटिएममा केही असर परेको छ । त्यसबाहेक बैंकिङ प्रणालीका सिस्टमहरू सबै ठिक रहेको गभर्नर पौडेलको भनाई छ ।

काठमाडौं । हामी नेपालका संयोजक तथा जेनजीका नेता सुदन गुरुङमाथि आक्रमणको प्रयास भएको छ ।

उनलाई मोटरसाइकल र गाडी प्रयोग गरेर लखेटिएको गुरुङले पुष्टि गरेका छन् । गुरुङका अनुसार रानीबारीदेखि बानेश्वरसम्म पल्सर मोटरसाइकलमा सवार व्यक्तिहरूले उनलाई पछ्याउँदै आएका थिए ।

‘बीचमै दुई वटा गाडी पनि थपिएर पच्छ्याउन थाले,’ उनले भने, ‘सिनामंगलको गल्लीगल्लीमा समेत खोजिरहेका थिए रे, बानेश्वरसम्म लखेटे । ती को हुन् भन्नेचाहिँ थाहा भएन तर मार्ने उद्देश्यले नै आएका जस्ता देखिन्थे ।’

घटना लगत्तै आफू सुरक्षित स्थानमा पुगेको बताउँदै गुरुङले हाल आफ्नो अवस्थिति खुलाउन चाहेनन् । ‘म अहिले कहाँ छु भनेर भन्न चाहन्न, तर म सुरक्षित छु,’ उनले भने ।

यसबारे प्रहरीसँग सम्पर्क गरिए/नगरेको वा उजुरी दर्ता भएको/नभएको विषयमा भने उनले केही खुलाएका छैनन् ।

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी प्रदर्शनका क्रममा सिंहदरबार परिसरमा जलाइएका सवारीसाधनलाई अन्यत्र लगी व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।

 

जलेका सवारीसाधनका कारण सिंहदरबार परिसर कुरुप देखिएकाले तिनलाई त्यहाँबाट हटाएर अन्यत्र लगी व्यवस्थापन गर्न उनले आज निर्देशन दिएको मन्त्री घिसिङको सचिवालयले जनाएको छ ।

‘कार्यालयलाई थोत्रो देखाएर राख्नुभएन, भित्री भागमा काम गर्दै गरौँला तर बाहिरी भागलाई कुरुप हुन दिनुभएन, यथासक्य छिटो राम्रो बनाऔँ । क्षति पुगेका सवारीसाधन यत्रतत्र छरिएर सिंहदरबार परिसर कुरुप देखिएको छ, अब सकारात्मक सन्देश दिन पनि तिनीहरुलाई तत्काल हटाएर व्यवस्थापन गरौँ ।’ मन्त्री घिसिङले भनेका छन् ।

 

उनले विनासबाट हामी उठ्यौँ भन्ने सन्देश दिन सामान्य अगलागी मात्र भएका भवनका बाहिर भागमा रङरोगन गर्ने, मन्त्रालय तथा कार्यालय परिसरमा आगलागीबाट क्षति भएका सवारीसाधन तुरुन्त हटाउने र क्षतिको मूल्याङ्कन तत्काल गर्ने काममा जुट्न निर्देशन दिए ।

मन्त्री घिसिङले ‘हाम्रा संरचना हामी आफैँ बनाऔँ’ अभियानमार्फत सरकार, स्वदेश तथा विदेशमा रहेका नेपालीबाट सहयोग सङ्कलन गरी पुनर्निर्माण सुरु गरिने स्पष्ट गरे ।

सहरी विकास मन्त्रालयले मातहतका संरचनमा पुगेको क्षति यकिन गर्न कार्यदल गठन गरी काम सुरु गरिसकेको जनाएको छ ।

काठमाडौं । सडक डिभिजन काठमाडौंले आजदेखि पहुँचका आधारमा राखिएका ज्यालादारी कर्मचारीहरूलाई बिदा दिने भएको छ । सार्वजनिक कार्यालयलाई जनताप्रति जवाफदेही र पारदर्शी बनाउने उद्देश्यले पहुँचका आधारमा राखिएका कर्मचारीहरूलाई बिदा दिने घोषणा गरिएको हो ।

 

डिभिजन प्रमुख सुबोधकुमार देवकोटाकाअनुसार उनीहरुलाई बिदा गर्दा मासिक १५ लाख रुपैयाँ राज्यकोषमा बचत हुनेछ । ‘हामीले सार्वजनिक कार्यालयलाई जनताको नासोको रूपमा जवाफदेही र पारदर्शी बनाउने निर्णय गरेका छौं,’ उनले भने, ‘ आज (असोज १ गते)बाटै लागु हुने गरी पहुँचका आधारमा अनावश्यक रूपमा रहेका ज्यालादारी कर्मचारीहरूलाई बिदा दिइएको छ, जसबाट मासिक १५ लाख राज्यकोषमा बचत हुन्छ ।’

यसका साथै, डिभिजनले ‘खाल्डाखुल्डीरहित काठमाडौं’ अभियान सञ्चालन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ । आगामी दुई दिनभित्र काठमाडौंभित्रका सडकमा रहेका खाल्डाखुल्डीहरूको यकिन विवरण संकलन गरी तीन सिफ्टमा काम गरेर पुर्ने योजना बनाइएको छ । ‘हामी खाल्डाखुल्डीरहित काठमाडौं बनाउँदैछौं। यसका लागि अभियान नै सञ्चालन गर्छौं । तत्काल कति खाल्डाखुल्डी छन्, त्यसको यकिन दुई दिनभित्र गर्छौं । बिहान, दिउँसो र रातिसमेत गरेर व्यवस्थित तरिकाले काम गर्नेछौं,’ देवकोटाले थपे, ‘यसका अतिरिक्त हामीले छुट्टै हेल्पलाइन खडा गरी गुनासो सुन्ने पनि तयारी गरेका छौं । उक्त गुनासो तत्काल सम्बोधन गरी त्यसबारे पनि जानकारी दिइनेछ ।’

 

सडक डिभिजन काठमाडौंले पूर्वाधारको गुणस्तर सुनिश्चितताका लागि पनि महत्वपूर्ण कदम चालेको छ । डिभिजनमातहत रहेको इन्जिनियरिङ प्रयोगशालालाई अपग्रेड गरी व्यवस्थित गर्ने निर्णय गरिएको छ । आफ्नै प्रयोगशाला उपयोगमा ल्याई गुणस्तर परीक्षण गर्ने र उपलब्ध नभएका परीक्षण प्रणाली पुल्चोक इन्जिनियरिङ क्याम्पसमार्फत् गर्ने तर निजीमा नलैजाने निर्णय भएको छ ।

सडक सुरक्षालाई पनि प्राथमिकतामा राखिएको छ। ट्राफिक संकेत चिह्नहरूको मर्मत सम्भार, रोड मार्किङ र जेब्रा क्रसिङका लागि तत्काल बोलपत्र आह्वान गर्ने निर्णय भएको देवकोटाले बताए । 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।