विद्या भण्डारी दोहोर्‍याएर राष्ट्रपति बन्न पाउने

0
1369

मंसिर २६,काठमाडौं । आम निर्वाचन सम्पन्न भएलगत्तै अब मुलुकमा नयाँ राष्ट्रपति को बन्ला भन्ने चासो सुरु भएको छ । नयाँ राष्ट्रपतिको चयन संघीय संसदका सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुने संविधानको धारा ६२ मा व्यवस्था छ ।

संविधानको धारा ६४ मा राष्ट्रपतिको योग्यताबारे उल्लेख छ । जसअनुसार राष्ट्रपति हुनका लागि संघीय संसदको सदस्य हुन योग्य भएको, ४५ वर्ष पूरा भएको र कानूनले अयोग्य नठहर्‍याएको व्यक्ति हुनुपर्ने छ ।

सोही धाराको उपधारा २ ले कुनै पनि व्यक्ति दुई कार्यकालसम्म राष्ट्रपति हुन पाउने बाटो खोलेको छ । सो उपधारामा भनिएको छ- ‘दुईपटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार हुन सक्ने छैन ।’

संविधानको यो प्रावधानले कुनै पनि व्यक्तिलाई दुई कार्यकालसम्म राष्ट्रपति बन्न पाउने सुविधा दिएको छ । यसअर्थमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः एकपटक राष्ट्रपति हुन संविधानले छेक्दैन ।

डा. रामवरण यादव ०६५ साल साउन ८ मा राष्ट्रपति बनेका थिए । उनी ०७२ साल कात्तिकसम्म पदमा रहे । अर्थात उनले ७ वर्षसम्म राष्ट्रपति चलाए ।

अन्तरिम संविधानले नयाँ संविधान बनुञ्जेलसम्म राष्ट्रपतिको पदावधि कायम रहने भनेको थियो । ०६४ सालको संविधानसभा विघटन भएपछि ०७० मा अर्को संविधानसभाको चुनाव भयो । तर, दोस्रो संविधानसभाको कार्यकालमा पनि राष्ट्रपति यादव नै कायम रहे । त्यसपछि ०७२ सालमा नयाँ संविधान बनेपछि मात्रै यादवलाई विद्या भण्डारीले ‘रिप्लेस’ गरिन् ।