२०८३ बैशाख २९ गते मंगलवार
२०८३ बैशाख २९ गते मंगलवार

नि:शुल्क कलेज पढ्ने अवसर : तक्षशिला एकेडेमी कलेजले दिँदैछ १००% छात्रवृत्ति

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (SEE) को नतिजा सार्वजनिक भएसँगै विद्यार्थीहरू यतिबेला उच्च शिक्षाका लागि कलेज रोज्ने तयारीमा छन् । यही अवसरमा काठमाडौंको सामाखुसीस्थित चर्चित शैक्षिक संस्था तक्षशिला एकेडेमी कलेजले विद्यार्थीहरूका लागि विशेष राहत प्याकेजसहित भर्ना अभियान सुरु गरेको छ । सामाजिक सञ्जालमा समेत निकै चर्चामा रहेको यस कलेजले एसईई उत्तीर्ण विद्यार्थीहरूलाई लक्षित गर्दै धमाधम भर्ना लिन थालेको हो ।

काठमाडौं उपत्यकाभित्रै सबैभन्दा सस्तो र सुलभ शुल्क संरचना रहेको दाबी गर्ने तक्षशिलाले जेहेन्दार विद्यार्थीहरूका लागि स्वर्ण अवसर प्रदान गरेको छ । कलेजले सार्वजनिक गरेको योजना अनुसार ४ जिपिए (4.0 GPA) ल्याउने विद्यार्थीहरूले शतप्रतिशत (१००%) छात्रवृत्तिमा पढ्न पाउनेछन् । यो योजना अनुसार विद्यार्थीले कलेजमा कुनै पनि शुल्क नतिरी पूर्ण रूपमा नि:शुल्क अध्ययन गर्न पाउने कलेज प्रशासनले जनाएको छ । ४ जिपिए बाहेकका अन्य विद्यार्थीहरूले पनि उनीहरूले प्राप्त गरेको जिपिए (GPA) को आधारमा विशेष छात्रवृत्ति पाउने सुनिश्चित गरिएको छ ।

हाल कलेजले विज्ञान (Science), व्यवस्थापन (Management), मानविकी (Humanities) र कानुन (Law) संकायमा भर्ना खुला गरेको छ । आधुनिक शिक्षण पद्धति र अनुभवी प्राध्यापकहरूका कारण चर्चामा रहेको यो कलेजले विद्यार्थीको शैक्षिक गुणस्तर र अनुशासनलाई उच्च प्राथमिकतामा राख्दै आएको छ । काठमाडौंको सामाखुसी, टोखा रोड (खरीबोट) मा अवस्थित यो कलेजमा हाल नयाँ भर्ना हुने विद्यार्थीहरूको निकै उत्साहजनक सहभागिता देखिएको छ ।

आफ्नो भविष्यलाई उज्ज्वल बनाउन र सुलभ शुल्कमा गुणस्तरीय शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूले समयमै कलेज भ्रमण गरी भर्ना प्रक्रिया अगाडि बढाउन सक्नेछन् । थप जानकारी वा परामर्शका लागि कलेजको कार्यालयमा सिधै सम्पर्क गर्न वा फोन नम्बरहरू ९८५१०३४९४५ र ०१-४९५४२६९ मा सम्पर्क गरी बुझ्न सकिने कलेजले जनाएको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।