२०८३ जेष्ठ १६ गते शनिबार
२०८३ जेष्ठ १६ गते शनिबार

सुनको मूल्य २ लाख ६० हजार नाघ्यो, चाँदीमा नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्यमा बढोत्तरी भएको छ । विशेषगरी चाँदीको भाउले ऐतिहासिक रेकर्ड कायम गरेको छ भने सुनको मूल्य पनि आफ्नो उच्च बिन्दु नजिक पुगेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पाँचौं दिन बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँ निर्धारण गरिएको छ । यो मूल्य अघिल्लो दिन (बुधबार) को तुलनामा ७ सय रुपैयाँले बढी हो । बुधबार बजारमा सुन प्रतितोला २ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

गत सोमबार मात्रै सुनको भाउले हालसम्मकै उच्च बिन्दु (प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ) छोएको थियो । आजको मूल्य सो ऐतिहासिक रेकर्डभन्दा मात्र ३ सय रुपैयाँले कम हो ।

 

यस्तै, चाँदीको भाउले भने बिहीबार नयाँ कीर्तिमान कायम गरेको छ । अघिल्लो दिनको तुलनामा २५ रुपैयाँले बढेर चाँदी प्रतितोला ४ हजार ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ५५ रुपैयाँमा खरिद–बिक्री भएको थियो । पछिल्लो दुई दिनयता चाँदीले लगातार उच्च मूल्यको रेकर्ड बनाइरहेको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।