नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा पाँच सय रुपैयाँले बढेर २ लाख ४७ हजार नौ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन तोलामा २ लाख ४७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा ३५ रुपैयाँले बढेर ३ हजार १४५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ३ हजार ११० रुपैयाँमा कारोबार भएको थियो ।











