२०८२ आश्विन ५ गते आईतवार
२०८२ आश्विन ५ गते आईतवार

फिफाले हटायो एन्फामाथिको आर्थिक बन्देज

काठमाडौँ । विश्व फुटबल महासंघ (फिफा) ले नेपालमाथि लगाएको कन्ट्रोल फन्डिङ अर्थात् कोष नियन्त्रणको बन्देज हटाएको छ ।

चार वर्षपछि गएको बिहीवार फिफाको गभर्नेन्स, अडिट एन्ड कम्प्लायन्स कमिटी (जीएसीसी) को बैठकले नेपालमाथि लगाइएको बन्देज हटाएको एन्फाले जानकारी दिएको छ ।

एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको नेतृत्वमा कार्यरत कार्यसमितिको आर्थिक पारदर्शिता र सुशासनमाथि विश्वास गर्दै फिफाले बन्देजात्मक प्रणाली हटेको व्यहोराको पत्र पठाएको छ । फिफाको पछिल्लो निर्णयसँगै अब एन्फाले स्वतन्त्र रूपमा फिफाको आर्थिक सहयोग उपयोग गर्न सक्ने भएको छ ।

एन्फाले फिफाको निर्णयलाई नेतृत्वको प्रतिबद्धताको सफल कार्यान्वयनको रूपमा व्याख्या गरेको छ । आर्थिक अपारदर्शिता र भ्रष्टचारको आशंका गर्दै फिफाले सन् २०२१ मार्च १५ तारिखमा अखिल नेपाल फुटबल संघ (एन्फा) माथि ‘कन्ट्रोल फन्डिङ’ लागू गरेको थियो ।

जसअन्तर्गत फिफाले एन्फालाई दिँदै आएको आर्थिक सहयोगलाई आफ्नो नियन्त्रणमा राखेर नियमन गरी खर्च गर्न दिन्थ्यो । एन्फाले आज विज्ञप्ति निकालेर संस्था सुधार र पारदर्शिता कायम गर्ने लक्ष्यका साथ थालिएको यात्रा सकारात्मक मोडमा आइपुगेको जनाएको छ । फिफाले आर्थिक बन्देज हटाएसँगै एन्फाले अब ग्रासरुट फुटबल, स्कूलस्तरीय प्रतियोगिता, उमेर समूह प्रतियोगिता, महिला तथा पुरुष लिगहरू, प्रेसिडेन्ट लिग, ए डिभिजन लिग लगायतका प्रतियोगिता समयमै सञ्चालन गर्ने योजना बनाएको जनाएको छ ।

काठमाडौंमा प्रस्तावित रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले सहयोगको प्रतिबद्धता जनाएको उल्लेख गर्दै एन्फाले आभार प्रकट गरेको छ । निकट भविष्यमा आफ्नै रंगशाला निर्माणको कार्य अघि बढाउने भन्दै एन्फाले आर्थिक पारदर्शिता र सुशासन कायम गर्दै फिफा तथा एएफसीको विश्वास जित्दै जाने प्रतिवद्धता दोहोर्‍याएको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।