गृहमन्त्री सुधन गुरुङ बिम्स्टेकको गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन भारत प्रस्थान गरेका छन् ।

गृहमन्त्री गुरुङ सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँदिल्लीका लागि प्रस्थान गरेका हुन् ।
मंगलबार नयाँदिल्लीमा बिम्स्टेकको गृहमन्त्रीस्तरीय बैठक बस्दैछ । उक्त बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत गएका हुन् ।

बिम्स्टेक सदस्य राष्ट्रहरूबीच क्षेत्रीय सहकार्य, सुरक्षा तथा आपसी समन्वयका विषयमा छलफल हुने बैठकमा गृहमन्त्री गुरुङ सहभागी हुनेछन् ।











