२०८३ कार्तिक १० गते सोमबार
२०८३ कार्तिक १० गते सोमबार

आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्तिविरुद्ध विरोध

राष्ट्रिय जेनजी नागरिक अभियानले आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको भन्दै सोमबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।

नागरिकता र सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा उठेका प्रश्नहरूको निष्पक्ष छानबिन गर्न तथा नियुक्तिको कानुनी आधार र औचित्य सार्वजनिक गर्न माग गर्दै अभियानले विरोध प्रदर्शन गरेको हो ।

विरोध प्रदर्शनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय जेनजी नागरिक अभियानका संयोजक सुनिल सिंहले उक्त कार्यक्रम सरकारको ध्यानाकर्षण गराउन गरिएको सांकेतिक विरोध भएको बताए ।

उनले सरकारले विवादित निर्णयहरू सच्याउनुपर्नेमा जोड दिँदै आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय तत्काल खारेज गर्न माग गरे ।

‘यो आन्दोलनभन्दा पनि सरकारलाई गराइएको सांकेतिक ध्यानाकर्षण हो । सरकारले गरेका विवादित निर्णयबाट पछि हटेन भने आन्दोलन कस्तो हुन्छ भन्ने कुरा पछि देखाउँछौँ,’ सिंहले भने ।

सरकारले आफूखुसी निर्णय गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताउँदै सिंहले नियुक्तिसम्बन्धी निर्णयप्रति अभियानको गम्भीर आपत्ति रहेको उल्लेख गरे ।

उनका अनुसार उक्त नियुक्ति खारेज हुनुपर्ने माग राष्ट्रिय जेनजी नागरिक अभियानको मात्र नभई विरोध कार्यक्रममा सहभागी अन्य व्यक्तिहरूको समेत रहेको छ ।

अभियानले नियुक्तिसम्बन्धी विवादको निष्पक्ष छानबिन गरी निर्णयको कानुनी आधार र औचित्य स्पष्ट पार्न सरकारसँग माग गरेको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।