२०८३ मंसिर १२ गते शुक्रबार
२०८३ मंसिर १२ गते शुक्रबार

स्थानीय चुनावको तयारीमा रास्वपा, उम्मेदवार छान्न क्यान्डिडेट क्लबमा ६ सदस्य थपिए

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित बनाउन क्यान्डिडेट क्लब समितिमा सदस्यहरू मनोनीत गरेको छ ।

समितिका संयोजक कविन्द्र बुर्लाकोटीको सिफारिसमा डा. नमिता यादव, सुलभ खरेल, हिमेश पन्त, शिव यादव र पारसमणि गेलाललाई सदस्य मनोनीत गरिएको हो ।

संयोजक बुर्लाकोटीका अनुसार समितिको शुक्रबार बसेको बैठकमा उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूबाट आवश्यक विवरण तथा कागजात संकलन गर्ने कार्यविधि निर्धारण गर्ने विषयमा छलफल भएको छ ।

विभिन्न क्षेत्रमा कार्यरत योग्य तथा सक्षम व्यक्तिहरूलाई उम्मेदवार छनोट प्रक्रियामा सहभागी गराउन ल्याटेरल इन्ट्रीसम्बन्धी आवेदन फारम तयार गर्ने विषय पनि बैठकमा उठेको छ ।

उम्मेदवार छनोटलाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन दाबी–विरोधसम्बन्धी फारम तथा प्रक्रिया तयार गर्ने विषयमा समेत छलफल भएको संयोजक बुर्लाकोटीले जानकारी दिएका छन् ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।