२०८३ कार्तिक १७ गते सोमबार
२०८३ कार्तिक १७ गते सोमबार

मन्त्री घिसिङले भने- सय दिनमा १ सय १ काम सम्पन्न गरियो

भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास तथा जलस्रोत, उर्जा र सिंचाइ मन्त्री कुलमान घिसिङले आफ्नो सयदिने कार्यकालमा १ सय १ वटा काम सम्पन्न गरेको दाबी गरेका छन्।

बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री घिसिङले आफूले सम्हालेका तीनवटै मन्त्रालयमा जनमुखी सेवा प्रवाहलाई प्राथमिकता दिँदै उल्लेखनीय काम सम्पन्न गरिएको बताए।

उनका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत ३६, शहरी विकास मन्त्रालयअन्तर्गत ३३ तथा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गत ३१ वटा प्रमुख काम सय दिनभित्र सम्पन्न भएका छन्।

मन्त्री घिसिङले आफूलाई ‘सेवक’को भूमिकामा राख्दै जेन–जीको मागअनुसार निस्वार्थ ढंगले काम गरिरहेको दाबी गरे। उनले आगामी दिनमा पनि सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।