२०८३ कार्तिक १० गते सोमबार
२०८३ कार्तिक १० गते सोमबार

एनओसी विवादले कर्णालीका फरहान पाकिस्तान फर्किदै

नेपाल प्रिमियर लिग (एनपीएल) का लागि कर्णाली याक्समा आबद्ध पाकिस्तानी क्रिकेटर साहिबजादा फरहान स्वदेश फर्किने भएका छन्। पाकिस्तानको राष्ट्रिय टोलीमा स्थान बनाएपछि उनी एनपीएल बीचमै छाडेर पाकिस्तान जान लागेका हुन्।

कर्णाली याक्सका अनुसार श्रीलंकाविरुद्ध हुने एकदिवसीय अन्तर्राष्ट्रिय खेलका लागि पाकिस्तानले फरहानलाई टोलीमा बोलाएको हो। राष्ट्रिय टोलीको जिम्मेवारी पूरा गरेपछि उनी पुनः कर्णालीमा फर्किने सम्भावना रहेको छ।

कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले अक्टोबर ३१ मा पाकिस्तानको खेल सकिएपछि फरहान एनपीएल खेल्न नेपाल फर्किन सक्ने बताए। उनी अनुपस्थित रहने अवधिका लागि अर्को खेलाडी टोलीमा समावेश गर्ने तयारी भइरहेको घिमिरेको भनाइ छ।

यसैबीच, पाकिस्तानी खेलाडीलाई एनपीएल खेलाउन आवश्यक अनापत्ति प्रमाणपत्र (एनओसी) को विषयमा पनि समस्या देखिएको कर्णालीले जनाएको छ। घिमिरेका अनुसार पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले नेपाल आइसकेका पाकिस्तानी खेलाडीका लागि एनओसीबापत थप २५ हजार अमेरिकी डलर मागेको छ।

खेलाडी नेपाल आइसकेपछि थप रकम मागिएको भन्दै कर्णालीले असन्तुष्टि जनाएको छ। नेपाली क्रिकेटको स्तर उकास्न र प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाउन विदेशी खेलाडी भित्र्याइएको अवस्थामा अन्तिम समयमा यस्तो माग आउनु निराशाजनक भएको घिमिरेले बताए।

यद्यपि, यस विषयलाई पाकिस्तानसँगको क्रिकेट सम्बन्धमा असर पर्ने गरी अघि बढाउन नहुने कर्णालीको धारणा छ। आगामी दिनमा पनि पाकिस्तानी खेलाडीको आवश्यकता पर्न सक्ने भएकाले आपसी सम्बन्ध कायम राख्दै समाधान खोज्नुपर्ने घिमिरेले बताएका छन्।

कर्णाली याक्सले फरहानसँगै पाकिस्तानका अलराउन्डर हुसेन तलातलाई पनि यस संस्करणको एनपीएलका लागि अनुबन्ध गरेको छ। फरहान राष्ट्रिय टोलीको जिम्मेवारीका लागि स्वदेश फर्किने भएपछि उनको अनुपस्थितिमा अर्को विदेशी खेलाडी ल्याउने तयारी कर्णालीले अघि बढाएको छ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।