नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा स्थानीय तहका जनप्रतिनिधिहरूको उल्लेख्य सहभागिता भएको छ।

नगरपालिका संघका अध्यक्ष भीम ढुंगाना, गोकर्णेश्वरका मेयर दीपक रिसाल, कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की, मध्यपुर थिमिका मेयर सुरेन्द्र श्रेष्ठ, चाँगुनारायणका मेयर जीवन खत्री र रामेछापका मेयर लबश्री न्यौपाने सहित विभिन्न नगरपालिका र गाउँपालिकाका प्रमुखहरू महाधिवेशन प्रतिनिधि बनेका छन्।
उनीहरूले स्थानीय तहका समस्या, विकास र जनताका मुद्दालाई पार्टीको केन्द्रीय नेतृत्वसम्म पुर्याउँदै नीति निर्माणमा स्थानीय आवाज समेट्न भूमिका खेल्ने बताएका छन्। साथै, केन्द्रीय समितिलाई सहयोग गर्दै केन्द्रीय समितिमा आफूहरुको पनि सहभागिता हुने गरी महाधिवेशनमा सक्रिय सहभागिता जनाउने उनीहरूको भनाइ छ।












