२०८३ बैशाख १८ गते शुक्रबार
२०८३ बैशाख १८ गते शुक्रबार

साइबर क्राइमको मुद्धामा दुर्गा प्रसाईँले पाए सफाइ

काठमाडौं । साइबर क्राइमको अपराधमा दुर्गा प्रसाईँले सफाइ पाएका छन् । रास्वपाकी नेत्री ज्वाला सङ्ग्रौलाले दिएको उजुरीका आधारमा दायर मुद्दामा प्रसाईँले सफाइ पाएका हुन् ।

काठमाडौैं जिल्ला अदालतले गत असार ३२ गते नै सफाइ दिएको हो । प्रसाईँसँगै पत्रकारद्वय प्रकाशचन्द्र दाहाल र जीवन पाण्डेले समेत सफाइ पाएका छन् ।

व्यक्तिगत चरित्रहत्या हुने किसिमले अभिव्यक्ति दिएको भन्दै रास्वपा नेतृ ज्वाला सङ्ग्रौलाले अभिव्यक्ति दिने दुर्गा प्रसाद प्रसाईँ र प्रसारण गर्ने पत्रकारद्वय प्रकाशचन्द्र दाहाल र जीवन पाण्डेविरुद्ध साइबर क्राइमको अपराधमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा साइबर ब्युरोले गत असोज ६ गते प्रसाईँलाई पक्राउ गरी असोज १४ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।

असोज १५ गते बयान भई थुनछेक हुँदा प्रसाईँसँग धरौटी माग गर्ने आदेश दिएको थियो । त्यसपछि धरौटी बुझाएर रिहा भएका प्रसाईँको मुद्दा गत असार ३२ गते न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले सफाइ दिएको हो ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।