२०८३ मंसिर ९ गते मंगलवार
२०८३ मंसिर ९ गते मंगलवार

सुनकोशी–मरिणको ठेक्का रद्द प्रकरणमा लेखा समितिको चासो, ७ दिनभित्र कागजात बुझाउन निर्देशन

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सुनकोसी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गरिएको विषयमा सात दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन निर्देशन दिएको छ ।

मंगलबार जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियासहितका अधिकारीसँग छलफल गरेपछि समितिले आवश्यक कागजात उपलब्ध गराउन निर्देशन दिएको हो ।

ठेक्का रद्दबारे समितिमा उजुरी परेको थियो । उजुरीमा बोलपत्रका सबै प्रक्रिया पूरा भइसकेर आर्थिक प्रस्ताव खोल्ने चरणमा पुगेको अवस्थामा अन्तिम समयमा ठेक्का रद्द गरिएको विषय छ ।

ठेक्का रद्द गर्दा राज्यलाई आर्थिक क्षति हुने र आयोजना निर्माण थप ढिलाइ हुने उजुरीकर्ताको दाबी छ ।

सुनकोसी–मरिण डाइभर्सन आयोजनाले बाँध, विद्युत्‌गृह तथा सम्बन्धित संरचना निर्माणका लागि गत जुन ८ मा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो ।

सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरिएको उक्त ठेक्कामा तीनवटा कम्पनी प्राविधिक रूपमा योग्य ठहरिएका थिए ।

उनीहरूको आर्थिक प्रस्ताव खोल्ने तयारी भइरहेका बेला कात्तिक दोस्रो साता आयोजनाले बोलपत्र प्रक्रिया रद्द गरेको थियो ।

आयोजनाले सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३ को उपदफा (२) अनुसार ठेक्का प्रक्रिया रद्द गरिएको जनाएको थियो । तर, ठेक्का रद्द गर्नुको विस्तृत कारण भने सूचनामा खुलाइएको थिएन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भने यसअघि ठेक्का प्रक्रिया प्रचलित ऐन तथा नियमावलीविपरीत भएको पाइएपछि रद्द गरिएको जनाएको थियो ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।