२०८३ कार्तिक १६ गते आईतवार
२०८३ कार्तिक १६ गते आईतवार

तृतराज बने एनपीएलमा अर्धशतक हिर्काउने छैटौं खेलाडी

 जनकपुर बोल्ट्सका तृतराज दास राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा अर्धशतक हिर्काउने छैटौं खेलाडी बनेका छन् ।

तृतले पोखरा एभेन्जर्सविरूद्धको खेलमा ५१ बलमा ५० रन पूरा गरे। उनको अर्धशतकमा ६ चौका र १ छक्का सामेल छन् ।

 यसअघि जारी प्रतियोगितामा पाँचौ अर्धशतक हिर्काउने खेलाडीमा कर्णाली याक्सका कप्तान सोमपाल कामी बनेका थिए । उनले विराटनगर किङ्सकाविरूद्ध २७ बलमा अर्धशतक पूरा गरेका हुन् ।

यस्तै कर्णालीकैविरूद्ध विराटनगरका किङ्सका लोकेश बमले ३२ बलमा अर्धशतक हिर्काएका थिए । जारी एनपीएलमा लोकेश अर्धशतक हिर्काउने चौथो खेलाडी बने ।

प्रतियोगिताको तेस्रो अर्धशतक जनकपुर बोल्ट्सका मोइन अलीको नाममा छ । अलीले काठमाडौं गोर्खाजकाविरूद्ध ४९ बलमा अर्धशतक पूरा गरेका थिए । 

यसअघि एनपीएलको दोस्रो अर्धशतक सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीको नाममा छ । ऐरीले पोखरा एभेन्जर्सकाविरूद्ध ३६ बलमै अर्धशतक पूरा गरेका थिए ।  जारी एनपीएलको पहिलो अर्धशतक भने चितवन राइनोजका डेभिड मलानको नाममा छ । मलानले विराटनगर किङ्ग्सका विरुद्ध ४१ बलमै अर्धशतक हिर्काएका थिए ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।