२०८२ फाल्गुन २७ गते बुधबार
२०८२ फाल्गुन २७ गते बुधबार

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वमाथि हात हाले देश ठप्प पार्ने चेतावनी दिएका छन् ।

बिहीबार पार्टी शपथग्रहण लगत्तै पार्टी कार्यकर्तालाई काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो चेतावनी दिएका हुन् ।

उनले पार्टी नेतृत्वमाथि भौतिक आक्रमण गर्ने पञ्चायतकालीन कूकर्मको थालनी गरिएको उल्लेख गर्दै आन्दोलनको लागि तयार रहन पार्टी कार्यकर्तालाई निर्देशन समेत दिए । उनले सुशीला कार्की नेतृत्वको सरकार ढाल्नुपर्ने भन्दै त्यसका लागि देशभरबाट तयारीमा रहन पार्टी कार्यकर्तालाई निर्देशन समेत दिए ।

उनले भने ‘नेकपा (एमाले) को नेतृत्वमाथि प्रचारको हल्लाले भएन । अब भौतिक हमलाद्वारा आक्रमण गर्ने अथवा जाली मुद्दा लगाउने पञ्चायतकालीन कुकर्महरूको फेरी थालनी गर्ने हल्ला मच्चाइएको छ । यो मिडिया ट्रायल यथार्थ हल्ला हुन सक्दछ । म तपाईँहरूलाई भन्न चाहन्छु एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्दछ । यो सरकार ढल्नुपर्दछ । ढालिनेछ यो सरकार । यसका निम्ति नेकपा (एमाले)ले देशभरिबाट तयारी हालतमा बस्नुपर्दछ । संसारमा केही महँगो पर्थ्यो भने एमालेलाई छुनु महँगो पर्नेछ । यो कुराको लागि हामीले कुराले होइन कामले तयार हुनुपर्दछ । गरेर देखाउनुपर्दछ ।’

उनले एमाले नेतृत्वमाथि जाइलाग्नु संसारकै सबैभन्दा महँगो पर्ने चेतावनी समेत दिए ।

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भोलि (शुक्रबार) मात्रै छुट्ने भएका छन्।

जिल्ला अदालत रुपन्देहीबाट छुटपूर्जी लिनुपर्ने भएकाले शुक्रबारमात्रै रिहा हुने पार्टीका सचिवालय सदस्य दीपक बोहोराले जानकारी दिए। उनका अनुसार शुक्रबार लामिछानेलाई भैरहवा जिल्ला अदालतमा लगिनेछ।

उनी रिहा हुने खबरपछि थुप्रै समर्थकहरू नख्खु कारागार पुगेका थिए।

सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका उनलाई अदालतका न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले बिगो बराबर धरौटी माग गरेर छाड्न आदेश दिएको हो।

बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि साउन २६ गते जिल्ला अदालतका रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले रिहा गर्न अस्वीकार गरेको थियो।

जिल्लाको आदेश बदर गरी पुर्पक्षका लागि तारेखमा राख्न पाउँ भनी उच्चमा निवेदन दर्ता भएको थियो।

काठमाडौं। सरकारले जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले बयान लगायत प्रतिवेदनका काम नसकिएकाले आयोगको म्याद एक महिना थप्ने निर्णय गरेको हो ।

रास्वपा सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका उनलाई उच्च अदालत बुटवलका न्यायाधीश बाबुदेव आचार्य र तेज नारायण पौडेलको संयुक्त इजलासले बिहीबार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

रविलाई २ करोड ६८ लाख रुपैयाँ जमानतवापत राख्न र त्यो राखेमा थुनामुक्त गर्न आदेश दिएको हो ।

काठमाडौँ । सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तिव्रता दिएको छ ।

जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अपाङ्गताको अवस्था तथा गाम्भीर्यताको आधारमा आर्थिक सहायता तथा जीवन निर्वाह उपलब्ध गराउन तयार पारिएको कार्यविधिलाई नेपाल सरकार मन्त्रिपरिषद्ले मङ्सिर २२ गते स्वीकृत गरे सँगै घाइतेको वर्गीकरणले तिव्रता पाएको हो ।

 

कार्यविधिअनुसार घाइते भएका व्यक्तिको अपाङ्गताको आधारमा वर्गीकरण गर्न स्वास्थ्य मन्त्रालयको सहसचिवको संयोजकत्वमा प्राविधिक समिति रहने र उक्त समितिले घाइते लाई साधारण, मध्यम, गम्भीर र अति गम्भीर घाइते वर्गीकरण गर्ने व्यवस्था गरेको छ ।

वर्गीकरण भएका घाइतेमध्ये, गम्भीरले मासिक ९,००० हजार रुपियाँ र अति गम्भीर घाइतेले मासिक जीविकोपार्जन भत्ताबापत मासिक १८ हजार रुपियाँ पाउने व्यवस्था गरिएको छ । यस्तै कार्यविधि अनुसार मध्यम प्रकृतिका घाइतेले मासिक ४,००० रुपियाँ भत्ता पाउने व्यवस्था कार्यविधिमा छ ।

 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको संयोजकत्वमा भइरहेको घाइते वर्गीकरण हालसम्म (मङ्सिर २९ सम्म) तीन जिल्लाका (काठमाडौँ, कास्की र चितवन) १८३ जनाको सम्पन्न भएको छ । वर्गीकरण मध्ये कुल १८ जना अति गम्भीर घाइते, ५५ जना गम्भीर, ४० जना मध्यम घाइते र ७० जना सामान्य घाइतेको रूपमा वर्गीकरण भएका छन् ।

वर्गीकरण मध्ये, काठमाडौँमा कुल १६९ घाइतेको वर्गीकरण भएको मध्ये, १६ जना अति गम्भीर घाइते, ५२ जना गम्भीर घाइते, ३७ जना मध्यम घाइते र ६४ जना सामान्य घाइतेमा वर्गीकरणमा परेका छन् ।

यस्तै, कास्की जिल्लामा हालसम्ममा ७ जना घाइतेहरू वर्गीकृत भएका मध्येमा, अति गम्भीरमा दुई जना, गम्भीरमा तीन जना, मध्यममा शून्य र सामान्यमा दुई जना घाइतेहरू वर्गीकरणमा भएका छन् ।

यसै गरी, चितवनमा कुल ७ जना घाइतेहरूको वर्गीकरण भएकोमा अति गम्भीर र गम्भीरमा कोही पनि वर्गीकरणमा नपरेको र मध्यम र सामान्यमा क्रमशः तीन र चार जना वर्गीकृत भएका छन् ।

गृहमन्त्री ओमप्रकाश अर्यालको तदारुकता र जेनजी घाइतेहरूको जनभावना अनुरूप घाइतेहरूको वर्गीकरणका लागि मन्त्रालयले सम्बद्ध निकायलाई घाइतेहरूको वर्गीकरणको कार्यलाई तीव्रता दिन निर्देशन भए बमोजिम हाल वर्गीकरणको कार्य तीव्र गतिमा अघि बढाइएको वर्गीकरण सहजीकरण समितिले जनाएको छ ।

विभिन्न अस्पतालहरूबाट स्वास्थ्य मन्त्रालयमा आएको घाइतेहरूको विवरण अनुसार देशभर घाइतेहरूको कुल सङ्ख्या २,५२२ रहेका छन्। सामान्य घाइतेले कुनै पनि त्यस्तो नगद राहत पाउने व्यवस्था कार्यविधिमा गरिएको छैन।

मन्त्रिपरिषद्को यही मङ्सिर २२ गते बसेको बैठकले पारित गरेको ‘जेनजी प्रदर्शनमा घाइते भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउने सम्बन्धी कार्यविधि-२०८२ ‘ को दफा ८ अन्तर्गत घाइतेलाई मासिक जीविकोपार्जन भत्ता प्रदान गर्ने बाटो खुलेको थियो । जसमा अति गम्भीर घाइतेले नौ हजार रुपियाँ र निजको हेरचाह गर्ने व्यक्तलाई थप ९ हजार रुपियाँ गरी कुल १८ हजार रुपियाँ उपलब्ध गराइने छ ।

कार्यविधिकै उपदफा २ को (१) बमोजिम निर्वाह भत्ता सम्बन्धी व्यवस्था महँगीका आधारमा पुनरावलोकन गर्न सकिने कार्यविधिमा उल्लेख छ ।

काठमाडौँ । काठमाडौँ उपमहानगरकी उपमेयर सुनिता डंगोल नेकपा एमालेको केन्द्रीय सदस्यमा निर्वाचित भएकी छिन्।

एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदानमा उनले राजधानी विशेष कलस्टर अन्तर्गत ४० वर्षमुनिको युवामा भारी मत ल्याएर विजयी भएकी हुन्।

डंगोलले १६६८ मत प्राप्त गरिन्। तर, यो कलस्टरमा उनका प्रतिस्पर्धीहरू निकै पछि परेका छन्। एक जना मात्रै निर्वाचित हुने यो कलस्टरमा सन्तोष खड्का र राजन थापा निकटतम प्रतिस्पर्धी बने।

खड्काले ३३० मत मात्रै ल्याए भने थापाले त्यो भन्दा कम २२९ मत प्राप्त गरेका छन्।

काठमाडौँ । सरकार र जेन जेडबीच भएको १० बुँदे सम्झौताविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

गत मंसिर २४ गते प्रधानमन्त्री सुशीला कार्की र जेन जेड प्रतिनिधिबीच भएको सम्झौतामा संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा बुधबार रिट दर्ता भएको हो।

अधिवक्ताहरू सुदिप भण्डारी, रोहित ओझा, सरोज कटेल तथा कानुनका विद्यार्थीहरू आयुष बडाल, प्रविण पौडेल र स्मृति अधिकारी लगायतले उक्त सम्झौता संविधान विपरीत भएको भन्दै रिट दायर गरेका हुन्। उक्त रिटको पेसी शुक्रबारका लागि तोकिएको छ।

अन्तरिम सरकारले दीर्घकालीन र दूरगामी असर पार्ने राजनीतिक तथा संरचनात्मक सम्झौता गर्ने अधिकार नरहेको उनीहरूको रिटमा जिकिर गरिएको छ।

आन्दोलनको नाममा संविधानको सीमा मिचेर अस्थिरतातर्फ मुलुकलाई धकेलेको पनि रिटमा भनिएको छ।

त्यसैगरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता संवैधानिक निकायको क्षेत्राधिकारसँग बाझ्ने गरी कुनै नयाँ आयोग गठन गर्ने प्रावधान संविधानको आत्मा विपरीत र अधिकार क्षेत्र अतिक्रमण गर्ने खालको भएको दाबी पनि रिट निवेदनमा गरिएको छ।

रिटमा उक्त १० बुँदे सम्झौता तथा त्यसका आधारमा राजपत्रमा प्रकाशित सूचनालाई असंवैधानिक ठहर गरी बदर गर्न उत्प्रेषणको आदेश माग गरेको छ।

सम्झौताका प्रावधानहरू कार्यान्वयन भएमा राज्य संरचना र संवैधानिक अभ्यासमा दीर्घकालीन क्षति पुग्ने भएकाले अन्तिम फैसला नआएसम्म यस्ता कार्य नगर्न सरकारलाई रोक लगाउन अन्तरिम आदेशको माग समेत गरिएको छ।

काठमाडौँ । नेकपा (एमाले)को १९ सदस्यीय पदाधिकारीमा एक जना मात्रै महिला निर्वाचित भएका छन्।

एमाले केन्द्रीय निर्वाचन आयोगले बिहीबार सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार, सचिवमा पद्मा अर्याल निर्वाचित भएकी हुन्। उनले १ हजार ५३० मत पाइन्।

एमाले सचिवमा २० जनाले प्रतिस्पर्धा गरेका थिए। जसमा अर्याल दोस्रो नम्बरमा रहँदै सचिव निर्वाचित भएकी हुन्।

सचिवमा तीन जना महिलाले प्रतिस्पर्धा गरेका थिए। रचना खड्का र पेम्बा लामा पराजित भए। खड्काले ८७७ र पेम्बाले ४९३ मत पाइन्। एमाले सचिवमा १ हजार १०८ मत पाउनेसम्मका नौ उम्मेदवार निर्वाचित भएका छन्।

काठमाडौं।  नेकपा एमालेको चुनावी मत परिणाम आएको छ। प्यानलगत प्रतिस्पर्धामा अधिकांश अध्यक्ष केपी ओली पक्षका उम्मेदवार विजयी भएका छन्। महासचिवमा कडा प्रतिस्पर्धा भए पनि संस्थापन पक्षका शंकर पोखरेलले दुई सयभन्दा बढी मतले विजयी भएका छन्।

यसैगरी पार्टी पदाधिकारीमा उपाध्यक्षमा पृथ्वी सुब्बा गुरुङले १७३७ मत, विष्णुप्रसाद पौडेलले १६७५ मत, रामबहादुर थापाले १५१६ मत, गोकर्णराज विष्टले १३६८ मत र रघुजी पन्त १२५८ मतका साथ विजयी भएका हुन्।

त्यसैगरी, उपमहासचिवमा लेखराज भट्टले १४५२ मत, रघुवीर महासेठले १३६८ मत र योगेश भट्टराई १३४८ मततका साथ विजयी भएका छन्।

त्यसैगरी, सचिव महेश बस्नेतले १५४४ मत, छविलाल विश्वकर्माले १५०६ मत, पद्माकुमारी अर्यालले १५३० मत , शेरधन राईले १५०३ मत , हिक्मतकुमार कार्कीले १३३७ मत , खगराज अधिकारीले १३३१ मत, यमलाल कँडेलले ११८५ मत, राजन भट्टराईले ११८१ मत र भानुभक्त ढकाल ११०८ मतका साथ विजयी भएका हुन्।

यस्तो बन्यो पदाधिकारी टिम

अध्यक्ष : केपी शर्मा ओली

उपाध्यक्ष : पृथ्वी सुब्बा गुरुङ, बिष्णु पौडेल, रामबहादुर थापा बादल, गोकर्ण विष्ट, रघुजी पन्त

महासचिव : शंकर पोखरेल

उपमहासचिव
लेखराज भट्ट

रघुवीर महासेठ

योगेश भट्टराई

सचिव
महेश बस्नेत

पद्माकुमारी अर्याल

छविलाल विश्वकर्मा

शेरधन राई

हिक्मत कुमार कार्की

खगराज अधिकारी

यामलाल कँडेल

राजन भट्टराई

भानुभक्त ढकाल

काठमाडौँ । नेकपा एमालेको महासचिवमा शंकर पोखरेल निर्वाचित भएका छन् ।

 

काठमाडौँमा सम्पन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा पोखरेल महासचिवमा निर्वाचित भएका हुन् ।

उनले अर्को उम्मेदवार सुरेन्द्र पाण्डेलाई पराजित गरे । पोखरेलले १२ सय २८ मत पाए भने अर्को उम्मेदवार सुरेन्द्र पाण्डेले ९९९ मत पाए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।