२०८३ कार्तिक २० गते बिहीबार
२०८३ कार्तिक २० गते बिहीबार

सर्वोच्चमा किन दर्ता भएन दानबहादुर कार्कीको रिट ?

निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफूलाई गैरकानुनी रूपमा पदबाट हटाइएको दाबीसहित सर्वोच्च अदालतमा पेस गरेको रिट निवेदन बिहीबार दर्ता हुन सकेन। सर्वोच्च अदालतका कर्मचारीहरूले निवेदन अध्ययनकै क्रममा रहेकाले दर्ता गर्न नसकिएको जानकारी कार्कीका कानुन व्यवसायीलाई दिएका छन्।

कार्कीका कानुन व्यवसायीहरू बिहीबार रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका थिए। तर अदालतका कर्मचारीहरूले निवेदन अध्ययन गर्न बाँकी रहेको भन्दै तत्काल दर्ता नगरेका हुन्।

सर्वोच्च अदालतमा निवेदन दर्ता भएपछि सामान्यतया भोलिपल्ट प्रारम्भिक सुनुवाइका लागि पेसी तोक्ने प्रचलन छ। तर बिहीबार निवेदन दर्ता हुन नसकेपछि शुक्रबार दर्ता भए पनि तत्काल सुनुवाइ हुने सम्भावना छैन। शुक्रबारपछि तिहार बिदा सुरु हुने भएकाले रिटमाथि प्रारम्भिक सुनुवाइ तिहारपछि मात्रै हुने देखिएको छ।

सरकारले प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट कार्कीलाई हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ। मन्त्रिपरिषद्को उक्त निर्णयविरुद्ध कार्कीले आफूलाई गैरकानुनी रूपमा पदमुक्त गरिएको दाबीसहित सर्वोच्च अदालतको ढोका ढकढक्याएका हुन्।

ट्रेन्डिङ

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।