२०८३ बैशाख १७ गते बिहीबार
२०८३ बैशाख १७ गते बिहीबार

पूर्वराजा ज्ञानेन्द्रलाई ‘नजरबन्द’को हल्ला के हो ?

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई सरकारले अघोषित नजरबन्दमा राखेको चर्चालाई निर्मल निवासले खण्डन गरेको छ । पूर्वराजाका संवाद सचिव फणिराज पाठकले यस खबरमा सत्यता नरहेको स्पष्ट पारेका छन् ।

सामाजिक सञ्जालमा आज पूर्वराजालाई नजरबन्दमा राखिएको भन्दै अफवाह फैलिएको थियो । त्यसमा प्रतिक्रिया जनाउँदै पाठकले फेसबुकमार्फत प्रष्ट पारेका हुन् । ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवलाई निर्मल निवासमा नजरबन्द गरिएको भन्ने केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा आइरहेको खबरमा कुनै सत्यता नरहेको जानकारी गराउन चाहन्छु ’ उनले लेखेका छन् ।

यता पूर्वराजा ज्ञानेन्द्र शाह वा उनी पक्षका कोही पनि व्यक्तिलाई नजरबन्दमा राख्ने कुनै तयारी नभएको केन्द्रीय प्रहरी प्रवक्ताले स्वष्ट पारेका छन् । प्रहरी प्रवक्ता एसएसपी रमेश थापाले भने, ‘यी सबै हावादारी कुरा हुन्, कसैलाई नजरबन्द गर्ने कुरा छैन ।’

प्रहरी प्रवक्ता थापाका अनुसार प्रहरीले सबैको गतिविधिलाई सूक्ष्म रुपमा निगरानी गर्ने कुरा सामान्य हो, तर कोही कसैलाई नियन्त्रणमा लिने जस्ता कुराको कुनै योजन वा नीति छैन । ‘विशिष्ट व्यक्तिहरुको सुरक्षा र उहाँहरूको गतिविधिबारे हामी नियमित जानकारीमा हुन्छौं, तर पूर्वराजाबारे चलेको हल्ला सत्य होइन’, उनले भने ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।