२०८३ कार्तिक २५ गते मंगलवार
२०८३ कार्तिक २५ गते मंगलवार

जलवायु मुद्दामा विश्वका १०० प्रभावशाली व्यक्तित्वमा अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सन् २०२६ का विश्वका १०० प्रभावशाली जलवायु नेताहरूको सूचीमा परेका छन्। अमेरिकी पत्रिका ‘टाइम’ले सार्वजनिक गरेको ‘टाइम १०० क्लाइमेट’ सूचीमा वाग्ले समेटिएका हुन्।

नेपालमा जलवायु परिवर्तनका कारण उत्पन्न जोखिम र त्यसबाट भएको क्षतिबारे अन्तर्राष्ट्रियस्तरमा आवाज उठाउँदै आएका वाग्लेले जलवायु न्यायको पक्षमा गरेको पैरवीका कारण सूचीमा स्थान पाएको टाइमले जनाएको छ।

गत अगस्टमा नेपालमा आएको विनाशकारी बाढीपछि वाग्लेले जलवायु परिवर्तनमा न्यून योगदान भए पनि नेपालजस्ता विकासशील मुलुकले ठूलो क्षति व्यहोर्नुपरेको विषय अन्तर्राष्ट्रिय मञ्चमा उठाएका थिए।

नेपालले जलवायुजन्य विपद्बाट भएको क्षतिबापत चीन, अमेरिका र भारतसँग क्षतिपूर्तिको माग गर्दै कूटनीतिक पहलसमेत गरेको थियो। पुनर्निर्माणका लागि आवश्यक स्रोत जुटाउन वाग्लेले अन्तर्राष्ट्रिय जलवायु वित्त तथा नोक्सानी र क्षति कोष परिचालनमा पनि जोड दिँदै आएका छन्।

टाइमका अनुसार संयुक्त राष्ट्रसंघले गत अक्टोबर २२ मा नेपालको लागि नोक्सानी तथा क्षति कोषबाट २१.६ मिलियन अमेरिकी डलर सहायता उपलब्ध गराउने प्रस्तावलाई प्रारम्भिक स्वीकृति दिएको थियो।

वाग्लेको नाम टाइमको सूचीमा समावेश हुनुलाई नेपालको जलवायु जोखिम, जलवायु न्याय र अन्तर्राष्ट्रिय क्षतिपूर्तिको मुद्दाले विश्वव्यापी चर्चा पाएको घटनाका रूपमा हेरिएको छ।

यस वर्षको सूचीमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस, बेलायतका राजकुमार विलियम र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लेयेनलगायत व्यक्तित्व पनि समावेश छन्।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।