२०८३ कार्तिक २० गते बिहीबार
२०८३ कार्तिक २० गते बिहीबार

लिखुतामाकोशीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, १ हजार ३११ जनाले लिए सेवा

रामेछाप । काठमाडौं मेडिकल कलेज (केएमसी) को प्राविधिक सहयोग तथा रामेछापको लिखुतामाकोशी गाउँपालिकाको आयोजनामा गाउँपालिका–५ स्थित धोबीबजारमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। शिविरबाट १ हजार ३ सय ११ जना स्थानीयले स्वास्थ्य सेवा लिएका छन्।

ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ चिकित्सकबाट आफ्नै गाउँमा स्वास्थ्य परीक्षण र उपचार सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको हो। आर्थिक अभाव तथा भौगोलिक विकटताका कारण गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई लक्षित गरी शिविर सञ्चालन गरिएको आयोजकले जनाएको छ।

शिविरमा सामान्य स्वास्थ्य परीक्षणका अतिरिक्त ईसीजी, भिडियो एक्सरे, इको, प्रयोगशाला परीक्षण तथा दन्त उपचार सेवा प्रदान गरिएको थियो। शिविरमा ८४ जनाको ईसीजी, १ सय ४७ जनाको भिडियो एक्सरे र ८१ जनाको प्रयोगशाला परीक्षण गरिएको थियो।

त्यस्तै, ७७ जनाको इको परीक्षण गरिएको थियो भने १९ जनाको दाँत निकालिएको थियो। स्वास्थ्य परीक्षणका क्रममा थप उपचार आवश्यक देखिएका २७ जनालाई थप उपचारका लागि रिफर गरिएको छ।

गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा पाएपछि स्थानीय बासिन्दाले राहत महसुस गरेका छन्। यस्ता शिविरले सामान्य उपचारका लागि समेत टाढा जानुपर्ने बाध्यता कम गर्नुका साथै समयमै रोग पहिचान र उपचारमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

केएमसीले पछिल्लो समय काठमाडौं उपत्यकाबाहिरका विभिन्न जिल्ला तथा ग्रामीण क्षेत्रमा स्थानीय तहसँग सहकार्य गरेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ। शिविरबाट पहिचान भएका जटिल समस्या भएका तथा थप उपचार आवश्यक पर्ने बिरामीलाई काठमाडौं मेडिकल कलेजमा उपचारको व्यवस्था मिलाउँदै आएको छ।

केएमसीका सञ्चालक तथा नेपाली कांग्रेसका नेता डा. सुनीलकुमार शर्माले आर्थिक अभावकै कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले निःशुल्क उपचार अभियानलाई प्राथमिकता दिँदै आएका छन्। उनले काठमाडौं मेडिकल कलेज र विराटनगरस्थित नोबेल मेडिकल कलेजमार्फत विपन्न तथा असहाय बिरामीलाई छुटदेखि निःशुल्क उपचार र शल्यक्रियासम्मको व्यवस्था गर्दै आएका छन्।

डा. शर्माले आर्थिक अभावका कारण उपचार गर्न नसक्ने एक हजार बिरामीको गम्भीर रोगको शल्यक्रिया निःशुल्क गर्ने घोषणा पनि गरेका छन्। उनको पहलमा विभिन्न जिल्लाका विपन्न बिरामीलाई अस्पतालसम्म ल्याउने, उपचार गर्ने र आवश्यकताअनुसार शल्यक्रियासमेत निःशुल्क गरिँदै आएको छ।

ट्रेन्डिङ

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।