२०८३ बैशाख १८ गते शुक्रबार
२०८३ बैशाख १८ गते शुक्रबार

रास्वपाकाे प्रश्न- मन्त्रीको राजीनामा भ्रष्टाचार अपराधबाट मुक्ति पाउने गंगास्नान हो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आसिम साहले भ्रष्टाचार आरोप लागेका मन्त्रीहरूले राजीनामा दिने बित्तिकै छानिबन गर्न नपर्ने हो भन्दै प्रश्न गरेका छन् । आज (सोमबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

उनले भने, ‘यो कस्तो नयाँ परम्परा हो । भ्रष्टाचारको अडियो बाहिरियो, घुस मागेको प्रमाण आयो अनि राजीनामा दिएपछि सबै पाप पखालियो । राजीनामा भनेको भ्रष्टाचार को अपराधबाट मुक्ति पाउने गंगास्नान पो भएछ । तत्कालीन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिनुभयो । छानबिनको फाइल बन्द भयो । अनि त्यही अडियोमा नाम सुनिएका अर्का मन्त्री र पूर्व मन्त्रीलाई अदृष्य शक्तिको संरक्षण दिएको छ । के उहाँको लागि अर्कै कानुन छ । छानबिन गर्नु पर्दैन ।’

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।