२०८३ कार्तिक २० गते बिहीबार
२०८३ कार्तिक २० गते बिहीबार

पक्राउ पर्ने हल्लाबीच गगनको चुनौती– ‘एक सुका पनि चलखेल भएको प्रमाणित गरेर देखाउनुस्’

नेपाली कांग्रेसका सभापति गगन थापाले आफू कमजोर नैतिक धरातलमा नउभिएको प्रतिक्रिया दिएका छन्।

पार्टीको विशेष महाधिवेशनमा पैसाको चलखेल गरेको अडियोसँगै पक्राउ पर्नसक्ने हल्लाबीच उनले सरकारका गलत कदमविरुद्ध बोल्दा आफूविरुद्ध प्रायोजित हल्ला फैलाएको भन्दै यसले आफूलाई कमजोर पार्न नसक्ने दाबी गरेका छन्।

बिहीबार अपराह्न सामाजिक सञ्जालमा भिडियो सन्देश राखेर उनले उनले इनम सापकोटाको भनिएको अडियोमा आफू र पार्टीको आधिकारिकता र विशेष महाधिवेशनबारे अनर्गल प्रचार गरेको भन्दै आपत्ति जनाए। उनले आफू जस्तोसुकै अनुसन्धानका लागि तयार रहेको बताए।

थापाले आफूविरुद्ध हल्ला फैलाइएजस्तै विशेष महाधिवेशनमा पैसाको चलखेल नभएको दाबी उनले गरे। उनले विशेष महाधिवेशन युवा पुस्ताको विद्रोहको परिणाम भएको दाबी गरे। युवाको विद्रोहमा आफूहरू मिसिएको मात्र उनले दाबी गरे ‘रुपैयाँ मात्र नभई एक सुका पनि आर्थिक चलखेल भएको प्रमाणित गरेर देखाउनुस्’, उनले चुनौती दिए।

थापाले अहिले मात्र नभई अहिलेको भन्दा बढी बलियो सरकार रहेका वेला पनि लडेको र आफ्नै पार्टीको सरकार भएका वेला पनि आवाज उठाएको दाबी गरे। लोकतान्त्रिक संस्थालाई कमजोर पार्ने कुरामा चुप लागेर नबस्ने प्रतिक्रिया दिए।

थापाले अरु नेताहरूसँगको भेटलाई आफू हतोत्साहित भएको वा डराएको रूपमा नबुझ्न चेतावनी दिए। उनले आफू डराउने ‘जिनिस’ नै नभएको बताए। सही काममा सरकारलाई सहयोग गर्ने भन्दै उनले गलत कामका विरुद्ध आवाज उठाउँदा परेको बेहोर्न तयार रहेको प्रतिक्रिया दिए।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।