२०८३ कार्तिक २० गते बिहीबार
२०८३ कार्तिक २० गते बिहीबार

एनपीएल : विराटनगरलाई ९ विकेटले हराउँदै काठमाडौँ गोर्खाजको दोस्रो जित

नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गोर्खाजले विराटनगर किङ्समाथि ९ विकेटको सानदार जित निकालेको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगर १८.३ ओभरमा ८३ रनमै अलआउट भयो । रुपेश सिंहले सर्वाधिक २६ र एन्जेलो म्याथ्युजले २२ रन जोडे पनि अन्य ब्याटर चल्न सकेनन्। आन्द्रे रसेल ३ र लोकेश बम ६ रनमा आउट भए भने तीन ब्याटरले खातासमेत खोल्न सकेनन्। काठमाडौंका सन्तोष यादवले ३ र सहन आरच्चिगेले २ विकेट लिए ।

८४ रनको सामान्य लक्ष्य काठमाडौँले ९.४ ओभरमै १ विकेट गुमाएर भेट्टायो । अस्ट्रेलियन ब्याटरद्वय डेभिड वार्नर ४४ र विलियम बोसिस्टो २३ रनमा अविजित रहँदै टोलीलाई सहज जित दिलाए। यो जितसँगै काठमाडौँले ३ खेलमा दोस्रो जित निकालेको छ भने विराटनगरको यो तेस्रो हार हो ।

ट्रेन्डिङ

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।