२०८२ आश्विन ३० गते बिहीबार
२०८२ आश्विन ३० गते बिहीबार

केपी ओलीविरूद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद अभिषेक प्रताप शाहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएका छन् ।

शाहले कपिलवस्तु जिल्ला प्रशासन कार्यालयमार्फत प्रहरी वृत्त नयाँ बानेश्वर, काठमाडौंमा जाहेरी दर्ता गराएका हुन् । जेनजी समूहले गरेको प्रदर्शनमा गोली चलाउने आदेश तत्कालीन प्रधानमन्त्री ओलीले दिएका कारण धेरै युवाले ज्यान गुमाएको भन्दै शाहले जाहेरी दिएका हुन् ।

शाहले शनिबार कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी (सीडीओ) दिलकुमार तामाङलाई जाहेरी पत्र बुझाएका थिए । सीडीओ तामाङले उक्त जाहेरी सम्बन्धित निकायमा पु¥याउने बताए ।

 

जाहेरीपत्रमा ओलीको आदेशपछि गोली चलाउँदा १७ देखि ४५ वर्ष उमेर समूहका १०–१५ भन्दा बढी युवाको मृत्यु भएको र धेरै घाइते भएको उल्लेख छ । मृत्यु भएका मध्ये सुलभ राज श्रेष्ठ, यम चौलागाईं, बुद्धि तामाङ, मिसल सारू मगर, पारुहाङ उतमल राई, योगेन्द्र न्यौपाने, विनोद महर्जन, दिल नारायण तामाङ, प्रविन कुलुङ, उमेश महत, निता गौतम, सौरभ किशोर श्रेष्ठ, सुवास बोहरा र नीरज पन्त लगायतको नाम समावेश गरिएको छ ।

यता प्रहरी वृत्त बानेश्वरले भने हाल उक्त उजुरी दर्ता गर्ने अवस्था नरहेको जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार, “वृत्तमा जाहेरी दर्ता गर्ने ठाउँ छैन, अहिले कुनै पनि वृत्तमा उजुरी दर्ता हुने अवस्था छैन, हामी व्यवस्थापनमै छौं ।”

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।